Posted by: shirish January 28, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
Nepe guru I have made some changes on the one that I emailed you and still working on other shers. Thank You for your suggestions. I think it will be interesting to compare the original one. भागे मान्छेहरु म आफैसित बोल्दा सडकमा ! बेमनस्थिती सिध्द गरेरै देखाएं अनाहकमा ! उस्तै तालिमी सलाम, दुरुस्त बुटको चमकमा पदोन्नति तिम्रो मात्र ! के रहेछन् मापकमा ? निर्णायकहरुलाई अबसर या तिम्रो रहर ? प्रतियोगीता अगाबै तिम्रो नाम स्वर्ण पदकमा ! नजाँचिएकाहरुको बिश्वास बढ्दो ग्राहकमा जाँचीएर सस्तो भा’छु म बजारको सूचकमा ! न अभिनेता हुने दक्षता, न दया निर्देशकको बिरहीको भूमीका पाएं सुखान्तको नाटकमा ! आफ्नो नियन्त्रणबाट लक्ष बाहिरिने गर्छ कंहि पुगिन्छ! भरोसा रहे मात्तिएको चालकमा ! Alternative shers: न अभिनेता हुने दक्षता, न दया निर्देशकको नायकको भूमीका दिईयो दुखान्त नाटकमा ! नक्कली मालहरुको बिश्वास बढी ग्राहकमा सक्कली ठहरेर सस्तो छु बजारी सूचकमा! Please comment.
Read Full Discussion Thread for this article