Posted by: Dada_Giri March 26, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
पोहोर जिवन र खेम त्यहाँ हुँदा हामी नि पुग्या थिएम् खै, कुन कामले हो कुन्नि। ए! फर्म लगाउने फोटो खिच्न जाँदाखेरि जिवनलाई माथि पृथ्विको शालिकनेर अचानक भेटेर अनि यसो कोठासम्म पुग्या थिएम्। "गुरु" भन्ने गनगने बुढोलाई नि चिन्या थिएँ। *** *** *** अनि हामी गइयो गुरुकहाँ। नारायानस्थानमा हो, गुरुको घर। "गुरु यसपालि हामी बस्ने भइयो पोहोर जिवनहरु बस्या ठाममा।" "ह्या अब बेला न कुबेला कहाँ कोठा पाइन्छ? कोठा सोठा त्यत्तिकै छ। सफा गर्नु पर्यो। अनि ती खेमुहरुले त खैनी खाएर पुरा खाटमुनि थुक्यारैछन् पोहोर, कोठा बडार्दा बडार्दा मलाई कस्तो दु:ख नि फेरि।" बुढाले मेवा ताछ्दै थिए। हाम्लाई एकुन्टा टुक्रा दिँदै भने। बुढाको कचकच गर्ने त बानी नै हो के। अनि कोठा खोलेर देखाइदिए। "अस्ति लोकराजले भन्दै थिए। २टा केटा आम्छन् यसपालि पनि भनेर, अनि कोठा सोठा बडारेर राख्या छु। लु बस।" हामेरु स्टोभ सिस्टोभ किन्नतिर लागियो। अब १, २ माहिनाको लागि भे नि बन्दोबस्त त गर्नै पर्यो। अनि कोठामा आएसि यसो मिलाउन थालियो झिटिगुन्टी। यत्तिकैमा सन्जु पनि आई। म्याथ चाहीँ यादब सरकोमा पढ्छु , अनि अंग्रेजी टिकारामकहाँ। हाम्ले नि त्यसै र्ने निर्णय गरियो। *** *** *** यादब सरकहाँबाट साँझ पढाइ सकेर हामी सँगै सँगै फर्किन्थेम्। दिनहरु बित्दै गए। एकदिन आत्माराम " हेर दादा गिरी, पैसो सैसो सकियो मेरो त, म एकपल्ट घर जान्छु!" भनेर घर गयो। त्यो दिन हामेरु साँझ घर फर्किने म र सन्जु २ जना मात्र भइयो। *** *** ***
Read Full Discussion Thread for this article