Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Sanjuko Yaad Aayo

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 112243 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-26-05 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्जुको याद आयो

सन्जु काव्य
चतुर्थ भाग

"ओ हो! कस्तो जाडो यार! पुतली बजारमा त!" खलाँसी पनि लुग लुग काँप्दै थियो र भन्यो "ल! प्रगती नगर! प्रगति नगर!"
हामी गाडिबाट झरेम् र यसो कोठा खोज्नतिर लागेम्। पहिला पुग्ने ठाउँ भन्या उही त हो नि लोकराज काकाको डेरामा पुगियो।
बाग्लुगंबाट कुष्मा, पोखरा हुँदै काका फेरि पुतली बजार हुनुहुन्थ्यो, "घुम्दै फिर्दै रुम्जाटार" भन्या जस्तो।
सन्जु पनि काकाको पुच्छर त हो नि बरा अहिले पुतली बजारै थिई।
"कहाँ बस्ने, कहाँ ट्युसन पढ्ने सबै कुरा काकालाई सोध्नु! तेइ लोकेले ठेगान लगाम्छ!"" भनेर बुवाले पनि सल्लाह दिनू भाऽ हुनाले पहिला
हामी काकाको कोठाँ पुगियो।

*** *** ***

पुग्दाखेरि सन्जुले यसो गेस पेपर सेस पेपर हेर्दै थिई। हामेरुलाई देखी। हामेरु भन्नाले म र आत्माराम नि अब अरु को नै हुन्थयो र?
अनि सन्जुले यसो चिया सिया बनाई दुधै नहालेको कालो चिया टक्र्याई हामेरुलाई।
आत्मारामले भनिहाल्यो, "ह्या यस्तो कालो चिया दिन्छे।"
"अब म ह्याँ पुतली बजारमा गाई पालेर बस्दै छु कि क्या हो, खाऊ खुरुक्क कालो चिया।"
मलाई नि कालो चिया त मनै नपर्ने नि फेरि, तैपनि नकाराइकन एक सुर्पी तानेँ। मनै परेन, तीतो लाग्यो। छातीमा हात राखेर नढाँटी भन्दिम् भने मिठै थिएन के।

*** *** ***

हाम्ले स्कुले जिवनका गफगाफ गर्दै थिएम्, यत्तिकैमा काका नि आइपुग्नु भो।
काकालाई ढोग्न त परिहाल्यो त्यसैमाथि यसपाली त SLC परिक्षा नसकिने बेलासम्म के के आइलाग्ने हो काकासित धेरै सहयोग
पनि लिनु छ, ढोगेम् २टैले गोडाँ। काकाले ब्यगं हान्नु भो, "हैन, आज कताबाट भगवान आए?" ।

"काका अब हाम्रो ठेगान लागाइदिन पर्यो, कोठा सोठा नि खोज्दिनुस् अब हाम्लाई थाऽ छैन।" आत्मारामले गुनासो पोख्यो।
"ए! तेसको फिक्री नलेऊ तिमेरु, मैले ऊ पल्लो घरको गुरुकहाँ कुरा गरिसक्या छु। २टा केटा आउँछन् , तिनलाई तपाईँकहाँ राख्नी हो" भनीसक्या
छु। "पोहोर जिवन र खेमु बस्या कोठा हो। तिमेरु त्यहाँ भएसी यो सन्जुलाई नि सजिलो हुन्छ सँगै पढ्न नजान्या कुरा आदान प्रदान गर्न नि हुनी।"

हाम्लाई त के खोज्छस् काना आँखा भन्या जस्तो भो। २टै अर्थमा।

 
Posted on 04-07-05 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, अरु २-४ अध्याय थप्ने कसम् खाछौ, ठूला, अब खाको कसम् पुरा गर्नी भए गरी हाल, हैन भने, त्यो धोबिनी को च्यात्त्या पेटीकोटको कसम्, फेरि मेरो श्राप लाग्ला तिम्लाई!

हैन, "लाखो टोपी" भन्छ यो दादागिरी...हामी कतई नजिक नजिकैका त परेनम्?
हाम्रो गाम तिर नि "बान्दन माथिको लाखो" भन्ने खुब् चलन् थ्यो।

पश्चिमेली त पश्चिमेली नै हुन पर्छ...कता तिर को परेऊ तिमी, ठुला?

ल, अब फेरी धेरै बेर् नकुराम न...टुरुक्क बस्दा बस्दा यो चौतारीयाँ, गोडै कुँजी सको!


 
Posted on 04-07-05 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dada Giri your ओमियागे is really interesting. Ke bho ke bho bhanda bhandai testo po bhayako raicha. But I am confused, whether that author is injecting himself in this story as a Bhinaju. Garrrrrrrrrrrrr.
Just in jest.
Looking forward to see Sanjy Kabya
 
Posted on 04-08-05 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सञ्जु काव्य
अध्याय १०

सँधै जस्तो हामी गाई लिएर आँधी पारिको अन्धा-अन्धीको वनमा पुगेम् र यसो सञ्जुको बाटो कुर्न थालेम्।
घरि हामी डिलमा बसेर हेर्थेम् भने घरि "अब त आउनु पर्ने हो, अझपनि आइन बा आज त" भन्दै चिलाउनेको रुखमाथि चढेर हेरिन्थेम्, सञ्जु आउने बाटो। आज सञ्जु र उसको माली गाई अझैपनि देखिएको थिएन। त्यसका माली गाईको एउटा बाच्छो पनि थियो है। सानै भे नि झोडी थियो बाच्छो, हान्नी सिगंले त्यस्ताले नि, के भन्नी अब, त्यै सञ्जु जस्तो चकचके न हो।

म यसो झोक्राम्दै यताउता गर्दै थिएँ, आत्मारामले चालै नपाइकन चिलाउनेको रुखाँ अडेस लगाऽर गित गुनगुनायो।

" गाई चराउने गण्डकी खोलाको तीरैमा, तीरैमा,
माया लाउनेऽ डाँडा पारिको गाँवैमा, गाँवैमा!
... ... ..."

"लाइस्, खुब माया लाइस्!?" भने मैले।

आज त के प्रलय भो कुन्नि, अझैपनि सञ्जु देखा परिन। हाम्रा त ओठ मुखै सुक्न थालिहाले नि अब।

*** *** ***

सञ्जु नआएको पिरले ओठ मुख सुक्या भन्नी कि तिरखा लाग्या भन्नी अब, मलाई साह्रै पानी कान मुन लाग्यो अनि भने।
"ए! आत्मे हिन् पानि खान जाम् ।यार!" अनि हामी तुसारेको गहीरोमा पानी खान गएम् गाईलाई यसो माथितिर लगाऽर।
झरनाको जरुवाको पानी साह्रै चिसो हुन्थ्यो के त्यहाँ त। तर हातले उवाउनै नमिल्ने कुवा भन्नी कि के भन्नि सानो खाल्डोमा थियो।
गाईले पानी खानी नि त्हीँ आऽर हो नि फेरि।

आत्मेले कटुसको पात टिपेर सोली जस्तो बनाऽर झरनाको त्यो चीसो पानी २ घुट्की खाइसकेसी मैले भने,
"म त कान्न यार यो पानी जुका पर्छन्। गाईले अघि जुठो हालेको हो। गाईको जुठो नि खान्छन्?"।
"बगेर गइसक्यो गाईको जुठो त यसबेलसाम्म नि ह्यीँ हुन्छ तलाई कुरेर बस्छ क्या हो? तेइ नि गाइको जुठो खान्न भन्छस् भने दुध पनि नका
बिहान बाच्छीले चुस्या थियो गाईको कल्चौँदो सल्चौँडो।"
मैळे नि खाएँ पानी। आत्मारामलाई जिस्क्याउन मात्र त्यसो भन्या नि सञ्जु नआऽको झोंकमा।

त्यस्तो चिसो र मिठो पानी पाएसी ह्याँ जस्तो मिनरेल वाटर र सिनेरल वाटर किन खान पर्यो, हैन? त्यस्तै ठामबाट ल्याम्नी त हो नि, हैन?

अनि हामी फर्केम् र यसो माथितिर लागेम्।

*** *** ***
फेरि एकपटक चिलाउनीको रुखमा चढेर आत्मेले हेर्यो बल्ल देका परिछे सञ्जु त तल जरुवाको चौतारी मुनि।
यसो त्यसो गर्दा सञ्जु नि आइपुगी। घराँ बुइनीले "आज त म जान्छु शनिबारको दिन छ" भनी रैछे। "हैन, तँ नजा, पढ्नु पर्छ यहीँ बसेर।" भनेर फकम्दा फकाम्दै हैरान भे
र ढिला भाऽरैछ हाम्लाई गाँठि कुरो सबै बताई नि सञ्जुले। अनि सञ्जुको फिलेम कलम दिएर फकाऽकी रैछे।

*** *** ***

'ऐ! केटा हो? काँहा छन् ध्यान तिमेरुका? कस्को हो त्यो गुरे गाई? खायो ह्वाँ मकै सकै।" टारिघरे दाइले हाम्लाई हकार्दै मास्तिरबाट आए।
आत्मारामको गाई मकैबारीमा पुग्यारैछ हाम्लाई पत्तै भे न के, ध्यान जति जम्मै उतै थिए नि अब। आत्माराम गाई फर्काउन गयो। टारीघरे दाइले
कोटको खल्तिबाट सुर्तिको धुलो निकाले र कटुसको पातमा बेरेर बिँडी बनाएर बिवडिको ठुटो कानमा सिउरीँदै खुर्पेटोबाट खुर्पा तानेर त्यो एउटा लट्ठी तिकार्दै थिए।
लट्ठी हर्छु बान्गो छ बा!
"हैन दाइ! क्यार्नी हो त्यस्तो ताल न बेतालको बान्गो लौरो? यत्रा वनाँ सोझो काठ नि पाएनौ? तिम्रा बुद्धी।" मैले होच्याउँदै सोधेँ।
"तैँले कुरै बुझ्दैनस्, त्यस्सै इस् इस सी दिएँ भन्छस्।"
"ल, क्यार्नी होला, यो बान्गो लौरी ल भन् त ?"
मसित झोक्किँदै त्यै बिँडीको ठुटो कानबाट निकाले र सल्काए, लौरी मतिर फाले।

*** *** ***

धेरै अडकल गरियो तर मैले जानिन, आत्मेले नि जानेन, सञ्जुले त जान्नी कुरै भे न।
गाँठी कुरा के रे छ भने औसेलु टिप्दाखेरि नि हुनी गाईलाई ठेगान लगाम्दाखेरि नि हुनी भनेर जानी जानी बान्गो लट्ठी बनाऽका रे छन्।
दुई काम एक पन्थ नि अब। लास्टाव जानेम् हाम्ले उनैले भनेसी।
"खै तिमेरु नि इस् इल् सि पास हुनी हो भने को हो फिल हुनी?"
हामी त राऽतो मुख लाएम् ३नै जना।

*** *** ***

के खेल्नी अब ट्याम पास त गर्नै पर्यो। गाईको चर्ने काम हो आँफै चरिहाल्छन् त्यस्तो हरियो चरणमा।
उता हाम्रो कालो गोरु भने सञ्जुको गाईसितै मिलेर चर्ने गर्थ्यो। सञ्जुको गाई जता गयो उतै पछि लाग्नी त हो नि।
त्यसैले पनि मलाई गाई चराउन धेरै सजिलो हुन्थ्यो के आत्मेलाई भन्दा।

टारिघरे दाइले गर्दा हामी हाम्रै संसारमा हराउन नि गाह्रो नि फेरि।
"गर्मी भो जाम् तल पौडी खेल्न स्कुल जाँदा १२रै मास पौडी खेल्नी गर्या बानी तल तल लागिसक्यो पौडी खेल्नलाई!"
आत्मारामले कुरा उठायो।
"जाओ! जाओ! म हेर्दिम्ला जम्मै कतैपनि जाँदैनन्।" टारिघरे दाइका जिम्मा लगा!र हामि झरेम्, भुते रह मा।
त्यो रहमा त भुतले तान्छ रे दिउसै। मैले भनिन तिनेरुलाई डराउलान् कि भन्नी पिरले।
सञ्जुले "म त हेर्नी मात्रै हो, आउँदैन पौडी खेल्न त !" भन्दै थिई। आओस् पनि कसरी? पौडी खेल्नी बेलाँ ढ्याक र स्याक खेल्दै हिन्थी।
"हाम्ले सिकाइदिम्ला! छेऊछेऊमा पौडे हुन्छ सुरुमा!" भनेर आश्वासन दिँदै कर गरेसी त मानी, पौडिन।
To be contd.
 
Posted on 04-08-05 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब बल्ल मजा आयो। यो दादागिरी दाई ले प्रश्नवाचक चिन्ह छेरेर हिडे पछि त मलाई सारै दिक्क लागेको थियो। यिनैका कथा पढेर बसेर परिक्षा पनि बिग्रयो। अब त परिक्षा सकियो, दादाको कथा मज्जाले पढ्नुपर्ला भन्या त झण्डै बर्बाद गर्या नि।

-सरु
 
Posted on 04-08-05 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dada bhutya raa ma tanla ni pheri sanju lai . ani tari ghare dai le bastu i herenan jasto cha hai
uh sabbai makai khai bhayo

arko kahile aucha bhanera basya thee ramilo lagyo padera aba ta ekchina kalaasa jana poarcha pachi lekhamla
dada great goin

 
Posted on 04-08-05 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La balla aba kura milna thalyo Dada ji ko............Aba aate lai poudi sikaune chance dina hunna hai...........afai le sikaunu parchha ni........:P
 
Posted on 04-08-05 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wah wah wah dada bro. Balla chai katha padheko jasto hune bho kya...............

Dada bro, paudi khelne belama chai raakhi badhera basne hoina ni paila ko jasto. Huna ta bhai tinai bhanna mun laageko thiyo tai paani..............................

La la j hoos aba chai kehi hola jasto cha. Sajha land bata bhumigat huum bhaneko dui chaar mahina ko laagi, dada bro ko katha le taanera lyaai halyo.

Nice one broda.


 
Posted on 04-09-05 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ammai ni!! aba ke hune ho ni ta!!! aajkaa la ka thita thiti poudi khelna gaaka, kuro tetti niko chhaina hai daju bhai ho!! tehi pani herau maya pirim kasari aghi badhchha!!
 
Posted on 04-10-05 6:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरु जी, नआत्तिम् न लेखिहाल्छु नि ट्याम हुँदाखेरि। बरु यो सकिएसी सरु जीको कुनै काव्य सुन्नु पर्ला जस्तो लाग्याऽछ।
सिकारी, कालो भाले, हर्के भाइ, नेपाली भाइलाई प्रतिकृयाको लागि धन्यवाद!
अध्याय ११ चाँही अलिक छोटो छ है।
 
Posted on 04-10-05 6:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सञ्जु काव्य
अध्याय ११

सञ्जुले कपडा खोल्नै लाज मानी बरा र उतापट्टि ढुगांमुनि लुकेर यसो कपडा सपडा मिलाई मात्र र फर्की।

"हैन, त्यस्सै हाम्फाल्नी होस्, कपडैसितै?" आत्मेले सोध्यो।
"अनि के त? "गर्मी छ सुकिहाल्छ नि एकैछिनमा।" सञ्जुले हामी चुप हुनेगरी जवाफ दिई।
हाम्लाई यस्ता कुरामा धेरै बेर अल्मलिन मुन लागेन र हामेरु भुते रहमा झ्वाम्मै हाम्फालेम्, मानौँ हामी लामो तिर्खाले छटपटिएको मृग थियौँ।

*** *** ***

सञ्जु भने हामी हाम्फाल्दा उफ्रेका पानीका बुँदहरुले कता छुन्छ जस्तो गरी हातले छेक्दै थिई।
एकछिनको अलमल पछि सञ्जु बिस्तारै तल झरी र पहिला हातले पानी छुएर, "आब्बुई
चिसो रैछ पानि त, यस्तो चिसो पानिमा पौडी खेल्न कस्तो मुन लाग्या होला यिनीहरुलाई?" भन्दै कता पानीले खान्छ भने जस्तो गरी छेउतिरबाट
बिस्तारै अगाडि बढी।

हाम्ले सञ्जुलाई पौडी खेल्नी तरिका सिकाइदिन थालियो।
"यी यसरी हेर त, यो खुट्टा यसरी चलाम्नी हात यसरी यसरी, बाघ चाल हानेसी हुन्छ के। *** *** ***"कति भन्नी है। भन्दा भन्दै हैरान नि अब।
"जानिनस्'। यसो गर न, ल ल म तँलाई समातेर धानिदन्छु तँ हात खुट्टा चलाए जस्तो गर् अनि सिकिन्छ नि चाँडो।" मैले उपाय निकालेँ।

मैले सञ्जुलाई पौडी खेल्नी तरिका सिकाम्दै थिएँ, हैन? धेरै बेरपछि सञ्जुले "ल भो अब। नाई नाई काउकुती लाग्छ मलाई त।" भन्छे।
"के भन्नी अब त्यस्तालाई नसिकाम्दा नि जान्दिन भन्छे सिकाम्दाखेरि नि त्यस्सै दोष लगाम्छे।" मैले गुनासो पोखेँ

*** *** ***
आत्मारामलाई डाह लागेर हो या बोर लागेर हो कुन्नि, आत्मारामले "ल अब डुम खेलम् भो।" भन्यो।

पानिभित्र खेल्नी एउटा गेम थियो के, डुम हुनेले अरुलाई पानिमै पौडी खेल्दै गेऽर छोइदिनु पर्छ। अनि त्यो मान्छे डुम हुन्छ र आँफु भाग्नेमा परिन्छ।
तर पानि मुनि नाक मुख डुबेको बेला (स्वास फेर्न नमिल्ने बेला) छुएर हुँदैन क्या। भाग्दाखेरि रहभन्दा बाहिर गयो भने नि उल्टै भाग्ने चाँही "डुम" हुनुपर्छ नि फेरि।

हाम्ले सञ्जुलाई नियम सिकाएम् र डुम खेल्न सुरु गरेम्।
तँ डुम है त दादा गिरी, ल हामी भागेम्" भन्दै आत्माराम गहिरोतिर गइहाल्यो।

*** *** ***
To be contd.
 
Posted on 04-10-05 6:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-10-05 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dadagiri u r an awesome guy
u know how to write
keep it up bro and have a prosperous day ahead
"HAPPY NEW YEAR " to all
 
Posted on 04-10-05 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mero traditional typing, hai, no unicode kya. hehehehehehehee


of] ;a} x]/]/ t dnfO{ klg kf}l8 v]Ng hfd hfd h:tf] nfUof] eGof . kf}l8 v]Ng t d klg uha l;sfp+5' gL .

bfbf a|f], Tof] ;Gh' nfO{ sk8f g} nfP/ kf}l8 v]Ng lbPsf] eGof . lsg t]:tf] xf]nf k|e' dfG5]x? . nf} h] ; 's} xf];\ syf r}+ ;fx|} /fd|f] 5 .
Tof] c+u|]hLdf eG5g\ lg s] c/] c+++++++++++SSSSSSSSSSSSSSSSS

keep it coming
KFF] xf] Sof/ . n n To} xf] To} xf] .

keep the spirit high and keep it coming.

 
Posted on 04-10-05 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

d}n] ca r}+ hflg Sof /
 
Posted on 04-10-05 9:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ruinu,

मानौं
बिहानको शान्त फेवा
हावाको एक फाँको सट्ट आईदिन के बेर

तिम्रो प्रतिकृयालाई अर्थ्याउने प्रयासलाई विश्राम दिएर
केवल त्यसको अनुभूतिमा जब रम्दै गएँ
कस्सम!
तिम्रो प्रतिकृयामा
हजारौं हजार अक्षरहरु देखें !

(Nepe Jee ko ritto chittibata udrit hai!)


Harku, Aba kyaram ta ni yastai ho ... Kapada kholnai manina baraa.
Ramaailo Adhyaaya ta balla aaundai chha ni ... ... ...

Pundit,
Happy New Year 2062 to you too.
Thanks and congratulations for being able to type in Nepali.
 
Posted on 04-11-05 4:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सञ्जु काव्य
अध्याय १२

मैळे सञ्जुलाई "डुम" बनाम्न खोज्नी भने तुरुन्तै सकीहाल्छु नि, हैन? तर माया लाग्यो के। अनि सञ्जुलाई नभेटे जस्तो गरिदिन्थेँ तर आत्मेलाई भने
मेरो खुपिको पुरा सदुपयोग गर्दै लागार्थेँ। १,२ पटक आत्मेलाई "डुम" पारेँ।
त्यति गर्दा नि घुम्दै फिर्दै सञ्जु तेइ नै धेरै पटक "डुम" पर्छे बिचरा, नजानेसी यस्तै हो, क्यारोस् त नि।
सञ्जुले हाम्लाई छुन नसक्नी अनि थाक्थी र घरि सानो ढुगांले हान्थी घरि खोलाको पानि पिएर हामितिर पिच्च थुक्थी।
"नथुक न यता, फोहोरी!" भन्दा नि मान्नी हैन के रे फेरि। झन ठुलो ढुगां टिपेर हान्थी तेल्ले त।
आज त कस्तो राम्रो दिन पर्या रे छ नि। धेरै पौडियो, १० वर्षे स्कुले जिन्दगीमा तर यति रमाइलो भाऽ आज पहिलो पटक हो भने नि हुन्छ ल।
भगवानलाई मैले मान्छु के।

*** *** ***

एकछिन हामेरु ढुगांमाथि सुतेर छेपारोको झैँ घाम ताप्दै थिएम्, "अब एकपल्ट पौडेर जानी हो, हेर्छ टारीघरेले त्यतिबेलासम्म।" भन्दै थिएम्।
"अब एकचोटि घुम्न जान पाए हुन्थ्यो सँगै। SLC दिएर बस्दा त घुम्न ठीक हुन्छ नि।"
"ल्याओ एकदिन म्यागदितिर जाम्।" आत्मारामले कुरा उठायो उसका बुवा म्याग्दि थिए नि त्यतिखेर।
सञ्जु नि फेरि घुमनी भनेसी त नाई भन्न जानेकै छैन नि, खाना खान नि बिर्सिन्छे।
मैले मनमनै सोचेँ, "काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्या जस्तो यो आत्मेले कुरा काँ हो काँ लान्छ एकैचोटि!" भनेर मनमनै सोच्दैछु।
अब यहिँ दिनदिनै भेट भइराऽछ सञ्जुसित किन घुम्न र सुम्न जान पर्यो त नि बेकारमा, हैन?
आत्मेले बिगार्छ के जैले नि यस्तै हो जान्दै जान्दैन जालमा पर्या माछा नि फ्वात्त फ्वात्त फुत्काउँछ र अनि रहमा पार्छ।

*** *** ***


 
Posted on 04-11-05 4:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी अब यो "लास्टाऽ पाली है" भन्दै, फेरि हाम्रै सुरमा पौडिँदै थिएम् सञ्जुलाई त बगाइहालेछ।यस्तो सानो खोलाले नि के भन्नी अब।
नपत्याउने खोलाले बगाउँछ भन्या यहि हो।
सञ्जु त हकानिँदै, "दादा! दादा! आत्मे!" भन्छे है। अनि हामी दौडेर हाम्फाल्दै गएम्। जाँदाजाँदै पनि पानिको छहरोले एक बर्ल्यागं गर्लम्मै झारिहाल्यो त्यसलाई त
अनि तल्लो रहमा उत्तानो ड्यागं परी। हतार हतारमा हाम्ले तानेम् तेल्लाई खोलाको तिरमा, एउटा माछा छोप्या जस्तो भो। यता पनि ठोक्किएछ उता पनि ठोक्किएछ,
घुँडा सुँडा अनि यो कुहिनोमा त रातै भऽको। चिउँडोमा नि अलिकति काटेछ।
आत्माराम र म त किंकर्त्बयबिमुढ भैहालेम् नि अब, हाम्ले नै कर गरेर पौडी खेल्न लगाऽको त हो नि, है।
अब बरबाद भो भनेर मैले, "केइ नि हुन्न सञ्जु! पाती निचोरेर त्यसको रस लगाऽसी सञ्चो हुन्छ। यस्ता घुँडा त हाम्रा कति ठोक्किए कति पौडिँदाखेरि।" भनेँ।
"यी मेरो अझै ह्याँ दाग छ।" आत्मारामले आफ्नो निधारको खत देखायो, तर त्यो खत चाँहि माछा मार्दाखेरिको थियो, मैले हो मा हो थपेँ सञ्जुलाई मनाउन पर्यो नि।

*** *** ***

अनि स्थानीय जडिबुटी भनम् न लगाम्दै थिएम्, पाती निचोरेको रस नि अब के हुन्थ्यो अरु।
कपडा सपडा सुकाउन पर्यो फेरि त्यसका। ढिलो पो भो त।
"ए! हैन ती डिँगा कसका हुन्?" पऽरतिर कराऽको आवाज सुनियो तर हामी भने टारिघरे दाइले मजाऽले गाई हेर्दैछ हाम्रो त भनेर खासै वास्ता गरेनम्।
एकछिन पछि माथि बुढो सल्लोको फेदबाट बाख्रा फर्काउँदै गोबिन्द करायो।
"ऐ दादा! ऐ आत्मे! भुललुवाहरु! काँ खोला खोलाँ छौ त नि तिमेरु! यसबेला पनि। ह्वाँ गाईले खायो!"
"ऐ! गोबिन्द जा न यार!, फर्काइदे! ह्याँ भुते रहमा सञ्जुलाई भुतले तानेर कस्तो भो।" मैले भने।
गोबिन्द मैले भनेसी मान्थ्यो बिचरा, एक वर्ष जुनियर हो नि। हाम्फाल्दै गेऽर गाई फर्काएर ल्यायो आत्मारामको टारिघरे दाइ त कटुसको फेदमा निभुसुक्कै दाएछन् के।
थाकेर होला नि बरा २४सै घण्टा काम हुन्छ तिनको त्यसैमाथि वन हेरालो पनि हुन्।

गोबिन्द आइसकेसी हामेरु घर फर्केम्। सञ्जुलाई भुतले तानेको कुरा घरतिर कसैलाई नभन्नी हाम्रो सल्लाह भो, गोबिन्द पनि हामिसितै म्याग्दि जाने कुरा पनि भो।
हुन त कुस्मा निस्केर म्याग्दी जान छोटो पर्छ तर घुम्नी भनेसी मजाले घुम्नी नि भनेर यता पुतली बजार, पोखरा, लुम्ले हुँदै जानी निधो गरेम्।
रातभरि त्यो दिन कैले आउला भनेर म कुर्दै थिएँ।

मैले घराँ कोइ पनि नभऽको बेला पारेर १ पाथि मकै चोरेर बेचेँ। आत्माराम र गोबिन्दले नि त्यस्तै त्यस्तै गरेछन् र अलिअलि पैसा जोडेछन्।
*** *** ***
 
Posted on 04-11-05 5:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त सक्यो भन थानेको त अझ रै'छ.......त्यो नि यस्तो दामि......ल ल अझ पढ्न पाम्.......मेरो शुभकामना
निर्माण
 
Posted on 04-11-05 7:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hune wala kehi chaina jasto cha yaha. Atme ra Dada lai akash ko faal ankha tari maar huncha maile buji sake. Kasto huti hara haru raicha. Haha.

Harkedai, chakati ma basera sunna khojeko kurooo hundaina jasto cha hai. Khai kehi pragati bhako hoina. Ke ho ke.:)
 
Posted on 04-11-05 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Harkedai, chakati ma basera sunna khojeko kurooo hundaina jasto cha hai. Khai kehi pragati bhako hoina. Ke ho ke.:) >>>>>>>>>>


ToxL t eg]sf] OlG8 a|f], s] xf] s] xf] eg]sf] of] bfbf a|f] sf] t < bfbf a|f,] eGg t d'g lyPg t/ klg elg xfnf}+ cGTodf r}+ efOl6sf nfP/ g6'+UoFp x}, ;fx|} g/dfOnf] x'G5 Sof . xf]Og t OlG8 a|f] .
s;d 9f+6]sf] xf]Og bfbfsf] 7fddf d efsf] e] b]v'g leml6ldl6 kfl/ ;Sy]+ s;/L r}+ g;f]wd x}======================================== d}n] t bfbfsf] s'/f g} a'emg ;s]sf] 5}g . ca x]/d csf]{ cWofodf s]lx u5{ ls < cfkm' r}+ xof+ kn]l6 s;]/ a;]sf], df3df :j:yflgsf] syf ; 'G5g\ gL, xf] To;/L g} Sof======================= g}j]Bflb klg lnO{jl/ Sof cem ============================ca t g}a]Bsf] ;f6f] lald/f] Nofpg' knf{ h:tf] 5=================================
s] u?d\ bfbf a|f] <<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<




harkeDai

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters