[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Sanjuko Yaad Aayo

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15  
[VIEWED 111596 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-26-05 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्जुको याद आयो

सन्जु काव्य
चतुर्थ भाग

"ओ हो! कस्तो जाडो यार! पुतली बजारमा त!" खलाँसी पनि लुग लुग काँप्दै थियो र भन्यो "ल! प्रगती नगर! प्रगति नगर!"
हामी गाडिबाट झरेम् र यसो कोठा खोज्नतिर लागेम्। पहिला पुग्ने ठाउँ भन्या उही त हो नि लोकराज काकाको डेरामा पुगियो।
बाग्लुगंबाट कुष्मा, पोखरा हुँदै काका फेरि पुतली बजार हुनुहुन्थ्यो, "घुम्दै फिर्दै रुम्जाटार" भन्या जस्तो।
सन्जु पनि काकाको पुच्छर त हो नि बरा अहिले पुतली बजारै थिई।
"कहाँ बस्ने, कहाँ ट्युसन पढ्ने सबै कुरा काकालाई सोध्नु! तेइ लोकेले ठेगान लगाम्छ!"" भनेर बुवाले पनि सल्लाह दिनू भाऽ हुनाले पहिला
हामी काकाको कोठाँ पुगियो।

*** *** ***

पुग्दाखेरि सन्जुले यसो गेस पेपर सेस पेपर हेर्दै थिई। हामेरुलाई देखी। हामेरु भन्नाले म र आत्माराम नि अब अरु को नै हुन्थयो र?
अनि सन्जुले यसो चिया सिया बनाई दुधै नहालेको कालो चिया टक्र्याई हामेरुलाई।
आत्मारामले भनिहाल्यो, "ह्या यस्तो कालो चिया दिन्छे।"
"अब म ह्याँ पुतली बजारमा गाई पालेर बस्दै छु कि क्या हो, खाऊ खुरुक्क कालो चिया।"
मलाई नि कालो चिया त मनै नपर्ने नि फेरि, तैपनि नकाराइकन एक सुर्पी तानेँ। मनै परेन, तीतो लाग्यो। छातीमा हात राखेर नढाँटी भन्दिम् भने मिठै थिएन के।

*** *** ***

हाम्ले स्कुले जिवनका गफगाफ गर्दै थिएम्, यत्तिकैमा काका नि आइपुग्नु भो।
काकालाई ढोग्न त परिहाल्यो त्यसैमाथि यसपाली त SLC परिक्षा नसकिने बेलासम्म के के आइलाग्ने हो काकासित धेरै सहयोग
पनि लिनु छ, ढोगेम् २टैले गोडाँ। काकाले ब्यगं हान्नु भो, "हैन, आज कताबाट भगवान आए?" ।

"काका अब हाम्रो ठेगान लागाइदिन पर्यो, कोठा सोठा नि खोज्दिनुस् अब हाम्लाई थाऽ छैन।" आत्मारामले गुनासो पोख्यो।
"ए! तेसको फिक्री नलेऊ तिमेरु, मैले ऊ पल्लो घरको गुरुकहाँ कुरा गरिसक्या छु। २टा केटा आउँछन् , तिनलाई तपाईँकहाँ राख्नी हो" भनीसक्या
छु। "पोहोर जिवन र खेमु बस्या कोठा हो। तिमेरु त्यहाँ भएसी यो सन्जुलाई नि सजिलो हुन्छ सँगै पढ्न नजान्या कुरा आदान प्रदान गर्न नि हुनी।"

हाम्लाई त के खोज्छस् काना आँखा भन्या जस्तो भो। २टै अर्थमा।

 
The postings in this thread span 15 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-29-05 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहाहाहाहाहाहाहाहा, हे भगवान..................... मरेँ म त...................

भर्खर खाना खाको यार, हास्न पनि गारो भो मलाई त।

यो सञ्जु कस्ति बाठी भन्या, गाला टोकेको मात्र भुनिछ, अरु सबै गुपचुप। माने केटीलाई अहिले।

आईमाईका अगाडि देउताको त केहि चलेन, दादाको के चलोस् (महिलावृन्द, नरिसाम् है)

अनि के भे'छ दादा?

-सरु
 
Posted on 04-29-05 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा हाहाहा हाहाहा ! अख्खम् अख्खम् अख्खम् मेरो त चिया नै सर्क्यो भन्या ;०)
दादागिरि को धागोले सबैलाई बाध्नि भो ल !
 
Posted on 04-29-05 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सर्बप्रथम ढिलो कथा पढेकोमा क्षमाप्रार्थि है, मेरो कम्प्युटर नै बिग्रेको थ्यो के।
आमामामा के हो यस्तो!!! मेरो कथा नि अनि गेष्ट पार्टां मात्र!!! थुक्क भाग्य। अझ बढि पार्ट चाहियो है मलाइ दादा अन्याय गर्न भैन।
ल अरु नि जावस्,
निर्माण

हाहाहाहाहा जे भएनि बिचरा सरु दाइ भन्दा त राम्रै रहेछ पार्ट रे क्या। हेहेहेहेहेहेहे
 
Posted on 04-30-05 12:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lou dadagiri yaar,
katha ta kata bata kata tira po modiyechha , a baba thakure!
 
Posted on 04-30-05 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ओ हो! मामु सञ्जु दिदी आउनूभो।, हर्षले विव्हल हुँदै रुइना बुइनी उफ्रिन्छिन्। भित्र आमासित झगडा गर्दै गरेको Ardent भाइ पनि निस्किन्छ।

.................भने भाइ भक्कु पाउरोटीको बुजो हाल्दै यसबेला बल्ल भान्दिदीको लाज मान्दै कट्टु लगाउँछ र भन्छ, "भान्दिदी! म सिसुबाट एकमा गएँ।" वास्तबमा भाइ बल्ल ६ वर्षको लागेको थियो, २,४ दिन मात्र बानी पार्नको लागि दिदीको पछि लाग्दै स्कुल गएको थियो। फिल भइस् भन्दा रुनी हुनाले जम्मैले भुलाउनलाई "सिसुबाट एकमा गइस्" भन्ने गर्थे।
-----------------------------------------------------------------------------------------------------------
He he he he Dadagiri dai ...malai sanju ko bhai re...anee ruina pani mero didi re...ha ha ...can't stop laughing...i did not know about it....tapiko kahani suru huda ma bharkar 6 years...tyo pani fail bhayera 1 class ma jana napako....lau na...he he he ....la la dai...badhai chha malai !!!!
 
Posted on 04-30-05 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dada Giri ji

ramai lo bhai ra chha..keep it up hai...

waiting for some more...
 
Posted on 04-30-05 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey Dada Giri,

You are 'Kathakar the great'. I really enjoyed reading this thread and spend my whole day. I was supposed to look at some journals in the pubmed for my project but i could not help myself to stop reading your thread.

BTW, why did u put giri in your nick name? is Sanju is from giri family and it so happened that you changed your surname from paudel to giri (jut my guess only). Expecting to get your version of explanation..
Keep it up.
Nut

 
Posted on 04-30-05 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dada, You are a skilled storyteller. Sajha ka patra haru pani samabesh huda jhan ramalio bhayo. Keep going.

On a different note, a question to SaruBhakta II, my intution tells you are in Hokkaido "tapu" of Japan. Is this true? Just testing I am right or not. If you are, I might know you.


 
Posted on 04-30-05 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विश्वको नक्शा जी

माफ गर्नुहोला,

तपाईँ गलत हुनुहुन्छ, जे भए पनि साँचो कुरा त म यहाँ भन्न सक्दिन :)

अनुमान गर्नु भा'को मा धन्यवाद है,

-सरु
 
Posted on 04-30-05 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL;
lau lauuuuuu aba ta ma pani :D
ardent bhai hehe k cha? 1 class ma hundai buhari khojnee hahhahahha

dada >>>>thank u hai hahhahahha kati sano role tara:o(
 
Posted on 05-01-05 12:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1 class ma hundai buhari khojnee hahhahahha
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
Ma ta marna laage hasera ....ha ha ha ha
 
Posted on 05-01-05 3:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सञ्जु काव्य
अध्याय २२

सञ्जु अर्चले भन्ज्याङ् पुग्दाखेरि मगर्नी भाउजुले खाना खाएको भाँडा मस्काउँदै थिइन्।
"छो ज्या लेऽ (खाना खाइसक्नु भो?) सञ्जुले सोधी।
"छो ज्या लेऽ" । (हजुर! खाइयो!) भाउजुले जवाफ दिन्छिन्।
अर्चलेबाट गौँथली भुर्रर उडेर धोबादीको डिलमा पुग्छ र फेरि पँखेटा फिँजाउँदै एकै सासमा रांङ्खोलातिर हाम्फाल्छे, मानौँ आज उसलाई कतै बाज फेला पर्दछ कि भन्ने डर छ।
*** *** ***
"सुई सुईई जाम्! जाम्!" सञ्जु राङ्खोला पुग्दा नपुग्दै खलाँसी कराउँछ। गाडि भिड त छैन तर किन हो कुन्नि खलाँसी र अर्को १ जना केटा भने ढोकानेरै झुण्डिएका हुन्छन्।
"ल ल चढ्नुस्, चढ्नुस् बुइनी, पछाडि सिट खालि छ।" सञ्जुलाई दुबै जनाले हेर्छन् र धकाल्दै चढाउँन खोज्छन्।
सञ्जु गेऽर सिटमा बस्न नपाउँदै एक जना आएर सञ्जुको सिट नजिकैको डण्डिमा अडेस लगाउँदै उभिन्छ र अर्को पनि छ्याइँ छ्याइँ पैसा बजाउँदै आइपुग्छ।
"बुइनी, काँ सम्मन् पुग्नी"?
"त्यहीँ पल्तिर सम्म हो।" सञ्जुले जवाफ दिन्छे।
""पल्तिर भन्नाले काँ सम्म हो त नि?" खलाँसी हो कि खलाँसीको साथि हो कुन्नि जिस्किन खोज्छ।
"ऊ त्याँ पल्तिर हो के। कन्सेसन हुन्छ होला नि, हामी विद्यार्थीको त।" सञ्जुले गन्तव्य बताउन छोडेर उल्टै भाडामा सौदा गर्न खोज्छे।
"आई. डी. काड देखाम्नुस् न त नि त्यसो भे कन्सेसन गर्दिम्ला।" बा फोटो हेर्न पाइनी आसले हो, बा अझै २,४ कुरा गर्न पाइनी आसले हो, खलाँसीले कुरा बढाउँछ।.तरपनि सञ्जु आई. डी. काड भन्नी बित्तिकै झसगं हुन्छे। क्याम्पस गेऽर क्याम्पसको नयाँ आई डी बनाऽर देखाम्दै हिँड्नी दिन कुर्दा कुर्दा कृषीको १ नम्मरले तोरिखा फुल देखाइदिसकेको थियो बरा सञ्जुलाई त, हाम्लाई जस्तै। सञ्जुको अनूहार मलिन हुन्छ।
बा केटी रिसाई भुनेर हो बा भाडा माग्नी निहुँले फेरि बोल्न पाइनी आश राखेर हो कुन्नि, यत्तिकैमा खलाँसी भने अरु अरुसित भाडा उठाउन थाल्छ।
साथि चाहिँले फेरि कुरा निकाल्छ।
"आई. डी. नदेखाम्नी त उसो भे?"
"हैन म विद्यार्थी जस्तो लाग्दै न कि क्या हो, हजुरलाई?"
"लाग्छ तेइ नि हेरम् कि भनेर।"
"फेदि खोलातिर पर्यो बुइनीको घर? देख्या जस्तो लाग्यो।" जम्मै उही त हो नि राम्री केटी देखेसी, बोल्न खोजी हाल्छन्।
"हैन, जान्नू भेऽन " रमाइलोसित कुरा अगाडि बढ्दै जान्छ।
*** *** ***
पऽर खोल्सानेरको घुम्तिको उकालोमा गाडि दोहोरा पर्छन। एकातिर घुम्ती अर्कोतिर उकालो त्यसैमाथि साँगुरो बाटो।
"ऐऽ! हर्कु, झर! झर! ढुगां हाल।" ड्राइबरले खलाँसीलाई पाङ्ग्रामा ढुगां हाल्न लगाउँछ।
"ठिक छ, इन्डि गुरु!" हर्कुले ढुगां हालेर जवाफ दिन्छ।
*** *** ***
प्रहरी चौकिमा सञ्जु गाडिबाट झरेसी अचानक सञ्जुकी घ्याँल्से(गुरुङ्सेनी सैनी हो) प्रभा भेट हुन्छे र आज आफ्नो घरमा जान कर गर्छे।
सञ्जु त झरी झरी भाडा लिन पनि बिर्सेछन् सोमहरुले त। सञ्जु आज प्रभाको मै बस्छे। किनभने बिरुवाको खोलामा हिजो सरुले पार्दिएको गालाको दाग, उतातिर त जसो तसो लुकाएकी थिई तर काकाले देख्नु हुन्छ कि भन्नी नि डर थियो नि फेरि उल्लाई।
to be contd.

 
Posted on 05-01-05 4:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्कु, नरिसाऊ है। नाम मिल्दोजुल्दो लागेर त्यहाँ राख्न पुगेँ। अनि ईण्डि बाबा पनि।
Amazing , nut, world_map, Sristi जीहरु धन्यबाद है यो धागोमा हाम्फाल्दिनु भएकोमा निकै आभारी छु।
म सञ्जुसित जोइल गेऽर "गिरी" भाऽ त हैन। सञ्जु पनि पौडेल न परेर त यती गाह्रो भैराऽछ कुरो।
सबै साथिहरुलाई प्रतिकृयाको लागि धन्यबाद। अब बिस्तारै बिट मार्दैछु। २५ अध्याय मा सकिन्छ कि।
 
Posted on 05-01-05 7:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dada Dazu,
Sanjuko yaad aaye tauko phornu :p............ehehhehehe
 
Posted on 05-01-05 7:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहाहाहा, उफ् ........ बिचरा हर्कु,

मलाई त यसै दोष उसै दोष, अब भेटेँ भुने के छाडम्ला त्यो सञ्जु छडुँलीलाई :p

"बुढो गोरुले आफुनि क्यै गर्दैन, बहरलाई नि ठाम छाड्दैन" भनेको यै हो। खुरुक्क मलाई "भिनाजु" नभनेर के आफ्नै दिदी पर्नेका पिछा गर्या हो कुन्नि यो दादा ले :)
कहिले काहि सालालाई फेवा पाउरोटी ल्याईदिम्ला नि यार.............कुरो नि

-सरु
 
Posted on 05-01-05 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्कु, नरिसाऊ है। नाम मिल्दोजुल्दो लागेर त्यहाँ राख्न पुगेँ। >>>>>>>>>>>>
Kina risaunu dada bro. Its my pleasure to be in your thread. Tara role chai alik choto bho kya. Tai pani thikai cha, good for a start ni.

सञ्जु त झरी झरी भाडा लिन पनि बिर्सेछन् सोमहरुले त>>>>>>>>>>>
Teti birsine ta chaina ni bro haami pani. Tyo ta jaane jaane naliyeko ni. Sanju le timi lai pura kura nai bhanina jasto cha. Teti ramri kt, tesh mathi pani bhare tira bhetula bhane pachi bhada line kura nai bhayena ni. Aba bhare tira bhetna jaane ni sanju lai ma ta. Aaja ramailo garnu parcha. Dada bro mind nagara hai. ;-)

tyo arko sangai bhako kto le chai malai replace garcha kya kaam ma.

Nice coming dadabro. i am waiting for some more roles.

re kya


harkeDai
 
Posted on 05-01-05 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is pretty nice story.Why you did not visit in chapakot ?You should to take her rafting in Kali Gandaki and the Mirmi.ma pani Chapakot Basi parein Giri dai hope to read such a story again
 
Posted on 05-01-05 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sgbu_nepal

राफ्टीङ गर्नु भन्दा त केवँरे भन्ज्याङ हुदै हिडेर जान मज्जा हुन्छ नि चापाकोट त। हुन त आजकाल धुलो उडाउदै जीप पनि जान्छ, तर लालपाती बाट खोलै खोला सञ्जुलाई लिएर हिँड्नुको अर्कै मज्जा यार।

यसो सुन्तलीटारको स्कुल तिर कार्यक्रम गरेर बोलाउनुस न दादा र सञ्जुलाई। नाच्न माहीर छन् क्या रे दुबै जना। अनि दादालाई बेलचौर तिर पठाइदिने, सञ्जुलाइ लिएर तपाईँ चैँ निर्दिम तिर हो कि आँधिघाट तिर हो अब।

-सरु




 
Posted on 05-01-05 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dada bro,
Tyo Pragati Nagar ko Stove banaune phisically disabled dai thiyo ni tyo asti marechha!
Ani, Sanju Syangja Chauki ma basechha re? Kina ni syangja ma basira, Pragati nagar aayera Foe ko ghar ma basey bhaihalthyo ni!

 
Posted on 05-01-05 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am posting this Just to make 300..................

Resham firiri..........
Resham firiri...........
sanju part 2 suru garna paryo....lou dada giri....

Ek Nale Banduk, 2 nale banduk.......Sanju lai takeko
Sanju lai maile takeko hoina...........part 2 lai dakeko............

Resham firiri reasham firiri..............


:) :) :)

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Travelling to Nepal - TPS AP- PASSPORT
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters