[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Sanjuko Yaad Aayo

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 112223 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-26-05 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्जुको याद आयो

सन्जु काव्य
चतुर्थ भाग

"ओ हो! कस्तो जाडो यार! पुतली बजारमा त!" खलाँसी पनि लुग लुग काँप्दै थियो र भन्यो "ल! प्रगती नगर! प्रगति नगर!"
हामी गाडिबाट झरेम् र यसो कोठा खोज्नतिर लागेम्। पहिला पुग्ने ठाउँ भन्या उही त हो नि लोकराज काकाको डेरामा पुगियो।
बाग्लुगंबाट कुष्मा, पोखरा हुँदै काका फेरि पुतली बजार हुनुहुन्थ्यो, "घुम्दै फिर्दै रुम्जाटार" भन्या जस्तो।
सन्जु पनि काकाको पुच्छर त हो नि बरा अहिले पुतली बजारै थिई।
"कहाँ बस्ने, कहाँ ट्युसन पढ्ने सबै कुरा काकालाई सोध्नु! तेइ लोकेले ठेगान लगाम्छ!"" भनेर बुवाले पनि सल्लाह दिनू भाऽ हुनाले पहिला
हामी काकाको कोठाँ पुगियो।

*** *** ***

पुग्दाखेरि सन्जुले यसो गेस पेपर सेस पेपर हेर्दै थिई। हामेरुलाई देखी। हामेरु भन्नाले म र आत्माराम नि अब अरु को नै हुन्थयो र?
अनि सन्जुले यसो चिया सिया बनाई दुधै नहालेको कालो चिया टक्र्याई हामेरुलाई।
आत्मारामले भनिहाल्यो, "ह्या यस्तो कालो चिया दिन्छे।"
"अब म ह्याँ पुतली बजारमा गाई पालेर बस्दै छु कि क्या हो, खाऊ खुरुक्क कालो चिया।"
मलाई नि कालो चिया त मनै नपर्ने नि फेरि, तैपनि नकाराइकन एक सुर्पी तानेँ। मनै परेन, तीतो लाग्यो। छातीमा हात राखेर नढाँटी भन्दिम् भने मिठै थिएन के।

*** *** ***

हाम्ले स्कुले जिवनका गफगाफ गर्दै थिएम्, यत्तिकैमा काका नि आइपुग्नु भो।
काकालाई ढोग्न त परिहाल्यो त्यसैमाथि यसपाली त SLC परिक्षा नसकिने बेलासम्म के के आइलाग्ने हो काकासित धेरै सहयोग
पनि लिनु छ, ढोगेम् २टैले गोडाँ। काकाले ब्यगं हान्नु भो, "हैन, आज कताबाट भगवान आए?" ।

"काका अब हाम्रो ठेगान लागाइदिन पर्यो, कोठा सोठा नि खोज्दिनुस् अब हाम्लाई थाऽ छैन।" आत्मारामले गुनासो पोख्यो।
"ए! तेसको फिक्री नलेऊ तिमेरु, मैले ऊ पल्लो घरको गुरुकहाँ कुरा गरिसक्या छु। २टा केटा आउँछन् , तिनलाई तपाईँकहाँ राख्नी हो" भनीसक्या
छु। "पोहोर जिवन र खेमु बस्या कोठा हो। तिमेरु त्यहाँ भएसी यो सन्जुलाई नि सजिलो हुन्छ सँगै पढ्न नजान्या कुरा आदान प्रदान गर्न नि हुनी।"

हाम्लाई त के खोज्छस् काना आँखा भन्या जस्तो भो। २टै अर्थमा।

 
Posted on 03-30-05 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-30-05 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Haina yo Dada le ke garya bhanya, ki surunai garna hudaina thiyo, aba aayera kina rokeko bhanya.......... 5 din bhaisyo kurera baseko..... lauan ........ baki pani sunam na .....
 
Posted on 03-30-05 5:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादागिरी जी

तपाईँ र मेरो त जन्मजात दुश्मनी रे'छ कि क्या'हो। हा हा हा, तै नि, मलाई पनि लेखुम लेखुम लाग्यो क्या। तपाईँ कै लहरोमा थप्न मन लाग्यो। सन्जु सँगको याद लाई निरन्तरता दिनु होला। मलाई तपाईँको लेखन शैली सार्है मनपरेकोछ। गाम को याद गराईदिनु भो यार। सन्जुको ताजा खबर चैँ यहाँ छ है। खित्तित्तित्तित्तित्तित्तित्तित्तित्तित्तित्तित्तित्तित्तित्तित्तित्तित्तित्तित्तित्तित्ति


सन्जुको ताजा खबर

म पुग्दाखेरि लोकराज बाजे खुर्पाको बिँड ताछ्दै थे।
" दर्शन गरेँ है बाजे" मैले बाजेको हातमा ढोगेँ। लोकराज बाजे मावली बाजे पर्छन मेरो। चाडवाडाँ त उनले चेलीबेटी तिरको नाति भनेर खुट्टैमा ढोउछन गाठे। बुढा मान्छे, के ढोगाइराख्नु भनेर खुट्टो नदियो कि यो नाति ठुलो भेर मातेछ भनेर मुख बटार्छन। क्यार्नु।

"कता बाट झुल्किस् हौ भउते ?" बाजेले टोपिले मुख पुछ्दै सोधे।
"त्यहीँ तल टारी मा पानी सोझ्या'र आ'को नि। क्यार्नु, हप्तादिनाँ पालो आम्छ।अहिले त खेत भाँजो परेर राँडीको कुर्कुच्चा जस्तै भा'रेछ।" म पिढीँको बोरा यसो तानेर बसेँ।

"जनैपुर्नेको बिदा अनि शुक्रबार शनिबार लगत्तै परेकोले अड्डाको बिदा मिला'र घरा आ'को।
अनि बसिबियाँलो गर्या नि।" बाजेले खोक्दै भने। बाजेले अलि लामो खोके, खकारे, थुकेनन्, बरु कुटुकुटु चपाएर घुटुक्क निले। मैले देख्न सकिन र अर्कोतिर फर्केँ।

"ओहो भउते पो आएछन्, अहिले त कति राम्रो भएछन्" सन्जु चम्किदै भित्र बाट निस्की र मेरो मुखैमा म्वाईँ खाइ।
"हेर त लाज न'भाकी उत्ताउली" बाजेले आँखा रातो पार्दै हकारे। " एउटा सँग झुन्डाएर पठाम्न पाए हाइसन्चो हुन्थ्यो मलाइ" बाजेले गुनासो गरे। म भने मनमनै खुसि भएँ, क्यार्नु, साह्रै राम्री छे,छुँदा पनि मुटु फट्किन्छ।
" त्यही दादा न'भे आते आ'को बेलाँ भिडाइदे भो नि, गाउँलेले कुरा काटिसक्याछन्, अनि त कुरा काट्नेको मुखाँ पनि बुजो लाग्ने" मैले उपाए निकालेँ।

"हो क्यारे बाबु, त्यो बिदेशाँ बसेकालाई के के जाति रोग लाग्या हुन्छ भन्छन फेरि, छोरी हो जस्तो भे'नि मायाँ लाम्छ।" बुढा अलि गम्भिर भए।

**********************************************************

हिजोमात्र त्यो खोल्सा पारि बिर्खे सँग गोरु साट्ने कुरा गर्या।कस्तो रेछ तनि भुनेर बिहानै एक सर्को बिँडी तानेर म त्यतै तिर लागे। स्कुल नेर च्याँके भेट भो।
"एउटा कुरा सुन्नु भो भउते दाइ?" च्याँके ले अलि हतारिदै भन्यो।
"के?"
"त्यो सन्जे राँडी त हिँडिछे नि।"
"को सँग?"
"खोइ त्यो जुग्ले-नाउडाँडा चल्ने जिपको खलाँसि टिपेर हिँडी रे, बिचरा पौडेल बाजेको नाकै काटी। मोरी, मलाई पनि राम्रो लाग्थी, क्यार्नु, आँफु नपढेको गोज्याङ्रो, पढेकी ताक्न हेउ नै आएन। अस्तिनै छाङ्छाङ्दी को मेलाँ मलाई पनि आँखा सन्काइथी। आखिराँ खलाँसि ले पो उडायो।" च्याँके अलि निन्याउरो देखियो।
"ल ल, पिर नगर, तेस्का पछी लाम्ने धेरै थे।"
च्याँकेलाई त सम्झाएँ, तर आफैलाई भने अलि नमज्जा लाग्यो।
अगाडि जान खुट्टा ळागेन। आइमाई को रुपै शत्रु भन्दै त्यहीँ बाट खर्लप्प फर्केँ।

*******************************************************************





 
Posted on 03-30-05 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hahahahahahaha....
nikkai ramailo lagyo tapai haru ko katha phadha. bichara hamro dada giri ji ko sanju poilo bhageko ma nikai ramailo lagyo.

...............
yo sarubhakta bhanne manchhe lai ta maile chineko chhu... feri tapai ko lekhai herda ta kaski ko jasto lagyo. katai tapai tehi hamro chir parichit saru bhakta ta haina?
 
Posted on 03-30-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sharubhakta ji,
You spoiled the party of Dadgiriji.

Kina, tapai haru ko dushmani chha ki kya ho. Kamsekam katha aghi badhauna deko bhata hunthyo ni. Aba bichaima poila pathaidera. dadagirile kathanak ko barema kati bidhi sochi saknu bhathyo hola.

Ekmann le chai e dui jana shyangjali (fatah?) haru eutai hunki jasto pani sochna thalyo hai.
 
Posted on 03-30-05 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Saru bhakta lai hana ke ko hatar tyasto, katha tungyaihalnoo parney?
 
Posted on 03-30-05 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ प्रयोगकर्ता ब्रो!
मलाई नि यो "भउते भाइ" हाम्रै स्कुलको केटा त परेन भनेर साह्रै डर लाग्यो।
तर २टा कुरामा कमजोरी पाएँ र हैन भन्ने कुरा पत्ता लगाएँ।

१। गोरु साट्ने कुरा लगेर च्याँकेमा जोडियो यहाँनेर मेरो मुटुले ३ ताल हान्यो किनभने च्याँके गोरुको बेपारी पनि हो। तर च्याँकेलाई भेटेर
पनि आफ्नो गोरु साट्ने कुरा नराखिकन फर्के।
२। जुग्ले नाउडाडा को जिप खलाँसी भन्दा मेरो मुटुले फेरि ३ ताल हान्यो तर जब एकैचोटि छांगछाग्दीको मेलाको कुरा आयो नि
अनि ढुक्क भएँ छांगछाग्दी हाम्रो गामबाट १ दिन टाढा पर्छ। स्यांग्जाको अर्को साइड हो तनहूँको नजिकतिर पर्छ क्यार! सञ्जुलाई
सायद थाहा छैन यो मेलाको कुरा।

ल सञ्जु पोइल गइ भने गइ नै सही।
पर्खम् दादा_गिरी नि कम छैन। अर्को भागमा के हुन्छ हेरम्।
 
Posted on 03-30-05 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादागिरी ब्रो,
शरुभक्तले छोडेन है छोडेन।
होश पुराम है।

तपाईंहरु दुबैको लेखन निकै राम्रो छ। निरन्तरता दिएमा म जस्ता पाठकलाई गतिलो खुराक पुग्ला।
आज भोलि त दादागिरी र शरुभक्त को छड्के पढ्न मात्रै पनि साझामा आऊने ग-या छु।
 
Posted on 03-30-05 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sanju lusukka arthokai bahana banayera Sarubhakta lai bhetna Chyang-Chyangdi ko mela tira gayera Raat bitako bichara Dadagiri lai patto nai rainarahechha jasto chha...............

Mayalu bhetna 1 din ta k 3 din pari pani janchan ni........dudh chori khana palkya biralo haru.....hahaha............

Tara sarubhakta lai bhetna jeep chadera wohor-dohor garda Sanju ko pirem pheri Khalasi sanga pare jasto chha.........lou hare........... logne le pathako chhithhi lyai dine hulaki sanga nai lahureni poila hide jasto...........

 
Posted on 03-31-05 12:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सञ्जु काव्य ६टौँ भाग

SLC को परिक्षा नजिकिदै थियो। हामी धमर्धुस् लगाऽर तयारी गर्दै थिएम्, भनम् न।
यत्तिकैमा एकदिनको कुरा काका मालपोत उठाउन भनेर काजमा खै कुन्नि कुन गाउँतिर जानु भो।
ए! त्यो छ्यागंछ्याग्दी हो क्यार!
काकाले जानु अगाडी, "दादा गिरी!, आत्मारम!, ल केटा हो सञ्जु तिमीहरुको जिम्मा छ है। राम्रोसित पढ्नु!"
भनेर लाग्नु भो। दुधको साँछि बिरालो लगाएर जानु भो।
हाम्ले "हुन्छ काका! केइ चिन्ता लिनु पर्दैन हजुरले!" भनेर काकालाई पठाएम्।

बेलुका आत्मेले योजना बनायो। "हेर दादा गिरी, आज यसो गर्नु पर्यो।"
"कसो गरम् ल भन्!"
"हामीकहाँ खाना खानी जम्मै मिलेर। सञ्जुलाई नि बोलाम्न पर्यो। जोऊ बेलैमा खबर गर।"
गोधुली साँझको बेला थियो, "खाना बसाल्दै राख् म लिएरै आम्छु तेललाई" भन्दै म त्यहाँबाट प्रगती नगर हुँदै सञ्जुको कोठाँ
पुगेँ। प्रगती नगरका ती भुस्याहा कुकुर भुक्दै थिए, मलाई देखेर। किन हुन्थ्यो जाडोको बेला मैले लाखु टोपि लगाऽ थिएँ के
अहिलेका नक्कली माओबादीले झैँ।

*** *** ***

" ए! सञ्जु खाना साना नबना उतै आत्मेले बनाम्दै छ।
"यता नछोऊ है मलाई! "
सञ्जु त नछुने भइछ। ओ हो! मलाई त के खोज्छस् काना आँखा भन्या जस्तो भो।" सञ्जुपनि खुशी भै र थपी, " आज आत्मारामले
पकाको नमिठओ खानाले नै चित्त बुझाउनू पर्ने भो।"
म हि हि हि हाँसे र भने, "हैन त्यसो नभन मिठो छ भनेर त्यसलाई फकाउनु पर्छ अनि पकाउँछ नि केटोले जाँचको बेला पनि" मैले
सञ्जुलाई सतर्क गराएँ।
अनि हामेरु लागियो हाम्रा कोठातिर।

*** *** ***

खाना तयार भइसक्या होला भनेर हामी मुख मीठो पार्दै कोठाँ पुगेम्। सञ्जु म भन्दा नि पहिला ढोकासोका नढकढकाइकन भित्र पसी
र आत्मारामलाई झसगं पारी। आत्माराम त निला निला आँखा लगाऽर त्यो दम चुल्होको बल्टु कस्दै छ बा!
"हैन, के भो?"
""हेर्न यो यहाँको सानो बल्टु कता ऊड्यो कता। हतार हतारमा दम दिन्छु भन्दाखेरि के भो के के।"
"हतपतेको काम लतपते! भोक लाऽ बेलाँ के के गर्छ के के यो पनि फेरि।"
मैले यसो हेरेँ तर आत्मेको हातबाट टुगों लाग्ने छन्द देखिन। सञ्जुले नि भनी, "यल्लाई बनाम्न पर्छ।"
म फेरि प्रगती नगरतिर लागेँ। अहिले भने ती भुस्याहा कुकुर त भुकेनन् नि फेरि। बा मलाई चिनेर हो बा अध्यारोमा नचिनेर हो।

*** *** ***
 
Posted on 03-31-05 12:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रगती नगरमा एउटा अपागं दाइ थियो यो स्टोभ सिस्टोभ मर्मत गर्नी। सबैले डुँडो भन्थे तर दुबै खुट्टा दुर्घटनामा गुमाएका रे
बिचारा! मैले दुखेसो पोखेँ। "दाइ हेर्नुस् न हाम्रो त बरबाद भो। विध्यार्थी मान्छे, अब खाना बनाऽर खान खोज्दा यो स्टोभ नै बल्दैन।
दोकानाँ खाम् भने पैसो नि पुग्दैन।" म झण्डै रुन लाग्या थिएँ। किनभने त्यो मान्छे पहिलाको दादा हो रे सुर चलेनन् भने नबनाइकन
फर्कादिन पनि सक्छ रे के। सञ्जुले भनेकी हो।
"ए! ल ल" भनेर हेर्न थाल्यो। अर्की त्यहीँकी दिदिलाई भने "भोलि आउनुस् ह्याँ विध्यार्थीहरले खान पऽनन् रे!" भनेर थर्काउँदै पठायो
म लुग लुग काँप्दे थिएँ कता मलाई नि गाली गर्नी हो र भोलि आइज भन्नी हो कि भन्नी डरले नि अब।
म स्टोभ बनाऽर कोठाँ पुगेँ। खाना त मजा!ले पाक्दै छ, बा।
त्यतिबेलासम्म सञ्जुका कोठाँ गएर तिनेरुले त स्टोभ लिएर आइकन पकाउन पो थाल्या रैछन्।
बेलैमा यो बुध्दि आइदेको भे म किन त्यो राती हुँदो स्टोभ लिएर ती भुस्याहा कुकुरको माझाँ जान्थिएँ र पढ्न सढ्न नि छोडेर।

*** *** ***

"उता गाउँ घरमा सञ्जु पोइल गई।" भन्ने हल्ला चल्नथालेछ। अब शहरमा हृतिक रोशन काण्ड भा! जस्तो गाउँमा सञ्जु काण्ड
नि अब के भन्नी। भाऽ के रैछ भने हाम्रा गामका गिरधारीले सञ्जुलाई अघिल्लो हप्ता देख्या रैछन् जुग्लेमा खलाँसिसित सँगै चिया
खाँदाखेरि। सञ्जुले जिपको भाडा माग्दाखेरि खलाँसीलाई पैसा नदिइकन भाग्ने अभिप्राय:ले खुद्रा छैन भनेर रु १०० को नोट देकाइछ।
खलाँसीले साट्न सकेनछ। अनि त्यो १०० को नोट साट्नलाई चिया खाऽका रैछन्। जुग्लेमा गिरधारीका पसलमा।
भाऽ कुरा त्यत्ती हो रे! सञ्जुले नि त्यसै भन्थी। नत्र हाम्री सञ्जु, मालपोत कार्यालायका डिट्ठाकी छोरी तेइ पनि SLC दिनी भनेर धमर्धुस् लाऽकी केटी
कहाँ त्यो खालाँसीसित पोइल जानी हो। तर चिया खाऽर त्यत्तिकै फर्किछ है फर्किन त। त्यो १०० रुपिञाको नोट गिरधारीले नि साट्न
सकेनछ। पैसा नपाऽको रीसले पोइल काण्ड निस्क्या रैछ गिरधारीबाटै।
अनि सञ्जुले बुवा छ्यांगछ्यांग्दी काजमा जानू भाऽ छ भनेकी हुनाले छ्यांग?छ्यांग्दीको कुरा पनि जोड्या रैछ।
खसोखास कुरा यही हो।
*** *** ***

To be contd.
 
Posted on 03-31-05 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAHAHA
bichara sanju....
kaha bata kaha pugyo kura taa hahhaha
 
Posted on 03-31-05 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hee Heee Heee, This is really funny. Yee Pulchowkka ketaharule pani dherai hasauchhan.
 
Posted on 03-31-05 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अब शहरमा हृतिक रोशन काण्ड भा! जस्तो गाउँमा सञ्जु काण्ड
नि अब के भन्नी"

..sanju lay taal lyawundai chhey ni poila jani ..kya ho dadaji? pheri aatmaraam lay padkawula bich mai..auni timi chai SLC nai diyera basa...SLC pass bhayera ni kyai hunna bela joho milawuna sakiyena bhaney..

hose purawunu hai....
 
Posted on 03-31-05 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

So the episode of Sanju's elope has been resolved. Sarubhakta might have some confusion, we should be alert of him. However, I have some doubt on what went with Aatme and Sanjy when dada giri was repairing the stove in the market? Or dada giri was confident that there would be nothing secrect since sanju became nechune? Papiman ke ke sochcha ke ke.

Keep on!
 
Posted on 03-31-05 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Harey. Bichara sanju. Kata kata pugna baaki cha ajha ? Nice piece dada. I am still waiting for you reply.
 
Posted on 03-31-05 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I was a silent reader of this Forum. Tara yo dada giriko kabya le malai lekhna badhya banayo. Very nice writing Dada Giri ... keep writing.
Pretty
 
Posted on 03-31-05 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"..However, I have some doubt on what went with Aatme and Sanjy when dada giri was repairing the stove in the market?.."

Hera hera hancguy ko man chhachalkeko....dada bro tyastai ke parcha ke parchha bhanera sanju lai lyamdai kheri nachhune parera lyayeka ke ta? Lyamna ta lyairathe kere nachhune parera tara Atmele jata tatai chhoyera...ram ram ram...

...bhaigo dadagiri bro lai nai bhanna dinchhu ma ta...
 
Posted on 03-31-05 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dadagiri ko lekhai ko ta pahile dekhi nai phyan. Mero bichar ma ke na kehi ramailo kura ajai baki cha dadagiri bhannu. I hope it doesn't end aburtly as before.
Sarubhakta pani gajab lekhnu hunda raicha.

I hope to read more. Yeh dil mange dherai.

IndisGuise:)
 
Posted on 03-31-05 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DeepBro: You have stopped writing for some reason these days...
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
nrn citizenship
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Informatica consultancy share
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters