[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Sanjuko Yaad Aayo

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 112313 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-26-05 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्जुको याद आयो

सन्जु काव्य
चतुर्थ भाग

"ओ हो! कस्तो जाडो यार! पुतली बजारमा त!" खलाँसी पनि लुग लुग काँप्दै थियो र भन्यो "ल! प्रगती नगर! प्रगति नगर!"
हामी गाडिबाट झरेम् र यसो कोठा खोज्नतिर लागेम्। पहिला पुग्ने ठाउँ भन्या उही त हो नि लोकराज काकाको डेरामा पुगियो।
बाग्लुगंबाट कुष्मा, पोखरा हुँदै काका फेरि पुतली बजार हुनुहुन्थ्यो, "घुम्दै फिर्दै रुम्जाटार" भन्या जस्तो।
सन्जु पनि काकाको पुच्छर त हो नि बरा अहिले पुतली बजारै थिई।
"कहाँ बस्ने, कहाँ ट्युसन पढ्ने सबै कुरा काकालाई सोध्नु! तेइ लोकेले ठेगान लगाम्छ!"" भनेर बुवाले पनि सल्लाह दिनू भाऽ हुनाले पहिला
हामी काकाको कोठाँ पुगियो।

*** *** ***

पुग्दाखेरि सन्जुले यसो गेस पेपर सेस पेपर हेर्दै थिई। हामेरुलाई देखी। हामेरु भन्नाले म र आत्माराम नि अब अरु को नै हुन्थयो र?
अनि सन्जुले यसो चिया सिया बनाई दुधै नहालेको कालो चिया टक्र्याई हामेरुलाई।
आत्मारामले भनिहाल्यो, "ह्या यस्तो कालो चिया दिन्छे।"
"अब म ह्याँ पुतली बजारमा गाई पालेर बस्दै छु कि क्या हो, खाऊ खुरुक्क कालो चिया।"
मलाई नि कालो चिया त मनै नपर्ने नि फेरि, तैपनि नकाराइकन एक सुर्पी तानेँ। मनै परेन, तीतो लाग्यो। छातीमा हात राखेर नढाँटी भन्दिम् भने मिठै थिएन के।

*** *** ***

हाम्ले स्कुले जिवनका गफगाफ गर्दै थिएम्, यत्तिकैमा काका नि आइपुग्नु भो।
काकालाई ढोग्न त परिहाल्यो त्यसैमाथि यसपाली त SLC परिक्षा नसकिने बेलासम्म के के आइलाग्ने हो काकासित धेरै सहयोग
पनि लिनु छ, ढोगेम् २टैले गोडाँ। काकाले ब्यगं हान्नु भो, "हैन, आज कताबाट भगवान आए?" ।

"काका अब हाम्रो ठेगान लागाइदिन पर्यो, कोठा सोठा नि खोज्दिनुस् अब हाम्लाई थाऽ छैन।" आत्मारामले गुनासो पोख्यो।
"ए! तेसको फिक्री नलेऊ तिमेरु, मैले ऊ पल्लो घरको गुरुकहाँ कुरा गरिसक्या छु। २टा केटा आउँछन् , तिनलाई तपाईँकहाँ राख्नी हो" भनीसक्या
छु। "पोहोर जिवन र खेमु बस्या कोठा हो। तिमेरु त्यहाँ भएसी यो सन्जुलाई नि सजिलो हुन्छ सँगै पढ्न नजान्या कुरा आदान प्रदान गर्न नि हुनी।"

हाम्लाई त के खोज्छस् काना आँखा भन्या जस्तो भो। २टै अर्थमा।

 
Posted on 04-22-05 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thank you dada ji for reviving sanju kabya. Aba SLC ko result kaile aaucha. tespachi ta Sanju ra Dada giri matra pass bhayar sahar ma padne hola ni. Just a speculation.
 
Posted on 04-22-05 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद दादा :)
 
Posted on 04-22-05 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aarigatto gojaimaas dada saan. (mileko jasto laagcha hai bro)
Sanju baache pachi ta malai pani jyaan ma jyaan aako jasto laagyo ni. La la dada damiz cha la. Jaaos typical dada style ma.


 
Posted on 04-22-05 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

For OK and hancyguy!

The difference between false memories and true ones is the same as for jewels: it is always the false ones that look the most real, the most brilliant- Salvador Dali

VR
 
Posted on 04-22-05 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल दादा ले सन्जु लाई नमारे पछि त कुरो सुरु भै हाल्यो नि मैले भन्पा हैन सन्जुलाई त्यतिकै मार्न पाईन्न भनेर
"ca d ;Gh' @ n]V5' Z'? Ug}{ rfxL+ oxf+ af6
cfwf 306f kl5
;+o]Fuj; e"t] /xdf sfOnf cfOk'Uof] . p;n] /xsf] 5]pdf s]lx t}l /x]sf] b]Vof] . p;nfO Tof] a:t' s]lx rn] em}+ nfUo]f . p km'Q /xdf kmfn xfNo]f . Pp6L s]6L t}l/ /x]sL kfpbf p crDeLt eof] / xtf/ xtf/ kfvfdf Nofof] . To]f hLpm nfo pN6f] kfl? k]6 lyRof] ;~h' g/fd|/L vf]Sg yfLn

8\ofg6G6/fg gof syf ;'? x'G5

झन्डै मुईले सन्जु २ लेख्ने बेला भैसक्या थ्यो । दादा तर्सेर छिटो छिटो लेखिहालेछ , हैन भने मैले झण्डै बिताइसक्या । ठिकै छ दादालाई नै चानस दिएँ ल गरिखाओ केटा हो । ;-)
 
Posted on 04-22-05 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dada,

I like your style. It is very refreshable while going through your writings. Is there any impact of Japanese culture in your Dada-style writing ? If so, I have to consider Japan as an alternative of my future job-hunting locations.

But I heard that to enter Japan is very difficult. But, once you enter, life is very safe and independent except language difficulties.

Hope to visit once

OK
 
Posted on 04-22-05 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा। बिचरी सन्जु मरि भन थानेको त सपना पो रैछ, जे भएनि फेरि सन्जु आउदा त मलाइ सार्है राम्रो लाग्यो है lअरु नि चाँडै जावस्। सन्जुसँग कतै मेरो नि केहि भेहाल्छ कि कथै कथामा रे क्या।
निर्माण
 
Posted on 04-22-05 11:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehe sapana aree!!
laa ramailo bhayo:)
 
Posted on 04-23-05 5:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ प्रयोक कर्ता र hancyguy,
मेल को लागि धन्यबाद!

फोए बुरो, गाउँको खबर सुनाएकोमा धन्यबाद। (अर्को धागोमा।)
सरु, ओ. के., हर्कु, निर्माण, Foe Bro, रुइना(अन्यथा मलिनु।) र अरु इच्छुक साथिहरु पनि मेल हानम् न। msn मा कुरा गरौँला।

पण्डित बुरो, धन्यबाद प्रतिकृयाको लागि।

>arigatto gojaimaas dada saan. (mileko jasto laagcha hai bro)
Douitasimasite!
मिल्याऽ छ हर्कु। कसले सिकाइदियो नि? ( दालमे कुछ काला हे।)

>I have to consider Japan as an alternative of my future job-hunting locations.
अब हाम्रा जस्ता लटरपटर अड्डाले हुन्छ र?
तर आउनुस् यार। जाम्ला एउटै अड्डाँ। म भनूँ तालु खुइले हाकिमलाई? (रे क्या!)
 
Posted on 04-23-05 6:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dada;
lau kina anyathaa linu ni??baru malai msn id dinu :)wah kya mileko linu,dinu...peom bhayecha hehe.

hakeydai lai maile sikaideko japanese bhasa...:P:D


 
Posted on 04-23-05 6:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-23-05 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिल्याऽ छ हर्कु। कसले सिकाइदियो नि? ( दालमे कुछ काला हे।) >>>>>>>>>>>>>
Daal me kuch kala hai matra ho ra bro, purai daal nai kala hai ni. Hehehehehehe

Mailai ta artha ko antartha laagcha ki bhanera katro pir ni bhanya hya.


 
Posted on 04-23-05 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुई !!! सुसु सुईई !!! सुईसु सुइ सुईसु सुईसुई ?

:)

-सुसु
 
Posted on 04-23-05 5:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुतले मर्नु च्यापेर जिऊ नै बट्टारीयो जस्तो छ नि सरुभक्त को! :p

धेरै बियर नपिउनु भनेकी होईन सरुले? कुरा लाईदिम?

अब, लुकी लुकी पिउनु नै छ भने, DIAPER लाएर पिउन बस्नु्। अहिले आएर हाम्लाई के को सुई सुई र फुई फुई हो, गाँठे?

 
Posted on 04-23-05 6:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे जी

खाश भन्ने हो भने मलाई रउसि खान त्यहि सरुले सिकाकी हो ल। " खाउ खाउ भउते, छोरा मुन्छे भे'र पनि जाँड-पानी खान डराम्दा रे'छन है यिनी त" भनेर उचाली। म पनि के कम त भनेर जतानाम्को धोँके। आखिरा पालीमा झण्डै बर्वाद भा'को, सत्य ल। बेला भा'रैनछ र पो बचियो नत्र ........भनम् न अब।

अनि अहिले चैँ सु आएर कराको होइन क्या। दादालाई सुसेलेर एउटा कुरा सोध्या नि खुसुक्क।
लु गेस गरम् न त के भन्याँ हो :)

-सरु
 
Posted on 04-23-05 6:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ruinu,
Here it is: dada_giri@hotmail.com or asish_poudel@hotmail.com
सरु के को सुई सुई र फुई फूई नि पख।

साथि हो, आज यसो आकिहाबारापुगेर एउटा ल्यापटप किनेर अनि एकछिन उएनोमाथकाइ मारेर अनि सिबुया पुग्या त एउटी केटीले दाइ जाम टोकियो टावरतिर घुम्नलाई भन्छे बा।
म त जाम् कि नजाम् पर्या छु। सँगै जानी कोहि छ?

ओमियागे(अर्को भर्जन)

सञ्जु काव्य पाक्दै छ है।
 
Posted on 04-23-05 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दादा,
GW मा क्यार्ने बिचार छ हो? कति साझाको डोरीमा झुण्डिर'न्छौ?
यसपटकको स्वर्णसप्ताह लामो पनि छ क्यारे, यसो १-२ दिन यतातिर आऊ न हो।
तर, सकेसम्म २-३ गते आए राम्रो; १० गतेतिर मेरो प्रेजेन्टेसन छ, त्यसैले ६-६ बाट त्यति समय दिन सक्दिन होला।

साझाका साथीहो, केही दिनपछि दादालाई लामै फुर्सद मिल्छ क्यारे, सञ्जुकाव्य को भाग ३० सम्मको आसा गरम्।
 
Posted on 04-23-05 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oho....

Sanju ko Revival? La jaos jaos.....Ma ta Sanju mari halee bhanera sajhaland nai chirna chodya.......

K ho Dadagiri oorfa Ashis Baje?....Ruinu re?? typing mistake bhayera "a" lai "u" type garya ki Maya garera bolako?
LOL............Just kidding hai...

Yo Sarbhakta ko chai k ko sai sai ra sui sui ho bhanya?
 
Posted on 04-24-05 2:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सञ्जु काव्य
अध्याय १७

"हिजो तिमेरु कतिखेर फर्केऊ यार! मैले पछि खोज्दा खोज्दा पाउँदै पाइन। च्याँकेलाई सोध्दाखेरि, च्याँकेले नि कुन्नि कता गयो भन्यो, हगुवाले भने आत्मे त गयो भन्यो, अनि फर्केँ एक्लै लुरुलुरु।"
"हैन सञ्जुहरु फर्केसी हो, म नि फर्केको। तँलाई त देखिन यताउता।"
गफै गफमा हामी मिल्दै गएम् र आत्मेले मलाई घाँस काट्न सघायो मेरो खाग्रें डोको नि भरियो।
अनि हामी दिउसो तुसारेको गहिरोमा फेरि भेट्ने नियमित योजना बनाएर घरतिर लागेम्।
*** *** ***
हामी तुसारेको गहिरोमा पुगेर यताउता हेर्दै गफमा मस्त हुन पुगेम्। टारी घरे दाई पनि आइपुगे।तर सञ्जुको भने पत्तो छैन।
मैळे सञ्जुको नाम उच्चारण गर्न पनि सकिरहेको छैन। एकातिर आत्मारामको निको हुन लाग्या घाउ बल्झेला भन्ने पिर, अर्कोतिर हिजो आँफुले सञ्जुको अगाडि मनको पोको फुकाइसकेकोले त्यसको प्रतिकृयाको सुक्ष्म विश्लेषण पनि गर्नु छ। मैले कुरा निकाल्नै सकिन। मनमा आएको कुरा पनि घाँटिंमै अड्किन्थ्यो।
धेरै बेरपछि मैले कुरा निकाले।
"हैन आज त अरु कोहि नि नआउने जस्तो छ नि डिगां लिएर।" मैले घुमाउरो घुमाउरो पारामा कुरा उठाएँ।
"अरु को आम्नी भन्याऽ छस्, सञ्जु ऊ पारी अलैँचि बारितिर छ के रे आज त कुन्नि किन हो।" टारिघरे दाईको कुराले म त आधा झसगं परेँ। मनमा धेरै कुराहारु खेले, तर कसैलाई भनिन नि फेरि, मेरो मन उसिनेको पिँडालु जस्तो पाक्या छ, भित्र भित्र।
*** *** ***
हामी अलि माथि टाकुरोमा सरेम र पारि हेरेम् सञ्जुको माली गाई र बाच्छि चर्दै छन्।
सञ्जु एउटी पारितिरकी बुढि को हुन् कुन्नी सित गफगाफ गर्दै थिई। त्यसले त को को हो को को लाई चिन्छे के फेरि।
म कटुसको रुखमा चढेँ र कटुसको हाँगा मज्जाले हल्लाएँ, सञ्जुको ध्यान आकर्षण गर्नलाई। तर पनि सञ्जुले हेरिन मतिर।
म उदेक हुँदै झरेँ। टारिघरेदाइले सम्झाए, "तास खेल्नी हो केटा हो?"
आज त मलाई जाँगर भनेसी पटक्कै छैन बा। "खेल्दिन तास सास ताल न बेतालसित।" म झर्किँदै उत्तर दिएँ।
"तेरा अस्तिका ३ सुका दिएन भनेर होला। तिर्दिम्ला आइज खेलम्।" टारिघरे दाइ मिल्न खोजे।
*** *** ***
म करैकरले तास केलन् थालेँ। तर किन किन मेरा आँखा जति पारि नै थिए। "सञ्जु र ती बुढीले चुत्रो टिपेर साँधेर खाए। हाम्ले वारिबाट हेरेम्। अँ हँ तिनेरुले हाम्लाई वास्ता भनेर कत्ति पनि गरेनन् आज। सञ्जु किनयति निस्ठुर छ मैले बुझ्न सकिन।
म चिलाउनेको रुखमा चढेर फेरि हाँगा हल्लाउन थालेँ। अँ हँ सञ्जुले हेरिन मलाई। उल्टै उता पट्टि सरेर हो या किन हो तिनेरु त अदृस्य भएछन्।
भेऽन बा भुनेर त्यसै त्यसै गित गाउन थालेँ।

"चरी बस्यो निर्मया
खेतैको आलिमा
भुईँमा छौ कि निर्मया
रुखैको डालीमा
भेटै नहुनी
खोला पारि निर्मया
वारि म रुनी... ... ..."

to be contd.
 
Posted on 04-24-05 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सञ्जु:

"तिमी पारि निर्मयाँ
चिलाउने डालिमा
म त वारि निर्मयाँ
अलैँचि बारिमा
भेटै नहुनी
खोला पारि निर्मयाँ
वारि म रुनि..........."

:)

-सरु
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters