[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 A Sher A Day: Part II: Ghazal talk

[Please view other pages to see the rest of the postings. Total posts: 527]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
[VIEWED 181408 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 11-19-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am going to continue this trend as it proved to be pretty productive for me.

Thanks for every one who supported with positive suggestions and active participation.

Here is the link for previous discussions:

http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22595

Lets make it more fun.

To begin with, here is one UNDER CONSTRUCTION

मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ !
छाती भन्दा उठेका करोडौं करङ्गलाई सारङ्गी बनाईदै छ !

(पाखा लगाई फूल्ने गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ)
OR
मरेको बाघको छाला ओढ्नेबाट ह्वास्स गन्ध आयो ब्वांसोको,
चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ !

बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै छ
मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ !

कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ?
तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ !

प्रजाले दिनहुँ लाउने पोशाकमा प्वालका प्रकार अनेक,
कहिले कांहि लाइने मुकुट भने, रङ्गी-चङ्गी बनाईदै छ !

 
Posted on 11-20-06 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खेको रहर पनि पु-याई दिउ भनेर एउटा कनि रहेछु



किल्ला-पर्खाल भित्र क्षितिज अमान्य हुंदा
भित्ताबाट उदाए जस्तै भित्तामै अस्त छौ !





के मेरो सोचाई बियर्ड भएर गै राख्या छन् हां ?

त्यो बोल्ड कसरि बनाउने हो ?
 
Posted on 11-20-06 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् शिरिष गुरु आग्रह स्विकार गरिदिनुभएकोमा!

बोल्ड रे? फन्ट जस्तै B प्रयोग गर्ने नि। तलको उदाहरण हेरौँ-

<बि> किल्ला-पर्खाल भित्र क्षितिज अमान्य हुंदा
भित्ताबाट उदाए जस्तै भित्तामै अस्त छौ !
 
Posted on 11-20-06 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

र अन्तयमा close गर्न नबिर्सौँ < /बि >
 
Posted on 11-20-06 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किल्ला-पर्खाल भित्र क्षितिज अमान्य हुंदा
भित्ताबाट उदाए जस्तै भित्तामै अस्त छौ !

 
Posted on 11-22-06 5:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई मद्दत चाहियो !!!!! धर्म सङ्कत मा प-या छु ! एउटा छान्नु प-यो !

संसर्गमा बस् कामान्धको बास्ना थियो
मायाका माग राख्न थाले देखि त्रस्त छौ !



खाली कामान्धको गन्ध थियो संसर्गमा
अलिकति माया मिसाए देखि त्रस्त छौ !!

 
Posted on 11-22-06 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Vote for
संसर्गमा बस् कामान्धको बास्ना थियो
मायाका माग राख्न थाले देखि त्रस्त छौ !
 
Posted on 11-22-06 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद अमन

यस्तो कस्तो होला ?

आंखा चिम्ले सम्म ठिकै थियो संसर्गमा
मायाले हेरिन थाले पछि देखि त्रस्त छौ !


मेरो दिमाग चाटी रहेछ यस्ले
 
Posted on 11-23-06 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

they mada some changes....Read for your self

http://www.tanneri.com/ReadArticle.asp?ArticleID=1557
 
Posted on 11-23-06 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब गयो गुरु!
एउटा शेर नै लाख रुपियाँको! क्या बात!

मलाई चाहिँ यसरि पढ्दा झन गजब लाग्यो-

संसर्गमा बस् कामान्धको बास्ना थियो
अलिकति माया मिसाए देखि त्रस्त छौ !!

 
Posted on 11-23-06 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि एउटा लेख्न खोजेको थिएँ, सुझावको अपेक्षामा।

हाम्रो प्रेमको महल आज खण्डहर छ
धुरि छाना फेर्ने अझै नि रहर छ

बिलाएको नठान सबै तारा आकाशका
तारा टिपि पोल्टा भर्न बाँकि प्रहर छ

गुनासोको वर्षा कति अझै बर्साउँछौ
यो बर्षातमा कतै अलिकति जहर छ

जङ्गलको यात्रा गर्दा गर्दा थाकिसकेँ
पाईला एउटै भए झिलिमिलि शहर छ

 
Posted on 11-24-06 12:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! गज्जापको छ बिर्खे बुरो!

सुझाउ दिनी ढगं त छैन केरे, के दियाइ भो र.
मिटर (Meter) ला'र नाप्दा खेरुन लामु छोटो हुनिरच, अझ मिलाम्न सके मिलाम्.

धुरि = छाना
एउटै शब्द दोहोरियो कि जस्तो मानिचू.

अब बिट मार्नी शेर हानम्.

सुस्ताएको सुस्केरा भने हैन यो "बिर्खे" को
वसन्तको वृक्ष बनी मौलाउने रहर छ

यहाँ "वसन्त" भनेर वसन्त क्रान्तिलाई भन्न खोज्या भुनेर राजनैतिक अर्थ लगाए नि भो, राजनिति गनायो भुनेर कसैले भुने भने हैन साँच्चीकै "वसन्त ऋतु" हो, माया पिरिमको कुरो हो
भने नि भो.
 
Posted on 11-24-06 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जी

राम्रो छ तर अझ दोह-याएर तेहाराएर सच्याउनु भए बेस होला ! नेपे गुरु भन्नु हुन्छ: revision धेरै गर्नु पर्छ ! हो पनि !

तर तपाईको मनस्थिती म बुझ्छु क्या ! हतार हुन्छ टांस्न लेखि सक्दा नसक्दै ! हे हे !मलाइ नि त्यस्तै रोग छ क्या !

ल अरु सच्याम्

मैले सच्याउने धृष्टता गरें है ! गल्ति माफ पाम् ॥


दिनको प्रेम महल, रातमा खण्डहर छ
आफ्नै कांध थापी छाना अडाउने रहर छ

सांझै टिपि पोल्टा भरें मन भने भरिएन,
छटपटाई कटाउन बांकी सबै प्रहर छ !

गुनासोको वर्षाले निथ्रुक्क भिजेको जिउ
पोल्यो जताजतै, मानौं रगत मै जहर छ !

यात्राको थकानमाथि दिशा-हिन कम्पास,
पाईला जङ्ल तिर, अर्कातिर शहर छ !

 
Posted on 11-24-06 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् दादा र शिरीष गुरु!

हैन के कुरा गर्नुभएको गुरु? तपाईँले सच्याएकोमा त म अनुग्रहित पो छु त, माफि को सवालै आउँदैन नि।

हा हा हा कस्तो ठिक बुझ्नुभएको साँच्चै हो टाँस्न हतार हुन्छ भन्या:)

अझै यस्तै सुझाव र हौसला पाइरने आशामा छु!
 
Posted on 11-25-06 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दादा,

मैले नेपाल-जापानमा एउटा गजल पठा'को टासेनन् के !
यस्सो सो-फो लाउनु पर्ने हो कि?

अनि बिर्खेलाई मात्र माया गरेर कमेन्ट गर्ने भन्या ??

के भा' आज बिहान देखि गुनासो ???
 
Posted on 11-25-06 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष गुरु, बिर्खे गुरु, गजलहरुको यती धेरै खजानाहरु एकै ठाम मा भेटिंदा हर्ष ले गद गद भएं । म पनि गजलको शान्दार पाठक हुं । कहिले कहीं २-४ शब्द खेलाउछु, एकदिन सबिताको कबिता लेख्दा राम प्रसाद सँग झन्दै मल्ल युग्द भाको । जे होस् शिरिष गुरुको प्रतिभालाइ म सलाम गर्छु ।
 
Posted on 11-25-06 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काँडालाइ फूलको रीस फेर्छौ किन?
अमृत् पिई जताततै बिष झार्छौ किन?

शिरिष गुरु माथिका प्ंत्तिलाई गजल बनाउन मिल्छ कि?
 
Posted on 11-28-06 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahuk bhai,

I sensed your love for music when I saw your Narayan Gopal thread.
Its extremely rare to find those who appreciate ghazal and thank you for appreciating.

The lines your wrote can be converted into ghazal provided that you modify kafia. You are not totally wrong with quafia but if I were you, I would modify. Since quafia is the heart of ghazal, you should be able feel the beat. Nepe explains things in a better way and he has more grasp than me. We can do some research together, too.

to begin with don't try to write in beher i.e. in the chanda. This will kill you and lose your interest in ghazal. But, at least try to count syllables and keep writing.

What I learnt till now is the product of discussions here.

BTW

this is I am working on for some time and since you talked about flower, I thought of posting it. More later after my exams. Its in a very raw format. मैले फूललाई रीस चांही फे-या छैन है !



मलाई पनि नरम हुन करै लाग्यो,
पत्थर फुटाली फूल्दिदा कमलो गुलाफ !

बिद्रोही शैलीले चीसोमा गर्मी ल्यायो
बेयाम बेयाम फुल्दिदा रातो गुलाफ !

 
Posted on 11-28-06 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पनि नरम हुन करै लाग्यो,
पत्थर फुटाली फूल्दिदा कमलो गुलाफ !



बाफ रे!! :)
 
Posted on 11-29-06 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के बुझ्नु भो ? बिर्खे जी? जान्न मन लाग्यो क्या !
 
Posted on 12-03-06 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



खस्ने डरले किनारै किनार हिडियो,
ठाडो भीर मुनि फुल्दियो मनको गुलाफ !



मलाई पनि नरम हुन करै लाग्यो,
पत्थर फुटाली फूल्दियो कमलो गुलाफ !

बिद्रोही शैलीले चीसोमा गर्मी ल्यायो
बेयाम बेयाम फुल्दियो रातो गुलाफ !
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
emergency donation needed
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters