Posted by: Birkhe_Maila February 6, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

प्रतिक्षा गर्नुहोस....छिटै आउँदैछ...

चौतारी सतक महोत्सब

अहिले सम्म प्राप्त भएका केहि आकर्षणहरुको संक्षेप-

 

भउते-  जुरेली संग फेरि एक पटक नयन जुधाउँदै मन फुकाएको चर्तिकला!

दीप- "किन चाउरिस मरिच? आफ्नै पिरले"..हजूर!.... भन्छन अचानोको पिर खुकुरीले जान्दैन, बाङ्गे एट अल द्वारा कहिले धिपधिप बनाइएका त कहिले ज्वाला सहित फडफडाएका दीपको पिर दीपलाई नै थाहा छ। बाङ्गे महात्मयको नपल्टिएका पानाहरु, केवल चौतारी बिशेषमा!!

पुन्टेदाई- चौतारी गीतको नयाँ संकलन र लय, भउतेलाई थप गाली पाउँदैन उसले पुन्टेको साली!

संवाददाता बिर्खबहादूर बोगटि संग अन्तरवार्ताको नयाँ सिलसिला- अतिथी- ठुल्दाई, लहरे, माष्टरनी नानी, भउते र गोतामे!

चित्रे- नयाँ संस्मरण चित्रेकै मुखबाट उसकै भाषामा

ठूली- ह्यान्सीको आउने धागोका केहि हाइलाईट ठूलीकै खित्खिते शैलीमा चौतारी सतक् बिशेषमा!

नेपेदाई- "प्याला भर्थे तिम्रा हात म पिउँदै थिएँ, केवल त्यहि एक रात म ज्यूँदै थिएँ" ..हजूर,...रोमांस, विरह र जीवनका अर्थ गजलहरुमा, नेपेदाईकै सुमधुर स्वर र लेखाईमा, मात्र चौतारी सतक महोत्सवमा!

गोतामे- "बाँसको कथा" सम्झेर बसेका तर नयाँ कथाको भोकले ग्याँस्टिक बोक्न बाध्य बनेर बसेका कयौँ पाठकहरुलाई एन्टासिडको काम गर्दै आउने वाला छ, गोतामेका तीन कथा!...हजूर.. उनकै झर्रो-मिजासीलो शैलीमा केवल चौतारी सतक बिषेशमा!!

दादा- "नदिलाऊ मलाई सन्जुको याद यो मुटु भत्किन्छ!!"...हजूर..दादालाई फेरी बर्षौँपछि सन्जुको यादले भुतुक्क बनाएछ, उनि आउँदैछन् र याद बाँड्दैछन, मात्र महोत्सव अंकमा!!

ठुल्दाई- अनुभवका धनी, असली बात दिन हो या रात्, तारेमाम्। ठुल्दाईको अनुभव तथा चर्तिकलाको अर्को नमुना प्रस्तुत गर्दैछन स्वयं ठुल्दाई। कहाँ? मात्र चौतारी बिषेश अंकमा!

माष्टरनी नानी- फटिङ्ग्रेको साम्राज्यमा हराउँदा पापी साम्राज्य बिर्सन खोज्ने कमलो भावना, यसपटक अझ कमलो बनेको छ। हजूर अर्को धमाकाको साथ सबैको शिक्षिका द्वारा, कथा मार्फत केहि शिक्षा!!

ग्वाँचे- यो मन त मेरो नेपाली हो! जरामुनि भए पनि मन त नेपाली नै हो ग्वाँचेको! एउटा अर्को नेपाल खाल्डोको चर्तिकला बिर्खे बुढाको साथ! थोरै भयो? एक हैन, दुई हैन, तीन हैन हजूर चार भागमा आउँदैछ। प्रतिक्षा गर्नुहोस सतक अंकको!!

गालब- कहिले अत्यन्त आधुनीक बैज्ञानीक कल्पना त कहिले पौराणीक कल्पना, दुबैमा माहिर गालबेन्द्र गिरी, यसपाली आउँदैछन नितान्त भिन्न तरिकाले! अहँ..म भन्दिन, यसको लागि कुर्नु पर्ने छ चौतारीको सयौँ अंक सम्म!

झिल्के- " असुनी बरुनि जता हेर्यो तरुनी लौन मैले कसो गरुँ नि" यहि चौतारीका कसैको खप्परमा एउटा कपाल समेत टिक्न गाह्रो पर्छ, तर कसैको भाग्यमा, जता गए पनि तरुनी तरुनी र मात्र तरूनी! हजूर कुरा गर्दैछु हाम्रै चिरपरिचीत झिल्केको। नयाँ ठाउँ, नयाँ यात्रा र नया तरुनि(हरु)! मात्र सतक् अंकमा!!

यति मात्र हैन, अझ थप जानकारी आउने क्रम जारी छ, आउना साथ सबैलाई पुन: सुचित गर्ने छु!

प्रतिक्षा गर्नुहोस!!!

चौतारी सतक महोत्सब

 

 

 

Last edited: 06-Feb-08 01:40 PM
Read Full Discussion Thread for this article