Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Sanjuko Yaad Aayo

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 112318 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-26-05 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्जुको याद आयो

सन्जु काव्य
चतुर्थ भाग

"ओ हो! कस्तो जाडो यार! पुतली बजारमा त!" खलाँसी पनि लुग लुग काँप्दै थियो र भन्यो "ल! प्रगती नगर! प्रगति नगर!"
हामी गाडिबाट झरेम् र यसो कोठा खोज्नतिर लागेम्। पहिला पुग्ने ठाउँ भन्या उही त हो नि लोकराज काकाको डेरामा पुगियो।
बाग्लुगंबाट कुष्मा, पोखरा हुँदै काका फेरि पुतली बजार हुनुहुन्थ्यो, "घुम्दै फिर्दै रुम्जाटार" भन्या जस्तो।
सन्जु पनि काकाको पुच्छर त हो नि बरा अहिले पुतली बजारै थिई।
"कहाँ बस्ने, कहाँ ट्युसन पढ्ने सबै कुरा काकालाई सोध्नु! तेइ लोकेले ठेगान लगाम्छ!"" भनेर बुवाले पनि सल्लाह दिनू भाऽ हुनाले पहिला
हामी काकाको कोठाँ पुगियो।

*** *** ***

पुग्दाखेरि सन्जुले यसो गेस पेपर सेस पेपर हेर्दै थिई। हामेरुलाई देखी। हामेरु भन्नाले म र आत्माराम नि अब अरु को नै हुन्थयो र?
अनि सन्जुले यसो चिया सिया बनाई दुधै नहालेको कालो चिया टक्र्याई हामेरुलाई।
आत्मारामले भनिहाल्यो, "ह्या यस्तो कालो चिया दिन्छे।"
"अब म ह्याँ पुतली बजारमा गाई पालेर बस्दै छु कि क्या हो, खाऊ खुरुक्क कालो चिया।"
मलाई नि कालो चिया त मनै नपर्ने नि फेरि, तैपनि नकाराइकन एक सुर्पी तानेँ। मनै परेन, तीतो लाग्यो। छातीमा हात राखेर नढाँटी भन्दिम् भने मिठै थिएन के।

*** *** ***

हाम्ले स्कुले जिवनका गफगाफ गर्दै थिएम्, यत्तिकैमा काका नि आइपुग्नु भो।
काकालाई ढोग्न त परिहाल्यो त्यसैमाथि यसपाली त SLC परिक्षा नसकिने बेलासम्म के के आइलाग्ने हो काकासित धेरै सहयोग
पनि लिनु छ, ढोगेम् २टैले गोडाँ। काकाले ब्यगं हान्नु भो, "हैन, आज कताबाट भगवान आए?" ।

"काका अब हाम्रो ठेगान लागाइदिन पर्यो, कोठा सोठा नि खोज्दिनुस् अब हाम्लाई थाऽ छैन।" आत्मारामले गुनासो पोख्यो।
"ए! तेसको फिक्री नलेऊ तिमेरु, मैले ऊ पल्लो घरको गुरुकहाँ कुरा गरिसक्या छु। २टा केटा आउँछन् , तिनलाई तपाईँकहाँ राख्नी हो" भनीसक्या
छु। "पोहोर जिवन र खेमु बस्या कोठा हो। तिमेरु त्यहाँ भएसी यो सन्जुलाई नि सजिलो हुन्छ सँगै पढ्न नजान्या कुरा आदान प्रदान गर्न नि हुनी।"

हाम्लाई त के खोज्छस् काना आँखा भन्या जस्तो भो। २टै अर्थमा।

 
Posted on 03-26-05 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोहोर जिवन र खेम त्यहाँ हुँदा हामी नि पुग्या थिएम् खै, कुन कामले हो कुन्नि। ए! फर्म लगाउने फोटो खिच्न जाँदाखेरि जिवनलाई माथि पृथ्विको शालिकनेर अचानक भेटेर अनि यसो कोठासम्म पुग्या थिएम्। "गुरु" भन्ने गनगने बुढोलाई नि चिन्या थिएँ।

*** *** ***

अनि हामी गइयो गुरुकहाँ। नारायानस्थानमा हो, गुरुको घर।
"गुरु यसपालि हामी बस्ने भइयो पोहोर जिवनहरु बस्या ठाममा।"
"ह्या अब बेला न कुबेला कहाँ कोठा पाइन्छ? कोठा सोठा त्यत्तिकै छ। सफा गर्नु पर्यो। अनि ती खेमुहरुले त खैनी खाएर पुरा खाटमुनि थुक्यारैछन् पोहोर,
कोठा बडार्दा बडार्दा मलाई कस्तो दु:ख नि फेरि।" बुढाले मेवा ताछ्दै थिए। हाम्लाई एकुन्टा टुक्रा दिँदै भने। बुढाको कचकच गर्ने त बानी नै हो के। अनि कोठा खोलेर
देखाइदिए। "अस्ति लोकराजले भन्दै थिए। २टा केटा आम्छन् यसपालि पनि भनेर, अनि कोठा सोठा बडारेर राख्या छु। लु बस।"

हामेरु स्टोभ सिस्टोभ किन्नतिर लागियो। अब १, २ माहिनाको लागि भे नि बन्दोबस्त त गर्नै पर्यो।

अनि कोठामा आएसि यसो मिलाउन थालियो झिटिगुन्टी।

यत्तिकैमा सन्जु पनि आई। म्याथ चाहीँ यादब सरकोमा पढ्छु , अनि अंग्रेजी टिकारामकहाँ। हाम्ले नि त्यसै र्ने निर्णय गरियो।

*** *** ***

यादब सरकहाँबाट साँझ पढाइ सकेर हामी सँगै सँगै फर्किन्थेम्।
दिनहरु बित्दै गए। एकदिन आत्माराम " हेर दादा गिरी, पैसो सैसो सकियो मेरो त, म एकपल्ट घर जान्छु!" भनेर घर गयो।
त्यो दिन हामेरु साँझ घर फर्किने म र सन्जु २ जना मात्र भइयो।
*** *** ***
 
Posted on 03-26-05 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामेरु फर्किँदा मेले सन्जुलाई भने, "यता नारायण स्थानको बाटो जाम् छोटो पर्छ।" सिधै मेरो कोठामा जाम् भन्न त भएन नि।
"हुन्छ!" भनी सन्जुले अनि हामेरु गइयो।
कोठाँ पुगियो। यताउता घप भयो। मेरो पापी मन के के सोच्दै थियो। अब उमेरको जोसमा कहाँ होस् हुन्छ र, हैन?
सन्जु उत्ताउली पनि उस्तै घरि यता प्याट्ट हान्छे घरि काइकुती लाइदिन्छे। के हो के त्यो छँडुली।
यत्तिकैमा कसैले ढोका ढकढक्यायो।
मैले ढोका खोलेँ , हामी समालिएम्।
ढोका खोल्छु त आत्माराम छ बा!
"घर जानी भन्या थिइस्, गइनस् त नि अनि?"
जानी भन्या त हो, काकाले "नजा, पैसो सैसो यतै मिलाम्ला!" भन्नु भो म त गइन। बा साँच्छै हो बा त्यसले मेरो मन चोर्न खोज्या हो भगमान जानुन्।



 
Posted on 03-26-05 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ह्या क्या झुर गरेछ यो आते ले पनि,
म भा, आतेलाई लात हानेर ढोकामा फेरि चुकुल लाउने थिएँ।"
हा हा हा

होइन, दादागिरी जी, त्यो तपाईँले कुरा गर-या, त्रिभुवन आदर्श मा वि मा पढ्ने सन्जु हो कि क्या हो?

यदि हो भने त मैले पनि चिन्छु है त्यसलाई त।

जहाँ पनि बिचमा प्वाक्क बोल्न आउछ यो सरुभक्त - भनेर नरिसाउनु है।

साच्ची भनेको मैले।

ल ल जावस्। रमाईलो लाग्यो मलाइ, तपाईँको कहानी र लेखन शैली, साच्ची घरको याद आयो।

-सरुभक्त


 
Posted on 03-26-05 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ramro chha dadagirir ji..aaru pani jaaoos..sarhai ramro laagyo ho...
 
Posted on 03-27-05 3:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरु जी,
त्रि आ मा वि की सन्जु रे? हो जस्तो लाग्छ। तर सरुजीले त्रिपाठी सरको छोरी भन्नु भाऽ होला। मैले लोकराज काकाकी छोरीको कुरा गर्या है।
अनि सरु जी पुल्चोक छिर्या कुन बथान पर्यो?
धन्यबाद है! प्रतिकृयाको लागि।

निर्माण जी!
धन्यबाद!

अरु पछि सुनाम्ला मौका मिल्दा उँदी!
 
Posted on 03-27-05 6:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dadasir, ...........tapaiko nepali lai maanna parcha..malai ni yastai lekhna mun laagya cha rey kya angreji ko gadyaang gudung nahalikana......


 
Posted on 03-27-05 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिरा जी,
प्रतिकृयाको लागि धन्यबाद!

अब हामीकहाँ बोल्दाखेरि मिठा र ठेट अर्थ लाग्ने नेपाली शब्दहरु हुँदाहुँदै हिन्दी या अग्रेंजी मिस्ने प्रबृत्ती त छँदैछ।
अब जस्तै गिरिजाको हेर्नुस् न "ग्राण्ड डिजाइन" रे?
"ओ हो!" कस्तो ठुलो कुरा गर्नु भो नेताजीले, यो के होला? कौतुहलता ल्याउने के ?

"गुरु योजना" भन्ने नेपाली शब्द थिएन?

नेपाली भाषाको सुधार सम्मान गिरिजाबाट हुनु पर्ने देख्छु म त। पहिला नेताहरुलाई तालिम दिनू पर्यो।
यस्तै हो जिरा दाइ!
नेपाली भाषाप्रति, भेष प्रति, नेपालप्रति आलोचना गरेपछि पो ठुलो होइन्छ त अहिलेको "कु" जमानामा।

यस्तै हो "बिनाशकाले बिपरित बुद्दी!"

फले सुन्तला लतरम्म निहुरिन्छ झुकेर बोट!
ज्ञानीले आँफैमा देख्दछ, सही तापेर खोट!
-नाममा बिबाद परेका मित्रको उदगार हो यो। मलाई साह्रै मुन पर्या छ।
नारायण!
 
Posted on 03-27-05 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादागिरी जी

म चैँ पुल्चोकको ०५५ सालको बथान परेँ। तपाईँ पनि पुल्चोक कै बथान पर्नु भो कि क्याहो, गाँठे।

जे होस्, हामी त पुतलीबजार बाट गाडिको पछाडि झुन्डेर फर्किन्थेम् प्रगतिनगर। तपाईँ चैँ किन नारायणस्थानको बाटो लुसुक्क झर्नुन्छ, भन्या त। बल्ल थाहा भो।
हे हे हे

त्यो ओरालो सक्ने बित्तिकैको पानीको धारो'नेरिको रातो घरमा हो तपाईँ बस्या?

अनि "स्टोभ" ,मेरो अर्थ, दमचुलो चैँ "पौडेल भाँडा पसल" बाट किन्या जस्तो छ।

एउटी सन्जु सँग बालमन्दिर अगाडिको मैदान मा खेलेको त मलाई नि याद आम्छ। तर कस्की छोरी थी, सम्झनै भएन।

तपाईँको कथाले मेरो पनि बालककाल सम्झना भो नि गाठेँ।

-सरु


 
Posted on 03-27-05 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SaruBhakta Ji......................Sajha ko mohani le ajjai chhodena? Ma ta aaj balla 5 din pachi yesma chirya..........
K ho dadagiri ra sarubhakta ko school dekhi nai competition thiyo ki kya ho?
 
Posted on 03-27-05 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ohooo Saru ji ...tapain lai chahinjo maile chinchhu ki k hoo...pulchowk ko 055 bathan re...ma chahin 056 ko bathan ho..taipani chahinjo....yehan puclhowk ko mela laageko ta hoina..:-P.....
 
Posted on 03-27-05 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढि हेर्ने दोहोरी बाट अब सञ्जु हेर्ने दोहोरी तिर लाग्या जस्तो छ नि, दादागिरी र शरुभक्त?
जाओस् न त फरि!!!
 
Posted on 03-28-05 1:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I used to go to Pulchowk Campus always as there were my mates.
They entered in the year 050 and I hope they were just graduated when you enter on 054.
Saru Jee, Tapaain Tri Aa Ma Vi ko ki Jyoti Boarding ko?

Kina DOHORI Balliyo chha yo manchhe bhanyaa ta hamrai Shyangjali po parechha... ... ... re kya.

 
Posted on 03-29-05 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा गिरी जी,
तपाईको लेखाई छोटो र मीठो छ। साह्रै मन प-यो। तर मेरो मनमा खुड्कीएको कुरा चै त्यो सन्जु लोकराज काकाकि छोरी भनेसि बैनी परिन र भन्या? बैनी सम्झेर मैले त तपाईको कथाको पुरा स्वाद लिन नै सकिन भन्या!
- मित्र
 
Posted on 03-29-05 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dada
hmmm good writing,nicely described
padhnu ramailo lagyo.
 
Posted on 03-29-05 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मित्र २,
कुरा यसो हो,
थकालीहरुको, गुरुगंहरुको मामाको छोरीसित बिहे गर्ने हुन्छ, अझ भनम् न त्यो अरुको भन्दा पहिलो अधिकार नै हुन्छ।
भने यहाँ भनिएका लोकराज काका त अलि पऽरका हुन्।

दोस्रो कुरा यो पापी मन हो र कथामा तेइ मनलाई उदागों पार्न पनि खोजिएको छ।

रुइना,
धन्यबाद!
 
Posted on 03-29-05 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hoina dada giri bro,
kasto thau ma lagera ending gardya..khulduli badi ra bela..akasmat ending..ma ta ajha banki hola bhanera kuri ra ..dui char din bhai sakyo. anyways, malai ni nepali ma katha padda chai laast nai hune raicha. la aroo ni padna paiyos
 
Posted on 03-29-05 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dada bro at the beginning i was reading with so curiosity and at the end it was a nice laugh and great one. Do love to read more.
cheers, nivaN
 
Posted on 03-29-05 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dada bro, mero posting ko limit nai sakina laagi sakyo, k garnu hajur ko katha padhe pachi ta reply nagari chittai bujhena. Aba kati parkhinu parne ho arko reply garna. San dai lai request garnu parla jasto cha, yespaali lai excuse garnus bhanera.

Ani bro pani Buddhanagar tirai baseko pani bhaneko hoina. Yeso dekheko ta hunu parne ho, katai bhet ghaat nai po bhaako pani thiyo ki. Bro ko kheelkud tira kati ko interest thiyo. Aafu ta jhandai jhandai minbhawan ko raithaane jasto bhaako thiye. Ghar ta teta hoina tai pani. Tyo Buddha nagar ma MAPS OF NEPAL bhanne pasal cha ni, teta tira khub hangout garinthyo pahile pahile.

J hoos, katha chai khuub maja ko laagyo malai chai, aru pani jaaos na ta la.

Ani bro, tyo malai unicode use garna aayena, traditional type garna khojeko aalchi laagyo. How do I start with unicode. Tyo sajha ko space ma nai type garna milcha ki, word processor ma type garnu parcha, yeso thah paauna paaye alik sajilo huntyo. Can u send me an email.
 
Posted on 03-29-05 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्कु ब्रोको OS के पर्यो?
XP हो?
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters