Your Banner Here

   [Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
[Total Subscribers 5]

Captain Haddock

o ho

Birkhe_Maila

ThahaChaena

abc_n_xyz
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 A Sher A Day: Part II: Ghazal talk

[Please view other pages to see the rest of the postings. Total posts: 527]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27  
[VIEWED 79252 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 11-19-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

I am going to continue this trend as it proved to be pretty productive for me. Thanks for every one who supported with positive suggestions and active participation. Here is the link for previous discussions: http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22595 Lets make it more fun. To begin with, here is one UNDER CONSTRUCTION मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ ! छाती भन्दा उठेका करोडौं करङ्गलाई सारङ्गी बनाईदै छ ! (पाखा लगाई फूल्ने गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ) OR मरेको बाघको छाला ओढ्नेबाट ह्वास्स गन्ध आयो ब्वांसोको, चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ ! बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै छ मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ ! कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ? तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ ! प्रजाले दिनहुँ लाउने पोशाकमा प्वालका प्रकार अनेक, कहिले कांहि लाइने मुकुट भने, रङ्गी-चङ्गी बनाईदै छ !
 
The postings in this thread span 27 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-11-08 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हाहाहा किन जिस्क्याउनु गुरु!

नेपे दाईले बेला बेलामा राख्नुभएको उनको गजलको एउटा दुइटा शेरहरुले नराम्रो संग हान्छ भन्या!

बहस योग्यताको भईरहेको थियो

दीपु किन फाटेको भोटो लिएर आयो ?

नयाँ खर्कमा केहि अति नै मनपरेका गजलहरु फोटोकपी गर्न मन थ्यो, भउते संग कुरा गरेको पनि हो त्यतिबेला दाइलाई भन्न डर लागेर के! छुच्चो मुख फोरिदिएको अहिले आएर!!


 
Posted on 02-11-08 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

बहस योग्यताको भईरहेको थियो

दीपु किन फाटेको भोटो लिएर आयो ?

 

हा हा! यो शेर चैं निकै मज्जाको रहेछ!


 
Posted on 02-11-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

गजल

नौलो साधुले हात रित्तो लिएर आयो
चिनेको चोरले बरु पैंचो लिएर आयो

बलवानहरु ताल्चा फोरिरहेका थिए
यस्तैमा एक बालक साँचो लिएर आयो

कुर्दा कुर्दाका कति आँधी-बेहरी पछि
मेरो साथी बल्ल बल्ल कुचो लिएर आयो

होचाहरु हो नुह, सोझाहरु हो बाङ्ग
बचाऊ मुख साथी घोचो लिएर आयो

किसानहरु आकाश ताकिरहेका थिए
खेत गयो र आफै कुलो लिएर आयो

मार्दैनौ किन फड्को ? पर्खन्छौ पुल नै किन ?
को गयो रे लिन पुल ? भुत्रो लिएर आयो !

मैले छेकिरहँदा मलाई छेकिसकेछ
काल मेरै नापको कात्रो लिएर आयो

ढुङ्ग्रो लुका'को भए 'नि मही दिउँ भन्नु
के दिउँ जुलुसलाई, डोको लिएर आयो !

बहस योग्यताको भईरहेको थियो
दीपु किन फाटेको भोटो लिएर आयो ?

(submitted to Nepal National Weekly on Jan 18, 2006 and of course REJECTED !)


 
Posted on 02-11-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

रिजेक्टेड रे!!!

यो गजल/कविता/कथामा पनि पेपर जस्तो रिजेक्ट भए पछि एक्सप्लानेसन दिने चलन चले गजब हुन्थ्यो। के गर्नु मनलाग्दि छ!

साह्रै नै कडा रहेछ दाजु यो गजल त!


 
Posted on 02-11-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

वाह! नेपे दाजी, गज्जबको छ गजल! 
जसले जे लिएर आए नि नेपे दाजीले चैं झकास गजल लिएर आम्नुभो!


 
Posted on 02-11-08 6:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हैन, यस्तो घच्चीको गजल टाँसेर नि किन खश खश मानेको हउ गोताएँ प्रभो !  एउटा कुरो भने छुचो मुख फोरेरै भनेँ है। हउरको गजल अलिक नाराबादी/क्रान्तिकारी चैँ लाग्छ है मलाई। आन्दोलनको बेलामा सुनाउने हो भने परररररर ताली बज्ने खालको।  तर यस्तो रचनाहरुको आयु चैँ अलिक छोँटो हुने रे'छ जस्तो लाग्छ।

नेपे-गुरुको यो गजल दोश्रो पल्ट पढ्दा नि उत्तिकै मज्जा आयो। अनि त्यो फड्को मार्न खोज्दा घस्रक्क खोचाँ खस्न बेर लाइँदैन के रे। त्यै भे'र पुल लिन गा'का होलान्। पुल त ल्याए, तर माँक्किएको काठे-पुल लिएर आएछन्।  बेला बेला पुलले चोर्याक चोर्याक गर्छ, पुलै सहित खसिएला जस्तो भो।

 

 


 
Posted on 02-11-08 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

भउते,

 

सटीक ! पुल नै चर्‍याक चर्‍याक गरिराछ ।

 

तर त्यो पुल र फट्कोको उपमा उ बखतमा क्रमश: गिरीजाबाबुको संसद पुनर्स्थापना र माओवादीको अन्तरिम संविधान ( १२ बुँदे दिल्ली सम्झौतामा पनि ती अलग अलग प्रस्तावको रुपमा छ) तर्फ लक्षित थियो ।

 

अहिले पनि वैकल्पिक अर्थ लगाउन सकिन्छ । तर पुल भने चर्‍याक चर्‍याक गरिरा चाही पक्का हो ।

 

Nepe


 
Posted on 02-16-08 7:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

गजलमा लयविधान

घनेन्द्र ओझा
गजल गेय विधा हो र यो गाइनुपर्छ, चाहे सङ्गीतमा -जसलाई 'कवाली' गायन भनिन्छ), चाहे स्वतन्त्र लयमा (यसलाई 'तरन्नुम' शैली भनिन्छ) । यसको आशय के हो भने गजलमा गेयात्मकता आवश्यक हुन्छ । गेयात्मकतालाई छन्द -बहर), लय, मात्रा इत्यादि जेजे नाम पनि दिन सकिन्छ तर लेखनमा छन्दको संरचना आफ्नै विशिष्ट प्रकारको हुने गर्छ । उर्दूमा बहर भनिन्छ छन्दलाई । बहर अथवा छन्द भन्नु नै आफैँमा लय हो । गण, मात्रा -संस्कृत पिङ्गल छन्दमा) अथवा रुक्न र अर्कान (उर्दूमा)को मेलबाट निर्माण हुने लय नै छन्द हो । गजल गेय विधा हुनुको अर्थमा यो लयात्मक या गेयात्मक हुनु अत्यावश्यक छ । लयविहीन गजल असल गजल मानिँदैन । लयलाई बुझाउने धेरै शब्दहरू छन् । बहर, छन्द, लय, मात्रा जेजस्ता नाम दिए पनि समग्रमा यी सबै लय वा गेयात्मकतालाई बुझाउने शब्दहरू हुन् । सामान्यतया गजल बहर या छन्दमा लेखिन्छ । यदि बहर या छन्दलाई अङ्गीकार गर्न नसके पनि स्वनिर्मित नै भए पनि लयमा चाहिँ गजल आबद्ध हुनर्ैपर्दछ । गजलको उत्पत्तिताका पाठ्य या श्रव्य विधाका रूपमा लोकप्रियता कमाएको गजल आधुनिक वर्तमानमा गेय विधाका रूपमा सुपरिचित छ । शास्त्रीय सङ्गीतसँग नजिक रहेको गजलगायन उर्दू र हिन्दीमा प्रशस्त भए पनि नेपालमा भने गजल प्रवेश गरेको शताब्दियौं बितिसक्दा पनि चित्तबुझदो छैन । यसको प्रमुख कारण गेय वा लयात्मक गजलभन्दा बढी पाठ्य गजल लेखिनुलाई मान्दै आएका छन् कतिपय आलोचकहरूले । यसका साथै गजलगायनको प्राविधिक पक्षको ज्ञान सङ्गीतकर्मीमा नहुनु पनि अर्को महìवपर्ूण्ा पक्ष हो भन्न सकिन्छ ।

यसको उदाहरणका रूपमा अहिले पनि आधुनिक सुगम सङ्गीतकै शैलीमा गजललाई सङ्गीत गर्ने र गाउने प्रवृत्तिलाई लिन सकिन्छ । कतिपय सञ्चारमाध्यमले अझै पनि राग अलापेर गाइएका गीतहरूलाई गजल भनेर बजाउँदै पनि आएका छन् । गजल गेय विधा हो तर यसको मतलब गजल गीत होइन, न त यो कविता नै हो । गजलको आफ्नै छुट्टै संरचना हुन्छ, गजललेखनको प्रविधि हुन्छ । गजलगायनको पनि आफ्नै विशिष्ट प्रकारको शैली हुन्छ । यो कुरालाई नबुझेर हो या बुझने कोसिस नै नगरेर नेपालका सङ्गीतकर्मी, गायकहरूले गजलका नाममा गजलइतर रचना गाइरहेका पाइन्छ । त्यसो त गजललेखकमा पनि पर्याप्त सजगता अझै पाइँदैन । रदिफ र काफिया मिलाएर लेख्ने सिकारुहरू एकातिर छन् भने रदिफ र काफियासमेत छुट्याउन नजान्नेहरू पनि गजल नामका सिर्जना लेखेर गजल भनेर गवाउँदैछन् । यो हरेक सचेत गजलर्सजक, सङ्गीतकर्मी र गायकले बुझनुपर्ने कुरा हो । मूलतः गजल अरबी, फारसी, उर्दू, हिन्दी हुँदै नेपाली साहित्यमा प्रवेश गरेको हो । उर्दू, फारसीमा गजललेखनका लागि विभिन्न बहरहरू छन् । संस्कृतमा पिङ्गल छन्दजस्तै उर्दू फारसीमा पनि विभिन्न बहरहरू प्रचलनमा छन् । बहरहरू कति सङ्ख्यामा छन् भन्ने यकिन कसैले गर्न नसके तापनि करिब डेढ दर्जन बहर उर्दू फारसीमा प्रचलनमा रहेका भेटिन्छ । बहर भन्नु नै लयविधान हो । निश्चित सूत्रमा बाँधिएर, ह्रस्व, दर्ीघको नियमलाई होसियारीपर्ूवक पालना गरेर लेख्ने गरिन्छ बहरमा या छन्दमा गजल लेख्दा । उर्दू फारसीमा बहरमा गजललेखनले सुरुदेखि नै महìव पाउँदै आए तापनि नेपालीमा चाहिँ गजल प्रवेश गरेयता धेरै लामो समयसम्म पनि खासै प्रचलनमा रहेन । मोतीराम भट्टलगायतका सुरुआतकालका नेपाली गजलकारहरूले बहरमा गजललेखनलाई महìव दिए तापनि त्यसपछिका गजलकार भने बहरलाई छाडेर स्वतन्त्र लयात्मक रचनातर्फअग्रसर रहे । गजलको पुनर्जागरण काल -वि.सं. २०३६) पछि पनि मनु ब्राजाकी, ललिजन रावल, रवि प्राञ्जल, बूँद राना, घनश्याम न्यौपाने 'परिश्रमी' आदिले बहरको पछि नलागी स्वनिर्मित स्वतन्त्र लयलाई नै प्राथमिकता दिए । पचासको दशकयता नेपाली गजलले अत्यन्तै उर्वर र विस्तारित हुने अवसर पायो ।

यसकालमा धेरै नयाँ र्सजक गजललेखनबाट आफ्नो साहित्यिक यात्रा सुरु गर्न तम्सिए भने स्थापित पुराना र्सजकहरू पनि गजललेखनतर्फआकषिर्त भए । साठीको दशकको आरम्भसँगै नेपाली गजलमा बहरको पनि पुनर्जागरण भयो । गजललेखनमा निकै ठूलो उत्साह र जोसका साथ होमिएका केही युवास्रष्टाहरूको पहलमा अनाममण्डलीको सुरुआत भएपछि संस्थागत रूपमै बहरबद्ध गजललेखनले नेपाली गजलमा प्रश्रय पाउन थाल्यो । विभिन्न आलोचना, गाली र अफवाहका बाबजुद पनि आजसम्म आइपुग्दा अनाममण्डलीले नेपाली गजलसाहित्यमा लयको -विशेषगरी बहरको) खोजी गर्ने काममा उल्लेख्य सफलता पायो । गजलमा लय अनिवार्य तìव हो र गजल गाइनर्ुपर्छ भन्ने मान्यताका साथ अघि बढेको अनाममण्डलीले गजललाई गायनमा ल्याउने प्रयासमा पनि तदारुकता देखाउन थालेको छ । छन्द या बहरका बारेमा अहिले धेरै सामग्रीहरू प्रकाशित छन् । समालोचक एवं कवि देवी नेपालले आफ्नो पुस्तक छन्दपरागमा एकसय साठीओटा पिङ्गल छन्द -संस्कृत)का अतिरिक्त केही प्रचलित उर्दू बहरका रुक्न र अर्कानसहित सोदाहरण परिचय दिएका छन् । बहरमा मात्र लेखिएका गजलसङ्ग्रहहरू पनि नेपाली भाषामा आइसकेका छन् । यस पङ्क्तिकारद्वारा सिर्जित बहरबद्ध गजलहरूको सङ्ग्रह बल्झेर याद त्रि्रो -२०६२ फागुन) मा करिब दर्ुइ दर्जन प्रचलित/अप्रचलित शास्त्रीय छन्द तथा बहर र एक दर्जन नवीन छन्दहरू प्रयोग गरिएको छ ।

यसैगरी सरोज काफ्लेको अधरामृते(गोर्खे साइँलो)का मुस्कान (२०६२ चैत्र) तथा सूत्रमाला (२०६३), धनराज गिरिको ढल्दैन स्वाभिमान कसै गरे पनि (२०६४) गरी पाँचओटा बहरबद्ध गजलसङ्ग्रह नेपाली गजलसाहित्यका सम्पत्ति बनिसकेका छन् । यसरी बहरमा गजल लेख्ने र सङ्ग्रह प्रकाशन गर्ने क्रम अहिले बढ्दो रूपमा रहेको छ । यी सङ्ग्रहका अतिरिक्त मोतीराम भट्टसहित वर्तमान पुस्तासम्मका एक सय एक गजलकारहरूद्वारा लिखित बहरबद्ध गजलहरूको सङ्कलन बहरमाला पनि प्रकाशित भइसकेको छ । अनाममण्डलीको प्रयासमा प्रकाशन भएको यस पुस्तकले पनि नेपाली गजलको इतिहासमा एउटा महìवपर्ूण्ा इँटको काम गरेको मान्न सकिन्छ । गजलमा लय अनिवार्य छ तर बहर या छन्दमा लेख्दा मात्र गजल लयात्मक अथवा गेयात्मक हुनसक्छ भन्ने सोच भने ज्यादै अतिवादी सोच हो । बहर या छन्दमा लेखिएका गजल स्वाभाविक रूपमै लयबद्ध हुन्छन् तर स्वतन्त्र लयमा लेखिएका गजल पनि कम सशक्त भने हुँदैनन् । छन्द या बहरमा लेख्नु आफैँमा सिर्जना लयबद्ध हुनु हो तर सबै गजल छन्द या बहरमा नै लेखिनर्ुपर्छ भन्ने आग्रह भ्रामक र अतिशयोक्तिपर्ूण्ा हो । यसको मतलब जे पायो त्यही ढङ्गमा, केवल भावपर्ूण्ा र प्रभावकारी बनाउने नाउँमा कुनै पङ्क्ति १९ मात्राको र कुनै १४ मात्राको बनाउनु भन्ने चाहिँ कदापि होइन । शास्त्रीय बहर या छन्दमा लेख्न नसक्ने या नरुचाउनेले पनि गजल लेख्दा निश्चित लय चाहिँ अवलम्बन गर्नैपर्छ । समान मात्राद्वारा निर्मित यस्तो लयलाई सममात्रिक लय पनि भन्ने गरिन्छ । यहाँ के स्पष्ट हुनु जरुरी छ भने कसैकसैले सममात्रिक लयमा गजल लेख्न खोजेका छन् तर सममात्राका आधार अक्षर सङ्ख्यालाई मान्ने गरिएको पाइन्छ । यो किसिमको लय सममात्रिक लय होइन । सममात्रिक लय वर्ण्र्ााे उच्चारण या उच्चार्य वर्ण्र्ााग सम्बन्धित हुन्छ । जस्तो, (क) कूपमन्डुक जमातमा के खोज्छौ भाइ परिचय - थुन्न त्रि्रा पहिचान पिँजडा हुन्छन् सहरमा । प्रभाती किरण, विचारका भग्नावशेष, शोधग्रन्थ (ख) मनहरूमा र्सूय-किरण र्छर्नुपर्ने थियो,अँध्याराका उचाइहरू होच्याएर आएँ । जीत कार्की (अप्रकाशित)उल्लिखित प्रथम शेरका दुवै पङ्क्तिमा सोह्र मात्रा छन् ।

अक्षर सङ्ख्यालाई हर्ेर्ने हो भने प्रथम पङ्क्तिमा अठार अक्षर र दोस्रो पङ्क्तिमा सत्र अक्षर रहेका छन् । तर उच्चारण गर्दा यस्तो हुन्छ, कूपमण्डुक् जमातमा के खोज्छौ भाइ परिचय - थुन्न त्रि्रा पहिचान् पिँजडा हुन्छन् सहरमा । यस्तै दोस्रो शेरमा पहिलो पङ्क्तिमा सोह्र अक्षर र दोस्रो पङ्क्तिमा पन्ध्र अक्षर रहेका छन् तर उच्चारण गर्दा यस्तो हुन्छ, मन्हरूमा र्सूय-किरण् र्छर्नुपर्ने थियो, अँध्याराका उचाइहरू होच्याएर आएँ । सममात्रिक लयमा गजल लेख्नका निम्ति एउटा छुट के छ भने स्वर वर्ण्र्ााइर्,र् इ, उ, ऊ, ए)को उच्चारण मात्राको आवश्यकताअनुसार गर्न सकिन्छ । माथि उल्लिखित प्रथम शेरको पहिलो पङ्क्तिमा रहेको 'भाइ' शब्दलाई दर्ुइ मात्रा अथवा एक मात्रा दुवैरूपमा प्रयोग गर्न सकिन्छ । प्रस्तुत शेरमा एक मात्राका रूपमा भाइ शब्दको प्रयोग भएको छ । त्यस्तै दोस्रो शेरको दोस्रो पङ्क्तिमा रहेको उचाइहरूमा पाँच अक्षर भए पनि इलाई त्योभन्दा अघिको वर्ण्र्ााासँग जोडेर उच्चारण गरिन्छ । यसकारण उचाइहरूलाई चार मात्रा मात्र मान्न सकिन्छ । यर्सथ प्रस्तुत दोस्रो शेर चौध मात्रामा लेखिएको छ भन्न सकिन्छ । गजलमा लयको कुरा गर्दा यति र गतिका बारेमा पनि बुझनु आवश्यक छ । यति भन्नाले गजल पाठ गर्दा या गाउँदा हुने विश्राम हो । यति मिलेका गजल पाठ गर्न या गाउन सहज र स्वाभाविक हुन्छ । जस्तो- माथि 'क'मा उल्लिखित गजलमा यति दोष देखिन्छ । भन्नुको मतलब सो गजलमा लयभङ्ग भएको छ । सोह्र मात्राको यो गजलमा ४±४±४±४ मात्रामा विश्राम हुनुपर्ने हो तर सो गजलको दोस्रो पङ्क्ति -मिसरा-ए-सानी)मा यति दोष स्पष्टरूपमा देखापर्छ । त्यस पङ्क्तिलाई पाठ गर्दा यस्तो हुन्छः थुन्-न-तिम्-रा/ प-हि-चान्-पिँ/ ज-डा-हुन्-छन्/ स-ह-र-मा १ २ ३ ४ १ २ ३ ४ १ २ ३ ४ १ २ ३ ४ हरेक चार मात्रामा विश्राम हुनुपर्ने यस गजलमा मध्यविश्राम -आठ मात्रामा) लयभङ्ग भएको छ । त्यहाँ प्रयुक्त पहिचानपछि रहेको पिँजडा शब्दबाट एउटा वर्ण्र्ाापँलाई अघिल्लो शब्द पहिचान्सँग तान्नुपर्ने हुन्छ । यसो हुँदा यस पङ्क्तिलाई सहज ढङ्गले पाठ गर्न या गाउन अप्ठ्यारो हुन्छ । यति दोष वा लयभङ्गको स्थिति मध्यविश्राममा मात्र नभएर प्रायः अल्पविश्राममा बढी देखिन्छ । गजलको गेयताका लागि सकेसम्म यति दोषप्रति गजलर्सजक सचेत हुनु राम्रो मानिन्छ । यति दोषले गजल पाठ या गायनको गतिमा पनि असर पार्दछ । गति भन्नाले गजल पाठ या गायन गर्दा उत्पन्न हुने प्रवाहलाई बुझ्नुपर्दछ । लयपर्ूण्ा गजलका लागि सकेसम्म जोर मात्रामा -चार, छ, आठ, बाह्र, चौध, सोह्रसम्म) लेख्नु राम्रो मानिन्छ । बिजोर मात्रामा पनि लयबद्ध गजल लेख्न चाहिँ सकिन्छ तर बिजोर मात्रामा गजल लेख्दा बिजोर मात्राको शब्दलाई हरेक पङ्क्ति-मिसरा)को अन्तिममा राख्नर्ुपर्दछ, जसले गर्दा लय विचलनको समस्या उत्पन्न हुनपाउँदैन । जस्तो, उपहार भो मलाई यही काफी छ मेरा प्रेमपत्रहरू बालिदियौ रे । घनेन्द्र ओझा, आफ्नै चिहानमा टेकेर, २०६१ प्रस्तुत शेरमा तेह्र मात्रा छन् । अगाडिका शब्दहरूमा जोर वर्ण्र्ााहेका छन् भने अन्तिमको शब्द -वर्ण्र्ााबिजोर -एउटा वर्ण्र्ाारहेको छ ।

यसले गजलको यति/गतिमा दोष उत्पन्न गराएको छैन । यस शेरलाई पाठ गर्दा यस्तो हुन्छः उ-प-हा-र/ भो- म-लार्-इ/ य-ही- का-फी/ छ मे-रा- प्रे-म/ प-त्र-ह-रू/ बा-लि-दि-यौ/ रे । १ २ ३ ४ १ २ ३ ४ १ २ ३ ४ १ गजलमा गेय पक्ष वा छन्दोबद्ध या लयात्मकता ज्यादै महìवपर्ूण्ा मानिन्छ । बहर या छन्दमा लेख्न नसकिए पनि लयमा वा मात्रा मिलाएर -सममात्रामा) भने गजल लेखिनै पर्छ । एउटा पङ्क्ति अठार मात्रा र अर्को पङ्क्ति पन्ध्र मात्राको हुनु गजलमा अस्वीकार्य छ ।


 
Posted on 02-16-08 7:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 

Last edited: 16-Feb-08 07:06 AM

 
Posted on 02-20-08 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


गुरुहरुको सल्लाह-सुझाव शिरोपर छ!
यसै मेसोमा अर्को एउटा 'तितो' पनि पोखिहालौं। 


दिन्छु भन्ने, माग्न लायकै छैन
माग्ने हो! दिने त आएकै छैन!


"गोल!" भन्दै उफ्रिरहेछन् कोहि,
रेफ्रीले बल चलाएकै छैन!


घर बाल्ने तयारी गरिसके
जग अझै ओभाएकै छैन


मेरा जवाफहरु बेच्दै छौ रे
मैले प्रश्नपत्र पाएकै छैन!



 

खासमा, सबैभन्दा पूछारको शेर दुई-तीन महिनादेखि बोकेर हिँडिरहेको थिएँ।'गजल बन्न नसकेका शेरहरु' 

भनेर यो र अरु केहि टुक्राहरु टाँस्दिऊँ भन्ने सूर पनि नचलेको हैन, तर कोशिश गरिहेरौं एकबाजी 

भनेर अलिक तानतुन पारेको छु त्यसैको सन्देशलाई। 


 
Posted on 02-20-08 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

घर बाल्ने तयारी गरिसके
जग अझै ओभाएकै छैन

वाह ! सटीक अनि दु:खद पनि ।

Nepe


 
Posted on 02-20-08 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

दिन्छु भन्ने, माग्न लायकै छैन
माग्ने  हो! दिने त  आएकै छैन!


साह्रै घत पर्‍यो लौ ! बरु माग्नेले नि घाँटी भन्दा ठूलो हाड मागेर घाँटि फुलाउँदैछन् जस्तो लाग्याछ है मलाई त।

बाँकी शेरहरु नि एक से' एक छ प्रभो ! नेपे गुरुले छानेको शेर नि मलाई नि चसक्क भो।


 
Posted on 02-23-08 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

गजलको बहार

वसन्ती बास्तोला

साइबर क्याफेमा एक दिन मेरो मन हरायो

लुकाई राखेको थिए“ एउटा धन हरायो ।

बुढ्यौलीमा टेक्दै गरेका साहित्यकार सरुभक्तको मन साइबर क्याफेमा हराएपछि तन्नेरी पुस्तालाई कस्तो अनुभूति भयो होला - उनको गजल सुनेपछि सिर्जना धमलाले भनिन्- 'मेरोमात्रै होला भनेको त सरुभक्तको मन पनि साइबरमा हराएछ ।' कस्तो अचम्म सरुभक्त वास्तविक जीवनमा साइबर क्याफेभित्र पसेकै रहेनछन् । भन्छन्, 'म त साइबर क्याफे छिरेकै छैन ।' साहित्यिक कार्यक्रममा गजलकार अनुराग अधिकारी थक् थक् मानिरहेका थिए- 'मैले लेख्नुपर्ने गजल सरुभक्त दाइले पो लेखिदिनु भएछ ।'

साइबर नछिरेका सरुभक्तले क्याफेमा बहकिएका युवाको मनका भाका कहा“बाट टिपे होलान् - पुस्तक पागलबस्तीबाट मदन पुरस्कार प्राप्त सरुभक्तको मन ३५ औं कृति 'साइबर क्याफेमा एकदिन' मार्फ गजलमय भएको छ ।

अब एकछिन लागौं स्रष्टा प्रकट पगेनी 'शिव' तिर । गम्भीर गीतकारका रूपमा चिनिएका पगेनीले यतिबेला रोमान्टिक गजलकारको छवि बनाएका छन् । गएको पुसयता राजधानीमा मात्रै दर्ुइ-दर्ुइपटक पारखीलाई उनले टिकटमा रोमान्टिक गजल सुनाइसकेका छन् । र, गजल सन्ध्याको आयोजनामा आज पोखरामा उनको एकल गजल वाचन कार्यक्रमको तेस्रो शृङ्खला 'प्रणयमा प्रकट दाइ' हु“दैछ । उनका गजल गुरु

हुन् सन्ध्याका अध्यक्ष

दीपक समीप ।

शनिबारको दिन । मन परेको मान्छेस“ग डेटिङ जानुपर्ने समयमा प्रकाश ज्ञवाली गजल सुनाउ“दै थिए । भुवन छेत्रीले गाएको गजलको धुन उनले आफ्नो मोबाइलमा राखेका छन् । डेटिङ छोडेर किन बूढापाकास“ग साहित्यिक जमघटमा त - प्रेमिका नभएरचाहि“ नभन्नुस है - उनका त अनेक रूपरंग भएका प्रेमिका छन्- कल्पनाको बगैंचामा ।

यतिबेला पोखरा गजलमय बनेको छ । साना प्रकाश, सफल घिमिरे, दीपा रेग्मी, सुषमा पौडेलदेखिर् इश्वरमणि अधिकारी, दिलीप दोषी, तर्ीथ श्रेष्ठ र सरुभक्तसम्मको जमघट हुन्छ प्रत्येक शनिबार । कुनै बेला सरुभक्त, पगेनी र श्रेष्ठका अगाडि रचना सुनाउन पाइन्छ भन्ने खुसीस“गै डरले खुट्टा काम्थ्यो विजय पौडेलको । समय कति छिट्टै फेरिएछ । आज उनकै गजल सुन्नेहरू भुतुक्कै हुन्छन्-

तिमी उस्तै रुवाउने, रुने उस्तै म

फुललाई पापी हातले, छुने उस्तै म ।

वरिष्ठ र कनिष्ठबीचको सा“घु बनेको छ गजल । केही समयपहिला लामो कपाल पालेका प्रायः कोट-पाइन्टमा सजिने गम्भीर मुद्रा भएका सरुभक्तस“ग बाटोमा आ“खा जुद्धासमेत खुट्टा कमाउने युवा आजभोलि सोधिरहेका हुन्छन्- 'सरुदाइ तपार्इंले किन बिहे नगर्नुभएको नि -'

गजलले पोखरामा फाटेका थुप्रै मन जोडेको छ । साना र ठूला बीचको मात्रै होइन, लेखक र श्रोताबीचको सा“घु पनि बनेको छ । साथी साथी पनि आजभोलि मोबाइलमा सस्ता हिन्दी र अंग्रेजी सायरी छाडेर गजलको एक शेर पठाउ“छन् ।

अनयासै विपत्तिको लाम लाग्न सक्छ

जतन गर मेरो माया काम लाग्न सक्छ ।

यसरी मोबाइलमा गजलको शेर साट्ने शान्ति बन्दना पौडेल भन्छिन्, 'मनको भावना साट्ने मर्यादित तरिका हो गजल ।'

गजल लेखनमै जुटिरेहका छन् अल्पज्ञानी पनि । किन यत्रो गजल मोह - गजल सन्ध्याका सचिव रूपेन्द्र प्रभावी कटु भन्छन् 'गजल थोरै शब्दमा धेरै कुरा भन्न सकिने गोलीजस्तै भएकाले ।'

गजलमा छाडापन भित्रिएको भन्नेहरू पनि छन् । भुवन क्षेत्रीको जवाफ- 'छाडापन हर्ेर्ने दृष्टिकोणमा भर पर्छ । स्यालले अङ्गुर टिपेर खान नसकेपछि अङ्गुर अमिलो छ भनेर छोडेजस्तै भयो यो त ।'

पोखरा गजल फूलबारी बनेको छ । यतिबेला माधव वियोगी, लक्ष्मण थापा, कमल अथक, जनार्दन दाहाल, कृष्ण उदासी, नितेशराज रेग्मी, सरस्वती श्रेष्ठ सरु, आरजु विष्ट सल्यानी जमुना वषर्ा, गणेश शर्मा, वसन्त विवोद, लक्ष्मीनारायण देवकोटा, कपिल शर्मालगायत थुप्रै गजलकार सक्रिय छन् ।

यो सुन्दर पर्यटकीय सहरमा गजलका १० वटा संग्रह प्रकाशित भइसकेका छन् । छापिनेक्रम बढ्दो छ । पुराना गजलकार तर्ीथ श्रेष्ठको अनुभव छ- सलल बग्ने र्स्पर्श क्षमता र लोकभाकामा टिप्ने विषेशताले पनि गजल बढी लेखिएको हो ।'


 
Posted on 02-23-08 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मर्दा सम्म हेर्न  कोइ आएन
लासमा चढाउन माला किनेर ल्याए

चिता मेरो निभेकै थिएन
मेरो  अँशबन्दा गर्न भ्याए

बांच्दा सम्म पानी खुवाएनौ
मेरै श्राढमा मासु पकाइ खाए

 


 
Posted on 11-13-10 2:10 PM     [Snapshot: 19422]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 11-14-10 7:28 AM     [Snapshot: 19505]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

bump again. i won't let this thread die...
 
Posted on 11-14-10 9:51 AM     [Snapshot: 19521]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Mehengai ki jamane me kharche pe karna padta he kabu
Mehengai ki jamane me kharche pe karna padta he kabu
Ek chutki sindur ka mol tum kya jano Ramesh babu?
 
Posted on 11-15-10 7:30 AM     [Snapshot: 19580]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


3.
Yuh khamosh rehkar tadpogi kabtak....
yuh khamosh rehkar tadpogi kabtak....
Cameraman praful ke saath deepak chaurasia AAJ TAK..

 
Posted on 11-15-10 7:32 AM     [Snapshot: 19581]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Woh mujhe chod ke chali gayi usse pana mein chahun....
woh mujhe chod ke chali gayi usse pana mein chahun....
ahun ahun ahun
ahun ahun ahun
 
Posted on 11-24-10 1:58 PM     [Snapshot: 19739]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

404 - File or directory not found.

404 - File or directory not found.

The resource you are looking for might have been removed, had its name changed, or is temporarily unavailable.


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
very Imp for Nepalese who are on TPS...But help from every nepalese would be great.great..Please Nepali daju ra didi and uncle auntie haru help garnu hola
New york uber driver
Gemstones in Nepal
IT छोड भाई स्टोरे खोल
New Business idea -Location DFW Tx
What so good about Dhurmus SUntali recent work ?
Thank you
TPS Extension petition 2018 sign and share
ICE is reopening old files of Immigrants who have criminal records in the past
Paisa kasari kamaune?
Anyone know how exactly bitcoin works? How did bitcoin accumulate value?
Origin root history of Shah Dynasty of Nepal
Holiday in usa more then nepal🤔🤔
H1B application from OPT
vasa ko use
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters