shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 A Sher A Day: Part II: Ghazal talk

[Please view other pages to see the rest of the postings. Total posts: 527]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
[VIEWED 184536 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 11-19-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am going to continue this trend as it proved to be pretty productive for me.

Thanks for every one who supported with positive suggestions and active participation.

Here is the link for previous discussions:

http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22595

Lets make it more fun.

To begin with, here is one UNDER CONSTRUCTION

मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ !
छाती भन्दा उठेका करोडौं करङ्गलाई सारङ्गी बनाईदै छ !

(पाखा लगाई फूल्ने गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ)
OR
मरेको बाघको छाला ओढ्नेबाट ह्वास्स गन्ध आयो ब्वांसोको,
चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ !

बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै छ
मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ !

कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ?
तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ !

प्रजाले दिनहुँ लाउने पोशाकमा प्वालका प्रकार अनेक,
कहिले कांहि लाइने मुकुट भने, रङ्गी-चङ्गी बनाईदै छ !

 
Posted on 01-16-06 3:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सशक्त लागेको छ शिरिष गुरु।
-----------
सुखद भबिष्य निम्ति बिद्रोह जारि छ,
जन्मदै बालकहरु अनाथ बनेको हेर्दैछु !

उनका चीसो गोठ र छिडिको सर्दी
तातो पार्न मेरो दलीन बालेको हेर्दैछु !
-------

म पनि आजभोलि चल्दै गरेको एउटा टुक्रालाई राखिहालौँ। काँटछाँट र एक दुई शेरहरु थप्न भने बाँकीनै छ, तैपनि गुरुहरुबाट सुझाव अपेक्षा गर्दै
राख्दैछु ।

गोतामेको गजल-१०

'विचारहरु' मारेर एक्लै बाँच्ने 'विचार' भो!
सर्पबाट ब्वाँसाको 'शाकाहारी' प्रचार भो!

उर्लिएको सागरलाई थोपा भन्ने हो भने
तिन्टा तिम्रा चम्चा बज्दा कसरी हजार भो?!

घस्रेरै भएपनि हिँड्दैथ्यो बाथको रोगी
अब थलै परेछ, यो कस्तो उपचार भो?!

धेरै निक्ले आफैँलाई बेच्न सक्ने दासहरु
पसेछन् कि? मन्दिरबाटै शुरु ब्यापार भो!
(पसेछन् कि? मन्दिरभित्रै शुरु बजार भो!)

यसै पनि छोटा हैनन् देश लुट्ने हातहरु
बन्दूकको आड भो, लम्बाई गुना चार भो!
(आड पाई गोलीको, लम्बाई गुना चार भो!)
 
Posted on 01-16-06 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद गौतम जी

केहि परिवर्तन गर्दैछु....

उनका चीसा गोठ र छिडि तताउन
मेरो कोठाको दलीन बालेको हेर्दैछु !

(रगत उम्लिएर बाफिएको सिन्दूर र)
रगत पोखीएर फिक्का भा’को सिन्दूर र
निर्दोष नाडीका चूराहरु फुटेको हेर्दैछु !

एउटै धटना काफी थियो पछुताउन
अनगिन्ती गल्तीको माला बुनेको हेर्दैछु !



अब तपाईको गजल बारेमा
सरसर्ति पढ्दा गजल राम्रो लाग्यो तर कतै कतै
तपाईलाई पनि मेरै जस्तै कमजोरिले पछ्याएको भान भयो, कमकेकम मलाई !



धेरै निक्ले आफैँलाई बेच्न सक्ने दासहरु
पसेछन् कि? मन्दिरबाटै शुरु ब्यापार भो!
(पसेछन् कि? मन्दिरभित्रै शुरु बजार भो!)


यो शेरमा ! भन्न खोजिया कुरा बुझिन्छ तर अझ प्रष्ट पार्नु पर्ला जस्तो लाग्छ मलाई !



अब काफीयाको कुरा
'विचार' भो!
प्रचार भो!
हजार भो?!
उपचार भो?!
ब्यापार भो!
चार भो!

तकनिकि कुरामा म ता यस्ता काफियाको प्रयोगमा कुनै द्वेष देख्दिन ! यी सबले भिन्दा भिन्दै माने बोकेका छन् ! (अचेल नेपालबाट दुई दर्जन गजलका किताब मगाएर पढ्दै गरेको छु र त्यसमा भूमीका लेख्ने गजलकारहरु (अग्रज त होलान् नि) लाई चाही यस्तो दोह-याएको चित्त नबुझ्दो रै’छ ! अनुभबको कमी भन्दा रैछन् र म पनि आफ्नो हेरेको त थुप्रै पो कमी रै’छन् गांठे !
तपाईको अनुप्राश rhyming “आर’ प्रष्ट छन् तर मतलाका “चार” ले गर्दा काफीया नै चार हुन् कि भन्ने भान पर्दो हो ! ऊनीहरुका कुरा सुन्ने हो भने चेन्ज गरे हुन्छ नभए पनि गल्ति चांहि छैन !
 
Posted on 01-16-06 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुखद भबिष्य निम्ति बिद्रोह जारि छ,
जन्मदै बालकहरु अनाथ बनेको हेर्दैछु !


रगत उम्लियो यति कि बाफियो सिन्दूर
नाडीका निर्दोष चूराहरु फुटेको हेर्दैछु !




ATTYUTTAM SHIRISH GURU!!

I'M DUMBFOUNDED.
 
Posted on 01-16-06 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अब काफीयाको कुरा
'विचार' भो!
प्रचार भो!
हजार भो?!
उपचार भो?!
ब्यापार भो!
चार भो!

तकनिकि कुरामा म ता यस्ता काफियाको प्रयोगमा कुनै द्वेष देख्दिन ! यी सबले भिन्दा भिन्दै माने बोकेका छन् ! (अचेल नेपालबाट दुई दर्जन गजलका किताब मगाएर पढ्दै गरेको छु र त्यसमा भूमीका लेख्ने गजलकारहरु (अग्रज त होलान् नि) लाई चाही यस्तो दोह-याएको चित्त नबुझ्दो रै’छ ! अनुभबको कमी भन्दा रैछन् र म पनि आफ्नो हेरेको त थुप्रै पो कमी रै’छन् गांठे !
तपाईको अनुप्राश rhyming “आर’ प्रष्ट छन् तर मतलाका “चार” ले गर्दा काफीया नै चार हुन् कि भन्ने भान पर्दो हो ! ऊनीहरुका कुरा सुन्ने हो भने चेन्ज गरे हुन्छ नभए पनि गल्ति चांहि छैन !


चित्त बुझ्ने/नबुझ्ने कुरा त आफुखुशि हो अग्रजहरुको । परन्तु, काफियाको अन्तांश दोहरिने कारण नवकविहरुको 'अनुभव' को कमी नभई 'नेपाली भाषा मै अनुप्रासयुक्त शब्दहरु' को कमी भएर हो । यो कुरा यी अग्रजहरुले बुझ पचाएको चाही मलाई चित्त बुझेन बरु ।

नेपाली गजललाई व्यापक बनाउने हो भने गजलका प्रचलित अनिवार्य नियमहरु बाहेक अरु कुरामा स्वतन्त्रता दिनै पर्छ भन्ने मेरो आग्रह छ ।
 
Posted on 01-20-06 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank You Ishwor and Nepe

मैले अहिले सम्म काफिया बारे बुझेको कुरा बाड्न चाहन्छु र हामी सिकारु गजल लेख्नेहरुलाई फाईदा हुन्छ कि भनेर !

शास्त्रीय गजलमा तीन प्रकारका काफिया हुन्छन्

पूर्ण काफिया जस्तै आयो गायो
आंशिक काफिया जस्तै रच्नु राख्नु
एक अक्षरे भो पो

गजल लेखनमा पूर्ण काफिया राम्रो मानिदो रहेछ !

यो निर्माणाधीन शायद एक अक्षरेमा पर्दो हो !

तह तह हुदो हो बिरह
क्रमै सित फेरिदो बिरह !

फूलले पराग लुटाउदा,
मह बन्नु बीउको बिरह !

नहुंदा बरु शान्ति सरह
भएर नहुंदा पो बिरह !

फेद भेट्न बग्न खोज्यो दह
सतहमै उत्रियो बिरह!

प्रक्रितिले नै ठगे के गर्ने ?
रुन चाहने गोहीको बिरह !

खुशी हेर्न पर्खी रह्यो गह
निमेषमै भेटियो बिरह !
or
खुशी हेर्न पर्खी रह्यो गह
थुनेर आंशु जस्तो बिरह !


Note: I have not yet found any classical behers with ten syllables like this one. So I need to modify to make it either 9 or 11 syllables.

साझामा गजल लेखन भिन्न तहमा लैजान यस पछि शास्त्रीय बेहरमा चर्चा गर्न थालीने छ !
जुन सजीलो हुने छैन र निके मिहेनत र अनुशासनको जरुरत पर्नेछ अनि गजल लेखन प्रक्रियाको गतिमा सुस्तता आउने छ !

नेपे
तपाईले जस्तै सबैले लिबरल भएर सोच्दा हुन् त सजीलो हुने थियो तर माहोल त्यस्तो छैन रहेछ ! हुन त जुन संग्रहमा यस्तो हुनु पर्छ उस्तो हुनु पर्छ भनेर भूमीका बांधीए पनि त्यै संग्रहहरु पनि पूर्ण (छन्द, बेहरको हिसाबमा) छैनन् !

म त दोधारमा छु !
 
Posted on 01-20-06 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haripppppppppp thread raichha..
quite impressive !!!

please keep it up
 
Posted on 01-20-06 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
शिरिषजी,
धेरै दिनपछि भेट भो।

मलाई यसपालि सबभन्दा मुन परेको चैँ यो भनुम् कि।-

फेद भेट्न बग्न खोज्यो दह
सतहमै उत्रियो बिरह!
 
Posted on 01-20-06 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब!
ल गुरुहरु लेख्दै जाउँ हामि सिक्दै जाउँला
:)
 
Posted on 01-24-06 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

10 syllable ko pani classical beher hundo raii'cha
for e.g.

ह्रश्व = १
दीर्ध = २

फाईलातुन् + मपाइलुन् + फेलुन्
२१२२ + १२२२+ २२

रमलको भेद भनिदो रहेछ !

बिर्सिएको कहानी याद् आयो
प्रीतिको जिन्दगानी याद् आयो !
-सनत कुमार बस्ती

साभार- देबी नेपाल, छन्द पराग

आफू त अहिले तरन्तै यस्तो लेख्ला जस्तो छैन !
नेपाली गजलमा तर आफैले बनाएको बेहर को चल्ती धेरै रहेछ !

कति बिरही लेख्ने भनेर यस्तो romantic कनस्ट्रक्ट गर्दैछु ! पूरा भा'छैन !

कहां सुधार्नु पर्छ थाहा पाउं !

अक्षर गिन्ति १७


पबनको म्वाईको असर झैं स्थीर पानीलाई !
छाल उठ्यो ममा मानौं जगायौ जवानीलाई !

स्वर कसरी दिन सक्थें गीत धूनको अभाबमा
तिम्रै रचनामा गाएं मैले जिन्दगानीलाई !

सोच्ने बनायौ सम्झने बनायौ अनुपस्थितीमा
प्रत्यक्ष आई सम्हाल लौ मेरो यस्तो बानीलाई !

जस्लाई मागें उसैले मन्दिर दोह-याए पछि
गुनासो पोख्न अब अरु के रह्यो भवानीलाई ?

लाज अझै बांकी छ भने मेरो आंखामा लुकाउ
रातमा रंग भरि अप्ठ्यारो पारौं बिहानीलाई !
Or
लाज अझै बांकी छ भने मेरो आंखामा लुकाउ
रंगीन बनाऔं अघ्यारो रातको कहानीलाई !

 
Posted on 01-24-06 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीषले गम्भिरताका साथ र मेलै लगाएर गजलका छन्दहरु अध्ययन गरिरहेको बुझ्दा खुशि लागेको छ ।

मैले छन्दहरुको अध्ययनै गरिनँ । लघु-गुरु (ह्रस्व-दीर्घ) समेत मिलाउनु पर्ने वार्णिक छन्दहरुमा गजल लेख्ने आँट नभएर हो । र फेरि गैर-उर्दु भाषाका समकालिन गजल-लेखनमा वार्णिक छन्द उन्मुक्त गजल लेखिईरहेको बुझेर पनि हो । र प्रचलित वार्णिक छन्दहरु (संस्कृत र उर्दु दुवैका) बारे एउटा शंकाले पनि यसलाई साथ थिएको थियो । त्यो शंका के भने कतिपय छन्दहरु संभवत: गेयात्मक छैनन् होला भन्ने । पेशेवर गायकहरुबाट गाईएका कतिपय उर्दु गजल हरुको अप्ठ्यारा र श्रुतिमाधुर्यविहिन लयहरु सुनेर मेरो मनमा त्यो शंका पलाएको हो । छन्दहरुको विकास संगीत-शास्त्रमा आधारित नभएर आफुखुशि (arbitary) भएर त्यसो भएको होला भन्ने मेरो लख ।

निसन्देह: मिसराहरुमा लघु-गुरु, विश्राम आदिको एकरुपताले गजल/गीतलाई गायन-मैत्री बनाईदिन्छ । तर कतिपय अवस्थामा लघुलाई गुरुको रुपमा improvisation गर्न सकिने देख्दा गजललाई गायन-मैत्री बनाउने न्यूनतम शर्तहरु के होलान् भन्ने कुरा अनुमान नै गर्न सक्या छुईन मैले । (गजल गायन-मैत्री हुन पर्ने कुरालाई मैले न्यूनतम र अधिकतम शर्त दुवै मानेको छु । गाउन नसकिने भए गजल नै किन बनाउनु प-यो, गद्य-कविता बनाए भईहाल्यो नि । अनि, गजल गेयात्मक भए पुगिहाल्यो, किन चाहियो नाना भाँतीका थप नियम भन्ने विचार हो मेरो) । त्यसैले म त के गर्छु भने, शेरहरु लेखिसके पछि यसो गुनगुनाउछु, सबै शेरहरु धेरथोर एउटै लयमा गाउन सकियो भने, पुग्यो मलाई ।

जुन दिन कुनै संगीतकारले त्रुटीहरु देखाउला, त्यसै दिन देखा जाएगा भनेर बस्या छु म त ।

*** *** *** ***

रातमा रंग भरि अप्ठ्यारो पारौं बिहानीलाई !

मुसुमुसु हाँस्दैछु म । emoticon राखेको भए पनि हुन्थ्यो होला, शब्दमै भन्न मन लाग्यो र ।
 
Posted on 01-24-06 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष गुरु, हजुरको लगनलाई फेरि एकपटक सलाम गर्छु। सबै शेरहरु एक से एक छन्।

नेपाली गजलका दुई दर्जन किताब पढ्दैछु भन्नु भएको थियो माथि। मलाई नियमहरु अलि अलि पढेर मात्रै लेखौँ जस्तो लाग्दैछ। ती दुई दर्जन किताबहरुको नाम के होला? गुरुलाई फुर्सद हुँदा यै धागोमा राख्दिन मिल्ला? अथवा बिजुली चिठ्ठीकै पनि आश गरें।
र यो अनुरोध नेपे गुरुलाई पनि है।
 
Posted on 01-25-06 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wtf, Dadagiri and birkhemaila

thank you.

Nepe,
life would have been easier with your kind of notion.

Even the AGRAJ of Nepali ghazal (generally) seemed to have embraced self styled beher than the classical behers.

But GEYATMAKTA is a must for ghazal. Agreed.

But the melody in ghazals is easily attainable when it is written is the same syllablic pattern (i read in one of the bhumika's) but may make it wierd and difficult to understand (my observation).

Gautam jee

Most of the Nepali ghazal books were by new and young writers.
the person who chose them were not aware of ghazals at all.
They were randomly picked or whatever available in the particular store. I think you write better than some of them.

Of them I recommend : Ravi Pranjal's OOHI BADHI OOHI BHEL
Ghanendra Ojha's Aafnai chihaanma tekera
Padam Gautam: Ek laasko Phool
Ghanashyam Neupane"Parishrami" Joon Chuheko Raat

I will write more as I read.


So the question lingering in mind is:

For whom ghazal should be written?

In simple form for the public so that an average person can understand?

For ctitics in the proper form and beher and make it more difficult to understand?

For oneself?
 
Posted on 01-26-06 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

arko euta sher:

पबनको म्वाईको असर झैं स्थीर पानीलाई !
छाल उठ्यो ममा मानौं जगायौ जवानीलाई !

स्वर कसरी दिन सक्थें गीत धूनको अभाबमा
तिम्रै रचनामा गाएं मैले जिन्दगानीलाई !

सोच्ने बनायौ सम्झने बनायौ अनुपस्थितीमा
प्रत्यक्ष आई सम्हाल लौ मेरो यस्तो बानीलाई !

जस्लाई मागें उसैले मन्दिर दोह-याए पछि
गुनासो पोख्न अब अरु के रह्यो भवानीलाई ?

लाज अझै बांकी छ भने मेरो आंखामा लुकाउ
रातमा रंग भरि अप्ठ्यारो पारौं बिहानीलाई !

लगाब बलियो थियो र आयो सामर्थ्य, तागत
नभए सागर पु-याइ सक्थे हाम्रो खरानिलाई !

 
Posted on 01-26-06 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छोडदिन मैले तिमीलाई प्रिय्
बरु छोडछु म आफ्नै प्राणलाई
बुझिदेउ तिमीले मेरो यो प्यारलाई
पुजीसके म तिमीलाई प्रेम पुष्मा चडाई
परखिरहे म तिमीलाई वरदान सारी पाउनलाई
कसम खान्छु प्रिय!
बुझ्नै सकिनौ तिमीले मेरो यो प्यार्
तिमी बिना देख्न्नै सकिन,सकिन यो जगतलाई
नयनको ज्योति बनाइसके म तिमीलाई
तिमी बिना चल्नै सकिन किन यो शरीरलाई
मुटुको धडकन बनाइसके म तिमीलाई।।
 
Posted on 01-26-06 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिषजी, किताबहरुको नामको लागि धन्यवाद।

कस्का लगि लेख्ने भन्ने कुरामा मेरो विचार राख्न मन लाग्यो। मलाई त सकेसम्म सरल भाषामा सकेसम्म सबैले बुझ्ने गरी लेख्नु पर्छ जस्तो लाग्छ। लेखनको सौन्दर्यने त्यहि हो जस्तो लाग्छ मलाई। फेरि सरल लेख्दैमा स्तरीयता नहुने भन्ने कुरा पनि भएन। अझ गजलजस्तो गेयात्मकता हुने बिधामा क्लिष्टता ल्याउन खोज्नु त झन पापै होइन र?

यो मेरो नीजी विचार मात्रै हो है फेरि! मैले अहिलेसम्म सरुभक्त, ईश्वरबल्लभ अथवा मोहन कोइरालाका कृतिहरु धेरै पढ्ने आँटै गरेको छैन। लेखकहरुले आवश्यकता भन्दा बढी बुध्दिविलास गरेको मलाईचाहिँ पच्दैन। आफ्नै लागि मात्र लेख्ने हो भने अर्कै कुरा। बिडम्बनानै भन्नुपर्ला, अहिलेको नेपाली साहित्यको चल्तीको गल्लीमा जति नबुझिने लेख्यो उति ठूलो साहित्यकार बनिन्छ भन्ने धारणा ब्याप्त छ।
 
Posted on 01-28-06 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो गौतमजी सोह्रै आना सही भन्नु भो ! सरल भाषामा मनमा लागेको कुरा भन्ने !
(छातिमा जे छ तेहि लेख्नु पर्छ – कबिबर)
छन्द छन्द भनेर पछी लाग्दा खाली academic हुने डर !
critic हरुलाई खुशी पार्न लेख्दा आम जनताले नबुझने डर !
आफैलाई लेख्दा एक्लो मयूर जङ्लमा नाचे जस्तो हुने डर !

spyboy
You have written well but Keep writing and thanks for dropping by.
 
Posted on 01-28-06 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe guru

I have made some changes on the one that I emailed you and still working on other shers. Thank You for your suggestions. I think it will be interesting to compare the original one.

भागे मान्छेहरु म आफैसित बोल्दा सडकमा !
बेमनस्थिती सिध्द गरेरै देखाएं अनाहकमा !

उस्तै तालिमी सलाम, दुरुस्त बुटको चमकमा
पदोन्नति तिम्रो मात्र ! के रहेछन् मापकमा ?

निर्णायकहरुलाई अबसर या तिम्रो रहर ?
प्रतियोगीता अगाबै तिम्रो नाम स्वर्ण पदकमा !

नजाँचिएकाहरुको बिश्वास बढ्दो ग्राहकमा
जाँचीएर सस्तो भा’छु म बजारको सूचकमा !

न अभिनेता हुने दक्षता, न दया निर्देशकको
बिरहीको भूमीका पाएं सुखान्तको नाटकमा !

आफ्नो नियन्त्रणबाट लक्ष बाहिरिने गर्छ
कंहि पुगिन्छ! भरोसा रहे मात्तिएको चालकमा !

Alternative shers:
न अभिनेता हुने दक्षता, न दया निर्देशकको
नायकको भूमीका दिईयो दुखान्त नाटकमा !

नक्कली मालहरुको बिश्वास बढी ग्राहकमा
सक्कली ठहरेर सस्तो छु बजारी सूचकमा!

Please comment.
 
Posted on 01-28-06 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wah wah! Still going strong Shirish ji. I am fascinated by your and Nepe ji's boundless creativity.
 
Posted on 01-30-06 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sitara

I wish it goes stronger.

As it does not come easily to me, I felt like I have been spending lots of my time on ghazal instead of writing professional papers.

As for the creativity, yeah creativity is bounless but I do not know if I am creative. Its just "lagab".

Thanks for your encouragement.
 
Posted on 01-30-06 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरुहरुसंग सोध्न मन लाग्यो यो combination कस्तो हुन्छ भनेर। दिमागमा केहि दिन देखि घर गरेर बसेको यो भावनालाई कविताको रुप दिऊँ कि गजलको भनेर दोधारमा थिएँ। पूरा भने भैसकेको छैन।

गोतामेको गजल-११

भन्छ्यौ मायाले मात्तिन्छु म,
तिम्रो गालीमै रत्तिन्छु म!

तिम्रो नाम छ-साकार छु
झिक्न नखोज रित्तिन्छु म

सहेको छु नरक, तर
तिमी नबोल्दा आत्तिन्छु म

झूठकै होस्, बत्ती त बाल
पुतली जस्तै झु्त्तिन्छु म
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Travelling to Nepal - TPS AP- PASSPORT
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters