Posted by: shirish January 24, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
10 syllable ko pani classical beher hundo raii'cha for e.g. ह्रश्व = १ दीर्ध = २ फाईलातुन् + मपाइलुन् + फेलुन् २१२२ + १२२२+ २२ रमलको भेद भनिदो रहेछ ! बिर्सिएको कहानी याद् आयो प्रीतिको जिन्दगानी याद् आयो ! -सनत कुमार बस्ती साभार- देबी नेपाल, छन्द पराग आफू त अहिले तरन्तै यस्तो लेख्ला जस्तो छैन ! नेपाली गजलमा तर आफैले बनाएको बेहर को चल्ती धेरै रहेछ ! कति बिरही लेख्ने भनेर यस्तो romantic कनस्ट्रक्ट गर्दैछु ! पूरा भा'छैन ! कहां सुधार्नु पर्छ थाहा पाउं ! अक्षर गिन्ति १७ पबनको म्वाईको असर झैं स्थीर पानीलाई ! छाल उठ्यो ममा मानौं जगायौ जवानीलाई ! स्वर कसरी दिन सक्थें गीत धूनको अभाबमा तिम्रै रचनामा गाएं मैले जिन्दगानीलाई ! सोच्ने बनायौ सम्झने बनायौ अनुपस्थितीमा प्रत्यक्ष आई सम्हाल लौ मेरो यस्तो बानीलाई ! जस्लाई मागें उसैले मन्दिर दोह-याए पछि गुनासो पोख्न अब अरु के रह्यो भवानीलाई ? लाज अझै बांकी छ भने मेरो आंखामा लुकाउ रातमा रंग भरि अप्ठ्यारो पारौं बिहानीलाई ! Or लाज अझै बांकी छ भने मेरो आंखामा लुकाउ रंगीन बनाऔं अघ्यारो रातको कहानीलाई !
Read Full Discussion Thread for this article