Posted by: Gautam B. January 16, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
सशक्त लागेको छ शिरिष गुरु। ----------- सुखद भबिष्य निम्ति बिद्रोह जारि छ, जन्मदै बालकहरु अनाथ बनेको हेर्दैछु ! उनका चीसो गोठ र छिडिको सर्दी तातो पार्न मेरो दलीन बालेको हेर्दैछु ! ------- म पनि आजभोलि चल्दै गरेको एउटा टुक्रालाई राखिहालौँ। काँटछाँट र एक दुई शेरहरु थप्न भने बाँकीनै छ, तैपनि गुरुहरुबाट सुझाव अपेक्षा गर्दै राख्दैछु । गोतामेको गजल-१० 'विचारहरु' मारेर एक्लै बाँच्ने 'विचार' भो! सर्पबाट ब्वाँसाको 'शाकाहारी' प्रचार भो! उर्लिएको सागरलाई थोपा भन्ने हो भने तिन्टा तिम्रा चम्चा बज्दा कसरी हजार भो?! घस्रेरै भएपनि हिँड्दैथ्यो बाथको रोगी अब थलै परेछ, यो कस्तो उपचार भो?! धेरै निक्ले आफैँलाई बेच्न सक्ने दासहरु पसेछन् कि? मन्दिरबाटै शुरु ब्यापार भो! (पसेछन् कि? मन्दिरभित्रै शुरु बजार भो!) यसै पनि छोटा हैनन् देश लुट्ने हातहरु बन्दूकको आड भो, लम्बाई गुना चार भो! (आड पाई गोलीको, लम्बाई गुना चार भो!)