Posted by: Nepe January 16, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
अब काफीयाको कुरा 'विचार' भो! प्रचार भो! हजार भो?! उपचार भो?! ब्यापार भो! चार भो! तकनिकि कुरामा म ता यस्ता काफियाको प्रयोगमा कुनै द्वेष देख्दिन ! यी सबले भिन्दा भिन्दै माने बोकेका छन् ! (अचेल नेपालबाट दुई दर्जन गजलका किताब मगाएर पढ्दै गरेको छु र त्यसमा भूमीका लेख्ने गजलकारहरु (अग्रज त होलान् नि) लाई चाही यस्तो दोह-याएको चित्त नबुझ्दो रै’छ ! अनुभबको कमी भन्दा रैछन् र म पनि आफ्नो हेरेको त थुप्रै पो कमी रै’छन् गांठे ! तपाईको अनुप्राश rhyming “आर’ प्रष्ट छन् तर मतलाका “चार” ले गर्दा काफीया नै चार हुन् कि भन्ने भान पर्दो हो ! ऊनीहरुका कुरा सुन्ने हो भने चेन्ज गरे हुन्छ नभए पनि गल्ति चांहि छैन ! चित्त बुझ्ने/नबुझ्ने कुरा त आफुखुशि हो अग्रजहरुको । परन्तु, काफियाको अन्तांश दोहरिने कारण नवकविहरुको 'अनुभव' को कमी नभई 'नेपाली भाषा मै अनुप्रासयुक्त शब्दहरु' को कमी भएर हो । यो कुरा यी अग्रजहरुले बुझ पचाएको चाही मलाई चित्त बुझेन बरु । नेपाली गजललाई व्यापक बनाउने हो भने गजलका प्रचलित अनिवार्य नियमहरु बाहेक अरु कुरामा स्वतन्त्रता दिनै पर्छ भन्ने मेरो आग्रह छ ।
Read Full Discussion Thread for this article