[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 A Sher A Day: Part II: Ghazal talk

[Please view other pages to see the rest of the postings. Total posts: 527]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
[VIEWED 179838 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 11-19-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am going to continue this trend as it proved to be pretty productive for me.

Thanks for every one who supported with positive suggestions and active participation.

Here is the link for previous discussions:

http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22595

Lets make it more fun.

To begin with, here is one UNDER CONSTRUCTION

मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ !
छाती भन्दा उठेका करोडौं करङ्गलाई सारङ्गी बनाईदै छ !

(पाखा लगाई फूल्ने गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ)
OR
मरेको बाघको छाला ओढ्नेबाट ह्वास्स गन्ध आयो ब्वांसोको,
चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ !

बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै छ
मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ !

कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ?
तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ !

प्रजाले दिनहुँ लाउने पोशाकमा प्वालका प्रकार अनेक,
कहिले कांहि लाइने मुकुट भने, रङ्गी-चङ्गी बनाईदै छ !

 
Posted on 02-11-06 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह ! ही सीम्स ड्रङ्क एण्ड इग्रेसीभ !
माइल्दाइ इज ए एङ्ग्री योङ् म्यान ! आइ एम स्केयर्ड !:)
 
Posted on 02-14-06 11:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होईन रातले आयाम थपेको
हो सांझ-बिहानको दूरी बढेको

दाहिने देब्रे एकै तिर भेटिंदा
उत्तर दक्षिण उस्तै हो देखेको

घाम छोएं भन्ने झूठो उत्कर्षमा
ल हेर बादल पानी भै झरेको

अनाचारको गन्धले मुहार ढाक्यो
र आफ्नै कुकुरले नचिनी भुकेको

लाखौ करोडौ बांचेको परिबेश.
नफापेर म देशबाट भागेको !
 
Posted on 02-16-06 1:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीष गुरु,
यो तपाईँको गजलमा, अंतिम स्वर('एको') मात्र मिलाउँदा पनि काफीया ठिक देखिँदो रहेछ नि?

एउटा मेरो हेरिदिनुहोस है त, यस्तै खालको छ , तर नमिलेका अनेक कुराहरु होलान त्यो पनि औँल्याइदिनुहोला गुरुहरुले !

गजल-

रगतको आहाल देख्दा म तडपिएर लड्छु
गुम्स्याएर स्वतंत्रता त्यसै त्यसै सड्छु!

बन्दूकको आवाजले सानो छोरो बिउँझन्छ
शान्त पार्न छोरोलाई सक्तिन म जड् छु!

कतै नाथ्रि फुट्यो अरे कल्कलाउँदो मुनाको
आत्मा काँप्छ मेरो तर मुखौटो म ओड्छु!

जुर्मुराउँछन मेरा रग रग कयौँ समाचारले
तर उठ्न नसकेर बेहोश भै म गड्छु!

मन हुन्छ उखेलेर फाल्ने दुषित खम्बा
जेलिएको छु यसैमा म कसरि म उड्छु?

देख्छु सबै म जस्ता दबीएका मुर्तीहरु
“फोरौँ यो जमीन” तिनको आशय म ताड्छु!

आज मलाइ बोलायो आमाको त्यो रोदनले
भागे अब निंद्रा मेरा संग्राममा म हिँड्छु!

 
Posted on 02-16-06 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बा बा बिर्खेको बयान ......

एक दुईटा कुरा
सड्छु, लड्छु ईत्यादीले म (प्रथम पुरुष) स्वयं बुझाउने हुनाले "म" को प्रयोग बढि भए झैं लाग्यो । नेपेले भन्ने गरे झै शब्दको किफायति गर्नु पर्ला जस्तो छ ! तर त्यो "म" को प्रयोगले emphasis पनि गर्न त ग-या छ । मक्तामा पनि "म" प्रयोग गर्नु भए balance हुन्थ्यो कि? हुन त बहर मिलाउन नि गर्नु पर्ने हुन्छ
दोहरिने "ड्छु" को शब्द समुह लाई ध्यान दिने हो भने सड्छु लड्छु ऊच्चारण गर्दा खेरि जति समय (लम्बाई) लाग्ने हो, हिंड्छु, ओड्छु ऊच्चारण गर्दा "इकार" "ओकार"ले बढि समय लिने हुन्छ र गेयात्मकता मा असर पर्न जान्छ ! मैले बुझे अनुसार "दोहरिने" शब्द समुहको immediate अगाडीको स्वर पनि अनुप्राश भए सुनमा सुगन्ध हुने थियो !
 
Posted on 02-16-06 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe

may be you should start counting the syllables too.

I heard Ratna Prajapati (?) writes ghazals without any consistency in the syllables in shers.
 
Posted on 02-16-06 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् शिरीष गुरु!

******सड्छु, लड्छु ईत्यादीले म (प्रथम पुरुष) स्वयं बुझाउने हुनाले "म" को प्रयोग बढि भए झैं लाग्यो । नेपेले भन्ने गरे झै शब्दको किफायति गर्नु पर्ला जस्तो छ !*****

*****सड्छु लड्छु ऊच्चारण गर्दा खेरि जति समय (लम्बाई) लाग्ने हो, हिंड्छु, ओड्छु ऊच्चारण गर्दा "इकार" "ओकार"ले बढि समय लिने हुन्छ र गेयात्मकता मा असर पर्न जान्छ ***


गुरु यस्तो गहन सोच मेरो कहाँ!!!
वास्तबमा नै "म" को प्रयोग अलि बढि भएको हो, परिमार्जन गर्छु।
'स्वर' ऊच्चारण गर्दै त गएको थिएँ एकपटक यो लेख्दा तर शब्द नै भेटिन मिल्दो त्यसैले बाध्य भएर हिंड्छु, ओड्छु प्रयोग गर्नु पर्यो।
केहि दिनमा म यसलाई सकेसम्म मिलाएर पेश गर्ने छु। पुन: एक पटक धन्यवाद् छ!
:)
 
Posted on 02-17-06 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe
You don't have to so much about the quafia as there are rare examples of the classic rules not being followed.

Is "ma" pratham or uttam purush?
 
Posted on 02-17-06 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो विचारमा गजलको आरम्भिक अभ्यास गर्दा अपवाद होईन नियम पछ्याउनु उत्तम हुन्छ ।

अपवादको पछि लागेका भए शिरीष आजको शिरीष हुने थिएनन्, यो म किटेरै भनिदिन्छु ।

शिरीषले गजलमाथि जुन आधिकारिकता हासिल गरेका छन् त्यो मात्र होईन त्यस आधिकारिकतासंगै स्थापित प्रेम र लगाव पनि शायदै हासिल गर्थे शिरीषले यदि गजलको सट्टा उनले शुरु शुरुमा नाम दिएका 'फजल' (स्वच्छन्द गजल) मा नै रमेका भए ।

विन्यासगत कठीनाई भएता पनि गजल एउटा विशिष्ट उद्देश्य पुरा गर्ने एक विशिष्ट विधा हो । गजल कविताको बौद्धिकता र गीतको हार्दिकताको सेतु बन्न पुगेको छ रचनागत छनौट (natural selection) को कारणले ।

त्यसैले भविष्यका बौद्धिकताउन्मूख कला उपभोक्ताहरुमा यसको माँग अझ बढ्न जाने देख्छु म ।

त्यसै अनुरुप उत्पादकहरुको संख्या र कुशलता पनि त बढ्नु प-यो नि ।
 
Posted on 02-17-06 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रथम पुरुष (first person)
मध्यम पुरुष (second person)
उत्तम पुरुष (third person)

हो भने 'म' प्रथम पुरुष भएन र ?

अनि एउटा विषयान्तर टिप्पणी (on a different note), 'शिरीष' शुद्ध हिज्जे हो । 'शिरिष' संभवत: अशुद्ध । कमसेकम पारिजातको उपन्यास 'शिरीषको फूल' को अग्रपृष्ठ अनुसार ।
 
Posted on 02-18-06 12:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीष गुरु, अबश्य पनि म syllables गन्न सुरु गर्छु।
जहाँ सम्म मलाइ थाहा छ, नेपे दाजूले भने जस्तो "म" प्रथम पूरुष नै हो।
नेपे दाजू हजूरको कुरो ठिक लाग्यो, सिकारुले नियममा रहेर सिक्नु पर्छ!
म प्रयास गर्दै छु, काफिया र बेहर सबै मिलाउने!
गुरुहरुको यस्तै समालोचना पाइरहुँ!
 
Posted on 03-02-06 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बास्तबमा अरु नै के के लख्दै थिए यस्तो पो भएछ !

जे नगर्नु पर्ने त्यै गर्न आसक भएछ
आफ्नै कर्म , पतनको कारक भएछ

तीब्र क्षतिले ज्यानै खतरामा पर्दा पनि
जोखीम महसुस नगर्नु घातक भएछ

कि निख्खर कालो या स्पष्ट सेतो देख्नु
आखांमा बास खरानीलाई पाएक भएछ

प्वांख नपलाउदै गुंड छाड्छु भन्नेलाई
आंधीसित उडाई माग्नु बिदारक भएछ

ठम्याउन गारो भो, को दाता को उपासक ?
भक्तको प्रतिद्वन्दि त बिनायक भएछ

छिद्र समेत खुलासा गरेको मेरो चित्र
जो सुकैको बर्णनमा भयानक भएछ

खासमा ओरिजनली यस्तो लेख्न खोज्या थिएं तर ध्यान दिन छाडि दिएं

जे नहुनु थियो अचानक हुंदा पनि
दुख्न नसक्नु पो पीडा दायक भयो

रहर कि कालो हुनु या स्पष्ट सेतो
खरानीलाई यो छाती पायक भयो

गुंड छाडी जान्छु भन्ने चरीलाई
आंधी बेरि आउनु सहायक भयो

नियम कानून तोडे ज-जस्ले
पदबी उनैको बिधायक भयो

भक्त-जन गरीब भए केही नचढाउने
पूजा किन्दिने त्यै बिनायक भयो
 
Posted on 03-03-06 1:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तीब्र क्षतिले ज्यानै खतरामा पर्दा पनि
जोखीम महसुस नगर्नु घातक भएछ


वाह शिरीष गुरु, क्या मारा है!!! :)
 
Posted on 03-03-06 4:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरुहरु नेपे, शिरीष अनि बिर्खे माइला ज्यू मेरो पनि एउटा प्रयास है। बहर त मिलाउन बाँकि नै छ, अन्य पनि मिलाउनु पर्ने भए कृपा गरि औल्याइदिउँ ल।

चोटको के कुरा, घाँटिमा अड्केको जहर बाँकि छ
शास रहदै ऊनिलाई भट्ने रहर बाँकि छ ।।१

होस्टेमा हैंसे गरौं ल साथीहरु, जोड लगाऔ
गणतन्त्रको झण्डा फहराउन एक प्रहर बाँकि छ ।।२

भत्क्यो रे दरबार पनि पुरातात्विक त्यो संरचना
म जन्मेको गाउँको न ठेगान न ठहर बाँकि छ ।।३

सात दल मिल वा बाह्र बुँदे सहमति हर
निरंकुशता हुत्याउने सुनामि लहर बाँकि छ।।४

ढाडमा टेकि टाउकोमा हान्ने रे अब, किनकि
भत्काउनलाइ अलिकति शहर बाँकि छ ।।५

भाग्ने भए भागे हुन्छ, नभए भगाउने छन्
मात्र एउटै उपाय निर्वासनको डहर* बाँकि छ ।।६

(डहर‍=गाउँ-घर तिर गाई-बस्तुलाई निकास दिन बार लगाएर बनाईने साँघुरो बाटो)
१९ फाल्गुन,२०६२
सिड्नी
 
Posted on 03-05-06 12:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुरेन्द्र जी, म पनि सिकारु हुँ नियम मिले नमिलेको त्यति ठम्म्याउँदि तर तपाईँको भावना गजब को छ!
एऊटा मेरो पनि त्यस्तै त्यस्तै राख्दै छु, भर्खर सकेको गुरुहरुको समालोचनाको स्वागतार्थ प्रस्तुत गर्दैछु।

गजल-

खोले पानी खाएर झन् जोश ऊठ्दो रेछ
सधैँ मुख थुन्दा त झन् बोलि फुट्दो रेछ।

मक्किएको जिर्ण घरलाई माकुराले छोप्दा
जाल फाल्न अनायाशै यो हात बढ्दो रेछ!

बन्दूकको इशारामा चल्न बाध्य हुँदाखेरि
चिसो यो रगतमा नि ऊबाल आउँदो रेछ!

भारि बोक्दै चुहाएको पसिनाको भातले
सत्ययूगको रक्सिको त्यो बोतल फोर्दो रेछ!

आँखामा पट्टी बाँधि ऊखालिएको नङ्गले
देशमा लाग्ने पुरानो यो ढुसी कोपर्दो रेछ।
 
Posted on 03-21-06 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Surendra jee,

I think you have been preety straight forward with what you wanted to say which is good and makes clear expression. But it will be more interesting to read what nepe says "layered" expressions which can convey different meanings.

Plus although the shers are individual in a ghazal, the sher in your matla stands aloof from rest of the political shers. Thats my understanding hai !

Here is mine after a break. Seems the ideas are running out.

तृप्त भैसकेको तृष्णा केहि क्षणमै जाग्यो !
ईच्छाले कमजोर मनको किनारा नाघ्यो !

मागें देबीसित कि जोड्न सकुं टुक्राहरु
रिझिन आफै कलीलो बलीको घांटी ताक्यो !

छरपष्ट छायाहरु छिटो छिटो छोट्टिदैछन्
पाईलाले टेकेका बालुबा बाढीले सा-यो !

पर्दाले कति बेरै थुन्ला कोठाको उज्यालो ?
राति नै घाम आउने ठाउं कुहीरोले छान्यो !

 
Posted on 03-21-06 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केहि समय भएछ यता नपसेको। गुरुहरुका नया गजलहरु एक से एक थपिईसकेछन्।
शिरिष गुरुको अघिल्लो गजलको यो शेर साह्रै सटीक लाग्यो।

...ठम्याउन गारो भो, को दाता को उपासक ?
भक्तको प्रतिद्वन्दि त बिनायक भएछ...

पछिल्लो गजललाई बुझ्न सकिन कि जस्तो लाग्छ। शेरहरु बीचको संबन्ध मरिगए ठम्याउन सकिन!
************************************

सुरेनजी, शिरिषजीले भनेजस्तै तपाईँको गजलको भाव राम्रो छ, तर कला पक्ष अलिक कमजोर भएको हो कि! अलिक बढीनै नारावादी जस्तो लाग्यो।
************

बिर्खे माईलाजी, तपाईँको प्रवाह गजलमा पनि यति सशक्त देख्दा ईर्ष्या पो लाग्छ मलाई त!

....खोले पानी खाएर झन् जोश ऊठ्दो रेछ
सधैँ मुख थुन्दा त झन् बोलि फुट्दो रेछ।....

दामी छ।(हुनत जोश उठ्छ भनेर सधैँ खोले पानीमै चित्त बुझाउनु पनि ठीक नहोला रे क्या!)

....मक्किएको जिर्ण घरलाई माकुराले छोप्दा
जाल फाल्न अनायाशै यो हात बढ्दो रेछ! ....

यो शेरमा "मक्किएको जीर्ण घर" कुन अर्थमा हो? आफ्नै घरको अर्थमा हो भने त माकुराको जालो पन्छाएर सफा गर्नु उचित होला, तर पुरानो सामजिक/राजनीतिक/आर्थिक संरचनाको अर्थमा हो भने त माकुराको जालो पन्छाउने दु:ख किन गर्नु पर्ला र? त्यो घरै भत्काउने तिर पो लाग्नु पर्ने हो कि?
 
Posted on 03-21-06 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष गुरु, कति भावनामा बगेको भन्या। बुझ्नै गाह्रो भो के। बिर्खे जी, सुरेन्द्र जी, गौतम जी, लेखम लेखम। गजल पढ्ने बानी लागे पछि नशा लागे झै हुने रे'छ।

शिरिष जीको गजलको अघिल्लो र यो धागो आज फेरि एक पल्ट सप्पै पढेर सक्काएँ ल। अब त एउटा किताब बन्ला जस्तो छ गुरु।

नेपाली गजलहरु पनि छन्दमा बाँधिएर प्रशस्तै लेखिएका रे'छन त। "छन्द पराग" मा भेटे अनुसार अनुमान गरेको के मैले। त्यो देखे पछि त मलाई रिँगटा लाएर आयो भन्या।

नेपेजीले नि आफ्ना नयाँ-पुराना गजलहरु टाँसिदिए हाम्लाई हौसला हुन्थ्यो।
 
Posted on 03-21-06 11:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीष गुरुको यो गजल मैले पनि बुझिन!

गौतमजी, खै खासमा तपाईँले भने जस्तै "मक्किएको जीर्ण घर" लाई "पुरानो सामजिक/राजनीतिक/आर्थिक संरचनाकै रुपमा लिएको हो, त्यसमाथि पनि अहिले त्यसलाई माकुराको जालोले छोपेर झनै खण्डहरमा रुपान्तर गर्ने कोशिस हुँदै गर्दा सहनशक्तिले सिमा नाघेर हात उठ्न खोजेको कुरा राख्नने प्रयास गरेको हो अलि प्रश्ट भएनछ कि?

लु भौतेजी गजल बाँच्न नछाडौँ है नछाडौँ! :)
 
Posted on 03-27-06 11:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एऊटा गजल लेख्न खोजेको धेरै नियम नमिलेको होलान तर पनि टाँस्न मन लाग्यो!

गजल-


घुम्टो भित्र लुक्छौ किन उघार मेरो प्यारलाई।
अन्जान बनि जगायौ लुकेको मेरो प्यारलाई।

मुस्कुराउँदा फूल झर्छन् कोइली गाउने छँदैछन्
राग किन छेड्छौ यहाँ सल्काई मेरो प्यारलाई!

थर्थराउँछन मेरा ओठ प्यास झनै बढ्दो छ
टोक्छौ तिमी अधर किन लल्कार् मेरो प्यारलाई!

धर्मराउँछन पाइला मेरा मुटु उफ्रेको छँदैछ
हिँड्छौ किन लच्केर चुनौती मेरो प्यारलाई!

डग्मगाउँछन धैर्य मेरा पौरुषत्व जाग्दै छ
झार्छौ त्यो सप्को किन आमन्त्रण मेरो प्यारलाई!

 
Posted on 03-30-06 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe,

kaafia khoi?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters