[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 A Sher A Day: Part II: Ghazal talk

[Please view other pages to see the rest of the postings. Total posts: 527]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
[VIEWED 181730 TIMES]
SAVE! for ease of future access.
Posted on 11-26-05 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई यो मुन प-यो गरु!

च्याखें थापेर बाजी पूरै जित्न नसकिएला
आफ्नो दाउ छोप्न कौडा नहानी नहुने भो !

 
Posted on 12-02-05 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

under construction ghazal...

आंखा संधै बगेकोमा तिमीलाई दुखेसो छ
बालुवा झै सुष्क मेरालाई पानीको खांचो छ !

दौडी रहेछौ ओरालो सरी सहज मानी मानी
हिड्न नजान्दा, मलाई त्यही बाटो उकालो छ !

टुक्रेको शिशा पनि चम्कियो तिम्रो रहोबरमा
नटल्किने, मेरो हीरा हो की या किरणै बाङ्गो छ ?

शिखरमा एक्लै सुनी साथ दिन मन लागेथ्यो,
चुचुरो कहां नेरी, ठम्याउन पो मलाई गारो छ !

to be continued....

 
Posted on 12-02-05 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिखरमा एक्लै सुनी साथ दिन मन लागेथ्यो,
पहाड कहां नेरी, ठम्याउन पो मलाई गारो छ !

 
Posted on 12-02-05 5:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष गुरु, यो धागोमा पसेर गुरुका शेरहरुको रसास्वादन गरेपछि अन्त कतै आँखै
लाग्दैन । यो नया चाहिँ त झन दामी लाग्यो।

"....टुक्रेको शिशा पनि चम्कियो तिम्रो रहोबरमा
नटल्किने, मेरो हीरा हो की या किरणै बाङ्गो छ ?......"

वाह वाह ......!
 
Posted on 12-04-05 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dhanyabad Gautam jee.

Duita sher thapya chu feri.

आंखा संधै बग्ने गरेकोमा तिमीलाई दुखेसो छ
बालुवा झै सुष्क मेरालाई भने पानीको खांचो छ !

दौडी रहेछौ ओरालोमा जस्तै सजीलो मानी
हिड्न नजानेर , मलाई त्यही बाटो उकालो छ !

टुक्रेको शिशा पनि चम्कियो तिम्रो रहोबरमा
नटल्किने मेरो हीरा हो की या किरणै बाङ्गो छ ?

शिखरमा एक्लै सुनी साथ दिन मन लागेथ्यो,
पहाडको फेद कहां ठम्याउनै मलाई गारो छ !

बयान सुन्या? थिएं तिम्रो अचूक उपचारको
कति जांच्छौ मात्र? मेरो आलो घाउको गुनासो छ !

उदार भै सुन-चांदि बांडि हिड्यौ दूनियालाई,
भैपरी आउदा मलाई, सांचेको सम्पति सस्तो छ !

 
Posted on 12-08-05 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

with little change and addition of one more sher:

आंखा संधै बग्ने गरेकोमा तिमीलाई दुखेसो छ
बालुवा झै सुष्क मेरालाई भने पानीको खांचो छ !

दौडी रहेछौ ओरालोमा कस्तो सजीलो मानेर
हिड्न नजानेर , मलाई त्यही बाटो उकालो छ !

शिखरमा एक्लै सुनी, साथ दिन मन लागेथ्यो,
पहाडको फेद कहां ठम्याउनै मलाई गारो छ !

टुक्रेको शिशा पनि चम्कियो तिम्रो रहोबरमा
नटल्किने मेरो हीरा हो की या किरणै बाङ्गो छ ?

बयान सुन्या’ थिएं तिम्रो अचूक उपचारको
कति जांच्छौ मात्र ? आलो घाउको यस्तै गुनासो छ !

उदार भै सुन-चांदि बांडि हिड्यौ दूनियालाई,
पर्दा, अब आत्मै बेच्छु! सांचेको सम्पति सस्तो छ !

ककस्का ओठमा छाडी आयौ चुम्बनका रापहरु ?
तिम्रो अंगालो चीसो, डुबेको घाम बरु न्यानो छ !

 
Posted on 12-08-05 6:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो तोड परेको हो गुरु, यस्तो भन्नैपर्ने गरी!? गुरुले गलत अँगालो रोज्नुभएछ कि क्या हो?! जे होस् शेर संरचना र भाव संप्रेषण दामी छ यसमा पनि।

"ककस्का ओठमा छाडी आयौ चुम्बनका रापहरु ?
तिम्रो अंगालो चीसो, डुबेको घाम बरु न्यानो छ ! "

***************************************************************

गुरुको जस्तो लगन, परिश्रम र धैर्य राखेर लेख्न र गुरुका सारमा दौडन त सकिएन, तर बिस्तारै भएपनि पछि पछि
लाग्न भने छोडेको छैन। आज यो एउटा राख्दै छु, अचेल चल्दै गरेको;

गोतामेको गजल-९

पूरै जुनी अटेको निमेष देखें
आज फेरि सपनीमा देश देखें,

हिमाली सेतो आकाशमा ठोक्किई
चम्केको फाँट, वन-प्रदेश देखें,

थाप्लामाथि,लहरै पाखाहरुको
निला दह सुसेलेको भेष देखें,

फूलमा चढेको रंगको के कुरा?
पातमा वसन्तको प्रवेश देखें,

कस्ले कोरिदियो त्यति राम्रो चूल्ठी?
पहरामा छहराको केश देखें,

आफ्नो भन्नु रहेनछ अरु केहि
"नेपाल" नै श्री-सम्पत्ती, यश देखें,

आज फेरि सपनीमा देश देखें
आज फेरि सपनीमा देश देखें।
 
Posted on 12-08-05 6:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु को ? भनेको त, आफ्नै गौतम पो रै’छ !
हजुरको देश-प्रेम सुन्दा नरुने, अधम पो रै’छ !

आर्को प्रि- भ्यू है

मेरो ईज्जत बढेको पक्कै हो
नभए किन हान्थे ढुङ्गा मुढा !
He He
 
Posted on 12-08-05 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो गुरु, हजुरकै गोतामे हुँ। आर्कै नाममा सही गरेर पसिएछ पहिला पस्दा।
 
Posted on 12-08-05 7:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जति पढे पनि मन भरिदैन, केवल आँखा भरिन्छ । वाह ! गोतामे, विक्षिप्त नै बनाउने शेरहरु भए यि ता ।

अनि मतलाको के कुरा । सारा शेरहरुको ढुकढुकी बोकेको मुटुको एक टुक्रा ।

पूरै जुनी अटेको निमेष देखें
आज फेरि सपनीमा देश देखें

 
Posted on 12-24-05 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe guru,

What happens to this kind of quafia दानी ? Each sounding similar with different meanings?

तिम्रो प्रसंग मेरो छातीलाई चिर्न दानी छ
बांकि तिम्रा अंश केहीमा, आतंक दानी छ !

दिनहुं, मेरा भिन्न घाम उदाएर के गर्नु ?
ऊज्यालो लुट्नु मै तिम्रो बादलको आम्दानी छ !

मेरो उम्मेदबारीमा म आफ्नै बागी भएं रे !
मानें हजूर ! तिम्रो राजनिती खानदानी छ !

बिदेशीएर पनि माया मा-या भए मरिजाम,
प्रमाणमा तिम्रै सहि भएको राहदानी छ !
 
Posted on 12-24-05 7:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजलको आधारभूत नियमहरु भंग नहुने सबै प्रकारको विविधता स्वत: स्वीकार्य हुनु प-यो, होईन र ?

काफियाको अर्थ वैविध्य हुनु हुँदैन भन्ने नियम छैन ।

यदाकदा बहुअर्थको काफिया पनि देखेको भान छ मलाई । तर नेपालीमा नि:सन्देह देखेको थिईनँ ।

मतलामा दानी= charitable, kind को अर्थमा प्रयोग भएको मानें । अलिक awkward लाग्यो ।

तर अन्तिम दुई शेर त दामी छ र सललल्ल बग्ने पनि ।

मेरो उम्मेदबारीमा म आफ्नै बागी भएं रे !
मानें हजूर ! तिम्रो राजनिती खानदानी छ !

लक्ष मै परेको व्यंगवाण हो । तर निर्लज्जताको ढाल बोकेकाहरु संग कसको के लाग्ने ?

बिदेशीएर पनि माया मा-या भए मरिजाम,
प्रमाणमा तिम्रै सहि भएको राहदानी छ !

'सहि' मा कर्मचारीको छवि आउँछ । त्यसको साटो 'छाप' राख्दा कसो होला ? मातृभूमिको छवि आउँछ जो ।
 
Posted on 01-01-06 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank You Nepe. That was just my experimentation and I had that in a different format. I will post it later on. Some of the things you said were in my mind. Satte!

Here is one I am working on. I will add some more shers on this. Please comment as I am having some conflict on some shers.

मारिनेको बन्द बक्सामा नया बिधान थियो !
चर्केको बर्तमान र समस्याको निदान थियो !

एकै ठाउँमा अध्यारा रातहरु थुप्रै भेटिए
दिनले अस्वीकारेको उज्यालोको चिहान थियो !

बाचा भने मखमली न्यानो, सिरानी काखको
ऊपहारमा, ओढ्ने आकाश र ढुङ्गे मचान थियो !

कोही स्वतन्त्र छैनन् कि राम्रो हाल सुनाउन ?
बेहाल सुनाउछु भन्नेहरुको बथान थियो !
 
Posted on 01-01-06 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Alternatively:



मारिनेको बन्द बक्सामा केहि बयान थियो
बिचलित बर्तमान र समस्याको निदान थियो


एकै ठाउँमा अध्यारा रातहरु थुप्रै भेटिए
दिनले अस्वीकारेको उज्यालोको चिहान थियो !

बाचा भने मखमली न्यानो, सिरानी काखको
ऊपहारमा, ओढ्ने आकाश र ढुङ्गे मचान थियो !

कोही स्वतन्त्र छैनन् कि राम्रो हाल सुनाउन ?
बेहाल सुनाउछु भन्नेहरुको बथान थियो !
 
Posted on 01-01-06 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मारिनेको बन्द बक्सामा नया बिधान थियो !
चर्केको बर्तमान र समस्याको निदान थियो !

एकै ठाउँमा अध्यारा रातहरु थुप्रै भेटिए
दिनले अस्वीकारेको उज्यालोको चिहान थियो !

बाचा भने मखमली न्यानो, सिरानी काखको
ऊपहारमा, ओढ्ने आकाश र ढुङ्गे मचान थियो !

कोही स्वतन्त्र छैनन् कि राम्रो हाल सुनाउन ?
बेहाल सुनाउछु भन्नेहरुको बथान थियो !

आफू नचिनेर आफ्नै प्रतिक्रिया घातक भयो
भुसको आंखामा आगो, श्वासमा तूफान थियो !

 
Posted on 01-01-06 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल गुरु अरु नि जाओस्।
------------------------------
मेरो ईज्जत बढेको पक्कै हो
नभए किन हान्थे ढुङ्गा मुढा ! He He
 
Posted on 01-04-06 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dada giri

seriously lekheko ma comment maru

Hawa ma lekheko chahi quoted, ke ho.

I think, I should reconsider my seriousness ! hagi ?

Je hos Dhanyabad.
 
Posted on 01-12-06 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

last night these thought kept me awake for a while. Yet I was too lazy to get up and type. So I scribbled during my commute in the train to work.

And here it is. To be corrected for better flow.


जुकाले पूरै शरिर नापेको हेर्दैछु !
आफ्नै घर बिस्तारै भत्केको हेर्दैछु !

आंखामा भुईंचालो आएर होला
आकाश चिरा चिरा परेको हेर्दैछु !

तिम्रो धड्कनमा बिद्रोह चल्दैछ
म, नाडीमा चुराहरु फुटेको हेर्दैछु !

खप्न सकेनन् रे जाडो कत्ति पनि
आगो ताप्न,मेरो दलिन बालेको हेर्दैछु !

फलाम कै हुन्, जाली र शिरिषको मन
एक पछि अर्को माया खसेको हेर्दैछु !


 
Posted on 01-14-06 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ok I am making this quickie ghazal into three course dinner.

जूकाले पूरै शरिर नापेको हेर्दैछु !
आफ्नै घर बिस्तारै भत्केको हेर्दैछु !

आंखा नै भुईंचालोको केन्द्र भएर होला
आकाश चिरा परेर चर्केको हेर्दैछु !

सुखद भबिष्य निम्ति बिद्रोह जारि छ,
जन्मदै बालकहरु अनाथ बनेको हेर्दैछु !

उनका चीसो गोठ र छिडिको सर्दी
तातो पार्न मेरो दलीन बालेको हेर्दैछु !

अरुका छाया समेतले आक्रान्त पा-यो
ग्रहणले आफूलाई छोपेको हेर्दैछु !

रात हुन् या शिरिषको मनबाट
एक पछि अर्को तारा खसेको हेर्दैछु !




1/12/06
1/14/06
 
Posted on 01-14-06 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जूकाले पूरै शरिर नापेको हेर्दैछु !
आफ्नै घर बिस्तारै भत्केको हेर्दैछु !

आंखा नै भुईंचालोको केन्द्र भएर होला
आकाश चिरा परेर चर्केको हेर्दैछु !

सुखद भबिष्य निम्ति बिद्रोह जारि छ,
जन्मदै बालकहरु अनाथ बनेको हेर्दैछु !

उनका चीसो गोठ र छिडिको सर्दी
तातो पार्न मेरो दलीन बालेको हेर्दैछु !

अरुका छाया समेतले आक्रान्त पा-यो
ग्रहणले आफूलाई छोपेको हेर्दैछु !

रगत उम्लियो यति कि बाफियो सिन्दूर
नाडीका निर्दोष चूराहरु फुटेको हेर्दैछु !


रात हुन् या शिरिषको मनबाट
एक पछि अर्को तारा खसेको हेर्दैछु !
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
lost $3500 on penny stocks !!!
TPS Reregistration and EAD Approval Timeline.......
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters