Posted by: Nepe January 24, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
शिरीषले गम्भिरताका साथ र मेलै लगाएर गजलका छन्दहरु अध्ययन गरिरहेको बुझ्दा खुशि लागेको छ । मैले छन्दहरुको अध्ययनै गरिनँ । लघु-गुरु (ह्रस्व-दीर्घ) समेत मिलाउनु पर्ने वार्णिक छन्दहरुमा गजल लेख्ने आँट नभएर हो । र फेरि गैर-उर्दु भाषाका समकालिन गजल-लेखनमा वार्णिक छन्द उन्मुक्त गजल लेखिईरहेको बुझेर पनि हो । र प्रचलित वार्णिक छन्दहरु (संस्कृत र उर्दु दुवैका) बारे एउटा शंकाले पनि यसलाई साथ थिएको थियो । त्यो शंका के भने कतिपय छन्दहरु संभवत: गेयात्मक छैनन् होला भन्ने । पेशेवर गायकहरुबाट गाईएका कतिपय उर्दु गजल हरुको अप्ठ्यारा र श्रुतिमाधुर्यविहिन लयहरु सुनेर मेरो मनमा त्यो शंका पलाएको हो । छन्दहरुको विकास संगीत-शास्त्रमा आधारित नभएर आफुखुशि (arbitary) भएर त्यसो भएको होला भन्ने मेरो लख । निसन्देह: मिसराहरुमा लघु-गुरु, विश्राम आदिको एकरुपताले गजल/गीतलाई गायन-मैत्री बनाईदिन्छ । तर कतिपय अवस्थामा लघुलाई गुरुको रुपमा improvisation गर्न सकिने देख्दा गजललाई गायन-मैत्री बनाउने न्यूनतम शर्तहरु के होलान् भन्ने कुरा अनुमान नै गर्न सक्या छुईन मैले । (गजल गायन-मैत्री हुन पर्ने कुरालाई मैले न्यूनतम र अधिकतम शर्त दुवै मानेको छु । गाउन नसकिने भए गजल नै किन बनाउनु प-यो, गद्य-कविता बनाए भईहाल्यो नि । अनि, गजल गेयात्मक भए पुगिहाल्यो, किन चाहियो नाना भाँतीका थप नियम भन्ने विचार हो मेरो) । त्यसैले म त के गर्छु भने, शेरहरु लेखिसके पछि यसो गुनगुनाउछु, सबै शेरहरु धेरथोर एउटै लयमा गाउन सकियो भने, पुग्यो मलाई । जुन दिन कुनै संगीतकारले त्रुटीहरु देखाउला, त्यसै दिन देखा जाएगा भनेर बस्या छु म त । *** *** *** *** रातमा रंग भरि अप्ठ्यारो पारौं बिहानीलाई ! मुसुमुसु हाँस्दैछु म । emoticon राखेको भए पनि हुन्थ्यो होला, शब्दमै भन्न मन लाग्यो र ।
Read Full Discussion Thread for this article