Posted by: shirish January 1, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
मारिनेको बन्द बक्सामा नया बिधान थियो ! चर्केको बर्तमान र समस्याको निदान थियो ! एकै ठाउँमा अध्यारा रातहरु थुप्रै भेटिए दिनले अस्वीकारेको उज्यालोको चिहान थियो ! बाचा भने मखमली न्यानो, सिरानी काखको ऊपहारमा, ओढ्ने आकाश र ढुङ्गे मचान थियो ! कोही स्वतन्त्र छैनन् कि राम्रो हाल सुनाउन ? बेहाल सुनाउछु भन्नेहरुको बथान थियो ! आफू नचिनेर आफ्नै प्रतिक्रिया घातक भयो भुसको आंखामा आगो, श्वासमा तूफान थियो !
Read Full Discussion Thread for this article