Posted by: shirish December 8, 2005
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
with little change and addition of one more sher: आंखा संधै बग्ने गरेकोमा तिमीलाई दुखेसो छ बालुवा झै सुष्क मेरालाई भने पानीको खांचो छ ! दौडी रहेछौ ओरालोमा कस्तो सजीलो मानेर हिड्न नजानेर , मलाई त्यही बाटो उकालो छ ! शिखरमा एक्लै सुनी, साथ दिन मन लागेथ्यो, पहाडको फेद कहां ठम्याउनै मलाई गारो छ ! टुक्रेको शिशा पनि चम्कियो तिम्रो रहोबरमा नटल्किने मेरो हीरा हो की या किरणै बाङ्गो छ ? बयान सुन्या’ थिएं तिम्रो अचूक उपचारको कति जांच्छौ मात्र ? आलो घाउको यस्तै गुनासो छ ! उदार भै सुन-चांदि बांडि हिड्यौ दूनियालाई, पर्दा, अब आत्मै बेच्छु! सांचेको सम्पति सस्तो छ ! ककस्का ओठमा छाडी आयौ चुम्बनका रापहरु ? तिम्रो अंगालो चीसो, डुबेको घाम बरु न्यानो छ !
Read Full Discussion Thread for this article