Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Sanjuko Yaad Aayo

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 111963 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-26-05 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्जुको याद आयो

सन्जु काव्य
चतुर्थ भाग

"ओ हो! कस्तो जाडो यार! पुतली बजारमा त!" खलाँसी पनि लुग लुग काँप्दै थियो र भन्यो "ल! प्रगती नगर! प्रगति नगर!"
हामी गाडिबाट झरेम् र यसो कोठा खोज्नतिर लागेम्। पहिला पुग्ने ठाउँ भन्या उही त हो नि लोकराज काकाको डेरामा पुगियो।
बाग्लुगंबाट कुष्मा, पोखरा हुँदै काका फेरि पुतली बजार हुनुहुन्थ्यो, "घुम्दै फिर्दै रुम्जाटार" भन्या जस्तो।
सन्जु पनि काकाको पुच्छर त हो नि बरा अहिले पुतली बजारै थिई।
"कहाँ बस्ने, कहाँ ट्युसन पढ्ने सबै कुरा काकालाई सोध्नु! तेइ लोकेले ठेगान लगाम्छ!"" भनेर बुवाले पनि सल्लाह दिनू भाऽ हुनाले पहिला
हामी काकाको कोठाँ पुगियो।

*** *** ***

पुग्दाखेरि सन्जुले यसो गेस पेपर सेस पेपर हेर्दै थिई। हामेरुलाई देखी। हामेरु भन्नाले म र आत्माराम नि अब अरु को नै हुन्थयो र?
अनि सन्जुले यसो चिया सिया बनाई दुधै नहालेको कालो चिया टक्र्याई हामेरुलाई।
आत्मारामले भनिहाल्यो, "ह्या यस्तो कालो चिया दिन्छे।"
"अब म ह्याँ पुतली बजारमा गाई पालेर बस्दै छु कि क्या हो, खाऊ खुरुक्क कालो चिया।"
मलाई नि कालो चिया त मनै नपर्ने नि फेरि, तैपनि नकाराइकन एक सुर्पी तानेँ। मनै परेन, तीतो लाग्यो। छातीमा हात राखेर नढाँटी भन्दिम् भने मिठै थिएन के।

*** *** ***

हाम्ले स्कुले जिवनका गफगाफ गर्दै थिएम्, यत्तिकैमा काका नि आइपुग्नु भो।
काकालाई ढोग्न त परिहाल्यो त्यसैमाथि यसपाली त SLC परिक्षा नसकिने बेलासम्म के के आइलाग्ने हो काकासित धेरै सहयोग
पनि लिनु छ, ढोगेम् २टैले गोडाँ। काकाले ब्यगं हान्नु भो, "हैन, आज कताबाट भगवान आए?" ।

"काका अब हाम्रो ठेगान लागाइदिन पर्यो, कोठा सोठा नि खोज्दिनुस् अब हाम्लाई थाऽ छैन।" आत्मारामले गुनासो पोख्यो।
"ए! तेसको फिक्री नलेऊ तिमेरु, मैले ऊ पल्लो घरको गुरुकहाँ कुरा गरिसक्या छु। २टा केटा आउँछन् , तिनलाई तपाईँकहाँ राख्नी हो" भनीसक्या
छु। "पोहोर जिवन र खेमु बस्या कोठा हो। तिमेरु त्यहाँ भएसी यो सन्जुलाई नि सजिलो हुन्छ सँगै पढ्न नजान्या कुरा आदान प्रदान गर्न नि हुनी।"

हाम्लाई त के खोज्छस् काना आँखा भन्या जस्तो भो। २टै अर्थमा।

 
Posted on 04-01-05 11:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Now wat the f**k was the problem. What ever, friday night ma ali ali problem bhai haalcha. Who cares. Dada bro, thanx again for ur help.

It was a nice story man. It was just awesome, too good. I wish I was there with u guys.
 
Posted on 04-02-05 11:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु आउने बेला भएन र भनेको...कुर्दा को हैरान हो दादा गिरिजी.....चाँडो पोस्ट गरम न हो.....
जदौ,
निर्माण

 
Posted on 04-03-05 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

He he he ...Dadagiri ji is great writer....he he he ....and thanx for teaching some really typical nepali words like लाखु टोपी(Monkey Cap) ...never heard that लाखु टोपी, कदरखुट्टि.. ke ho yo कदरखुट्टि bhanya...he he he
 
Posted on 04-03-05 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब कथा सुन्ने साथिहरुको धुइरो देखेर मलाई नि जोस आयो । र रुइनालाई फुल टिप्न पठाऽको छु, कता हराइन्?................................>>>>
dada taala paitala ma latreko surwal mathi tandai chappal pani nalagayee kamar kasera sihan puchdai ful tipnnu bagaicha ma gayeko taa kun rang ko ful lyaunee bhanera alla maalla paree ma taa. feri sodhera aunu parne raicha bhanera farkeenda ta katha suru bhaisakeecha..baseee ma pani majja le paleetee kasera kathaa sunna..

सितारा दिदीले मलाई "हजुर" भनेर सम्बोधन गर्या सुन्दा लाज लाग्यो, सर्म लाग्छ के त्यसो नभनम्।
रुइनाको रुमालले मुख छोप्नु पर्ला जस्तो छ।
फेरि हर्के र ईण्डिळाई जस्तो टिस्स्यु दिएर टोपल्ने हैन नि मलाई त कुसुमे रुमालै चाहिन्छ। ...............>>>>kassam maile ailee samma kusume rumal bhaneko bujekai chaina..k ho yo bhaneko??.sano hunda muma le shirt ma rumal adkaidisiinthiyo thulo bhaye paachi tissue nai use garchu sihan puchna lai..ani laz lageko belama mukh chopne bani nai chiana..kusume rumal bhanera kasaile bhanyo bhanee bujeko sujeko kehi hoina rumal bhaneee bitikai tissue nai thamaidinchu ma ta sabai lai.aba hajur ko lagi kaha khojnu jam ma kusume rumal bityaas nai parnu bhayo ni hajur le pani:o(

ohki jokes apart..seriously hajur ko writing ekkkkdaaam ramro lagcha...ramailo lagcha..mero 2-4 sabdha le hajur lai protsahan ta kehi pani mildaina tara yo 2-4 sabdha nalekhe basnu nai sakeena.ajja lekhdai garnu ma baru chadai ful khojera lyaunchu:)
 
Posted on 04-03-05 11:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

looks like contributers went back to Syanja. Let me repeat Nirman's request here
अरु आउने बेला भएन र भनेको...कुर्दा को हैरान हो दादा गिरिजी.....चाँडो पोस्ट गरम न हो.....

 
Posted on 04-04-05 5:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद सबैलाई!

Ardent Bro,
>ke ho yo कदरखुट्टि bhanya...
काँध+उपर+खुट्टी=कँदरखुट्टी हो क्यार! र बच्चालाई बुढाले काँधको पछाडिपट्टि राखेर एउटा खुट्टा बुढाको दाहिने छातितिर अर्को खुट्टा बुढाको देब्रे छातितिर आउँछ र बच्चाले बुढाको टोपि सोपि, टुप्पि खेलाइराख्छ, बुढाको हातले बच्चाको दुइटै हात समातिन्छ।यसलाई कँदरखुट्टी भन्छ।
यस्तो गरी बोकेको फोटो खोजेको, भेटिन।
बुझ्नु भो?

ल ल साथिहरु अर्को अंश सकेसम्म आजै पोस्ट गर्ने जमर्को गर्छु सम्भव भएसम्म, है त।
 
Posted on 04-04-05 7:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सञ्जु काव्य
आठौँ भाग

"जब भयो राती, तब बुढी ताती!" भनया जस्तो मेरो नै हो मन तात्या र मैले नै "जाम एकछिन बाहिरितर" भन्या थिएँ। प्रहरी चौकी अगाडि पृथ्वीको शालिकनिर एकजना प्रहरी दाइले ड्राइभरलाई थर्काउँदै थिए, फेरि फर्काएर घुमाएर लैजा!" राजाको शालिकलाई देब्रे पार्दै गाडि हाँक्छ साऽले!"
(त्यतिखेर पञ्चायती ब्यबस्था नै थियो। प्रहरीहरु बल्लिया नै थिए के।)
"नमस्कार! असई साऽप!" आत्मारामले नमस्कार गर्यो।
"नमस्कार! कता हो त नि भाइ राती राती?" प्रहरी हातको डण्डी काखिमा च्याप्दै नमस्कार फर्कायो र सोध्यो।
"त्यहाँ साथि कहाँसम्म जाम् कि भनेर।"

*** *** ***

"कस्तो होस् तँ, पुलिसलाई नमस्कार हान्दै हिड्छस्?", मैळे आत्मारमालई सोधेँ अलि पऽर पुगेसी। "असई हो के पोहोर त्यो पनि हाम्रै सेन्टरमा सुरक्षा गाड थियो जिवनहरुका पाला। मैले फुलि देखेसी चिनिहाल्छु नि सई को हो असई को हो, अहिले नि हाम्रै सेन्टरमा पर्छ कि भनेर नमस्कार हानेको।" आत्मारमले ठुलै मान्छे चिने दादा गिरीले नचिनेको भनेर
नाक साँक फुलायो।
"अघि नै भन्नु पर्दैन त , मैळे नमस्कार गर्नी थिएँ नि।" म पछुताएँ।
"त्यस्ता पुलसिले कसरी चिट चोराउँनी हो? भित्र जान नि मिल्दैन। SLC पास त गर्या छ??" मैळे आत्मारामलाई होच्याउने प्रयास गरेँ।

"हैन के? असई हो।" आत्माराम झोक्किँदै थियो।

*** *** ***

"कता हो दादा गिरी?" आफ्नो कपडा पसलबाट हरिकृष्ण करायो। हरिकृष्ण पनि हामिसित सँगै ट्युसन पढ्ने केटा हो त्यहीँ त्री आ मा वि को। हामी पसेम, एकुन्टा मोढामा बसेम्।
"यस्तै छ यी, अजा हुनुहुन्न मैले पसल कुर्दैछु। " हरिकृष्णले पढ्ने समय नपाऽको दुखेसो पोख्दै थियो। हाम्ले कुरा सुरा मिलाएम्।
म सुटुक्क यता पट्टिको औषधि पसलतिर हेर्दै थिएँ, बुढा बुढि नै छन् बा। बुढि भित्र पसेसी म एक्लै सुटुक्क गएँ र किनिहालेँ।
"सबै पसल बन्द हुँन लाइसके जाम् क्यार!" हामी फर्किएम्।

*** *** ***

"यो दादा गिरीले बिनासित्तैमा हरिकृष्णेकहाँ लग्यो, आखिर काम साम केही नि रहिन्छ।" मलाई गाली गर्दै थिए तिनेरुले फर्किँदाखेरि बाटोमा।
"चियो गर्नु पर्छ के, अरु केटाहरुले कत्तिको पढ्या छन् भनेर।" मैले कुरा मिलाएँ। "ल हेर! परिक्षा आ!छ केटाहरु दोकान कुर्दै छन्। पढ्नु सढ्नु छैन। फुर्ति मात्र हुन् केटाहरुका।" मैले तिनेरलाई शान्त्वना दिएँ।
" हाह हाह ! " सञ्जु र आत्मारामहाँसे बुझ्नु सुझ्नु छैन गाँठि कुरो त्यस्सै हाँसे।

घराँ आएसी हामरुले एकछिन पढेम्। गुरुलाई देखाउनु छ नि पोहोरका केटाहरुले भन्दा पढ्या छन् भनेर।
"हैन तिमेरु अज्झै सुत्याऽ छनौ? सुत जाडोमा, भोलि बिहान फेरि ट्युसिन जान उठ्नै सक्दैनौ।" गुरुले खोक्कै उठे र हामेरुलाई सुत्ने सल्लाह दिए।
हामी सुत्ने तरखरमा लागेम्।
"ल जाडो छ सिरक पनि पुग्दैन, यहीँ लस्करै सुते भै हाल्यो नि ३नै जना।"
" सञ्जुले खाने बेलामै छोइदिई हामेरुलाई।" अहिले भने मैले बुध्दि लगाएँ, "ल बिचमा मै सुत्दिम्ला।"
 
Posted on 04-04-05 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dadasir,

aba po huna lagyo ta exciting :-)....kitab chhapna parcha hai pachhi ..lekhdai garam chaadchaadai.....
 
Posted on 04-04-05 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

He he he....Dada giri dai...dhanyabad कदरखुट्टि ko meaning bhujaidinu bhayeko ma....la tapai ta bhayenkar upanyaskar hunu hudo rahecha...ramro chha la tapaiko lekhan....bholi ko nepal ko bed prakash sharma for sure...he he he
 
Posted on 04-04-05 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dada bro, yesh paali ta hereko herai bhaidaina hola ni, pahila pahila jasto. Yesh paali chai kehi garnu parcha hai. Lol
Dada bro chito aaos na arko part. Kurnai garo hola jasto po bho ta, bhaneko.

Great work broda.
 
Posted on 04-04-05 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'म सुटुक्क यता पट्टिको औषधि पसलतिर हेर्दै थिएँ, बुढा बुढि नै छन् बा। बुढि भित्र पसेसी म एक्लै सुटुक्क गएँ र किनिहालेँ। '

दादागिरी दाजु चाँडै आवेशमा नआउनुस ल । यति मृदुभाषी कथाकारको साख सस्ता शव्दहरुबाट नगिरोस भन्ने मेरो विनम्र अनुरोध छ। अहिले सम्म जे भैरहेको छ त्यसमा चाहिं खोट लगाउने ठाउँ छैन। प्रंशसक भाई।
 
Posted on 04-04-05 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ha ha ha Dada bro le ta harip buddhi lagayechha ..........ha ha ha
 
Posted on 04-04-05 6:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<<<<<<<<<<.........प्रहरी चौकी अगाडि पृथ्वीको शालिकनिर एकजना प्रहरी दाइले ड्राइभरलाई थर्काउँदै थिए,.......................................>>>>>>>>>>>

होइन दादागिरी जी,

बाटाँ नि खालि फर्केपछि कसरि तालमेल मिलाम्नी भनेर मनमा कुरा खेलाउदै हिड्नु'भा थियो कि क्या हो? अब महेन्द्रको शालिकलाई पृथ्विको शालिक देखिदिने यार।

खोई, अहिले पनि केहि गर्न सक्नुहोला जस्तो लागेन है मलाई त। पहिले नै तपाईको मुटुले ठाम छाड्या जस्तो छ।

लास्टाँ पालिआँ आत्मेले नै उछिट्ट्याउला जस्तो छ।

-सरु

 
Posted on 04-05-05 5:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिरा जी,

यसो गर्न पर्ला, कसो भन्दा उँदी, त्यो किताब बनाएर अनि लोकराज काकालाई बिमोचन गर्न लगाम्नी।
आत्माराम र च्याँकेलाई समिक्षा गर्न लगाम्नी। तिनेरुलाई ह्याँ झिकाम्ला नि मौका मिलेसी।

Ardent Bro, कालो भाले धन्यबाद प्रतिकृयाको लागि।

भउते भाइ, अब अध्यारोमा प्रस्ट देखिएन के शालिक पनि, महेन्द्र हो त है?
बेलाबखत सम्झाम् है त।

हर्के भाइ र नयाँ पर्योगकर्ता भाइको कुरा जुधेन र भन्या?

हेर्दै जाम् है त अर्को भाग कस्तो हुन्छ।

अहिलेलाई यसो ह्याँ च्याँकेसित गफ गर्दै ट्याम पास गर्दै, बसम् न है। खासगरि नयाँ साथिहरु।
हुन त त्यो धागो साझामा पनि छ अहिले तुरुन्त हात परेन, पुच्छर कता जेलिएछ के माकुराको जालो जस्तै गरी।
 
Posted on 04-05-05 6:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhairab Aryal ra Keshab Pidali mari haale.
Moon Paudel, Manu Brajaki ra Manoj Gajurel haru pani sustauna thaleka chhan.
Ashishle chai meso lyaeko chha hai.
Dada bro headmaster ra chyankeko katha le murchha parne gari hasayo. You are very good at humour and the ubhodeshe style is fantastic. Keep it up, my wishes are with you.
 
Posted on 04-05-05 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oh ho yaha ta nikai raailo katha chali ra raicha. Dada aru pani chadai post garauna nkai ramro lagyo hajur ko lekhan. Ma ta kathaa majjale bhule bhanya
 
Posted on 04-05-05 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तै हो साथि हो।
ल सिकारी जी पनि सिकार केल्दै आउनु भएछ। ऊ त्यो डान्ग्रे*सारौ /रुपि(लाई त नहान्नुस् है बिचरा चल्ला काढ्या छ हाम्रो स्कुलनेरिको आँपको रुखमा।
एकदिन लाल प्रसाद सरले हाम्लाई कस्तो हँसाउनू भो किलासमा।
सम्झिदाखेरि एक्लै हाँसो लाग्छ मलाई।

View/Share this post only
 
Posted on 04-05-05 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काव्य लेख्दैछु है साथि हो।
एकछिन ह्याँ हेरम् खासगरि नयाँ साथिहरु।

ह्याँ
 
Posted on 04-05-05 11:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु नि आवस् न गाँठे........अहिलेसम्म सार्है राम्रो लाग्यो......अरु कहिले आउँछ हँ.......चाँडै पोष्ट गरम है
निर्माण
 
Posted on 04-06-05 2:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सञ्जु काव्य
अध्याय ९

"ए! लौ न, के के सुन्नु पर्यो।" सञ्जुले प्रतिकृया दिई।
"म त यै सुइटरमा गुट्मुटिन्छु, सिरक भन्दा नि बाक्लो छ। अरु केइ नि चाहिन्न। " सञ्जुले बित्याँस पारी र अड्डि लिई।
"झन म सुत्छु बिचमा भन्दैछु कस्ती रैछिन् यिनी त ?" मैले सञ्जुलाई मनाउने प्रयास गरेँ।

सञ्जुले मेरो लाखु टोपी भने मागेर लगाई र हामी सबै सुतियो। जे भे नि मेरो लाखु टोपी भने भाग्यमानी रहेछ।
आत्मारामले बेलाबखत उठेर मेरो चियो गर्थ्यो, बिस्तारै मलाई छामेको हुन्थ्यो, घरि पानी खान खोजे जस्तो गर्थ्यो
घरि स्कुले जिवनका गफ निकाल्थ्यो। मैले पनि ननिदाएसम्म आत्मेको चियो गर्न छोडिन।
धेरै बेरपछि, आत्माराम निदाउला र मेरो सपना साकार होला भन्ने मेरो धैर्यता पनि टुटिसक्यो र मलाई झनक्क रीस उठ्यो।
"ए आत्मे लट्ठुवा!, सुत अब! कति बोल्न सक्दो रैछ।" मैले रीस पोखेँ।
दिनभरि यता र उता गर्दा गर्दै थाकेकोले हामी त एकैछिनमा फ्वाँ फ्वाँ निदाइएछ।

*** *** ***

"हरि! हरि! नारायाण!"
"आज छैन ट्युसिन?", गुरु उठेर नुहाँउदै हामीलाई हकारेको आवाजले हामी उठियो र यसो बाहिर हेर्या त घामै परिसक्या।
हत्तपत्त हामी उठेम् र कालो चिया पिएर टिकारामकहाँतिर हानिएम्, अग्रेंजी ट्युसन भेट्नलाई।

आज बेलुका भने हाम्रो कुनै योजना बनेन। तर आत्मारम भने म प्रति चिसो महसुस हुन्थ्यो। खासै ठट्टा पनि गरेको थिएन आज त।
सुतिसकेसी आत्मारामले मलाई बिस्तारै सोध्यो?
"म एउटा कुरो सोध्छु, नठाँटी भन् है दादा गिरि।"
"के कुरा?" म उत्सुक भएँ।
"कतिखेर किन्न भ्याइस् तैँले?"
"के?" म अकमकिएँ, कतै धोति फुस्क्यो कि भनेर।
"तँलाई छट्टु। म लाटो छु भन्ठान्या? तेरो पाएँटको खल्तिमा के छ भन् त?"
"ए! भगमान् त्यस्तो केइ भाऽ छैन। तँ निदाउलास् भनेर प्रार्थना गर्दा गर्दै मेरो रात बित्यो। झन अहिले दोष दिनी मलाई।"
म हिस्स परेका निला दाँत लगाउँदै दुखेसो पोखेँ।
"मलाई नि शंका त लाग्या थियो तर केई भन्नै सकिन। "हिजै देख्या भे, हेर म मानिहाल्ने थेँ नि शूभकार्यमा"। आत्माराम पनि पछुतायो।

*** *** ***

भोलिबाट परिक्षा सुरु हुँदैछ। हामी प्रबेश-पत्र लिन भनेर परिक्षा केन्द्र पुगियो। काजीमान-हरिटिका स्कुलमा पर्यो थियो, हाम्रो सेन्टर।
"मै तोझालाई यत्तो पल्नी!" अम्बिका त बित्याँसमा पर्दै छन्।
भाऽ के रैछ भने अम्बिकाको प्रबेश-पत्रको फोटो हराएको रैछ र "फेरि खिचेर लेऊ आज भरिमा" भन्यारैऽछ अम्बिकालाई।
अम्बिका एकदम सज्जन मित्र हुन्, अलिअलि तोते बोली थियो उनको। अल्फाबेटमा A बाट नाम उठ्ने बाऽ हुनाले उनको
प्रबेश-पत्र सुरुमा रहेछ हाम्रो स्कुलको ग्रुपको, फोटो स्टिचबाट खसेर कता पुगेछ के।
तर पछि फोटो खिचेर लगेसी भने काम बन्यो तबसम्म अम्बिकाको होसले ठाउँ छोडेको थियो।
हामीले सिट पनि हेर्न पाइयो।
अम्बिका त बिचरा "सबभन्दा अगाडिको सिटमा नि मै पर्नी, फोटो नि मेरै हराम्नी!" भनेर निनाउरो पर्दै थिए।
स्कुल फरक भए पनि सञ्जु र हामी भने नजिकै परिएको थियो।

*** *** ***

SLC दिएपछि पनि हामी एकै गाम ठामका भएकोले बेला बखत हाम्रो भेट हुन्थ्यो।
अब के काम भो र गाई चराउन जाने त हो नि पारी अन्धा-अन्धीको वनमा।
आत्माराम र म ती रमाइला दिनहरुको याद गर्दै गाई चराउन जान्थ्यौँ । र सञ्जु
आउने बाटो कुरिरहन्थ्यौँ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters