Posted by: shirish January 16, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
धन्यवाद गौतम जी केहि परिवर्तन गर्दैछु.... उनका चीसा गोठ र छिडि तताउन मेरो कोठाको दलीन बालेको हेर्दैछु ! (रगत उम्लिएर बाफिएको सिन्दूर र) रगत पोखीएर फिक्का भा’को सिन्दूर र निर्दोष नाडीका चूराहरु फुटेको हेर्दैछु ! एउटै धटना काफी थियो पछुताउन अनगिन्ती गल्तीको माला बुनेको हेर्दैछु ! अब तपाईको गजल बारेमा सरसर्ति पढ्दा गजल राम्रो लाग्यो तर कतै कतै तपाईलाई पनि मेरै जस्तै कमजोरिले पछ्याएको भान भयो, कमकेकम मलाई ! धेरै निक्ले आफैँलाई बेच्न सक्ने दासहरु पसेछन् कि? मन्दिरबाटै शुरु ब्यापार भो! (पसेछन् कि? मन्दिरभित्रै शुरु बजार भो!) यो शेरमा ! भन्न खोजिया कुरा बुझिन्छ तर अझ प्रष्ट पार्नु पर्ला जस्तो लाग्छ मलाई ! अब काफीयाको कुरा 'विचार' भो! प्रचार भो! हजार भो?! उपचार भो?! ब्यापार भो! चार भो! तकनिकि कुरामा म ता यस्ता काफियाको प्रयोगमा कुनै द्वेष देख्दिन ! यी सबले भिन्दा भिन्दै माने बोकेका छन् ! (अचेल नेपालबाट दुई दर्जन गजलका किताब मगाएर पढ्दै गरेको छु र त्यसमा भूमीका लेख्ने गजलकारहरु (अग्रज त होलान् नि) लाई चाही यस्तो दोह-याएको चित्त नबुझ्दो रै’छ ! अनुभबको कमी भन्दा रैछन् र म पनि आफ्नो हेरेको त थुप्रै पो कमी रै’छन् गांठे ! तपाईको अनुप्राश rhyming “आर’ प्रष्ट छन् तर मतलाका “चार” ले गर्दा काफीया नै चार हुन् कि भन्ने भान पर्दो हो ! ऊनीहरुका कुरा सुन्ने हो भने चेन्ज गरे हुन्छ नभए पनि गल्ति चांहि छैन !
Read Full Discussion Thread for this article