Posted by: Acharya Dilip May 12, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
शिरीषजी , "म जस्तो कोहि छैन" र "मैले जे पनि गर्न सक्छु" भन्नेको आफ्नै बेहाल हुन्छ । समय संग नहिडने धेरैलाई समयले नै पाखा लगाई सकेको छ र यो घटना पनि त्यस्तै ईतिहासको यौटा पूनरावृत्ती हो भन्न खोजेको थिएं । अलि प्रष्ट भएन जस्तो छ । त्यसो त गौतमजी जस्तै हतारमा लेखिहाल्ने र पछि सच्याउन जाँगर नचल्ने बानी मेरो पनि छ (लामो सम्बन्ध र आत्मीयताको क्रममा यो रोग म बाट उहाँमा सरेको हो कि उहाँले मलाई सार्नु भएको हो हामि छुट्टै टुङ्गो लगाऔंला) । तर Quick response को लागि धन्यबाद र अरु ध्यान दिने बाचा सहित ।
Read Full Discussion Thread for this article