Posted by: Gautam B. January 26, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
शिरिषजी, किताबहरुको नामको लागि धन्यवाद। कस्का लगि लेख्ने भन्ने कुरामा मेरो विचार राख्न मन लाग्यो। मलाई त सकेसम्म सरल भाषामा सकेसम्म सबैले बुझ्ने गरी लेख्नु पर्छ जस्तो लाग्छ। लेखनको सौन्दर्यने त्यहि हो जस्तो लाग्छ मलाई। फेरि सरल लेख्दैमा स्तरीयता नहुने भन्ने कुरा पनि भएन। अझ गजलजस्तो गेयात्मकता हुने बिधामा क्लिष्टता ल्याउन खोज्नु त झन पापै होइन र? यो मेरो नीजी विचार मात्रै हो है फेरि! मैले अहिलेसम्म सरुभक्त, ईश्वरबल्लभ अथवा मोहन कोइरालाका कृतिहरु धेरै पढ्ने आँटै गरेको छैन। लेखकहरुले आवश्यकता भन्दा बढी बुध्दिविलास गरेको मलाईचाहिँ पच्दैन। आफ्नै लागि मात्र लेख्ने हो भने अर्कै कुरा। बिडम्बनानै भन्नुपर्ला, अहिलेको नेपाली साहित्यको चल्तीको गल्लीमा जति नबुझिने लेख्यो उति ठूलो साहित्यकार बनिन्छ भन्ने धारणा ब्याप्त छ।
Read Full Discussion Thread for this article