[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 A Sher A Day: Part II: Ghazal talk

[Please view other pages to see the rest of the postings. Total posts: 527]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
[VIEWED 179859 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 11-19-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am going to continue this trend as it proved to be pretty productive for me.

Thanks for every one who supported with positive suggestions and active participation.

Here is the link for previous discussions:

http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22595

Lets make it more fun.

To begin with, here is one UNDER CONSTRUCTION

मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ !
छाती भन्दा उठेका करोडौं करङ्गलाई सारङ्गी बनाईदै छ !

(पाखा लगाई फूल्ने गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ)
OR
मरेको बाघको छाला ओढ्नेबाट ह्वास्स गन्ध आयो ब्वांसोको,
चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ !

बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै छ
मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ !

कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ?
तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ !

प्रजाले दिनहुँ लाउने पोशाकमा प्वालका प्रकार अनेक,
कहिले कांहि लाइने मुकुट भने, रङ्गी-चङ्गी बनाईदै छ !

 
Posted on 06-01-06 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

५) उखान-टुक्का प्रयुक्तता : उखानटुक्का प्रभावशाली भाषाका महत्वपूर्ण अस्त्र हुन् । र्सवसाधारणले पनि उखानटुक्काका अर्थ र भावलाई सहजै बुझेका छन् । त्यसैले जीवनका उतार-चढाव, सुख-दुःख तथा शुभ-अशुभ घडीमा साधारण व्यक्तिहरूले पनि उखानटुक्काको प्रयोग बडो अर्थपूर्णढङ्गले गरेका हुन्छन् । यद्यपि उखान-टुक्काले प्रतीकात्मक अर्थ बहन गरेका हुन्छन् तापनि तिनको अर्थ दुरूह हुँदैन । त्यसैले साहित्यमा यस्ता तìवले महìव पाएका हुन्छन् । गजलमा पनि उखानटुक्काको प्रयोगलाई महवपूर्णढङ्गले हेरिन्छ । उखानटुककाको प्रयोगलाई महत्वपूर्ण मानिन्छ । उखानटुक्काको प्रयोग गर्दा गजलकारले नै होसियारीपर्ूवक काम गर्नुपर्दछ । यदि उखानटुक्काहरूको प्रयोगबाट शेरमा प्रभाव उत्पन्न गर्न सकिएन भने त्यसको प्रयोग निर्रथक हुन्छ । त्यसैले उखानटुक्काहरूको प्रयोगबाट शेरमा प्रभाव उत्पन्न गर्न सकिएन भने त्यसको प्रयोग निर्रथक हुन्छ । त्यसैले उखान टुक्काको प्रयोग गजलको गुण हो भन्ने ठानेर अप्रासङ्गिकढङ्गले यिनको प्रयोग गर्नु भने बुद्धिमता हुँदैन । अतः गजलकारले सावधानीपूर्वक चमत्कारपूर्ण अर्थ प्रतिपादनका लागि तथा शेरलाई गहन र भावपूर्ण बनाउने उद्देश्यले मात्र उखानटुक्काको प्रयोग गर्नु उचित हुन्छ । -

६) गेयात्मकता :

गजल बहरबद्ध हुन्छ । बहरबद्ध हुनु भनेको नै गेयगुणले युक्त हुनु हो । गेयता गजलको पहिलो र्सत हो । गेयगुण विनाको गजल प्राण विनाको शरीर जस्तै हुन्छ । गजल विभिन्न राग र तालमा गाइन्छ । यर्सथ गजलकारले गजल लेख्नुपूर्व कुनै न कुनै लयलाई आत्मसात गर्नु र त्यही लयमा गुनगुनाउँदै गजल रचना गर्नु आवश्यक हुन्छ । लयबद्धताको विशेषताले नै गजलमा सङ्गीतात्मकताको पुट पाइन्छ । गेयताका लागि अनेक शास्त्रीय बहरहरू विहित छन् । यस्ता बहरका अतिरिक्त हाम्रा आफ्नै उच्चार्य अक्षरको एकरूपतामा आधारित लयहरू पनि छन् । तिनलाई आत्मसात गरेर गजल लेख्दा गेयात्मक हुन्छ । -

७) विश्लेषणीयता :

गजल थोरैमा धेरै भनिने विधा हो । गजलका शेरहरूमा थोरैभन्दा थोरै शब्दहरूबाट धेरैभन्दा धेरै र अति सूक्ष्म एवं गहन विषयवस्तुको प्रस्तुतीकरण हुन्छ । भनिन्छ, गजलको कुनै एउटा मात्र शेरको व्याख्या गद्यका कैयौँ पृष्ठमा गर्न सकिन्छ । विश्लेषणीयताका लागि गजलकारले आफ्ना शेरहरूमा भावको सारलाई समेट्न सक्नर्ुपर्दछ । भावसघनता गजलको विशेषता हो । सामान्य अभिव्यक्ति वस्तुतः विश्लेषणीय हुन सक्दैन । यर्सथ गजलकारले आफ्ना गजल रचना गर्दा विभिन्न कोणले हेर्न र व्याख्या गर्न सकिने खालका शेरहरूको रचना गर्नुपर्दछ । -

८) प्रतीकात्मकता ः गजलमा विम्ब र प्रतीकहरूको महìवपूर्ण् स्थान हुन्छ । गजललाई विश्लेषणीय बनाउन यी तìवहरूले सहयोग पुर्याउँछन् । अभिधा अर्थयुक्त सिधा भनाइले गजलको मर्ममा आघात पुर्याउँछ । गजलकारले आफ्ना शेरहरूलाई विभिन्न सरल र सहज प्रतीकहरूले सजाउन सक्नर्ुपर्दछ । प्रतीकात्मकता काव्यका हरेक शाखा-प्रशाखाका लागि उत्तिकै महìवपूर्ण मानिन्छ भने गजलका लागि त अपरिहार्य नै ठानिन्छ ।

९) कोमलता :

गजल कोमल हुनुर्पर्दछ भन्ने मान्यता हिजो पनि थियो र आज पनि छ । गजलमा श्रुति कटु र अर्थका दृष्टिले दुरूह, क्लिष्ट, अपशब्द र अपमानको लागि प्रयोग हुने अनादरबाची शब्दहरूको प्रयोग निषिद्ध छ । यसका र्सवथा शिष्ट र कोमलकान्त पदावली अपेक्षित हुन्छ । गजलमा शब्द मात्र कोमल भएर पुग्दैन, त्यसको अर्थ पनि कोमल नै हुनर्ुपर्दछ । सुकोमल र हृदयस्पर्शी शब्द र भावहरूले सजिएको गजल नै सुन्दर र आकर्ष लाग्दछ ।
-
१०) उक्ति वैचित्र्य :

गजलका प्रत्येक शेरहरू स्वरूप र अर्थ दुवै दृष्टिले वैचित्र्यपर्ूण्ा हुनर्ुपर्दछ । उक्ति वैचित्र्यलाई 'तगज्जुल' भनिन्छ । गजलको स्तरमापन गर्ने मूल आधार नै 'तगज्जुल' हो । त्यसैले गजलका शेरहरू चोटिला, कष्ठस्थ हुनेखालका, सुक्तिमय र प्रभावोत्पादक अर्थवाहक हुनर्ुपर्दछ । श्रोता या पाठकलाई शब्द र अर्थ दुवै माध्यमबाट झट्का निदसक्ने अभिव्यक्ति नै 'तगज्जुल' हो । जुन शेरले दिल छुँदै छुँदैन

could NOT find the rest at http://www.gorkhapatra.org.np/mag.php?p=madhupark/2063/02/inner/inner3
 
Posted on 06-15-06 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Here is some thing I am working on. I need to work on the beher. Please concentrate on the idea than the technical aspect/

अटुट अनि अजीब घुमाउरा
डोब अचेल मेरा पाईलाका

खतरा अनुभव गरें जिब्रोले सुंघी
भाग्दा, खील प-यो छातिमा

शिकार निल्छु तै माथि जिउदा
बस् काफी छन् दुई दांत तिखा

आफू हेर्ने प्रक्रियामा फरक शायद
झिल्लीले छेक्दा परेलीको सट्टा

अब शंका निबारण भयो पक्का
आफ्नो कांचूली नै बदल्नु पर्दा

Did you get it?
 
Posted on 06-24-06 12:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढन रमाईलो लाग्यो तर सिङ पुच्छर के हो बुझ्या भे' के
 
Posted on 06-24-06 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिषजीको सांप अभिब्यक्ति बेजोड, एब्स्ट्र्याक्ट।
सबजना एक से एक आचार्यहरु पर्नुभएछ। मनै भरंग भयो हो मेरो त।
मेरो मन परेको टुक्रा
"लुकीछिपी गर्दाको मीठो अनुभब छ
मौका दिने बित्तिकै चोर हुन सक्छु !"

अनि दिलिपजीको दुबै गजल।

साहिंला।
 
Posted on 06-24-06 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई थाहा थियो यो मेरो प्रयोग एब्स्ट्राक्ट हुन सक्छ भनेर !
त्यति एब्स्ट्राक्ट छ र भन्या? आचार्यजि?

तर मैले ब्याख्या गर्न खोजेको म (बिम्ब) बाट परिबर्तन र बिकसित हुदै गै’ रहेको "सांप" चाहि साहिलाले जे होस् चाल पाए ।

एउटा आर्को शेर:

कतै बिष बमन नगरूं स्वभाबैले
प्रियसिका हर एक आङ चुम्दा

 
Posted on 06-24-06 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कतै बिष बमन नगरूं स्वभाबैले
प्रियसिका हर एक आङ चुम्दा


wah wah wah kya baat chha! shirish, you are one gem of a writer. tapaiko mukh ma dudh baat, dhanya baad

hari om

Loote
 
Posted on 07-11-06 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well just to give continuity I am pasting one of my old "Suskera"
Thoug it was published in a local paper I donno it is ghazal or not....

Dilip

 
Posted on 07-11-06 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gajjab "feeling" cha lou Dilip jee.

Here is one I am working on.


आफ्ना बिरुद्दका नाराहरु सुन्दैछु ॥
कम धारिला कुन छन् चुन्दैछु ॥

अग्र पंक्तिमा हुंदा पनि कहीं पुगिनं
गन्तब्य अब झोला भित्र थुन्दैछु ॥

कुचाहरु नै हातहरु शत्रु-मित्रका
म दरवार बनाउन जालो बुन्दैछु ॥

आफ्नै स्वविवेकले गर्दा धेरै लडें
बस् चुकेका अबसरहरु गुन्दैछु ॥
 
Posted on 07-11-06 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

with little correction.

आफ्ना बिरुद्दका नाराहरु सुन्दैछु ॥
कम धारिला कुन छन् चुन्दैछु ॥

अग्र पंक्तिमा हुंदा पनि कहीं पुगिनं
गन्तब्य अब झोला भित्र थुन्दैछु ॥

कुचाहरु नै हातहरु शत्रु-मित्रका
म दरवार बनाउन जालो बुन्दैछु ॥

स्वविवेकैले गर्दा धेरै पल्ट लडें
बस् गुमेका अबसरहरु गुन्दैछु ॥
 
Posted on 07-11-06 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै शेरहरु धारिला छन् । मलाई सबभन्दा बढि घोचेको शेर चाहि,

अग्र पंक्तिमा हुँदा पनि कहीं पुगिनँ
गन्तब्य अब झोला भित्र थुन्दैछु ॥


Typing instruction:
Shift+m= ं
Shift+v= ँ
 
Posted on 07-11-06 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Typing instruction:
k shift+m= कं
k shift+v= कँ
 
Posted on 07-11-06 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिलिपजी,

काफियाविहीन गजल परन्तु बडा रसिलो ।
 
Posted on 07-11-06 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष गुरु, सारै रसिलो छ ल। मलाई पनि नेपे-गुरुले छानेको शेर सारै मीठो लाग्यो।
हात बिसाउन भएन प्रभो, नत्र हामी पछिल्लो पङ्तिका सिकारुले पनि झोला खोज्दै गरे हुने भो।

यसो सबै गुरुहरु सँग एकै ठाममा बसेर मेहफिल (???) जमाउने दिन आउला कि नआउला खै ! :-)

म त ब्यग्र प्रतिक्षामा छु।

:-)
-भउते
 
Posted on 07-13-06 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अचेल कम्युटर रेलमा सुडोकु गर्ने बानी लागेर गजल तिरको मन भासिएछ ! आज त एक्सप्रेस भेट्दा भेट्दै लोकल लिएर यति लेख्या छु ! खाका चाहि पहिले देखि थियो- गोल माल तर ! एउटा शेर चांहि एउटीले Drowning Fish भन्ने किताब पढ्दै गरेकी रै'छ मलाई त खुब घत लाग्यो ! So I incorporated in my writing. ;-)


श्रृंगार बिहिन छालाको रङ्ग गुलाबी देखियो ॥
लक्षण भन्नु मात्र रगत मै खराबी देखियो ॥

बदली नहुंदै बाढी र डुबानको त्रास देखाई
पानीबाट माछा बचाउछु भन्ने दाबी देखियो ॥

ग्रहणको प्रभाबले मेरो राज्य अझै अध्यारो
ताराको समेत उज्यालो चोर्नेको हाबी देखियो ॥


More later
 
Posted on 07-14-06 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्रृंगार बिहिन छालाको रङ्ग गुलाबी देखियो ॥
लक्षण भन्नु मात्र रगत मै खराबी देखियो ॥

हर एकमा चिर्ने शिल्प अति किताबी देखियो
र त मेरा अङ्गहरु बाटोमा जथाभाबी देखियो

बदली नहुंदै बाढी र डुबानको त्रास देखाई
पानीबाट माछा बचाउछु भन्ने दाबी देखियो ॥

ग्रहणको प्रभाबले मेरो राज्य अझै अध्यारो
ताराको समेत उज्यालो चोर्नेको हाबी देखियो ॥
 
Posted on 07-14-06 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घाघडान गजल !

हर एकमा चिर्ने शिल्प अति किताबी देखियो
र त मेरा अङ्गहरु बाटोमा जथाभाबी देखियो


A superb Sher ! A stunning perfection of Shayari ! Stunning message and stunning presentation !

I'd like to borrow it for my "Weekly Shayari", may I ?

Nepe
 
Posted on 07-14-06 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe

Your comments made me really serious.

Aanshu nai jharla justo bho ke !

Go ahead. As I have already posted, you have every right to do what ever you want.
Its a greeeeaaaaatttttt honor for me.
 
Posted on 07-14-06 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Shirish. Honor is all mine.

Nepe
 
Posted on 07-14-06 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष-गुरु, तपाईँको लेखाई मन्द बिष जस्तो छ। जति पढ्दै गयो उति गढ्दै जान्छ। तपाईँ बाट धेरै सिक्नु छ मैले।

"ताराको समेत उज्यालो चोर्नेको हाबी देखियो" ।

कति बिचारमा डुबेर लेख्नुसक्नुहुन्छ भन्या। लेख्दै जानुस, पढ्न सारै मजा आईराखेको छ।

:-)
-भउते
 
Posted on 07-16-06 5:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I made some changes.

श्रृंगार बिहिन छालाको रङ्ग गुलाबी देखियो ॥
लक्षण भन्नु मात्र रगत मै खराबी देखियो ॥

हर एकको चिर्ने शैली अति किताबी देखियो
र त मेरा अङ्गहरु बाटोमा जथाभाबी देखियो ॥

राज्य सत्तामा ग्रहण गराउने मेधाबी देखियो
ताराको समेत उज्यालो चोर्नेको हाबी देखियो ॥

बदली नहुंदै बाढी र डुबानको त्रास देखाई
पानीबाट माछा बचाउछु भन्ने दाबी देखियो ॥
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
BREAKING: THE LEFT HAS LOST THE SUPREME COURT!
Another Song Playing In My Mind
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters