[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 A Sher A Day: Part II: Ghazal talk

[Please view other pages to see the rest of the postings. Total posts: 527]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
[VIEWED 181389 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 11-19-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am going to continue this trend as it proved to be pretty productive for me.

Thanks for every one who supported with positive suggestions and active participation.

Here is the link for previous discussions:

http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22595

Lets make it more fun.

To begin with, here is one UNDER CONSTRUCTION

मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ !
छाती भन्दा उठेका करोडौं करङ्गलाई सारङ्गी बनाईदै छ !

(पाखा लगाई फूल्ने गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ)
OR
मरेको बाघको छाला ओढ्नेबाट ह्वास्स गन्ध आयो ब्वांसोको,
चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ !

बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै छ
मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ !

कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ?
तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ !

प्रजाले दिनहुँ लाउने पोशाकमा प्वालका प्रकार अनेक,
कहिले कांहि लाइने मुकुट भने, रङ्गी-चङ्गी बनाईदै छ !

 
Posted on 05-07-06 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाइँहरुको लोभ लाग्दो रचना पढेर मलाइ पनि केहि लेखुँ लेखुँ लागेर लेखेँ।
शिकारु भयेकोले नमिलेको ठाउँमा मिलाएर पढ्नु होला।

बलिको बोका बनाई बली दिन सक्छु
शक्ति पिठ पुजी शक्ति बढाउन सक्छु

हार मानेको छैन नठान्नु थाकेँ
षडयन्त्र रचेर फेरि आउन सक्छु

उपवास बसेँ म केहि दिनको लागि
केहि दिनमा फेरि म तोड्न सक्छु

स्वाद छ बसेको सत्तामा मेरो
येसको बिना म कसरि बाँच्न सक्छु?
 
Posted on 05-09-06 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Badesh jee,

Welcome to the thread.

I hope you won’t mind commenting upon your ghazal in technical aspect.

बलिको बोका बनाई बली दिन सक्छु
शक्ति पिठ पुजी शक्ति बढान सक्छु

हार मानेको छैन नठान्नु थाकेँ
षडयन्त्र रचेर फेरि आन सक्छु

उपवास बसेँ म केहि दिनको लागि
केहि दिनमा फेरि म तो ड्न सक्छु

स्वाद छ बसेको सत्तामा मेरो
येसको बिना म कसरि बाँच्न सक्छु?

There has been enough talk of the structure of ghazal in the forum.

Though, may be acceptable to write ghazal in this form of quafia to few but it is NOT acceptable if you want to write in a CLASSICAL format.

As I have mentioned else where in this thread, the syllable has to rhyme prior to the syllable which sounds the same (or the group of syllables) in all quafia (in this instance "न" ). So I would consider to rewrite this ghazal with proper usage of quafia.

Second, बढाउन आउन is good enough especially “आ” is followed by उन (group of syllables which sound the same). It would be desirable to follow similar pattern than using ई as in दिन, आेड् in तोड्न and आँ in बाँच्न !

Quafia is supposed to be the heart of ghazal and one can not mess with it or for safety, don’t tag it as ghazal.

As ghazals supposed to be lyrical, it will be better to have at least the same number of syllables in every couplets.

If you can reduce or eliminate the useage of words like फेरि repeatedly, it would sound better and be economical too. words meaning the same can be used to make it more lyrical.

One thing for sure...Keep writing !


Dilip jee

I think your ghazal is technically correct but as Nepe said नविनता ..yeah we need fresh ideas and बिम्ब than mere repition.

One thing for sure...keep writing.
 
Posted on 05-09-06 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I could not wait to finish and post.


मतियार सबै रद्दी रहेछ !
तिनी आफै बाङ्गो लठ्ठी रहेछ !

तमासा हेर्न सडकमा पर्खें
बिना सवारका बग्गी रहेछ !

मातेरै निस्के लुकि छिर्ने पनि
दरबार भन्नु भट्टी रहेछ !

झोलमा डुब्दा बल्ल थाहा पाए
चोक्टा जति सारो हड्डी रहेछ !
 
Posted on 05-09-06 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तमासा हेर्न सडकमा पर्खें
बिना सवारका बग्गी रहेछ !


What a disappointment ! A lovely expression.

झोलमा डुब्दा बल्ल थाहा पाए
चोक्टा जति सारो हड्डी रहेछ !


You might want to add what you felt when you realized it was not even a chokta but useless haddi for which you get drowned.

Something like,

दु:ख झोलमा डुब्दा हैन, बरु
यो जान्दा कि चोक्टा हड्डी रहेछ !

__
 
Posted on 05-09-06 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो एउटा लाडो छ
लाडो मुनी दुईटा गेडा छ
मैले बुझ्न नसकेको कुरा
ती गेडाको के उपयोगीता छ
 
Posted on 05-10-06 3:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नपुशंक हौ कि के हो ?
नत्र त थाहा हुनु पर्ने हो त्यसको उपयोगिता ।
म आफू लेख्‍न जान्दिन तर पनि कहिले काहिँ यो धागो पढने गर्छु ।
कृपया यसलाई शुध्द राखौं ।
 
Posted on 05-11-06 7:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के लेख्दै थीएँ के लेखीयो । अव "कवि रचति काव्यानि रस जानति पण्डितं" भन्दै यहाँ राखेको छु। यस धागाका अग्रज र सहयात्रिहरुको जो निगाहा !!!

 
Posted on 05-11-06 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ba Ba Dilip jee Gajjab cha la form, flow, format, clearity, expression and sama-samayik except the maqta (the closing sher, I did not understand fully).

The shers do contain multiple layers of meanings.

Bravo !

Keep writing !
 
Posted on 05-12-06 12:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीषजी ,

"म जस्तो कोहि छैन" र "मैले जे पनि गर्न सक्छु" भन्नेको आफ्नै बेहाल हुन्छ । समय संग नहिडने धेरैलाई समयले नै पाखा लगाई सकेको छ र यो घटना पनि त्यस्तै ईतिहासको यौटा पूनरावृत्ती हो भन्न खोजेको थिएं । अलि प्रष्ट भएन जस्तो छ ।

त्यसो त गौतमजी जस्तै हतारमा लेखिहाल्ने र पछि सच्याउन जाँगर नचल्ने बानी मेरो पनि छ (लामो सम्बन्ध र आत्मीयताको क्रममा यो रोग म बाट उहाँमा सरेको हो कि उहाँले मलाई सार्नु भएको हो हामि छुट्टै टुङ्गो लगाऔंला) । तर Quick response को लागि धन्यबाद र अरु ध्यान दिने बाचा सहित ।
 
Posted on 05-13-06 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I just could not stop enjoying and playing with this. I promise I won't post the same thing again. Please bear with me.

भरे नियत बिगारि कठोर हुन सक्छु !
तर अहिले बिश्वस्त जोर हुन सक्छु !

पछिल्ला क्रिडाका दाग सुक्दा नसुक्दै,
एकै क्षणमा फेरी फोहोर हुन सक्छु !

हतियारै किन चाहियो? उल्क्याए हुन्छ
घाइते हुंदा हर्षले बिभोर हुन सक्छु !

लुकीछिपी गर्दाको मीठो अनुभब छ
मौका दिने बित्तिकै चोर हुन सक्छु !

हांक र हर्जाहरुका हेक्का हूंदा हुंदै
कहिले धेर कहिले थोर हुन सक्छु !
 
Posted on 05-13-06 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ त धुनधानका गजलहरु गइराखेका रहेछन्!

बाफ रे दिलीप दाई, गजब छ!!! (गौतम गुरुको दाइ मेरो पनि दाई) :)

शिरीष गुरुको यो शेर पटक पटक पढ्न मन लाग्यो!

लुकीछिपी गर्दाको मीठो अनुभब छ
मौका दिने बित्तिकै चोर हुन सक्छु !


गजब!!
 
Posted on 05-14-06 3:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have been reading this thread since about a year, but I never dared to drop my lines here. After reading all of yours creations, now I couldn't stop myself from posting this here. I am a Ghazal fan but actually do know nothing about its rules, formation and other technical details. This one is been written by all of your inspiration. So it is dedicated to you all. If it is "readable" I give all credits to you all and if it's not worth reading then I take whole responsibility and let me tell you "it's mine".

My ideas and way of thinking may differ from some of yours, but I love Ghazals and hope that may connect us together.

Nepali Janta

नेपाल बनाउने सपना देख्‍ने सहिदका सपना टुटे ।
गिद्धे निति लिदैं नेता फेरि पदमै जुटे ।

खोक्रो आदर्श छाँटदै देश बेच्ने तिनै थिए,
आज फेरि तिनै हाम्रा उध्दारक बनि उठे ।

पदमा पुगेपछि फेरि भुल्न थाले सबै जन ,
राष्ट्र बनाउछौं भन्दै उल्टो सिगैं देशै लुटे ।

एकताको नारा दिदैं खुट्‍टा तान्ने खेल गर्दै,
यिनका गुट आ-आफैमा कतिचोटि फुटे- फुटे ।

जिउँदा लास हुन, यिनले के बुझ्थे सहिदका कुरा,
"नेपाली जनता" का आशा कतातिर छुटे छुटे ।
 
Posted on 05-14-06 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे म पनि छोडदिउँ एउटा ।

उनको लागि सबथोक छोँडे, सडकमा उपहासको पात्र बने ।
मेरो अब कोही छैन्, तिम्रो लागि संसारको जात्रा बने ।

समय अझै छ आश अझै छ, तैपनि एउटा लाश बने ।
फर्केर आउ हात समाउ, तिम्रो नाम नै मेरो सास बने ।

अझै पिर छैन्, दु:ख छैन, सपनिमा तिम्रो नवजीवन बने ।
ओईलाएको थिँए, तिमीले हेरिंदिंदा फक्रीएको गुलब बने ।

सुर्य उदायो, दिन उदायो, तर मेरो लागि बेकार बने ।
यती त बुझ, यती त सम्झ्, म त अब कात्रोको आश बने ।
 
Posted on 05-14-06 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उनको लागि सबथोक छोँडे, सडकमा उपहासको पात्र बने ।
मेरो अब कोही छैन्, तिम्रो लागि संसारको जात्रा बने ।

समय अझै छ आश अझै छ, तैपनि एउटा लाश बने ।
फर्केर आउ हात समाउ, तिम्रो नाम नै मेरो सास बने ।

अझै पिर छैन्, दु:ख छैन, सपनिमा तिम्रो नवजीवन बने ।
ओईलाएको थिँए, तिमीले हेरिंदिंदा फक्रीएको गुलाब बने ।

सुर्य उदायो, दिन उदायो, तर मेरो लागि बेकार बने ।
यती त बुझ, यती त सम्झ्, म त अब कात्रोको आश बने ।
 
Posted on 05-15-06 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीषजी ,

वाह ! वाह !! (गजल दामि छ भने "वाह ! वाह !!" नभनि चित्तै बुझ्दैन । )

मलाई सबैभन्दा मन परेको शेर चाँही :

पछिल्ला क्रिडाका दाग सुक्दा नसुक्दै,
एकै क्षणमा फेरी फोहोर हुन सक्छु !

तपाईले कुन अर्थमा लेख्नु भयो कुन्नी तर यसको multiple layers of meanings हेर्‍यो भने त के के बुझीन्छ के के (is my mind corrupted and only I see this meaning or you can also feel it?)

Anyway, I love that:

बिर्खे भाई ! (दाई भन्नु भएकोले म त straight भाई मा आएँ) म भन्दा पहिला यो धागोमा तपाई हुनुहुन्थ्यो र यहाँ टाँसने काम भर्खरै थाले पनि तपाईहरुको रचना भने निक्कै पहिले देखी पढदै थीएँ । सिधा कमेण्ट दिनु होला ल? तपाईको दुईवटा शेर खुब दामि लागेका थिए, यहाँ पून टाँस्दैछु ।

नरबलि’ मेरो भाईको, दिन्न अब पुजारिले
मुर्ती फाल्न त्यो, पर्खाल हटाउन खोज्दै छु!

कयौँ पटक पोइलिएकी, स्वास्नी नभै भएन!
काटेर त्यो ‘जार’, स्वास्नी ल्याउन खोज्दै छु!

अर्को जी
तपाईको :

समय अझै छ आश अझै छ, तैपनि एउटा लाश बने ।
फर्केर आउ हात समाउ, तिम्रो नाम नै मेरो सास बने ।

खुब मन पर्‍यो तर तल र माथिका काफिया हरु अलि गडबड भएका हुन की ? (म आफै यो धागोमा शिकारु भएकोले मैले नबुझेको पनि हुनसक्छ)

नेपाली जनता !
आंशिक रुपमा तपाईसंग सहमत छु तर अहिले नै हतास भई हाल्ने बेला भएको छैन की ?
 
Posted on 05-16-06 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिलिप जि:
comment को लागि धन्यवाद है । मैले त्यो ख्याल ख्याल मा लेखेको हो के । मलाई शायरी आउने भए म शायर भयिसक्ने थिएँ । तर आफु त अरुको follow गरिन्छ । follow गर्ने मान्छे कहिल्यै केही हुँदैनन् । मुड चल्यो लेखिदिँए यो धागो पढदा पडदै ।
 
Posted on 05-16-06 6:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I wrote this long time back in a very different way and Gorkhapatra published this as a ghazal. Then it did not have any form of ghazal so I decided to convert this into a ghazal.

for New writers:
word with red are QUAFIA and blue are the RADIF.


योद्दाहरु स्वेच्छाले हार्न तैयार छन्
उन्ले बगाए बगि दिने किनार छन्

धर्साहरुले कोरेर कोर्नै नसकिने
बा! बा! आकारका क्या प्रकार छन्

डुब्नलाई गहिराई खोज्दा उनले
बचाउन राजी माझी हजार छन्

सपनामै पनि सिमित एकान्त०भेटेन
पछ्याउदै आएका पाईला अपार छन्

सबैले देख्नेलाई भ्रम कसरि भन्नु?
ईन्द्रणी भित्र झुल्किने मुहार छन् !
 
Posted on 05-25-06 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It seems all of us are tired !

So just to give निरन्तरता I have pasted here!

It is actually not complete ...but I think I will correct it after hearing all of your comments.

 
Posted on 05-26-06 1:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खतरा छ दिलिप दाई! एक से एक शेर छन्, सबभन्दा मन परेको चाहिँ;

युद्ध र विजय भित्र लाग्छ कैयौं घात छन ।
शान्तिको प्रभात पहिले अझै कति रात छन।



आधा युद्ध जितेर नै मस्त छन ति अविवेकी
कैयौं अंगुलिमाल अझै घण्टाकर्णकै साथ छन् ।
 
Posted on 06-01-06 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Interesting article about ghazal.

As far as I know the writer has done Ph.D in ghazal.

गजल

डा. घनश्याम न्यौपाने 'परिश्रमी'
गजल काव्यको एउटा अत्यन्त लोकप्रिय र सुन्दर रूप हो । यो विभिन्न सौर्न्दर्य तìवहरूले अलङ्कृत हुन्छ । गजलको सौर्न्दर्य यसैमा नै रहेको हुन्छ । यसका हरेक शेरको प्रभाव सिधैं पाठकवर्ग एवं श्रोताका मनमा पर्न सक्नर्ुपर्छ । प्रत्येक शेरले पाठक र श्रोतालाई रस प्रदान गरुन्, आनन्दको अनुभूति गराऊन् भन्ने उद्देश्य राखेर गजल रचना गर्नुपर्दछ । यदि केही कुराहरूलाई मात्र विशेषरूपले ध्यान दिन सक्ने हो भने गजल गुणवत्ता र रसवत्ताको कसीमा खरो उत्रन्छ । केही यस्ता पक्षहरू छन् जुन गजलका दोष मानिन्छन् । यदि अलिकति ध्यान दिने हो भने गजललाई दोषमुक्त गर्न सकिन्छ र यो प्रभावकारी बन्न सक्दछ । गजलका गुणहरू वास्तवमा गजलको सौर्न्दर्य वृद्धिका कारण मात्र होइनन् अपितु यसको सम्प्रेषणीयताका मूल आधार पनि हुन् । प्रथमतः यहाँ गजलका केही गुणहरूको चर्चा गरिएको छ । जुन निम्नअनुसार छन्- -

) स्पष्टता:

गजलको शेरमा जुन भाव वा विचार अभिव्यक्त गरिएको हुन्छ त्यो स्पष्ट हुनु आवश्यक छ । गजलमा अर्थ या भावलाई असर गर्ने र अभिव्यक्त गर्न असजिलो लाग्ने शब्दहरू प्रयोग गर्नु हुँदैन । गजलमा प्रयुक्त शब्दहरू सभ्य समाजका लागि स्वीकार्य हुनर्ुपर्दछ । गजलमा पाठक र श्रोताहरूका लागि दुरुह लाग्ने किसिमका शब्दहरू र्सवथा त्यज्य हुन्छन् । गजलको शेर सुनेपछि वा पढेपछि श्रोता या पाठकका मनमा विषयवस्तुको कमी र अर्थको अस्पष्टताको आभास हुनुहुँदैन । शेरको अर्थ बुझ्नका लागि श्रोता या पाठकले कठिनाइको अनुभव गर्नुहुँदैन । जुन शेरका शब्दहरूको अर्थ बुझ्नका लागि दिमाग खियाउनुपर्ने र शब्दकोश पल्टाउनुपर्ने स्थिति आउँछ त्यस्ता शेर स्पष्टता नामक गुणबाट बञ्चित हुन्छन् । यर्सथ गजलस्रष्टाले हरेक शेरमा सहजबोध्य र सरल शब्दहरू प्रयोग गर्नुपर्दछ । जसबाट पाठक या श्रोताले त्यसको भाव वा अर्थ सहजतापर्ूवक बुझ्न सकुन् ।

२) प्रौढता/परिपक्वता :

गजलको शेरमा वणिर्त भाव या विचार प्रौढता गुणले युक्त हुनर्ुपर्दछ । शेरको भाव या विचारमा अपरिपक्वपन देखिनु उचित हुँदैन । शेरहरू विषय र अभिव्यक्ति दुवै दृष्टिले परिपाक देखिनर्ुपर्दछ । यसका लागि कलाका दृष्टिले पनि शेरहरूमा कुनै दोष हुँदैन । परिपक्व विचार या भाव व्यक्त हुन नसकेको गजलको शेर वस्तुतः महìवहीन हुन पुग्दछ । यस्ता शेरले गजलको गरिमामा नै असर पारेको हुन्छ । यर्सथ गजलकारले आफ्नो गजलका शेरहरूमा प्रौढता नामक गुणलाई आत्मसात् गर्नु अति आवश्यक हुन्छ ।

३) अर्थपूर्णता :

गजल यद्यपि शेरहरूको समष्टि रूप हो, तापनि यसका प्रत्येक शेरहरू स्वयम्मा स्वतन्त्र र परिपूर्णता हुन्छन् । विषयवस्तुका दृष्टिले प्रत्येक शेर श्वायत्त वा सम्पर्ूण्ा इकाइ हुनु गजलको विशेषता हो । यद शिेरमा कुनै विशेष शब्द या अक्षरको अभाव अनुभव भएमा या विषयवस्तुको प्रतिपादनमा अपूर्ण जस्तो लागेमा पाठक वा श्रोतागणले त्यस शेरको अर्थ ठीकसँग ग्रहण गर्न सक्दैनन् । अतः शेरमा प्रतिपादित विषयवस्तु अर्थपूर्णढङ्गले वणिर्त हुनु हरेक शेरमा आवश्यक हुन्छ । अर्थपूर्णताको अभावमा गजलको शेर अपाङ्ग ठहरिन्छ र सिङ्गो गजलमाथि नै यसको नकारात्मक असर पर्दछ ।

४) अन्योन्याश्रतिता :

गजलका हरेक शेरहरूमा दुइवटा मिसरा हुन्छन् । पहिलो मिसरालाई 'मिसरा ए उला' र दोस्रो मिसरालाई 'मिसरा ए सानी' भनिन्छ । पहिलो मिसराले जुन विषयवस्तुको उपस्थापन गर्दछ त्यसलाई प्रमाणित वा पुष्टि गर्ने काम दोस्रो मिसराले गर्दछ । गजलमा दुवै मिसरा पृथक-पृथकढङ्गले अर्थपूर्ण हुन सक्दैनन् । यदि दुवै मिसराले अलग अलग सम्पूर्ण अर्थ बहन गरेमा त्यस्तो शेर प्रभावकारी हुन सक्तैत साथै यस्तो शेर गजलका लागि स्वीकार्य पनि हुँदैन । एकअर्कामा अर्थका लागि 'मिसरा ए उला' र 'मिसरा ए सानी' का बीच जुन अर्न्तर्सम्बन्ध रहन्छ, यस्तो अर्न्तर्सम्बन्धलाई नै अन्योन्याश्रतिता भनिन्छ । यसलाई अभेदनीयता पनि भनिन्छ । उर्दूमा यसलाई 'रब्त' भनिन्छ । -
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
emergency donation needed
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters