[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 A Sher A Day: Part II: Ghazal talk

[Please view other pages to see the rest of the postings. Total posts: 527]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
[VIEWED 179844 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 11-19-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am going to continue this trend as it proved to be pretty productive for me.

Thanks for every one who supported with positive suggestions and active participation.

Here is the link for previous discussions:

http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22595

Lets make it more fun.

To begin with, here is one UNDER CONSTRUCTION

मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ !
छाती भन्दा उठेका करोडौं करङ्गलाई सारङ्गी बनाईदै छ !

(पाखा लगाई फूल्ने गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ)
OR
मरेको बाघको छाला ओढ्नेबाट ह्वास्स गन्ध आयो ब्वांसोको,
चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ !

बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै छ
मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ !

कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ?
तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ !

प्रजाले दिनहुँ लाउने पोशाकमा प्वालका प्रकार अनेक,
कहिले कांहि लाइने मुकुट भने, रङ्गी-चङ्गी बनाईदै छ !

 
Posted on 08-18-07 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुरुवात धमाका लाग्यो, गुरू।


जोशमा आफ्नै शालीक ढाल्ने हो कि ?
बिरोधमा आफ्नै पुत्ला बाल्ने हो कि ?


सोही भावलाई निरन्तरता दिन म भए दोश्रो शेरलाई यसो गर्थेँ।


अचानकै बागमा झार मौलायो
मालीले फूल पो ऊखाल्ने हो कि ?


तेश्रो शेर नि दामी छ। तर अन्तिमको शेरले उति मन छोएन।

छोँटो मुख, ठुला कुरा गरेँ भने माफी पाउँ।
 
Posted on 08-20-07 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा शिरीष गुरु!
मैले यसो प्याच्च बोलेको मात्र हो, नेपे दाईको यो हरफ --"खलनायक र निमित्त-नायकहरु ले नायकको भुमिका निर्वाह गरिरहेको स्थिति"--- पढेपछि त जसरि लेख्दा नि गजब को अर्थ लाग्न सक्ने देखेँ मैले त!
 
Posted on 08-20-07 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीषज्यू, नेपेदाइ, राहुलभाइ र बिर्खे माइला,

सादर अभिवादन! समयको अभावले र आफ्नै वैरागी मनस्थिती ले गर्दा म आजकाल साझा धेरै धाउन्न। कथं कदाचित धाए पनि लेख्न आलस्य लाग्छ, तर केही यस्ता साहित्य ले सुसजित गजल, कविता, काव्य पढ्न पाउँदा धन्य हुन्छु। प्रयत्न त नगरेको होइन मैले तर के गर्ने, कवितै फुर्दैन, फेरी यस्ता स्रस्ठा सामु केही पस्किनु पनि मेरो लागि निकै गम्भीर कुरा हो। आफु त सदा सुन्ने मात्रै।

तैपनी गालिब् को यौटा शेर् पेश गर्दै छु।

चारवटी स्वास्नी हरु ले आफ्नै दिर्घायु को प्रार्थना गरेको सुन्दा:

" जिनमें हूरें हो लाखों बरसकी,
उस जन्नत का कोइ करेगा क्या "
 
Posted on 08-20-07 5:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

John_Galt,

गद्य रचनामा तपाईंको विलक्षण प्रतिभाका प्रमाणहरु यहीं साझामा छ, पद्यमा पनि त्यो लेखन कुशलता पक्कै हुँदो हो भन्ने लाग्छ है मलाई त । अनि गालीब बुढाका विनोदी शेरका लागि धन्यवाद है । एक बाजी मैले पनि टाँसेको थिएँ त्यो शेर ।

-
Nepe target=_blank>http://www.sajha.com/sajha/html/openthreadall.cfm?StartRow=121&PageNum=7&forum=4&threadid=22595#155084

Nepe

 
Posted on 08-27-07 7:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे

एउटा राम्रो कबिताले अर्को कबिता जन्माए जस्तै तपाईको गजलको प्रभाबमा लेखिएको ! स्वीकार गर्नु होला !



फैसलै लेखिएको रहेछ फिरादमा !
मिति नाध्यो तामेल गरेकै म्यादमा !

मुस्कुराउनेहरु छन् मेरो फसादमा !
खित्कै छाडी हास्ने होलान् बरबादमा !

समबेदना छाप्न तैयार भैसक्यो रे !
बिषादी छैन कसरी भन्नु प्रसादमा ?

निष्कर्ष निकाल्ने निर्णायक निस्फीक्री
बिना बिषय बस्तुको बादबिवादमा !
 
Posted on 08-27-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुस्कुराउनेहरु छन् मेरो फसादमा !
खित्कै छाडी हास्ने होलान् बरबादमा !

समबेदना छाप्न तैयार भैसक्यो रे !
बिषादी छैन कसरी भन्नु प्रसादमा ?

वाह वाह गुरु ! गजब छ।


 
Posted on 08-27-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुस्कुराउनेहरु छन् मेरो फसादमा !
खित्कै छाडी हास्ने होलान् बरबादमा !
वाह वाह वाह वाह!
 
Posted on 08-27-07 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुस्कुराउनेहरु छन् मेरो फसादमा !
खित्कै छाडी हास्ने होलान् बरबादमा !

जय होस प्रभु!
अकबरि सुनलाई कसि लगाउनु पर्दैन!

 
Posted on 08-27-07 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीष,

अन्यत्र भनिसकेको छु, समान रदिफ मात्र हो बाँकी यस गजलमा पूर्ण मौलिकता छ ।

अनि उक्तिवैचित्र्यपूर्ण अन्तिम शेरमा भएको व्यञ्जनानुप्रास (consonant rhyme) ले यसमा शैलीवैचित्र्य थपी मानौं सुनमा सुगन्ध थपेको छ ।

सुन्दर रचनाको लागि बधाई !

Nepe
 
Posted on 08-27-07 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेको गजलबाट पनि प्रेरणा पाएर लेखियो !

तायरा (?) ताइरा (?)- धन्यबाद सिरियस कमेन्टका लागि

बिर्खे - जलप मात्र हो अहिले ! कोशीस जारि छ - अकबरी हुने रे क्या अझ !

नेपे
आफ्नै कांधमा मेरो तर्फबाट धाप मार्नुस् ! please ..

माथी भने झै तपाईको गजलले अर्को गजल जन्मायो राम्रो नराम्रो जे भए पनि
- साधूबाद छ तपाईलाई ! अरु प्रेरणा पाम् गुरु !
 
Posted on 10-04-07 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो धागोमा पाल्नु हुने तर मैले नलेखेर dissapoint गरेकोमा माफ गर्नु होला !

बिर्खे माईला ले शुरु गरेको काफीयामा मैले लेखेको यो एउटा - संधै झै सुझाबको अपेक्षामा !

 

अफशोच ! तिम्रो पनि नामो निशानी रहेन !

जलाएं आफूलाई यति धेरै कि खरानी रहेन !

 

तिम्रो उज्यालो हेरेर काफी अन्धो भै सकेछु

रगतको नाताहरु समेत चिनाजानी रहेन !

 

तिमीले अरुको अंजूलीमा भरेको झंकार सुनें,

मेरो पनि तिमीबाट मात्र पिउने बानी रहेन !

 

नानाथरि सुनाउनेको मनोमानी कति सहुं ?

तिम्रो प्रसङ्ग चल्दा मैले गर्ने कुराकानी रहेन !

 

गहिरो पींधमा झरेर मनले नाली पिई रह्यो

मेरोनिम्ति जब तिम्रो सागरमा पानी रहेन !

 

Last edited: 05-Oct-07 10:07 AM

 
Posted on 10-04-07 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अफशोच ! तिम्रो पनि नामो निशानी रहेन !

जलाएं आफूलाई यति धेरै कि खरानी रहेन !

 

तिम्रो उज्यालो हेरेर काफी अन्धो भै सकेछु

रगतको नाताहरु समेत चिनाजानी रहेन !

 

तिमीले अरुको अंजूलीमा भरेको झंकार सुनें,

मेरो पनि तिमीबाट मात्र पिउने बानी रहेन !

 

नानाथरि सुनाउनेको मनोमानी कति सहुं ?

तिम्रो प्रसङ्ग चल्दा मैले गर्ने कुराकानी रहेन !

 

गहिरो पींधमा झरेर मनले नाली पिई रह्यो

मेरोनिम्ति जब तिम्रो सागरमा पानी रहेन !


 
Posted on 10-05-07 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो तन्नेरी तिर पठाउने हैन ???

वाफ रे, कस्तो गहकिलो वार हानेको ?

गहिरो पींधमा झरेर मनले नाली पिई रह्यो

मेरोनिम्ति जब तिम्रो सागरमा पानी रहेन !


 
Posted on 10-10-07 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भूमरीमा जाकिदा,  मन भो झन् उर्बरा थली !

पारीको कल्पना, बारीको सम्झना झलझली !

 

बेरेर सिङ्गै निल्नु भन्दा बरु डस्नु घरि घरि,

बिष कै किन नहोस्,  स्वाद पाउं अलि अलि !

 

 तिम्रो अध्यांरो गोलार्धमा बिघ्न शक्ति रहेछ,

संधै उतै लागुं लाग्छ, उज्यालोलाई छलि छलि !

 

dont you just read. Make me better by criticizing critically.

 

 

Last edited: 10-Oct-07 08:05 PM

 
Posted on 10-10-07 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेरेर सिङ्गै निल्नु भन्दा बरु डस्नु घरि घरि,

बिष कै किन नहोस्,  स्वाद पाउं अलि अलि !

 

मलाई यो शेर चाँहि  साह्रै राम्रो लाग्यो, शिरिष दाई

वाह वाह वाह!


 
Posted on 10-10-07 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

बेरेर सिङ्गै निल्नु भन्दा बरु डस्नु घरि घरि,

बिष कै किन नहोस्,  स्वाद पाउं अलि अलि

 

applause

 

त्यो मिलियनडलरको भन्छन नि गुरु, त्यस्तै छ यो शेर। यति मीठो शेर नपढेको सायद जुगै भएछ जस्तो छ। पढेर अवाक भएँ म त। यो शेरको प्रशंशाको लागि शब्द नै छैन मसँग।

अरु शेर नि राम्रो छ।


 
Posted on 10-11-07 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oh kali - dhanyabad

Bhaute- dhanyabad

Lets see what I come up with today.


 
Posted on 10-11-07 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

गजल अर्थात् ज्ञानुवाकर पौडेल

जयदेव भट्टर्राई
गजलमा केन्द्रित रहेर गजलमै सक्रिय रहने गजलकार ज्ञानुवाकर गजलकै लागि लागिपर्नुभएको छ । गजल र गजलकारलाई माया गर्ने ज्ञानुवाकर पौडेल वर्तमान गजलको ‚थित्रि्रति भने त्यति सन्तुष्ट हुनुहुन्न । गजल लेख्नेहरू अत्यधिक मात्रा बढे पनि खोजेज‚तो सोचेज‚तो लेख्नेहरू भने पाँच प्रतिशत पनि पाउनुहुन्न रे उहाँ । "८० प्रतिशत गजल लेख्ने त रहरका लागि मात्र लेखिरहेका छन् । गम्भीरतापर्ूवक लागेर लेख्नेहरूको सङ्ख्या नगण्य छ । जथाभावी निकाल्ने हो भने त जति लेखे पनि भयो, जति कृति निकाले पनि भयो - गजल लेख्ने धेरैलाई प्रेरित गर्ने ज्ञानुवाकर पौडलको भनाइ हो यो । वि.सं. २०३५ को 'अभिव्यक्ति' दर्ुइ महिनेमा गजल छापिएपछि गजल यात्रामा लाग्ने ज्ञानुवाकर पौडलले ३० वर्षो यात्रा गरिसक्नुभएको छ । यो ३० वर्षा उहाँ गजलमै बढी केन्द्रित हुनुभए पनि मुक्तक, कविता, अन्तर्वार्ता, संयुक्त उपन्यास आदि लेखनमा पनि सक्रिय हुनुभयो । फेरि पनि ज्ञानुवाकर पौडेल भन्नासाथ 'गजलकार' भनेर धेरैले चिन्छन्, उहाँलाई कृति प्रकाशनबाहेक गजलका लागि दौडधूप गर्ने, ठाउँठाउँका मान्छेलाई प्रेरित गर्ने र धेरैका रचना बोकेर छपाउने, भूमिका लेख्ने आदि कामबाट पनि ज्ञानुवाकर पौडेलले गजलका लागि काम गर्नुभएको छ । प्रायः कार्यक्रमहरूमा आकर्षाको केन्द्र बन्ने र धेरैका 'गजलगुरु' बने पनि गजलकार ज्ञानुवाकर पौडेलका गजलमा गेयता हुँदैन भने टिप्पणी धेरैको छ । यसबारे उहाँ भन्नुहुन्छ - "गजललाई मैले गतिशील बनाउन खोजेँ, गेयता मेरो चासोको विषय होइन । मुख्य कुरा गजलमा अनुभूतिको गहिराइ हुनर्ुपर्छ । पानी नै नभएको ठाउँमा बाँध केका लागि - हामी स्रष्टाले गायक-गायिकाको वैशाखी किन टेक्ने - म य‚ता कुरा मान्दिनँ ।" ज्ञानुवाकर पौडेलका गजल समसामयिक विषयभन्दा बढी श्रृङ्गारिक हुन्छन् र गजल सिद्धान्तअनुरूप हुँदैनन् भन्ने आरोप खेपे पनि उहाँ यो कुरा मान्ने पक्षमा हुनुहुन्न । "गजल लेखेरै धेरैको माया पाए पनि केहीले मप्रति य‚ता आरोप लाउनेर् गर्छन् । तिनीहरूले 'गजल'भन्दा बढी राजनीतिक पर्ूवाग्रहले गर्दा मप्रति नराम्रो दृष्टिकोण बनाएका हुन् । राजनीतिकै कुरो गर्ने हो भने माथिल्ला तहकाहरूको दृष्टिकोण मप्रति राम्रो छ । ममाथि लागेको सिद्धान्त अनुरूप नलेखेको भन्ने आरोप मान्ने पक्षमा म छैन । उनीहरू सिद्धान्त र परिभाषाका कुरा गरेर सीमित हुन चाहन्छन्, म सिर्जनामा उदार हुन चाहन्छु, फैलिन चाहन्छु । म सिर्जना राम्रो हुनर्ुपर्छ, नेपाली शैलीसँग मेल खाने हुनर्ुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ । कुखुरीको अण्डा पार्ने काम हो, अमलेट बनाउने तालिम लिने होइन । सिद्धान्त रटेर सिर्जना हुने भए भूपि यो ‚थितिमा आउँथे र ! म श्रृङ्गारिकभन्दा राजनीतिका गजल मन पराउने मान्छे हो । मैले समसामयिक विषयमा लेखेका गजल धेरैले रुचाएका छन् । श्रृङ्गारिक गजल त्यति मन पराउँदैनन् । मेरो गजल राम्ररी पढ्ने, सुन्नेले य‚ता आरोप लगाउँदैनन् ज‚तो लाग्छ मलाई ।" वि.सं. २००९ जेठ महिनामा काठमाडौँको बत्तीसपुतलीमा जन्मिनुभएका ज्ञानुवाकर पौडेलको जीवनका आरम्भिक दिन त्यति सहज भएन । नौ वर्षो उमेरसम्म उहाँको बोली फुटेको थिएन । १३ वर्षो उमेरले छोएपछि मात्र दोहोरो कुराकानीर् गर्नसक्नुभयो उहाँले । २३ वर्षो उमेरमा आएर एसएलसी पास गर्नुभयो । किशोराव‚थासम्म आफ्नो जीवन राम्ररी बाँच्न नसक्ने ज्ञानुवाकर पौडेलले तीन दसकको साहित्यिक साधनबाट सम्मानजनक जीवन बाँच्नुभएको छ, धेरैले चिन्ने र मन पराउने स्रष्टा भएर बाँच्नुभएको छ । कमाइ-धमाइ गरेर सुखको जीवनभन्दा पनि साहित्यमै लागेर रमाउने जीवन बाँच्नुभएको छ उहाँले ।

एक दसकभन्दा बढी समय रेडियो नेपालमा जागिर खाएर अवकासको जीवन बाँच्ने ज्ञानुवाकर पौडेलको अहिलेको जीवन प्रायः गजलमै बित्ने गर्छ । पर्ूव मेचीदेखि पश्चिम महाकालीसम्म प्रायः साहित्यिक गोष्ठीमा पुगेर गजल सुनाउने पौडेल कतिपय ठाउँमा प्रमुख अतिथिको रूपमा पनि पुग्नुभएको छ । सम्मान र दोसल्लाको ओइरो लागे पनि ताली र 'वान्समोर'ले उहाँलाई परिचित गराएको छ, चर्चित बनाएको छ । गजल लेख्ने र अरूलाई लेख्न प्रेरित गर्ने ज्ञानुवाकर पौडेल गजलका कृतिको भूमिका लेखेर नभ्याइने अव‚थामा पुग्नुभएको छ । वि.सं. २०३५ मै पहिलोपटक गजल लेखेदेखि नै धेरैले होच्याएको नमिठो अनुभव सँगाल्नुभएको छ ज्ञानुवाकरले । अझै पनि होच्याउनेहरू छन् भन्दै उहाँ त्यतिबेला र अहिले आफूप्रतिको दृष्टिकोणमा धेरै फरक आइसकेको, हिजो उपेक्षा गर्नेहरूले पनि आज सम्मान गरेको मीठो अनुभूति पनि सँगाल्नुभएको छ । नेपाली गजल लेखनमा आफूलाई बेग्लै रूपमा परिचित गराउने ज्ञानुवाकर पौडेलले नेपाली साहित्यमा मुक्तक, उपन्यास, कविता, सं‚मरण, कथा आदि प्रकाशित गराउनुभएको छ । खण्डहरू नयाँ नयाँ -२०४९) गजल सङ्ग्रह, निर्वासित मन -२०४८) मुक्तक सङ्ग्रह, अवतार विघटन -२०४५) संयुक्त उपन्यास, प्रतिनिधि बाल गजलहरू -२०६४) संयुक्त सम्पादनज‚ता कृतिका स्रष्टा ज्ञानुवाकर पौडेलले समष्टि, झङ्कार, सौरभ, मुकुट, मञ्जूषाज‚ता पत्रिकाको पनि सम्पादन गर्नुभएको छ । तीन दसकभन्दा बढी साहित्यिक पत्रकारिता गर्ने उहाँ २०५८ सालमा प्रेस काउन्सिलबाट साहित्यक पत्रकारिता पुर‚कारबाट पुर‚कृत हुनुभएको छ । "साहित्यका अन्य विधा छोडेर यही विधा किन रोजेको भन्ने धेरैको प्रश्नको जवाफमा म यति भन्न चाहन्छु कि आत्मसर्‹ष्ाको पीडालाई अभिव्यक्तिर् गर्न या समाजबाट प्राप्त अनेपेक्षित पीडाहरू समाजमै सम्प्रेषित गर्न मलाई यो विधा सजिलो लाग्नुबाहेक समसामयिक गजललाई एउटा ‚थायी विधाको रूपमा विकसित गर्ने एउटा विनम्र प्रयासमात्र हो मेरो ।" गजल लेखनबारे यसरी अभिव्यक्ति दिने ज्ञानुवाकर पौडलले आफ्नो यात्राको क्रममा धेरै सुखदुःख पाउनुभएको छ । "म मध्यम वर्गीय परिवारको, मेरो जी व न नि व ार् ह पनि मध्यम ‚तरले भइ र ह े का े छ, न दुःख, न सुख । मलाई साहित्यले खुसी र सन्तुष्टि दिएको छ । म यस क्षेत्रमा नभएको भए जुन परिवेशमा म थिएँ, त्यो परिवेशमा सम्भवतः या त म विक्षिप्त हुन्थेँ वा अज्ञात ठाउँमा पलायन हुन्थेँ । साहित्यले मलाई समाजमा समायोजित हुन सिकाएकोले म खुसीसाथ बाँचेको छु ।" काठमाडौँको गौशालामा छोराछोरी, श्रीमतीका साथ जीवन बाँच्नुभएका ज्ञानुवाकर पौडेल काठमाडौँमा जन्मी, बढी, हर्ुर्के पनि काठमाडौँले खेप्दै आएको पीडाबाट पीडित हुनुहुन्छ । रुसको सं‚कृति मन्त्रालयद्वारा प्रदान गरिने पु‚किन सम्मानबाट सम्मानित ज्ञानुवाकर काठमाडौँवादको आरोपबाट कति पीडित हुनुहुन्छ कुन्नि ! तर यही सुविधासम्पन्न राजधानी काठमाडौँमा बसेर उहाँ आफ्ना साथीभाइले पुर‚कार सम्मान पाएको हेरिरहनुभएको छ निरन्तर निरन्तर । उहाँ भने 'काठमाडौँ' पाएर रम्नुभएको छ, यही काठमाडौँको रैथाने उहाँले अरू धेरैले नपाएको सुख पाउनुभएको छ, आफ्नो सिर्जना र साधना, सहृदय र सहयोगबाट धेरैको माया पाउनुभएको छ ।


http://www.gorkhapatra.org.np/mag.php?p=yubamanch/2064/06/inner/inner16


 
Posted on 10-11-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद शिरीष गुरु लेखको लागि!

 

बेरेर सिङ्गै निल्नु भन्दा बरु डस्नु घरि घरि,

बिष कै किन नहोस्,  स्वाद पाउं अलि अलि !

 

यो शेर गजबै लाग्यो! खतरा!

 

र पहिलो शेर अलि बुझ्न गाह्रो भए जस्तो लाग्यो प्रभु! खै यि तिनवटा शेरलाई एउटा गजलको रुपमा पढेर हो कि??


 
Posted on 10-14-07 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद बिर्खे कमेण्टकालागी - एउटा शेर थपेको छु !

 

 

 

बेरेर सिङ्गै निल्नु भन्दा बरु डस्नु घरि घरि,

बिष कै किन नहोस्,  स्वाद पाउं अलि अलि

 

तिम्रो आंशुको छप्कोले मेरो छद्म श्रृंगार छिल्यो

सकली रुप छर्लङिदा पसीना छुट्यो खलखली !

 

(छिल्नु ‍ - बोक्रो अबयब हटाउनु, छोडाउनु ) ‌‍

 
Last edited: 14-Oct-07 02:21 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Nepali doctors future black or white usa ?
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Nearly one-third of Americans support autocracy, poll finds
Alert: Turbo Cancers: A Rising Global Threat
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters