shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 A Sher A Day: Part II: Ghazal talk

[Please view other pages to see the rest of the postings. Total posts: 527]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
[VIEWED 181228 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 11-19-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am going to continue this trend as it proved to be pretty productive for me.

Thanks for every one who supported with positive suggestions and active participation.

Here is the link for previous discussions:

http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22595

Lets make it more fun.

To begin with, here is one UNDER CONSTRUCTION

मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ !
छाती भन्दा उठेका करोडौं करङ्गलाई सारङ्गी बनाईदै छ !

(पाखा लगाई फूल्ने गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ)
OR
मरेको बाघको छाला ओढ्नेबाट ह्वास्स गन्ध आयो ब्वांसोको,
चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ !

बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै छ
मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ !

कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ?
तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ !

प्रजाले दिनहुँ लाउने पोशाकमा प्वालका प्रकार अनेक,
कहिले कांहि लाइने मुकुट भने, रङ्गी-चङ्गी बनाईदै छ !

 
Posted on 12-24-05 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe guru,

What happens to this kind of quafia दानी ? Each sounding similar with different meanings?

तिम्रो प्रसंग मेरो छातीलाई चिर्न दानी छ
बांकि तिम्रा अंश केहीमा, आतंक दानी छ !

दिनहुं, मेरा भिन्न घाम उदाएर के गर्नु ?
ऊज्यालो लुट्नु मै तिम्रो बादलको आम्दानी छ !

मेरो उम्मेदबारीमा म आफ्नै बागी भएं रे !
मानें हजूर ! तिम्रो राजनिती खानदानी छ !

बिदेशीएर पनि माया मा-या भए मरिजाम,
प्रमाणमा तिम्रै सहि भएको राहदानी छ !
 
Posted on 12-24-05 7:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजलको आधारभूत नियमहरु भंग नहुने सबै प्रकारको विविधता स्वत: स्वीकार्य हुनु प-यो, होईन र ?

काफियाको अर्थ वैविध्य हुनु हुँदैन भन्ने नियम छैन ।

यदाकदा बहुअर्थको काफिया पनि देखेको भान छ मलाई । तर नेपालीमा नि:सन्देह देखेको थिईनँ ।

मतलामा दानी= charitable, kind को अर्थमा प्रयोग भएको मानें । अलिक awkward लाग्यो ।

तर अन्तिम दुई शेर त दामी छ र सललल्ल बग्ने पनि ।

मेरो उम्मेदबारीमा म आफ्नै बागी भएं रे !
मानें हजूर ! तिम्रो राजनिती खानदानी छ !

लक्ष मै परेको व्यंगवाण हो । तर निर्लज्जताको ढाल बोकेकाहरु संग कसको के लाग्ने ?

बिदेशीएर पनि माया मा-या भए मरिजाम,
प्रमाणमा तिम्रै सहि भएको राहदानी छ !

'सहि' मा कर्मचारीको छवि आउँछ । त्यसको साटो 'छाप' राख्दा कसो होला ? मातृभूमिको छवि आउँछ जो ।
 
Posted on 01-01-06 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank You Nepe. That was just my experimentation and I had that in a different format. I will post it later on. Some of the things you said were in my mind. Satte!

Here is one I am working on. I will add some more shers on this. Please comment as I am having some conflict on some shers.

मारिनेको बन्द बक्सामा नया बिधान थियो !
चर्केको बर्तमान र समस्याको निदान थियो !

एकै ठाउँमा अध्यारा रातहरु थुप्रै भेटिए
दिनले अस्वीकारेको उज्यालोको चिहान थियो !

बाचा भने मखमली न्यानो, सिरानी काखको
ऊपहारमा, ओढ्ने आकाश र ढुङ्गे मचान थियो !

कोही स्वतन्त्र छैनन् कि राम्रो हाल सुनाउन ?
बेहाल सुनाउछु भन्नेहरुको बथान थियो !
 
Posted on 01-01-06 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Alternatively:



मारिनेको बन्द बक्सामा केहि बयान थियो
बिचलित बर्तमान र समस्याको निदान थियो


एकै ठाउँमा अध्यारा रातहरु थुप्रै भेटिए
दिनले अस्वीकारेको उज्यालोको चिहान थियो !

बाचा भने मखमली न्यानो, सिरानी काखको
ऊपहारमा, ओढ्ने आकाश र ढुङ्गे मचान थियो !

कोही स्वतन्त्र छैनन् कि राम्रो हाल सुनाउन ?
बेहाल सुनाउछु भन्नेहरुको बथान थियो !
 
Posted on 01-01-06 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मारिनेको बन्द बक्सामा नया बिधान थियो !
चर्केको बर्तमान र समस्याको निदान थियो !

एकै ठाउँमा अध्यारा रातहरु थुप्रै भेटिए
दिनले अस्वीकारेको उज्यालोको चिहान थियो !

बाचा भने मखमली न्यानो, सिरानी काखको
ऊपहारमा, ओढ्ने आकाश र ढुङ्गे मचान थियो !

कोही स्वतन्त्र छैनन् कि राम्रो हाल सुनाउन ?
बेहाल सुनाउछु भन्नेहरुको बथान थियो !

आफू नचिनेर आफ्नै प्रतिक्रिया घातक भयो
भुसको आंखामा आगो, श्वासमा तूफान थियो !

 
Posted on 01-01-06 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल गुरु अरु नि जाओस्।
------------------------------
मेरो ईज्जत बढेको पक्कै हो
नभए किन हान्थे ढुङ्गा मुढा ! He He
 
Posted on 01-04-06 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dada giri

seriously lekheko ma comment maru

Hawa ma lekheko chahi quoted, ke ho.

I think, I should reconsider my seriousness ! hagi ?

Je hos Dhanyabad.
 
Posted on 01-12-06 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

last night these thought kept me awake for a while. Yet I was too lazy to get up and type. So I scribbled during my commute in the train to work.

And here it is. To be corrected for better flow.


जुकाले पूरै शरिर नापेको हेर्दैछु !
आफ्नै घर बिस्तारै भत्केको हेर्दैछु !

आंखामा भुईंचालो आएर होला
आकाश चिरा चिरा परेको हेर्दैछु !

तिम्रो धड्कनमा बिद्रोह चल्दैछ
म, नाडीमा चुराहरु फुटेको हेर्दैछु !

खप्न सकेनन् रे जाडो कत्ति पनि
आगो ताप्न,मेरो दलिन बालेको हेर्दैछु !

फलाम कै हुन्, जाली र शिरिषको मन
एक पछि अर्को माया खसेको हेर्दैछु !


 
Posted on 01-14-06 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ok I am making this quickie ghazal into three course dinner.

जूकाले पूरै शरिर नापेको हेर्दैछु !
आफ्नै घर बिस्तारै भत्केको हेर्दैछु !

आंखा नै भुईंचालोको केन्द्र भएर होला
आकाश चिरा परेर चर्केको हेर्दैछु !

सुखद भबिष्य निम्ति बिद्रोह जारि छ,
जन्मदै बालकहरु अनाथ बनेको हेर्दैछु !

उनका चीसो गोठ र छिडिको सर्दी
तातो पार्न मेरो दलीन बालेको हेर्दैछु !

अरुका छाया समेतले आक्रान्त पा-यो
ग्रहणले आफूलाई छोपेको हेर्दैछु !

रात हुन् या शिरिषको मनबाट
एक पछि अर्को तारा खसेको हेर्दैछु !




1/12/06
1/14/06
 
Posted on 01-14-06 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जूकाले पूरै शरिर नापेको हेर्दैछु !
आफ्नै घर बिस्तारै भत्केको हेर्दैछु !

आंखा नै भुईंचालोको केन्द्र भएर होला
आकाश चिरा परेर चर्केको हेर्दैछु !

सुखद भबिष्य निम्ति बिद्रोह जारि छ,
जन्मदै बालकहरु अनाथ बनेको हेर्दैछु !

उनका चीसो गोठ र छिडिको सर्दी
तातो पार्न मेरो दलीन बालेको हेर्दैछु !

अरुका छाया समेतले आक्रान्त पा-यो
ग्रहणले आफूलाई छोपेको हेर्दैछु !

रगत उम्लियो यति कि बाफियो सिन्दूर
नाडीका निर्दोष चूराहरु फुटेको हेर्दैछु !


रात हुन् या शिरिषको मनबाट
एक पछि अर्को तारा खसेको हेर्दैछु !
 
Posted on 01-16-06 3:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सशक्त लागेको छ शिरिष गुरु।
-----------
सुखद भबिष्य निम्ति बिद्रोह जारि छ,
जन्मदै बालकहरु अनाथ बनेको हेर्दैछु !

उनका चीसो गोठ र छिडिको सर्दी
तातो पार्न मेरो दलीन बालेको हेर्दैछु !
-------

म पनि आजभोलि चल्दै गरेको एउटा टुक्रालाई राखिहालौँ। काँटछाँट र एक दुई शेरहरु थप्न भने बाँकीनै छ, तैपनि गुरुहरुबाट सुझाव अपेक्षा गर्दै
राख्दैछु ।

गोतामेको गजल-१०

'विचारहरु' मारेर एक्लै बाँच्ने 'विचार' भो!
सर्पबाट ब्वाँसाको 'शाकाहारी' प्रचार भो!

उर्लिएको सागरलाई थोपा भन्ने हो भने
तिन्टा तिम्रा चम्चा बज्दा कसरी हजार भो?!

घस्रेरै भएपनि हिँड्दैथ्यो बाथको रोगी
अब थलै परेछ, यो कस्तो उपचार भो?!

धेरै निक्ले आफैँलाई बेच्न सक्ने दासहरु
पसेछन् कि? मन्दिरबाटै शुरु ब्यापार भो!
(पसेछन् कि? मन्दिरभित्रै शुरु बजार भो!)

यसै पनि छोटा हैनन् देश लुट्ने हातहरु
बन्दूकको आड भो, लम्बाई गुना चार भो!
(आड पाई गोलीको, लम्बाई गुना चार भो!)
 
Posted on 01-16-06 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद गौतम जी

केहि परिवर्तन गर्दैछु....

उनका चीसा गोठ र छिडि तताउन
मेरो कोठाको दलीन बालेको हेर्दैछु !

(रगत उम्लिएर बाफिएको सिन्दूर र)
रगत पोखीएर फिक्का भा’को सिन्दूर र
निर्दोष नाडीका चूराहरु फुटेको हेर्दैछु !

एउटै धटना काफी थियो पछुताउन
अनगिन्ती गल्तीको माला बुनेको हेर्दैछु !



अब तपाईको गजल बारेमा
सरसर्ति पढ्दा गजल राम्रो लाग्यो तर कतै कतै
तपाईलाई पनि मेरै जस्तै कमजोरिले पछ्याएको भान भयो, कमकेकम मलाई !



धेरै निक्ले आफैँलाई बेच्न सक्ने दासहरु
पसेछन् कि? मन्दिरबाटै शुरु ब्यापार भो!
(पसेछन् कि? मन्दिरभित्रै शुरु बजार भो!)


यो शेरमा ! भन्न खोजिया कुरा बुझिन्छ तर अझ प्रष्ट पार्नु पर्ला जस्तो लाग्छ मलाई !



अब काफीयाको कुरा
'विचार' भो!
प्रचार भो!
हजार भो?!
उपचार भो?!
ब्यापार भो!
चार भो!

तकनिकि कुरामा म ता यस्ता काफियाको प्रयोगमा कुनै द्वेष देख्दिन ! यी सबले भिन्दा भिन्दै माने बोकेका छन् ! (अचेल नेपालबाट दुई दर्जन गजलका किताब मगाएर पढ्दै गरेको छु र त्यसमा भूमीका लेख्ने गजलकारहरु (अग्रज त होलान् नि) लाई चाही यस्तो दोह-याएको चित्त नबुझ्दो रै’छ ! अनुभबको कमी भन्दा रैछन् र म पनि आफ्नो हेरेको त थुप्रै पो कमी रै’छन् गांठे !
तपाईको अनुप्राश rhyming “आर’ प्रष्ट छन् तर मतलाका “चार” ले गर्दा काफीया नै चार हुन् कि भन्ने भान पर्दो हो ! ऊनीहरुका कुरा सुन्ने हो भने चेन्ज गरे हुन्छ नभए पनि गल्ति चांहि छैन !
 
Posted on 01-16-06 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुखद भबिष्य निम्ति बिद्रोह जारि छ,
जन्मदै बालकहरु अनाथ बनेको हेर्दैछु !


रगत उम्लियो यति कि बाफियो सिन्दूर
नाडीका निर्दोष चूराहरु फुटेको हेर्दैछु !




ATTYUTTAM SHIRISH GURU!!

I'M DUMBFOUNDED.
 
Posted on 01-16-06 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अब काफीयाको कुरा
'विचार' भो!
प्रचार भो!
हजार भो?!
उपचार भो?!
ब्यापार भो!
चार भो!

तकनिकि कुरामा म ता यस्ता काफियाको प्रयोगमा कुनै द्वेष देख्दिन ! यी सबले भिन्दा भिन्दै माने बोकेका छन् ! (अचेल नेपालबाट दुई दर्जन गजलका किताब मगाएर पढ्दै गरेको छु र त्यसमा भूमीका लेख्ने गजलकारहरु (अग्रज त होलान् नि) लाई चाही यस्तो दोह-याएको चित्त नबुझ्दो रै’छ ! अनुभबको कमी भन्दा रैछन् र म पनि आफ्नो हेरेको त थुप्रै पो कमी रै’छन् गांठे !
तपाईको अनुप्राश rhyming “आर’ प्रष्ट छन् तर मतलाका “चार” ले गर्दा काफीया नै चार हुन् कि भन्ने भान पर्दो हो ! ऊनीहरुका कुरा सुन्ने हो भने चेन्ज गरे हुन्छ नभए पनि गल्ति चांहि छैन !


चित्त बुझ्ने/नबुझ्ने कुरा त आफुखुशि हो अग्रजहरुको । परन्तु, काफियाको अन्तांश दोहरिने कारण नवकविहरुको 'अनुभव' को कमी नभई 'नेपाली भाषा मै अनुप्रासयुक्त शब्दहरु' को कमी भएर हो । यो कुरा यी अग्रजहरुले बुझ पचाएको चाही मलाई चित्त बुझेन बरु ।

नेपाली गजललाई व्यापक बनाउने हो भने गजलका प्रचलित अनिवार्य नियमहरु बाहेक अरु कुरामा स्वतन्त्रता दिनै पर्छ भन्ने मेरो आग्रह छ ।
 
Posted on 01-20-06 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank You Ishwor and Nepe

मैले अहिले सम्म काफिया बारे बुझेको कुरा बाड्न चाहन्छु र हामी सिकारु गजल लेख्नेहरुलाई फाईदा हुन्छ कि भनेर !

शास्त्रीय गजलमा तीन प्रकारका काफिया हुन्छन्

पूर्ण काफिया जस्तै आयो गायो
आंशिक काफिया जस्तै रच्नु राख्नु
एक अक्षरे भो पो

गजल लेखनमा पूर्ण काफिया राम्रो मानिदो रहेछ !

यो निर्माणाधीन शायद एक अक्षरेमा पर्दो हो !

तह तह हुदो हो बिरह
क्रमै सित फेरिदो बिरह !

फूलले पराग लुटाउदा,
मह बन्नु बीउको बिरह !

नहुंदा बरु शान्ति सरह
भएर नहुंदा पो बिरह !

फेद भेट्न बग्न खोज्यो दह
सतहमै उत्रियो बिरह!

प्रक्रितिले नै ठगे के गर्ने ?
रुन चाहने गोहीको बिरह !

खुशी हेर्न पर्खी रह्यो गह
निमेषमै भेटियो बिरह !
or
खुशी हेर्न पर्खी रह्यो गह
थुनेर आंशु जस्तो बिरह !


Note: I have not yet found any classical behers with ten syllables like this one. So I need to modify to make it either 9 or 11 syllables.

साझामा गजल लेखन भिन्न तहमा लैजान यस पछि शास्त्रीय बेहरमा चर्चा गर्न थालीने छ !
जुन सजीलो हुने छैन र निके मिहेनत र अनुशासनको जरुरत पर्नेछ अनि गजल लेखन प्रक्रियाको गतिमा सुस्तता आउने छ !

नेपे
तपाईले जस्तै सबैले लिबरल भएर सोच्दा हुन् त सजीलो हुने थियो तर माहोल त्यस्तो छैन रहेछ ! हुन त जुन संग्रहमा यस्तो हुनु पर्छ उस्तो हुनु पर्छ भनेर भूमीका बांधीए पनि त्यै संग्रहहरु पनि पूर्ण (छन्द, बेहरको हिसाबमा) छैनन् !

म त दोधारमा छु !
 
Posted on 01-20-06 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haripppppppppp thread raichha..
quite impressive !!!

please keep it up
 
Posted on 01-20-06 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
शिरिषजी,
धेरै दिनपछि भेट भो।

मलाई यसपालि सबभन्दा मुन परेको चैँ यो भनुम् कि।-

फेद भेट्न बग्न खोज्यो दह
सतहमै उत्रियो बिरह!
 
Posted on 01-20-06 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब!
ल गुरुहरु लेख्दै जाउँ हामि सिक्दै जाउँला
:)
 
Posted on 01-24-06 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

10 syllable ko pani classical beher hundo raii'cha
for e.g.

ह्रश्व = १
दीर्ध = २

फाईलातुन् + मपाइलुन् + फेलुन्
२१२२ + १२२२+ २२

रमलको भेद भनिदो रहेछ !

बिर्सिएको कहानी याद् आयो
प्रीतिको जिन्दगानी याद् आयो !
-सनत कुमार बस्ती

साभार- देबी नेपाल, छन्द पराग

आफू त अहिले तरन्तै यस्तो लेख्ला जस्तो छैन !
नेपाली गजलमा तर आफैले बनाएको बेहर को चल्ती धेरै रहेछ !

कति बिरही लेख्ने भनेर यस्तो romantic कनस्ट्रक्ट गर्दैछु ! पूरा भा'छैन !

कहां सुधार्नु पर्छ थाहा पाउं !

अक्षर गिन्ति १७


पबनको म्वाईको असर झैं स्थीर पानीलाई !
छाल उठ्यो ममा मानौं जगायौ जवानीलाई !

स्वर कसरी दिन सक्थें गीत धूनको अभाबमा
तिम्रै रचनामा गाएं मैले जिन्दगानीलाई !

सोच्ने बनायौ सम्झने बनायौ अनुपस्थितीमा
प्रत्यक्ष आई सम्हाल लौ मेरो यस्तो बानीलाई !

जस्लाई मागें उसैले मन्दिर दोह-याए पछि
गुनासो पोख्न अब अरु के रह्यो भवानीलाई ?

लाज अझै बांकी छ भने मेरो आंखामा लुकाउ
रातमा रंग भरि अप्ठ्यारो पारौं बिहानीलाई !
Or
लाज अझै बांकी छ भने मेरो आंखामा लुकाउ
रंगीन बनाऔं अघ्यारो रातको कहानीलाई !

 
Posted on 01-24-06 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीषले गम्भिरताका साथ र मेलै लगाएर गजलका छन्दहरु अध्ययन गरिरहेको बुझ्दा खुशि लागेको छ ।

मैले छन्दहरुको अध्ययनै गरिनँ । लघु-गुरु (ह्रस्व-दीर्घ) समेत मिलाउनु पर्ने वार्णिक छन्दहरुमा गजल लेख्ने आँट नभएर हो । र फेरि गैर-उर्दु भाषाका समकालिन गजल-लेखनमा वार्णिक छन्द उन्मुक्त गजल लेखिईरहेको बुझेर पनि हो । र प्रचलित वार्णिक छन्दहरु (संस्कृत र उर्दु दुवैका) बारे एउटा शंकाले पनि यसलाई साथ थिएको थियो । त्यो शंका के भने कतिपय छन्दहरु संभवत: गेयात्मक छैनन् होला भन्ने । पेशेवर गायकहरुबाट गाईएका कतिपय उर्दु गजल हरुको अप्ठ्यारा र श्रुतिमाधुर्यविहिन लयहरु सुनेर मेरो मनमा त्यो शंका पलाएको हो । छन्दहरुको विकास संगीत-शास्त्रमा आधारित नभएर आफुखुशि (arbitary) भएर त्यसो भएको होला भन्ने मेरो लख ।

निसन्देह: मिसराहरुमा लघु-गुरु, विश्राम आदिको एकरुपताले गजल/गीतलाई गायन-मैत्री बनाईदिन्छ । तर कतिपय अवस्थामा लघुलाई गुरुको रुपमा improvisation गर्न सकिने देख्दा गजललाई गायन-मैत्री बनाउने न्यूनतम शर्तहरु के होलान् भन्ने कुरा अनुमान नै गर्न सक्या छुईन मैले । (गजल गायन-मैत्री हुन पर्ने कुरालाई मैले न्यूनतम र अधिकतम शर्त दुवै मानेको छु । गाउन नसकिने भए गजल नै किन बनाउनु प-यो, गद्य-कविता बनाए भईहाल्यो नि । अनि, गजल गेयात्मक भए पुगिहाल्यो, किन चाहियो नाना भाँतीका थप नियम भन्ने विचार हो मेरो) । त्यसैले म त के गर्छु भने, शेरहरु लेखिसके पछि यसो गुनगुनाउछु, सबै शेरहरु धेरथोर एउटै लयमा गाउन सकियो भने, पुग्यो मलाई ।

जुन दिन कुनै संगीतकारले त्रुटीहरु देखाउला, त्यसै दिन देखा जाएगा भनेर बस्या छु म त ।

*** *** *** ***

रातमा रंग भरि अप्ठ्यारो पारौं बिहानीलाई !

मुसुमुसु हाँस्दैछु म । emoticon राखेको भए पनि हुन्थ्यो होला, शब्दमै भन्न मन लाग्यो र ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Morning dharahara
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters