Posted by: Dada_Giri April 24, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
सञ्जु काव्य अध्याय १७ "हिजो तिमेरु कतिखेर फर्केऊ यार! मैले पछि खोज्दा खोज्दा पाउँदै पाइन। च्याँकेलाई सोध्दाखेरि, च्याँकेले नि कुन्नि कता गयो भन्यो, हगुवाले भने आत्मे त गयो भन्यो, अनि फर्केँ एक्लै लुरुलुरु।" "हैन सञ्जुहरु फर्केसी हो, म नि फर्केको। तँलाई त देखिन यताउता।" गफै गफमा हामी मिल्दै गएम् र आत्मेले मलाई घाँस काट्न सघायो मेरो खाग्रें डोको नि भरियो। अनि हामी दिउसो तुसारेको गहिरोमा फेरि भेट्ने नियमित योजना बनाएर घरतिर लागेम्। *** *** *** हामी तुसारेको गहिरोमा पुगेर यताउता हेर्दै गफमा मस्त हुन पुगेम्। टारी घरे दाई पनि आइपुगे।तर सञ्जुको भने पत्तो छैन। मैळे सञ्जुको नाम उच्चारण गर्न पनि सकिरहेको छैन। एकातिर आत्मारामको निको हुन लाग्या घाउ बल्झेला भन्ने पिर, अर्कोतिर हिजो आँफुले सञ्जुको अगाडि मनको पोको फुकाइसकेकोले त्यसको प्रतिकृयाको सुक्ष्म विश्लेषण पनि गर्नु छ। मैले कुरा निकाल्नै सकिन। मनमा आएको कुरा पनि घाँटिंमै अड्किन्थ्यो। धेरै बेरपछि मैले कुरा निकाले। "हैन आज त अरु कोहि नि नआउने जस्तो छ नि डिगां लिएर।" मैले घुमाउरो घुमाउरो पारामा कुरा उठाएँ। "अरु को आम्नी भन्याऽ छस्, सञ्जु ऊ पारी अलैँचि बारितिर छ के रे आज त कुन्नि किन हो।" टारिघरे दाईको कुराले म त आधा झसगं परेँ। मनमा धेरै कुराहारु खेले, तर कसैलाई भनिन नि फेरि, मेरो मन उसिनेको पिँडालु जस्तो पाक्या छ, भित्र भित्र। *** *** *** हामी अलि माथि टाकुरोमा सरेम र पारि हेरेम् सञ्जुको माली गाई र बाच्छि चर्दै छन्। सञ्जु एउटी पारितिरकी बुढि को हुन् कुन्नी सित गफगाफ गर्दै थिई। त्यसले त को को हो को को लाई चिन्छे के फेरि। म कटुसको रुखमा चढेँ र कटुसको हाँगा मज्जाले हल्लाएँ, सञ्जुको ध्यान आकर्षण गर्नलाई। तर पनि सञ्जुले हेरिन मतिर। म उदेक हुँदै झरेँ। टारिघरेदाइले सम्झाए, "तास खेल्नी हो केटा हो?" आज त मलाई जाँगर भनेसी पटक्कै छैन बा। "खेल्दिन तास सास ताल न बेतालसित।" म झर्किँदै उत्तर दिएँ। "तेरा अस्तिका ३ सुका दिएन भनेर होला। तिर्दिम्ला आइज खेलम्।" टारिघरे दाइ मिल्न खोजे। *** *** *** म करैकरले तास केलन् थालेँ। तर किन किन मेरा आँखा जति पारि नै थिए। "सञ्जु र ती बुढीले चुत्रो टिपेर साँधेर खाए। हाम्ले वारिबाट हेरेम्। अँ हँ तिनेरुले हाम्लाई वास्ता भनेर कत्ति पनि गरेनन् आज। सञ्जु किनयति निस्ठुर छ मैले बुझ्न सकिन। म चिलाउनेको रुखमा चढेर फेरि हाँगा हल्लाउन थालेँ। अँ हँ सञ्जुले हेरिन मलाई। उल्टै उता पट्टि सरेर हो या किन हो तिनेरु त अदृस्य भएछन्। भेऽन बा भुनेर त्यसै त्यसै गित गाउन थालेँ। "चरी बस्यो निर्मया खेतैको आलिमा भुईँमा छौ कि निर्मया रुखैको डालीमा भेटै नहुनी खोला पारि निर्मया वारि म रुनी... ... ..." to be contd.
Read Full Discussion Thread for this article