Posted by: son of Nepal December 8, 2005
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
कस्तो तोड परेको हो गुरु, यस्तो भन्नैपर्ने गरी!? गुरुले गलत अँगालो रोज्नुभएछ कि क्या हो?! जे होस् शेर संरचना र भाव संप्रेषण दामी छ यसमा पनि। "ककस्का ओठमा छाडी आयौ चुम्बनका रापहरु ? तिम्रो अंगालो चीसो, डुबेको घाम बरु न्यानो छ ! " *************************************************************** गुरुको जस्तो लगन, परिश्रम र धैर्य राखेर लेख्न र गुरुका सारमा दौडन त सकिएन, तर बिस्तारै भएपनि पछि पछि लाग्न भने छोडेको छैन। आज यो एउटा राख्दै छु, अचेल चल्दै गरेको; गोतामेको गजल-९ पूरै जुनी अटेको निमेष देखें आज फेरि सपनीमा देश देखें, हिमाली सेतो आकाशमा ठोक्किई चम्केको फाँट, वन-प्रदेश देखें, थाप्लामाथि,लहरै पाखाहरुको निला दह सुसेलेको भेष देखें, फूलमा चढेको रंगको के कुरा? पातमा वसन्तको प्रवेश देखें, कस्ले कोरिदियो त्यति राम्रो चूल्ठी? पहरामा छहराको केश देखें, आफ्नो भन्नु रहेनछ अरु केहि "नेपाल" नै श्री-सम्पत्ती, यश देखें, आज फेरि सपनीमा देश देखें आज फेरि सपनीमा देश देखें।
Read Full Discussion Thread for this article