Posted by: shirish January 20, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
Thank You Ishwor and Nepe मैले अहिले सम्म काफिया बारे बुझेको कुरा बाड्न चाहन्छु र हामी सिकारु गजल लेख्नेहरुलाई फाईदा हुन्छ कि भनेर ! शास्त्रीय गजलमा तीन प्रकारका काफिया हुन्छन् पूर्ण काफिया जस्तै आयो गायो आंशिक काफिया जस्तै रच्नु राख्नु एक अक्षरे भो पो गजल लेखनमा पूर्ण काफिया राम्रो मानिदो रहेछ ! यो निर्माणाधीन शायद एक अक्षरेमा पर्दो हो ! तह तह हुदो हो बिरह क्रमै सित फेरिदो बिरह ! फूलले पराग लुटाउदा, मह बन्नु बीउको बिरह ! नहुंदा बरु शान्ति सरह भएर नहुंदा पो बिरह ! फेद भेट्न बग्न खोज्यो दह सतहमै उत्रियो बिरह! प्रक्रितिले नै ठगे के गर्ने ? रुन चाहने गोहीको बिरह ! खुशी हेर्न पर्खी रह्यो गह निमेषमै भेटियो बिरह ! or खुशी हेर्न पर्खी रह्यो गह थुनेर आंशु जस्तो बिरह ! Note: I have not yet found any classical behers with ten syllables like this one. So I need to modify to make it either 9 or 11 syllables. साझामा गजल लेखन भिन्न तहमा लैजान यस पछि शास्त्रीय बेहरमा चर्चा गर्न थालीने छ ! जुन सजीलो हुने छैन र निके मिहेनत र अनुशासनको जरुरत पर्नेछ अनि गजल लेखन प्रक्रियाको गतिमा सुस्तता आउने छ ! नेपे तपाईले जस्तै सबैले लिबरल भएर सोच्दा हुन् त सजीलो हुने थियो तर माहोल त्यस्तो छैन रहेछ ! हुन त जुन संग्रहमा यस्तो हुनु पर्छ उस्तो हुनु पर्छ भनेर भूमीका बांधीए पनि त्यै संग्रहहरु पनि पूर्ण (छन्द, बेहरको हिसाबमा) छैनन् ! म त दोधारमा छु !
Read Full Discussion Thread for this article