[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 A Sher A Day: Part II: Ghazal talk

[Please view other pages to see the rest of the postings. Total posts: 527]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
[VIEWED 181337 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 11-19-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am going to continue this trend as it proved to be pretty productive for me.

Thanks for every one who supported with positive suggestions and active participation.

Here is the link for previous discussions:

http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22595

Lets make it more fun.

To begin with, here is one UNDER CONSTRUCTION

मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ !
छाती भन्दा उठेका करोडौं करङ्गलाई सारङ्गी बनाईदै छ !

(पाखा लगाई फूल्ने गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ)
OR
मरेको बाघको छाला ओढ्नेबाट ह्वास्स गन्ध आयो ब्वांसोको,
चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ !

बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै छ
मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ !

कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ?
तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ !

प्रजाले दिनहुँ लाउने पोशाकमा प्वालका प्रकार अनेक,
कहिले कांहि लाइने मुकुट भने, रङ्गी-चङ्गी बनाईदै छ !

 
Posted on 04-27-07 1:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त गजलको रदिफ र काफियाका बारेमा म तेत्ति जानकार छैन, तैपनि यो गजल लोकमा गजलको कखरा सिक्ने आसमा बेला-बेलाम छिर्ने गर्छु ! लामो समय देखि गजल लेख्ने कोसिश गर्दा पनि केहि उपाय नलागे पछि जस्तो लेखिन्छ तेस्तै टाँसेर हेरम न, गजलका गुरुहरुले सिकाई हाल्छन् नि भन्ने सोचेर तिनोटा शेर टाँसेको छु, लौ न शिरिष गुरु, भउते गुरु, नेपे गुरु ती शेर हरु ले गजलको मिनिमम क्राइटेरिया फुलफील गर्छन की गर्दैनन् खुट्यादिनु पर्यो ॥॥

क्षितिजपारीको मेरो गाँउबाट
माटोको मीठो सुवाष आयो ॥
आज फेरी मम अन्तरभित्र
स्व्च्छ ताजा प्रस्वास आयो ॥
विरानो मुलुकमा, विरानै छ संगत
तर आज ज्युने नया आस आयो ॥
क्षितिज पारीको मेरो गाँउबाट
माटोको मीठो सुवाष आयो ॥
 
Posted on 04-29-07 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rishi jee

धेरै दिन पछि झुल्किनु भयो नि !
मैले जाने बुझे जति गजल बारे संक्षिप्तमा भन्छु है त ॥

तपाईले टांस्नु भएको

क्षितिजपारीको मेरो गाँउबाट
माटोको मीठो सुवाष आयो ॥
आज फेरी मम अन्तरभित्र
स्व्च्छ ताजा प्रस्वास आयो ॥
विरानो मुलुकमा, विरानै छ संगत
तर आज ज्युने नया आस आयो ॥
क्षितिज पारीको मेरो गाँउबाट
माटोको मीठो सुवाष आयो ॥


१ तपाईले सबभन्दा पहिले "मतला" थप्नु प-यो ! मतला भनेको opening शेर हो जस्मा दुबै पङ्तिमा काफिया र रदिफ हुनै पर्छ !

२ सकेसम्म छन्दमा लेख्नु होला ! तपाईले सक्नु हुन्छ !

३ छन्दमा लेखे जस्तै सबै पङ्तिमा मात्रा syllables गन्ति बराबर राख्नु होला ! आधा syllables को गन्ति गरे पनि हुन्छ । छाडे पनि हुन्छ ।

४ काफिया- सबै काफिया आसमा अन्त्य भएको बेस होला ।

बांकि चित्रमा हेर्नु होला

 
Posted on 04-29-07 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्मा राम्रो आउला कि ?

 
Posted on 05-04-07 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I would like to thank all those who have been sending me private messages. They really encourage me.

Nepe guru thinks editings - reeditings are musts. But with this I have reached to a point of saturation.

I would really appreciate if you can point out the negatives and weaknesses than just pick up the shers you like.


Ready....


भट्टामा थुनीएको महसुस हुन थाल्यो !
कोईलाको साटो मन पो भुस हुन थाल्यो !

भन्दै थिए घारमा जे थिए मह थिएन
मैनको स्वाद थाहा नहुदा तुस हुन थाल्यो !

यथार्थ नबुझी कृत्रीम मूस्कान देख्दा नि
मूर्ख छिमेकी उकुस-मुकुस हुन थाल्यो ॥

झन् बास बस्न घर आंगन छोडि दिएं,
सांझ आएका पाहूना, जाशुस हुन थाल्यो ।

मैले आस्था बेची दिदा खुबै नाफा हुने भो !
आफ्ना मान्छेहरु बिच, खुस्खुस हुन थाल्यो ।

कुनै नेतासित नाता गांस्न गएकै हैन !
जन्ती त्यसै उत्तेजित, जुलुस हुन थाल्यो ।
 
Posted on 05-04-07 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भट्टामा थुनीएको महसुस हुन थाल्यो !
कोईलाको साटो मन पो भुस हुन थाल्यो !

यथार्थ नबुझी कृत्रीम मूस्कान देख्दा नि
मूर्ख छिमेकी उकुस-मुकुस हुन थाल्यो


Maile yesko jati tarif garda pani dherai kam nai hunecha....shiris dai tapai saga bhetne ek mauka pau na ho hamile pani....yeso kehi sikna sankinthyo ki.....why don't u publish a book including all of your shers ?

Bahut ramro
 
Posted on 05-04-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:):)
Nishabda!!
 
Posted on 05-04-07 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Malai yo man paryo :
झन् बास बस्न घर आंगन छोडि दिएं,
सांझ आएका पाहूना, जाशुस हुन थाल्यो ।
 
Posted on 05-04-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन् बास बस्न घर आंगन छोडि दिएं,
सांझ आएका पाहूना, जाशुस हुन थाल्यो ।

सदा झैं निखारिएको सिर्जना पाएं, शिरिष जी को। सुनलाई जति पोल्यो त्यति निख्रिंदै जान्छ रे।
 
Posted on 05-04-07 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

something abt nepal, someone wrote, I overheard

गाउँ जस्तो गाउँ छैन
शहर जस्तो शहर छैन
बुद्ध स्व्यम् हारेपछी
जीत्ने मलाई राहर् छैन
 
Posted on 05-07-07 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद है सबैलाई !

एउटा नंया लेख्ने जोश चलेको थियो रेलमा घर फर्किदा फर्किदै ! अलि अलि मिलाउन थाल्या थिए - अधि नै बढेन ।



फूल्न नदिन चालिएका कुचाल बुझी दिनु पर्यो ॥
फूल हेर्दै मख्ख पर्ने हैन: आहाल बुझी दिनु पर्यो ॥

मनमा बिस्मातका छाल ल्याउन खसि रहु भन्छौ
छाङ्गा भई भीरवाट खस्दाको हाल बुझी दिनु पर्यो ।

पाप पखाल्न पटक पटक पिलाएको शुद्द जल हेर
त्यै गङ्गा, ढल छंदाको अबगाल बुझी दिनु पर्यो ।

वजन उचाली खाएको घटाउनु पर्ने बाध्यता कतै
अन्यत्र मर्दैछन् भोकै - अनिकाल बुझी दिनु पर्यो ।
 
Posted on 05-07-07 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीष,

> Nepe guru thinks editings - reeditings are musts.

नि:सन्देह । त्यसो त सबै विधाका रचनामा परिमार्जन वाञ्छनिय हो तर गजल भन्ने जिनिसमा भने त्यो अनिवार्य नै हुन्छ । भाव, अनुशासन र सौन्दर्य नभई नहुने यो जिनिसमा एकै कोराईमा परिपूर्ण हुने सम्भावना त लगातार दुईचोटी ज्याकपट पर्ने सम्भावना जत्तिकै होला भन्ने मान्छु ।

सप्पै थोक सकिए पनि गेयात्मकता वा सरसता प्रवर्धन हेतु शब्दहरुलाई ठाकठाक ठुकठुक ठोक्ने, खरोलाई मलुवा र मलुवालाई तिक्खरो बनाएर स्वाद जाँच्ने आदि इत्यादि कहिले नतुरिने काम हुन् ।

सन्तृप्त चाही नभनिहालम है शिरीषबाबु । यसो शाब्दिक ठोसाहरुलाई सिमन्टी-कागज (abrasive) ले दलेर चिल्लो पार्न बाँकी छ ।

अनि यो पछिल्लो गजल पनि मन पर्दैछ । खास गरेर रदिफ प्रयोगमा साहस (लामो रदिफ ख्यालख्याल कुरा होईन) र आग्रहजनक मीठास छ । शुभ परिमार्जन ! शुभ समापन !


Nepe
 
Posted on 05-07-07 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe guru

Totally agreed.

Even Diamonds need polishing.

Editing is the most important part which can be like meditation or get lost or get fraustrated (as the results do not turn out to be like whats in ones mind) but definitely one of the most important parts of writing.

Keep suggesting.
 
Posted on 05-07-07 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नि:शब्द! शिरिष गुरुका झन-झन तिखारिएका शेरहरु पढ्दाको आनन्दनै अर्कै!
अरु पनि पढ्न पाम् गुरु!

पछिल्लोको चौथो शेरको विषय अरु शेरहरुभन्दा अलि फरक जस्तो लाग्यो। मैले नबुझेकै होला।

छन्द कविताका माहिर खेलाडी हाम्रा ऋषि गुरुबाट पनि स्वादिला गजलहरु पढ्न पाइने भयो भन्ने थाहा पाएर मन बडो गदगद भएको छ!
 
Posted on 05-08-07 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gautam jee

Sure..The fourth one is "out of the track" and will try to bring in and thanks for pointing out.
 
Posted on 05-08-07 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह गुरु! वाह!
झन झन सरल तर पनि जटिल गजलहरु!

अब अर्को टाँस्दा नयाँ धागो बाट सुरु गर्ने कि? लगभग ४०० पोस्ट पुगिसकेछ, पुराना हेर्न मन लाग्दा पाना धेरै पल्टाउन पर्ने भयो के।:)
 
Posted on 05-09-07 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am trying to making it more clear.

Birkhe: I will make a new thread soon.

फूल्न नदिन चालिएका कुचाल बुझी दिनु पर्यो ॥
फूल हेर्दै मख्ख पर्ने हैन: आहाल बुझी दिनु पर्यो ॥

मनमा बिस्मातका छाल ल्याउन खसि रहु भन्छौ
छाङ्गा भई भीरवाट झर्दाको हाल बुझी दिनु पर्यो ।

पाप पखाल्न पटक पटक पिलाएको शुद्द पानी हेर
त्यै गङ्गा, ढल छंदाको अबगाल बुझी दिनु पर्यो ।

छटपटाई उफ्रेकालाई नाच भन्ने कस्तो अज्ञानी ?
सिरक ठानेर जो ओढायौ, जाल बुझी दिनु प-यो !
(डसना सम्झेर जे ओछ्यायौ जाल बुझी दिनु प-यो !)
 
Posted on 05-10-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो शेर राखेर यहि विषयवस्तुमा एउटा गजल बनाए गजब हुन्थ्यो होला!
राजनिती र प्रेमका गजल धेरै भेटिन्छन, असमानताको पनि जावस न एउटा :)

वजन उचाली खाएको घटाउनु पर्ने बाध्यता कतै
अन्यत्र मर्दैछन् भोकै - अनिकाल बुझी दिनु पर्यो ।

यो नया शेर अलि बुझिएन-

"सिरक ठानेर जो ओढायौ, जाल बुझी दिनु प-यो ! "

सिरक ओढाउँछु भन्नेले जाल(छल) गरेर अरुथोक नै केहि ओढाइदिएको कि?
बाक्लो सिरक ओढाउँछु भन्नेले जाल (प्वाल भएको जालि) ओढाइदिएको?

:)
 
Posted on 05-18-07 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेममा अलिखित् चिट्ठीहरु लेखियो
दिनमा झर्ने उल्का सरि भयो

ढुकढुकी निश्चल् बनि रह् यो
प्यासीको झन् आसुँ झ् र्यो

डर हैन् चोखो माया थियो
तिमी सामु नपोख् नु भुल् भयो

प्रेमी मनमा ए उटा पाप् जाग्यो
तिम्रो परप्रेम् को अन्त चितायो
 
Posted on 05-19-07 12:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे सल्लाह शिरोपर छ !

नबुझिने तरिकाले लेख्ने पूरानो (अजीर्ण) रोग पालेर बसेको छु - ऊपचारको आशामा !

ऐउटा निर्माणाधीन चांहि

रात धेरै छिप्पियो त्यसैले बांकी अरु बेलामा है त ।



थुनिदा खेरिका चौकी आफ्नै लाग्छ !
भेटे जति चोर डांका साख्खै लाग्छ !

आफ्नो बगलीमा अरुका हात छाम्दा
सम्झौता गर्ने बानीले गर्दा ठीकै लाग्छ !

चेतना अपहरण भएको स्वीकारें -
भाषणका कुरा पत्याउन करै लाग्छ !

मैले ठोकुबा गर्न नसकेर हो कि ?
पीडा र असीम माया एउटै लाग्छ !
 
Posted on 05-19-07 12:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष गुरुको गजल शायद सुरा हो कि?
रात छिप्पिए पनि पढन करै लाग्छ! :)


म शब्दमा हराउँछु!
र गुरुको यो हरफ- "चेतना अपहरण भएको" ....गजबै लाग्यो।

शुभरात्री!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
nrn citizenship
जाडो, बा र म……
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters