[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 A Sher A Day: Part II: Ghazal talk

[Please view other pages to see the rest of the postings. Total posts: 527]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
[VIEWED 181214 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 11-19-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am going to continue this trend as it proved to be pretty productive for me.

Thanks for every one who supported with positive suggestions and active participation.

Here is the link for previous discussions:

http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22595

Lets make it more fun.

To begin with, here is one UNDER CONSTRUCTION

मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ !
छाती भन्दा उठेका करोडौं करङ्गलाई सारङ्गी बनाईदै छ !

(पाखा लगाई फूल्ने गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ)
OR
मरेको बाघको छाला ओढ्नेबाट ह्वास्स गन्ध आयो ब्वांसोको,
चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ !

बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै छ
मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ !

कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ?
तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ !

प्रजाले दिनहुँ लाउने पोशाकमा प्वालका प्रकार अनेक,
कहिले कांहि लाइने मुकुट भने, रङ्गी-चङ्गी बनाईदै छ !

 
Posted on 02-05-06 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद भउते, नेपे, ईको, गुरुबा, बिर्खे

मलाई त साझामा गजलप्रेमीहरुको बढ्दै गा’को जमात् देखेर दङ्ग लागेको छ !
हुन त अहिले नेपालमा गजलको बाढी आ’को छ रे !
कबितामा जस्तै competition छ रे गजलमा !
२०६० साल सम्ममा ८ दर्जन भन्दा बढि गजल संग्रह प्रकाशित भए रे !
गजलमा कलम चलाउनेको संख्या हजार नाघी सक्यो रे !
गजल पहिले जस्तो नबुझिने र प्रेममा मात्र आधारित नहुदा demand बढेको छ रे !

बिर्खे
तपाईलाई चलेको लहड ले म दङग छु !
काफीयालाई गजलको मुटु भन्दा रहेछन् जानीफकारहरु । तपाईको काफीया प्रयोगमा EKG त के stethoscope पनि नपर्ने छ ! बेहर शिल्प भनिदो रहेछ । कसैलाई प्राक्रितिक रुपले आउला कसैलाई मिहेनत गर्नु पर्ला मलाई जस्तै । शास्त्रीय गजलको चिन्ता नगरम् अहिले । त्यसो त हाल नेपाली गजलको सम्सारमा स्बनिर्मीत गजलको प्रचलन हुंदा शास्त्रीय शास्त्रीय भनेर कराउनेहरुको कुरा थन्किएको छ रे ! Writing is an art not a chance, as those move easiest who knows how to dance. समयले त्यो पनि सम्पूर्ण बनाउला !
भाब: नेपाली जन जीबन सचित्र बर्णन छ तपाईको गजलमा ! गजल पढ्दै जांदा जे होस् चित्रहरु मानसपटलमा बन्दै गा’का थिए आफ से आफ !

एउटा preview, Valentine Day सम्ममा सकाउने बिचार छ !

गन्हाउने गल्लीबाट गुज्रेको देखे सबैले
अबको ठेगाना सोधे तिम्रो दिल देखाउं

नरम अनुभुति दिन सकिन्छ कसरी ?
सर्बाङ्ग साटी आफैलाई छोएर सिकाउं !

(अरु नै थियो शब्दहरु: नेपे गुरुलाई मुसुमुसु नहसांउ भनेर बदलें)

Gautam jee
I think you will begin to appreciate Ghazals more as you face difficulties in writing one.
 
Posted on 02-05-06 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजलका बारेको यति राम्रो छलफलका लागि गुरुहरुलाई धन्यवाद।

बिर्खेजी, दामी गजल लेख्नु भयो। गजलको भावले मुटु छोयो।
 
Posted on 02-05-06 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजू,
धन्यवाद् comment को लागि। मलाइ पनि तपाईँले औँल्याउनु भएको शेर अलि मनमा खट्की राखेको थियो २ वटा कुराले-
१) खोलो उल्टो बगाऊनुको अर्थ विपरीत पनि लाग्न सक्छ।
२) 'बाँध बाँधि' भन्दाखेरि 'बाँधि बाँधि' जस्तो सुनियो। कि बाँधी दिर्घ हुनु पर्ने हो???।

तपाईँको सुझाव मन पर्यो म त्यहि शेर राखेर यसलाई मिलाउँछु।


शिरीष गुरु, Thank you!
खै बेहर मिलाउने मेरो बसमा छैन जस्तो छ!
एउटा प्रश्न गरौँ गुरुलाई भनेर, कुनै शेरमा मैले माथिको गजलमा राखेको जस्तो
कसैले भनेको कुरा (" ") संकेत दिएर लेख्न मिल्छ कि मिल्दैन?
(उदाहरण “अब दु:ख हुँदैन”, आमालाई मनाउन खोज्दै छु )

गौतम गुरु, धन्यवाद्!
गुरुहरुको सिको गर्दैछु :)
 
Posted on 02-05-06 11:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे-जीले यता आएर धमाका फोरेको हो रे'छ नि त।

“अब दु:ख हुँदैन”, आमालाई मनाउन खोज्दै छु
बिग्रिएको मेरो घर, अब मिलाउन खोज्दै छु।


कस्तो मनै भारी भएर आयो।
:-(
-भउते
 
Posted on 02-05-06 11:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धुत! लाजै लाग्यो
दीर्घ को spelling नै ह्र्स्व लेखेछु :):)
 
Posted on 02-05-06 11:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भौते गुरुले लेखेको नदेखिराको मैले त, ह्र्स्व दीर्घमा हराइरहेको थिएँ!
:)
 
Posted on 02-06-06 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि व्याकरणको, खास गरेर ह्रस्व-दीर्घको मामलामा, खत्तम छु । फेरि वाक्य-विन्यासमा पनि अंग्रेजीको प्रशस्त नक्कल हुन जान्छ ।

'भाषा विकास परियोजना' मा कार्यरत केदार शर्माजी साझाका आक्कल झुक्कल आउनुहुने भए तापनि साझाको एक योग्य भाषाविद् एवं श्रोतसम्पन्न व्यक्ति हुनुहुन्छ ।

- http://www.sajha.com/sajha/html/openthreadall.cfm?forum=2&threadid=17982&start=21

वहाँलाई साझामा पनि एक 'भाषा सहयोगी परियोजना' शुरु गर्न सादर निवेदन गर्ने हो कि ?

___
 
Posted on 02-07-06 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe wrote
कसैले भनेको कुरा (" ") संकेत दिएर लेख्न मिल्छ कि मिल्दैन?

I don't know.

I did a little observation and most of the ghazals do not even use any commas or exclamation or question marks (even though they sound like questions) except । at the end. However here are some examples of use of quotation marks.

गाली खाने "नेता" पद हैन, शुद्ध शक्ति पाए हुन्थ्यो,
स्वच्छ विचार राख्नेको त जनता सीधै गला रेट्छन् ।

मित्र (गजल) - होमनाथ सुवेदी
(www.hknepal.com)

अनुभूती साँच्न त मन चाहिन्छ
मुटुमा कति कति "कोलाज" थियो

- ईश्बरि कार्कि
टुक्रा टुक्रा आकाश
पेज १४

With the changes from the traditional formats, I think, there should be no problem.
 
Posted on 02-07-06 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजू, गौतम जीले भनेको जस्तो एउटा धागो सुरू गर्नै पर्ने भयो अब। तपाइँले देखाउनु भएको धागोजस्तै एउटा अर्को सुरू गरेर केहि कुराहरु राखौँ, वहाँको नजर परिहाल्छ कि?

धन्यवाद् शिरीष गुरु!
भनेपछि quotation प्रयोग गर्ने त्यति चलन रहेनछ तर नियम अलि ऊदार हुँदै गएको पनि रहेछ।
 
Posted on 02-08-06 5:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कम्प्यूटरमा चार पांच वटा ओथारो नपुगेर चल्ला
नकोरेलेका अण्डाहरु मध्ये एउटा यो पनि हो !
आनाटोमी डिभेलप गर्दैछु !




बिहानीको सङकेत दिने भाले बास्नै छाड्यो !
घरतिरको खबर सोध्ने मन लाग्नै छाड्यो !

मन्दिरकै परिसरमा फूल ओईलाए
भगबानको निम्ति माला गास्नै छाड्यो !

ज्यान बचाउन गांस ननिल्दै लुक्नु पर्छ
थाक-का-थाक जुठा भांडाहरु माझ्नै छाड्यो !

मान्छेले परिबर्तन जङ्गलमा खोजे पछि
ईन्द्रेणी देखेर मयूरहरु नाच्नै छाड्यो !

शक्ती बटुल्न ओरालो लाग्यो खहरे अरु !
माटो किन नबगोस् ? भीरले धान्नै छाड्यो !

बाटो बन्द नगर्नु बरु आकाशमा गोली
जहां लगा’नि भा’छ बन्दूकले ताक्नै छाड्यो !

कामै लाग्नु पर्छ सदिच्छा मात्रले पुगेन
पर्दा त के? मर्दा पनि छिमेकीले डाक्नै छाड्यो !

भुत्तो हतियारको प्रहार मीठो निर्दयीलाई
तिखारिकन खुकुरी, धारले हान्नै छाड्यो !

बिहानीको सङकेत दिने भाले बास्नै छाड्यो !
घरतिरको खबर सोध्ने मन लाग्नै छाड्यो !

 
Posted on 02-08-06 6:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहानीको सङकेत दिने भाले बास्नै छाड्यो !
घरतिरको खबर सोध्ने मन लाग्नै छाड्यो !


भालेलाई साँझै भुट-भाट पारेर खाने होला, कहाँ बाट बासोस् त बरा ! पेटमा बास्न मिलेन। :-)

शिरष गुरुको लेखन शैलिमा शालिनता छ, त्यो मलाई असाध्यै मन पर्छ है। सिक्दैछु गुरुबाट।

शिरिष जी
मलाई के के पठाइदिन्छु भनेर आश देखाउने, अनि चुप लागेर बस्ने? भएन है गुरु यो त।
मैले साझा मै खिटिक्क पारेर एउटा निबेदन पठाको थिएँ, पाउनु भो कि पाउनु भएन, निधो
भएन नि।

:-)
-भउते
 
Posted on 02-08-06 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीष गुरु मलाइ धेरै मन पर्यो यो शेर!

शक्ती बटुल्न ओरालो लाग्यो खहरे अरु !
माटो किन नबगोस् ? भीरले धान्नै छाड्यो



भौते गुरु के कुरो हो त्यस्तो गजल लेखनको खुराक भए म पनि भोकाएको थिएँ!

सुझाव र आवश्यकता अनुरुप मैले पहिले नै पोष्ट गरेको गजल केहि सुधार गरेर पुन: राख्दै छु।

गजल

अब दु:ख हुँदैन, आमालाई मनाउन खोज्दै छु
बिग्रिएको मेरो घर, अब मिलाउन खोज्दै छु।

बाली खाने साहुको, मलामी तयार छन्
बन्दकिमा रहेको, खेत छुटाउन खोज्दै छु!

उल्टो बगेको बाढिले, लग्यो मेरो घरबारी
बाँध बाँधी खोलो, सुल्टो बगाउन खोज्दै छु!

‘नरबलि’ भाईको अब, दिँदैन त्यो पुजारिले
मुर्ती फाल्न त्यो, पर्खाल हटाउन खोज्दै छु!

कयौँ पटक पोइलिएकी, स्वास्नी नभै भएन!
काटेर त्यो ‘जार’, स्वास्नी ल्याउन खोज्दै छु!

 
Posted on 02-08-06 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे ब्रोको कवितामय भावको रहस्य बिजुली सर्बत हो जस्तो लाज्ञो है मलाई त । अर्को धागोमा एउटा कविता पढेको थिएँ, पुरा सर्बत मा भावना मिलाएर पिउनु हुन्छ जस्तो छ, कि कसो ? ;)
 
Posted on 02-09-06 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute

I did not receive your mail.

testo raat-ko abasan bhayo bhanne bhale lai khai dine bhanya?
 
Posted on 02-09-06 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष गुरु,
हजुरले साझामा राखेको इमेल बिर्सिनु भो जस्तो छ। कता हराएछ त नत्र भे? कि सानदाइकै सर्भर तिर भुलेछ र हो? मलाई bhaute_kaji@yahoo.com मा खुसुक्क पठाइदिनुस न। अनि साँच्चिको इमेलमा गफ-गाफ गरम्ला। अब साँच्चिको इमेल यहाँ नराखम के रे।

:-)
-भउते
 
Posted on 02-09-06 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे एक्लो जी त्यस्तो केहि हैन :)
भावनामा शर्वत अलि बढि गयो जस्तो लाग्यो मलाइ, अब होस गर्नु पर्ने भयो!

ल मेरो लहडको अर्को उपज, गजलको रुपमा -

गजल

तिम्रो आफ्नो बन्न मैले आफैँलाई ढाँटेको छु
रंग बिरङ्गी प्रेमका धागा धेरै बाटेको छु!

मात तिम्रो सधैँ चढ्छ साथ भएपछि
पिउँदा पिउँदा आज अलि बढि मातेको छु!

निर्दोष प्रेमी भन्छौ होला तर लोग्नेमान्छे हुँ
होस गर साऊने भेलमा जंघार काटेको छु!

रात अझै बाँकि छ तिमी छिटो गईहाल
कयौँ यौवन संग मैले इमान साटेको छु!

मनको कुरा गर्दा गर्दै तन नै हावी भएपछि
रूप र बैँश सबै तिम्रो लुट्न आँटेको छु!

 
Posted on 02-09-06 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यात्तेरी, बिर्खे जी त डरलाग्दो हुनुहुँदो रे'छ। ल है केटी हो बेलैमा बिचार गर। :p

गजव छ बिर्खेजी। प्रविधिकरुपमा त म सिकारुँ हु क्या रे, भावना चैँ खत्रा लाग्यो।
 
Posted on 02-09-06 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे भौते गुरु, त्यस्तो सबैलाई सावधान् नै त किन गरेको होला!
:)
 
Posted on 02-11-06 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Queen Latifa in the Grammy Awards was Quoting someone about truth.
"To be able to tell truth without being ashamed is an art."

Our Birkhe has done it pretty successfully. ;-)
 
Posted on 02-11-06 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलि बढि नै लेखिएछ कि के हो :P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
nrn citizenship
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters