world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९८ --

[Please view other pages to see the rest of the postings. Total posts: 666]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 217420 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-04-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 98 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


श्री स्वस्थानी व्रतकथा!


 
चौतारीवासीहरूको पूरा नाम गाम
 
१)श्री  भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री  राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो--- 
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री  गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम
२८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा

गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 08-Feb-08 11:24 AM

 
Posted on 02-06-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्तो पनि हुदो रहेछ
जिन्दगी मा कैइले कैइले
कसैलाई माया गर्नु
एउटा भूल गरे मैले
एस्तो पनि हुदो रहेछ

मेरो जस्तो माया दिने
तिमीलाई हजार होला
तिम्रो लागि मेरा जस्ता
हजार हजार मुटु रोला
जस्लाई आफ्नो सम्झेको थिए
उही बिरानो भयो अहिले
कसैलाई माया गर्नु
एउटा भूल गरे मैले
एस्तो पनि हुदो रहेछ।


 
Posted on 02-06-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदैछ गाम्लेहरू?
 
Posted on 02-06-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ गाम्ले हरु?
नमस्ते है कोही भए देखिन ?
(बल्ल नमस्ते ठोक्नी मौका पाएको कोही छैन जस्तो छ)
लौ मैले पनि कथा लेख्न सुरु अर्न परो गाठे (पुरुस्कार छ?)
मेरो त यो अड्डा को भाडो बिग्रेर केही बुझिदैन के गर्ने होला खै यस्तो आउछ



 
Posted on 02-06-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्वते, के छ? तपाइले माउजिल्ला(Mozilla)मा हेर्नु भएकोले त्यस्तो आएको हो। ईन्टर्नेट एक्सपोररमा ठीकै आम्छ। माउजिल्लाको
समस्या मिलाउन कन्ट्रोल प्यानलको ल्याङ्ग्वेज सेटिङ् तिर गएर के के एड गर्नु पर्छ क्यारे, अस्ति सान बराजूले
टाँस्दै थे डिटेलमा!
 
Posted on 02-06-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देशले रगत मागे
कुखुरा बली चधाउ 
रुन्दिनन मेरी आमा
ऊ मेरो बाजे कि छोरी।    
 
Posted on 02-06-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दोश्रो राउन्ड्को जदौ होलसेलमा सबैलाई
हो भन्या पर्बते, त्यो कथा लेख्न्दा पुरस्कार पाउनी भये हाम्पनी यसो लेख्न हुन्थ्यो क्यारे, जिम्माल बुढालाई सोध्न पर्नी थ्यो, केही छ कि त्यस्तो ब्यबस्था भनेर
नभये त म नि ठोक्दी हाल्थे एउटा कथा त
हसुराइ हुँदैछ चित्रे, तिम्रो भईसक्यो? ठुल्दाइको खोकाइ अझै बाँकी नै रहेछ त
हुँदा हुँदा खोकाइ पनि राउन्डका राउन्ड चल्न थालेछ
लहरेले कस्लाई माया गरेर भुल गरेछ कुन्नी? क्यार्छौ लहरे, यो माया पिरेम भन्ने कुरा सबैलाई सधैं फाप्दैन रइछ
बिस्टे आयो आयो भुत्भुतायो चल्दिएछ
लौ मोज गरम भोज गरम रोज गरम
जय चौतारी!


 
Posted on 02-06-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रतिक्षा गर्नुहोस....छिटै आउँदैछ...

चौतारी सतक महोत्सब

अहिले सम्म प्राप्त भएका केहि आकर्षणहरुको संक्षेप-

 

भउते-  जुरेली संग फेरि एक पटक नयन जुधाउँदै मन फुकाएको चर्तिकला!

दीप- "किन चाउरिस मरिच? आफ्नै पिरले"..हजूर!.... भन्छन अचानोको पिर खुकुरीले जान्दैन, बाङ्गे एट अल द्वारा कहिले धिपधिप बनाइएका त कहिले ज्वाला सहित फडफडाएका दीपको पिर दीपलाई नै थाहा छ। बाङ्गे महात्मयको नपल्टिएका पानाहरु, केवल चौतारी बिशेषमा!!

पुन्टेदाई- चौतारी गीतको नयाँ संकलन र लय, भउतेलाई थप गाली पाउँदैन उसले पुन्टेको साली!

संवाददाता बिर्खबहादूर बोगटि संग अन्तरवार्ताको नयाँ सिलसिला- अतिथी- ठुल्दाई, लहरे, माष्टरनी नानी, भउते र गोतामे!

चित्रे- नयाँ संस्मरण चित्रेकै मुखबाट उसकै भाषामा

ठूली- ह्यान्सीको आउने धागोका केहि हाइलाईट ठूलीकै खित्खिते शैलीमा चौतारी सतक् बिशेषमा!

नेपेदाई- "प्याला भर्थे तिम्रा हात म पिउँदै थिएँ, केवल त्यहि एक रात म ज्यूँदै थिएँ" ..हजूर,...रोमांस, विरह र जीवनका अर्थ गजलहरुमा, नेपेदाईकै सुमधुर स्वर र लेखाईमा, मात्र चौतारी सतक महोत्सवमा!

गोतामे- "बाँसको कथा" सम्झेर बसेका तर नयाँ कथाको भोकले ग्याँस्टिक बोक्न बाध्य बनेर बसेका कयौँ पाठकहरुलाई एन्टासिडको काम गर्दै आउने वाला छ, गोतामेका तीन कथा!...हजूर.. उनकै झर्रो-मिजासीलो शैलीमा केवल चौतारी सतक बिषेशमा!!

दादा- "नदिलाऊ मलाई सन्जुको याद यो मुटु भत्किन्छ!!"...हजूर..दादालाई फेरी बर्षौँपछि सन्जुको यादले भुतुक्क बनाएछ, उनि आउँदैछन् र याद बाँड्दैछन, मात्र महोत्सव अंकमा!!

ठुल्दाई- अनुभवका धनी, असली बात दिन हो या रात्, तारेमाम्। ठुल्दाईको अनुभव तथा चर्तिकलाको अर्को नमुना प्रस्तुत गर्दैछन स्वयं ठुल्दाई। कहाँ? मात्र चौतारी बिषेश अंकमा!

माष्टरनी नानी- फटिङ्ग्रेको साम्राज्यमा हराउँदा पापी साम्राज्य बिर्सन खोज्ने कमलो भावना, यसपटक अझ कमलो बनेको छ। हजूर अर्को धमाकाको साथ सबैको शिक्षिका द्वारा, कथा मार्फत केहि शिक्षा!!

ग्वाँचे- यो मन त मेरो नेपाली हो! जरामुनि भए पनि मन त नेपाली नै हो ग्वाँचेको! एउटा अर्को नेपाल खाल्डोको चर्तिकला बिर्खे बुढाको साथ! थोरै भयो? एक हैन, दुई हैन, तीन हैन हजूर चार भागमा आउँदैछ। प्रतिक्षा गर्नुहोस सतक अंकको!!

गालब- कहिले अत्यन्त आधुनीक बैज्ञानीक कल्पना त कहिले पौराणीक कल्पना, दुबैमा माहिर गालबेन्द्र गिरी, यसपाली आउँदैछन नितान्त भिन्न तरिकाले! अहँ..म भन्दिन, यसको लागि कुर्नु पर्ने छ चौतारीको सयौँ अंक सम्म!

झिल्के- " असुनी बरुनि जता हेर्यो तरुनी लौन मैले कसो गरुँ नि" यहि चौतारीका कसैको खप्परमा एउटा कपाल समेत टिक्न गाह्रो पर्छ, तर कसैको भाग्यमा, जता गए पनि तरुनी तरुनी र मात्र तरूनी! हजूर कुरा गर्दैछु हाम्रै चिरपरिचीत झिल्केको। नयाँ ठाउँ, नयाँ यात्रा र नया तरुनि(हरु)! मात्र सतक् अंकमा!!

यति मात्र हैन, अझ थप जानकारी आउने क्रम जारी छ, आउना साथ सबैलाई पुन: सुचित गर्ने छु!

प्रतिक्षा गर्नुहोस!!!

चौतारी सतक महोत्सब

 

 

 

Last edited: 06-Feb-08 01:40 PM

 
Posted on 02-06-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यान्क्स चित्रे
अब आयो
जिम्माल बा ले लेखेको चाँही भरे पढम्ला

 
Posted on 02-06-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! बिर्खे बुडाले राम्रो पिलान बनाएछन्, चौतारी शतक विशेषांकले चौतारीको ईतिहासमा यौटा नयाँ आयाम थप्नेछ
भन्ने आशा छ। नयाँ, पुराना सबै गाम्लेहरूले आ-आफ्ना सिर्जनाहरू पस्किदिनुभएमा चौतारीको वास्तविक मज्जा 
आउनेथियो।

रिट्ठे, राहलदाइ, लहरे, पर्वते, बिष्टे सबैमा जदौ!

हिजो बिष्टेले गाम्को नामको बारेमा सोधेको थियो क्यारे। लु सुन
स्याउ खाको गाम -- Chicago
विस्कान्छि --- WI
मायालु गाम --- MD
बाटो नभाको देश --- No way (Norway)
बाजुरा --- Belgium


 
Posted on 02-06-08 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अैयाअाअाअाअाअा थाकियो।


 
Posted on 02-06-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-06-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली कसरी थाकेकी त्यसरी? धेरै बेच्यौ कि क्या हो तरकारी? 

भौतेकाजी चैं किन त्यस्तरी मुख बाएर हाँस्या नि?


 
Posted on 02-06-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-06-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्धी ज्यु त्यो आगामी आकर्शन को सक्षिप्त बिवरन त रेडियो बाट प्रसार भा जस्ताइ लाग्यो
'हजूर कुरा गर्दैछु हाम्रै चिरपरिचीत झिल्केको' ,हजूर..दादालाई फेरी बर्षौँपछि सन्जुको यादले भुतुक्क बनाएछ जस्ता हजुर हजुर ले
अनी चित्रे ज्यु चौतारी बासी हरु को बास्स्थान को बारे मा त कहनु भयो अब अझै एउटा गाम को नाम चै भुलेछु 'लुम्बिनी गाम' अब तेस गाम को बारे मा केही कहनु हुन्छ भन्ने आश गर्दछु
धन्यवाद
 
Posted on 02-06-08 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


hana thuli kati doko saag bechyeu aajha.. khub thakechhau ta..

 
Posted on 02-06-08 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न अचम्म्म भयो।

चमत्कार भयो।

हाहा-कार भयो।


((((((((((((((((((((ठुली थाकिन् रे)))))))))))))))))))))))))))))
{{{{{{{{{{{{{{{ठुली थाकिन् रे।}}}}}}}}}}}}}}}}}


काम नगरी पनि थाकिदो रैछ, घाम नलागी पनि रापिदो रैछ। तारेमाम्।


 
Posted on 02-06-08 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ninbra lagyoooooooooooooooooooooo

 
Posted on 02-06-08 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, तिम्रो यौटा आँखा ठूलो अर्को आँखा सानो कसरी भो लौन? डाउडरकहाँ गएर जँचाऊ! चस्मा लाउनपर्छ भन्छ कि?

बिस्टुराम, लुम्बिनी गाम भन्या बुद्द जन्मेको गाम हो, यो नेपालको कपीलबस्तुतिर पर्छ।

लुम्बिनी गाम ---  LA (स्टेट है! शहर हैन नि!)


 
Posted on 02-06-08 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिस्ट्या गाउ चाँही तान्सेन (TN)?
जिम्माल को बिज्ञापन पनि रमाइलो रहेछ लौ
तर चौतारी सतक बिशेष अंक बनाउदा चाँही सप्तान्तमा पार्नु हुँदैन है, नभये फुर्सत मिलाउन गाह्रो पर्छ
कि कस्तो?


 
Posted on 02-06-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


lu gaamle ho ghar tira laage ma see ya guysssssssssssssss

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
emergency donation needed
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters