[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९८ --

[Please view other pages to see the rest of the postings. Total posts: 666]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 214986 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-04-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 98 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


श्री स्वस्थानी व्रतकथा!


 
चौतारीवासीहरूको पूरा नाम गाम
 
१)श्री  भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री  राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो--- 
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री  गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम
२८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा

गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 08-Feb-08 11:24 AM

 
Posted on 02-04-08 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ पर्बते सम्म एउटा खबर पुर्‍याउनु थ्यो क्यार
हिजो पर्बतेले बाजी ठोकौ भनेर म जाएन्ट्स र पर्बते प्याट्रिअट्स्को पक्ष बाट बाजी पनि हान्या हो र बाजी मैले जितेको सर्वबिदितै पनि छ
तर पर्बते भनिने श्री पर्वत प्रसाद पुडासैनी ले नाक मुख केही नदेख्याएको ले यो मैसेज पठाइदिनु हुन्छ कि त


 
Posted on 02-04-08 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल जिम्बाल बुढाले सोधेको परस्न को उत्तर दिन पर्यो ।

माथी भएका मध्ये

लालीगुराँस
पलाँस र
शिरिष
ठुलो रुखमा फुल्ने फुलहरु हुन् ।
ल बुढा कति ओटा अण्डा पाइने हो ??


 
Posted on 02-04-08 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामेलाई पुरस्कार दिनुभन्दा पहिले एउटा कुरा बुझ्न मन लाग्यो।

मेरीगोल्ड र सयपत्रीमा के फरक हो खास??? उस्तै हुन्छ झुप्प परेको थुङ्गो हुन्छ सयपत्रि जस्तै। एउटै हो त???


 
Posted on 02-04-08 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै, आफुलाई तोरीको फूल  र खाने फुल बाहेक थाहा छैन। रुखमा फुलोस् कि दुखमा फुलोस्, फुले भै हाल्यो।
फूलको बारे हरिभक्त कटुवाल भन्नु हुन्छ-
फुल्न त यहाँ बेशै हो,
फुल्नै पर्छ।
काँडामा गुलाफ भै फुल्नु पर्छ,
भीरमा गुराँस भै फुल्नु पर्छ।
कसैले हावा भरिदिएको
बेलुन झै न फुलेर
हिलोमा  कमल भै फुल्नु पर्छ।

पर्बतेको साहु कडा रैछ, अड्डाबाट चौतारी चियाउन दिदैन रे। अस्थायी डेरा मा नि अन्तर् जालो छैन रे। खबर त हिजै पाइसक्यो, म:म: खाइ सक्यो।


 
Posted on 02-04-08 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उस्तै उस्तै हो जिम्बाल बा ।
नेपाली र अंग्रेजी नाम जस्तो लाग्छ ।
आजकाल धेरै ठिमाहा उत्पादन गर्ने चलन छ क्या रे ।
के छ जिम्बाल बा खबर ?
बल्ल बल्ल पुराण सकियो है अब त मस्ती । दामी गयो नि ।
 
Posted on 02-04-08 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा ठुल्दाइ, तोरीको फुल र खाने फुल मात्र थाहा छ रे ।
तोरीको फुल निकै देखियो कि क्या हो ?

 
Posted on 02-04-08 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सकाएउ है पुरान! ल ठुलै बोझ हल्का भओ होला अब त! अनि राजाको राँगो फुक्या अस्तो गजप अर्दै होलाउ के रे आजकल त? अनि तेइँ छौ कि बसाइँ सरेउ कतै??? तो पुरानको पात्रो सात्रो नि छाप्छन नि छोटो बना'र  ३-४ जना नचिनेको पन्डितहुरले सिलोक चेख अरेर यो मिलेन तो मिलेन भनेर पठाम्छन नि, हो..... तो नि सकियो???

लोल ठुल्दाई! तोरीको फूल रे! हाहाहा तोरीको फूल देख्यो भने त बरबाद हुन्छ नि !


 
Posted on 02-04-08 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

असारै महिनामा
पानी पारी रुझाउने
एकोरो मेरो मन
कसरी बुझाउने
भन्छिन है मैच्यांगले रुदै धरर
नौ डँडा पारी छ कम्पनी शहर
बिछोडको बेलामा
-----------------

बनैमा गाउने न्याउलको बोली
यो बेला मैच्यांग के गर्दै होली
पिँडिमा बसेर के के कुरा सोच्दि हो
कहिले हांस्दी हो कहिले रुंदी हो
मलाई नै सम्झेर
हो हो हो हो हो हो हो
मलाई नै सम्झेर

असारै महिनामा
पानी पारी रुझाउने
एकोरो मेरो मन
कसरी बुझाउने
भन्छिन है मैच्यांगले रुदै धरर
नौ डँडा पारी छ कम्पनी शहर

बिछोडको बेलामा

हो हो हो हो हो हो हो
बिछोडको बेलामा
-----------------------------------


छंग छंग गर्ने खहरे खोला
अब त छोरा ठुलो भो होला
दिनभरी खेल्दो हो
मलाई नै भुल्दो हो
सांझ परे पछी आमा लाई सोध्दो हो
खै बाबा भनेर
हो हो हो हो हो हो
खै बाबा भनेर

असारै महिनामा
पानी पारी रुझाउने
एकोरो मेरो मन
कसरी बुझाउने
भन्छिन है मैच्यांगले रुदै धरर
नौ डँडा पारी छ कम्पनी शहर
बिछोडको बेलामा

सोमबारे जदौ, यो सुन्तले कान्छा को

बिर्खे दाई

सुनगाभा पनि अगिको लिस्टोमा भा भए के उत्तर हुदो हो?

 


 


 
Posted on 02-04-08 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा सुन्तले सुनगाभा तो लिस्टोमा भा भइ के उत्तर हुँदो हो रे? बाठो मुन्छे त बाठो हो! तो लिस्टोमा सुनगाभा भा भए,  रुखमा फूल्दैन भन्ने हुन्थ्यो होला! सुनगाभा कुन अर्किड लाई भन्ने हो? वाइल्ड???
 
Posted on 02-04-08 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो पुरानको पात्रो सात्रो नि छाप्छन नि छोटो बना'र  ३-४ जना नचिनेको पन्डितहुरले सिलोक चेख अरेर यो मिलेन तो मिलेन भनेर पठाम्छन नि, हो..... तो नि सकियो???

पुराण मात्र सकिया हो । अब कपि पेष्ट को काम छ अनि बल्ल तिन चार जना पण्डित लाइ देखाउन पर्ला ।
बसाइ के सर्नु र खै ?? अब आफ्नै गाम तिर जाने हो ।

सुन्तले अघिको लिस्टमा सुनगाभा पनि भएको भए उत्तर सुनगाभा पनि हुन्त्यो । त्यो पनि रुखमै फुल्छ क्या रे ।

 

 


 
Posted on 02-04-08 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुनाखरी हो कि सुनगाभा हो अर्किड??? ल जानकारी पाम त!
 
Posted on 02-04-08 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हँ? हो र भन्या???
 
Posted on 02-04-08 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुनगाभा र सुनाखरी दुबै भन्या अर्किड त हो नि । तर वाइल्ड मात्र हैन ।

Last edited: 04-Feb-08 04:38 PM
Last edited: 04-Feb-08 04:38 PM

 
Posted on 02-04-08 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए कुरो त्यस्तो रेछ।

हाम्रो सुनगाभा एकपटक दक्षिणकाली तिर एक जना मित्रले देखाएका थिए उनि वनस्पतीको कुन्नि के हो अध्ययन गर्दै थिए। मलाई त जानकारी भएको बिषय परेन, तर उनको भनाइ याद गर्न खोज्दा धेरै किसिमको हुने र नेपालमा पाइने चाहिँ केहि बिषेश जातिका हुन् भन्या  जस्तो लागेर सोधेको। उनको कुरा कति याद भयो कति भएन त्यसैले वाइल्ड गेस गरेर वाइल्ड हो कि भन्ठानेको र साथै सबै रुखमा हुँदैनन जस्तो नि लागेको किन किन!


 
Posted on 02-04-08 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब फूलै फूलको भूलभुलैयामा ब्यस्त छन्। आफुलाई त सब ब्लाक अल्फाबेट बफालो एक्वल टू भने जस्तै हो।


फूलै फूल मात्र पनि हैन रैछ जीवन,
काँडा बीच फुल्ने फूल रै छ, जीवन।


मरिजाने मानिसले बिष पिउने गर्छन्,
कोही बाचिदिन बिषै पिउने गर्छन्।


बिषै बिष मात्र पनि होइन रैछ जीवन,
काँडा बीच फुल्ने फूल रैछ जीवन।

मधु क्षेत्री, भिम बिराग को अच्छा गाना याद आयो।


 
Posted on 02-04-08 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे

मैले त सुनाखरी र सुनगभा एउटै भन्ने नै बुझ्या रहेनह्छु। के कुरो गराइ भो र।

सच्चि तिनिहरु परजिवी हैनन र?

तेसो हो भने त रुखमा फुल्ने पनि कसरी भन्नु नि?


 
Posted on 02-04-08 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन आज किन हो जिम्बाल बा ले सुनगाभा मा कुरो घुमाइ घुमाइ सोधेको ??
मैले पनि तेसैमा काम गर्या हो अहिले ।
नजानीकनै कुरो मिल्या हो त ??
 
Posted on 02-04-08 7:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ को को छ? हैन आज त शनिबार आईतवार त हैन त, गीतन्जली त हेर्न पाउनु पर्ने हो नि आज
हाम्रा भजन मन्डलीहरु सबै गायब छन आज
लहरे बौचा खै, मिस दिदी खै, नेप्ची भाभी खै, अन्तरे दाई खोइ?


 
Posted on 02-04-08 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छु उखे ठुखे उखे ठुखे स्वय च्यान्गुला, रिठ्ठे पासा ?


 
Posted on 02-04-08 7:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो लहरे हिजो देखी कहाँ बेपत्त भयो हौ। खै आझ लहरेको गीत सुनम भनेको, तेश्को थोत्रो त्रसिस्तोर छैन आझ।। लु के हो लहरे ब्रो निक्कै चोट पर्‍योकी के हो, मलाईनी यस्तै भएको थियो साउथ अफ्रिका र अष्ट्रेलियाको खेल हुँदा धेरै अग्गदी खै कुन चै वोर्ल्द कप हो बिर्सें। तीन दिन सम्म घर बाट निस्किन म पनी, लु यस्तै हो अब आउन हौ चौतारीमा कती दिन यसरी बश्ने, सुपर बोल त अर्को बर्षानी आउछनि।।

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters