Posted by: shirish January 14, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
जूकाले पूरै शरिर नापेको हेर्दैछु ! आफ्नै घर बिस्तारै भत्केको हेर्दैछु ! आंखा नै भुईंचालोको केन्द्र भएर होला आकाश चिरा परेर चर्केको हेर्दैछु ! सुखद भबिष्य निम्ति बिद्रोह जारि छ, जन्मदै बालकहरु अनाथ बनेको हेर्दैछु ! उनका चीसो गोठ र छिडिको सर्दी तातो पार्न मेरो दलीन बालेको हेर्दैछु ! अरुका छाया समेतले आक्रान्त पा-यो ग्रहणले आफूलाई छोपेको हेर्दैछु ! रगत उम्लियो यति कि बाफियो सिन्दूर नाडीका निर्दोष चूराहरु फुटेको हेर्दैछु ! रात हुन् या शिरिषको मनबाट एक पछि अर्को तारा खसेको हेर्दैछु !
Read Full Discussion Thread for this article