shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 A Sher A Day: Part II: Ghazal talk

[Please view other pages to see the rest of the postings. Total posts: 527]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
[VIEWED 181030 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 11-19-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am going to continue this trend as it proved to be pretty productive for me.

Thanks for every one who supported with positive suggestions and active participation.

Here is the link for previous discussions:

http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22595

Lets make it more fun.

To begin with, here is one UNDER CONSTRUCTION

मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ !
छाती भन्दा उठेका करोडौं करङ्गलाई सारङ्गी बनाईदै छ !

(पाखा लगाई फूल्ने गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ)
OR
मरेको बाघको छाला ओढ्नेबाट ह्वास्स गन्ध आयो ब्वांसोको,
चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ !

बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै छ
मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ !

कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ?
तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ !

प्रजाले दिनहुँ लाउने पोशाकमा प्वालका प्रकार अनेक,
कहिले कांहि लाइने मुकुट भने, रङ्गी-चङ्गी बनाईदै छ !

 
Posted on 09-05-06 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe

I am formatting a report card justo kya !

Gajjab cha matra nabanikana ali detail_ma assess garna. hai !

mero nirmanadhin: malai ta lat lagya justo cha ghazal ko

झ्यालका पर्दा भित्र चिहाएको सम्म हुं
नियत माथी खबर्दार गर्न ठिक्क भयो !

भोकाहरुका पसीनाले सिंचेको फसल
हजूरलाई ज्यूनार गर्न ठिक्क भयो !
 
Posted on 09-07-06 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

report card ???

कुरो बुझिएन त गुरु!!!
detail_ma assess गर्न बुताले के भ्याउला र मेरो।
 
Posted on 09-27-06 12:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा मात लगाउने सौन्दर्य रस!!
सुझाव अपेक्षाकृत छ।

बैँशालु मात नशालु खानि
चुम्बक चुम्बक चंचल बानि

आँखा गहिरो हरपल् हरपल्
नशालु नजर चंचल बानि

बहँदो जिव्ह्वा कलकल् कलकल्
निर्मल अधर चंचल बानि

उदर सपाट् मखमल् मखमल्
अवयव हर हर चंचल बानि

सुराही मसिनो कोमल कोमल
हिमाल अल्हड चंचल बानि

स्वर्ग दुई ति ढलपल् ढलपल्
यौवन बहार चंचल बानि

 
Posted on 09-27-06 1:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऋखीमुनिहरुका झैँ कति गाह्रा शब्द राख्न जान्या हुन् !
 
Posted on 09-27-06 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Two versions of same ghazal. One of them is edited by Nepe.

I sent it to get published but they did not answer me for more than a week. So I decided to post it here pani.

उत्कर्ष भेट्न ओल्टाई पल्टाई रहेछन् गाताहरु !
गायब भएछन् किताबबाट आखिरी पाताहरु !

नियास्रो भन्दै लक्ष्मण रेखा भित्रका हाताहरु
घुम्न निस्कदा अस्थिर सशंकित हुन्छन् नाताहरु !

"जति दान त्यति लाभ" मा चित्त नबुझेर वा बुझेर
जति दिने हो त्यो भन्दा बढि लिन्छन् दाताहरु !

आकर्षणले नजिक जति आए ध्वस्त भए सबै
गुरुत्वविकर्षणमा रचुन् न मलाई बिधाताहरु !

XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX


उत्कर्ष भेट्न ओल्टाई पल्टाई रहेछन् गाताहरु !
कहानीको अन्त तिरबाट गायब छन् पाताहरु !

आत्माको नमूना देखाउन कैयौं झुठा खाताहरु
जति दिने हो त्यो भन्दा बढि नै लिन्छन् दाताहरु !

आकर्षणले मेरा नजीक जो आए उल्का भए सबै
बिकर्षणको सिद्दान्तमा मलाई रचुन् बिधाताहरु !

नियास्रो लागी लक्ष्मणरेखाका संकुचित हाताहरु
राम खोज्न निस्कंदा कलुषित हुंदा हुन् नाताहरु !

I liked it though!
 
Posted on 09-27-06 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा दादा, सरल शब्दले सौन्दर्यलाई कुरुप पार्छ कि भनेर यस्ता शब्दहरु राखेको :)

शिरीष गुरु,

"आकर्षणले नजिक जति आए ध्वस्त भए सबै
गुरुत्वविकर्षणमा रचुन् न मलाई बिधाताहरु ! "


को सट्टामा दोश्रो गजलको शेर बढि मजाको लाग्यो -

"आकर्षणले मेरा नजीक जो आए उल्का भए सबै
बिकर्षणको सिद्दान्तमा मलाई रचुन् बिधाताहरु !"


खै नियम कानूनको त्यति पारंगत परिन म, तर शब्द प्रयोग हेर्दा ध्वस्त हुनुलाई 'उल्का' ले प्रतिस्थापन गर्दा बढि गहिरो सुनियो। त्यस्तै 'गुरुत्वविकर्षण' म केवल 'विकर्षण' अत्यन्त उपयूक्त देखेँ मैले!
गजब छन्!!
 
Posted on 09-27-06 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Quote- .."One of them is edited by Nepe"..

I believe that you are talking about the second one! :)
 
Posted on 09-27-06 11:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाजूहरु,
सार्है राम्रा गजलहरु।

म अलि निरास, निरस र निम्न भावको छायाँमा अल्झिएको मान्छे, कहिले काहिँ नेपाली साहित्य पढ्दा खेरि लाग्छ, महत्वाकांक्षी हुन त यस्तो पो अध्ययन गर्नुपर्छ । तपाईंहरु ज्ञाता हुनुहुन्छ, यो अभागीको मुखभरि बुजो लगाईदिनुस् न ।
 
Posted on 09-28-06 12:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मरन्च्याँसेजी,
यि कुराहरु महत्वाकांक्षा हैनन, केवल आकांक्षा हुन्! कुनै शब्दाकांक्षा कुनै भावाकांक्षा :)
त्यस्तो गहिरो र दुखित रुपमा आफूलाई नियाल्न त भएन नि हैन? मुखमा बुजो लाउने कुरा नगर्नोस, मिठो मिठो खानुहोस सधैँ राम्रो बोल्नुहोस! दशैँको शुभकामना!
शुभ रात्रि...
 
Posted on 09-30-06 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe

Actually I worte and Nepe corrected and I rewrote, based on that correction. So his influences are obvious.
 
Posted on 09-30-06 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Enjoyed a lot . Just a try here
पेट भरी ले पुगेन उस्लाइ
अझै भुँडी को आकार बढाउँदै छ

त ब त गोथला आफै ले
गाइलाई शिकार बनाँउदै छ

थाहा छ उस्लाई आफु
राक्षस् हो भनि

त ब त राङो चढाई दुर्गा लाई
आफु बच्न खोज्दै छ
 
Posted on 11-09-06 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just to add this piece in this collection.

खिया लाग्दै नलाग्ने सुनको थुप्रो हो नेपाल ।
हिमालै राखी बोकेको ठूलो कोक्रो हो नेपाल !

कसैले भन्ला बैशै नआई कुप्रो भो नेपाल,
मेरो भार ऊठाई रहेको काम्रो हो नेपाल ।

झुप्रै सही घर, सांझ संधै फर्कुं फर्कुं लाग्छ,
छाना नहोला तर बचेराको ओथ्रो हो नेपाल !

मनग्गे ती काल रात्रीहरुले आकाशै निल्दा ,
दिनै नंया क्षितिज ल्याउने पात्रो हो नेपाल ।

श्रीखण्ड देख्छु म, तिमी भन्छौ तुहेक्रो हो नेपाल,
ओढ्न जाने दोसल्ला नजाने भाङ्ग्रो हो नेपाल ।

बोस्टन, अक्टोबर ३१
 
Posted on 11-17-06 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A ghazal in progress...


बलात्कार समेत भएन निबस्त्र हुंदा
यौबनको घमण्डमा ऐना अघि मस्त छौ !
 
Posted on 11-17-06 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घातक नतीजा चुम्न माहीर बनायौ,
मायाका मागहरु राखे देखि त्रस्त छौ !

बलात्कार समेत भएन निबस्त्र हुंदा
यौबनको घमण्डमा ऐना अघि मस्त छौ !
 
Posted on 11-17-06 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्ना टुक्राहरु टिप्नमै कति ब्यस्त छौ !
खुलासा भयो होला तिमी कति ध्वस्त छौ !

बलात्कार भएन निर्बस्त्र हुंदा समेत,
ऐना सित यौबनको बयानमा मस्त छौ !

घातक नतीजा चुम्न माहीर बनायौ,
मायाका मागहरु राखे देखि त्रस्त छौ !
 
Posted on 11-17-06 9:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

shirish जि तपाईं त खतरा साहित्यकार हुनु हुदो रहेछ । i enjoyed a lot.... जादै गरोस् येस्तो दामि दामि गजल हरु।
 
Posted on 11-17-06 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब छ गुरु!
अर्को दुईवटा जति शेरहरु थपौँ छिट्टै।
मलाई त मतला साह्रै दह्रो लाग्यो-

आफ्ना टुक्राहरु टिप्नमै कति ब्यस्त छौ !
खुलासा भयो होला तिमी कति ध्वस्त छौ !

 
Posted on 11-18-06 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद राक्षस जी ! यस्तै भन्दै जानुस् हौसला दिदै जानुस् !

यो चाहि बिर्खेलाई

खुईलेको रङ्गलाई परिबर्तन भन्दै
हरिया पातका नशा काट्न सिद्दहस्त छौ !
 
Posted on 11-18-06 7:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

shirsish ji,,tapai ko gajal haru ta publish hunu parne....lekhdai janu lekhdai janus...wish ki i can write like you.
 
Posted on 11-18-06 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् शिरिष गुरु!

आफ्ना टुक्राहरु टिप्नमै कति ब्यस्त छौ !
खुलासा भयो होला तिमी कति ध्वस्त छौ !

बलात्कार भएन निर्बस्त्र हुंदा समेत,
ऐना सित यौबनको बयानमा मस्त छौ !

घातक नतीजा चुम्न माहीर बनायौ,
मायाका मागहरु राखे देखि त्रस्त छौ !

खुईलेको रङ्गलाई परिबर्तन भन्दै
हरिया पातका नशा काट्न सिद्दहस्त छौ !


अझ एउटा थप्यो भने गजब होला जस्तो छ, तपाईँलाई कस्तो लाग्छ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Are you ready to know the truth?
Alert: Turbo Cancers: A Rising Global Threat
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters