[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Sanjuko Yaad Aayo

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 112231 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-26-05 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्जुको याद आयो

सन्जु काव्य
चतुर्थ भाग

"ओ हो! कस्तो जाडो यार! पुतली बजारमा त!" खलाँसी पनि लुग लुग काँप्दै थियो र भन्यो "ल! प्रगती नगर! प्रगति नगर!"
हामी गाडिबाट झरेम् र यसो कोठा खोज्नतिर लागेम्। पहिला पुग्ने ठाउँ भन्या उही त हो नि लोकराज काकाको डेरामा पुगियो।
बाग्लुगंबाट कुष्मा, पोखरा हुँदै काका फेरि पुतली बजार हुनुहुन्थ्यो, "घुम्दै फिर्दै रुम्जाटार" भन्या जस्तो।
सन्जु पनि काकाको पुच्छर त हो नि बरा अहिले पुतली बजारै थिई।
"कहाँ बस्ने, कहाँ ट्युसन पढ्ने सबै कुरा काकालाई सोध्नु! तेइ लोकेले ठेगान लगाम्छ!"" भनेर बुवाले पनि सल्लाह दिनू भाऽ हुनाले पहिला
हामी काकाको कोठाँ पुगियो।

*** *** ***

पुग्दाखेरि सन्जुले यसो गेस पेपर सेस पेपर हेर्दै थिई। हामेरुलाई देखी। हामेरु भन्नाले म र आत्माराम नि अब अरु को नै हुन्थयो र?
अनि सन्जुले यसो चिया सिया बनाई दुधै नहालेको कालो चिया टक्र्याई हामेरुलाई।
आत्मारामले भनिहाल्यो, "ह्या यस्तो कालो चिया दिन्छे।"
"अब म ह्याँ पुतली बजारमा गाई पालेर बस्दै छु कि क्या हो, खाऊ खुरुक्क कालो चिया।"
मलाई नि कालो चिया त मनै नपर्ने नि फेरि, तैपनि नकाराइकन एक सुर्पी तानेँ। मनै परेन, तीतो लाग्यो। छातीमा हात राखेर नढाँटी भन्दिम् भने मिठै थिएन के।

*** *** ***

हाम्ले स्कुले जिवनका गफगाफ गर्दै थिएम्, यत्तिकैमा काका नि आइपुग्नु भो।
काकालाई ढोग्न त परिहाल्यो त्यसैमाथि यसपाली त SLC परिक्षा नसकिने बेलासम्म के के आइलाग्ने हो काकासित धेरै सहयोग
पनि लिनु छ, ढोगेम् २टैले गोडाँ। काकाले ब्यगं हान्नु भो, "हैन, आज कताबाट भगवान आए?" ।

"काका अब हाम्रो ठेगान लागाइदिन पर्यो, कोठा सोठा नि खोज्दिनुस् अब हाम्लाई थाऽ छैन।" आत्मारामले गुनासो पोख्यो।
"ए! तेसको फिक्री नलेऊ तिमेरु, मैले ऊ पल्लो घरको गुरुकहाँ कुरा गरिसक्या छु। २टा केटा आउँछन् , तिनलाई तपाईँकहाँ राख्नी हो" भनीसक्या
छु। "पोहोर जिवन र खेमु बस्या कोठा हो। तिमेरु त्यहाँ भएसी यो सन्जुलाई नि सजिलो हुन्छ सँगै पढ्न नजान्या कुरा आदान प्रदान गर्न नि हुनी।"

हाम्लाई त के खोज्छस् काना आँखा भन्या जस्तो भो। २टै अर्थमा।

 
Posted on 04-11-05 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Harke dude,
Mero ma timile lekhe ko font ma kehi ni padna mildaina. chinese padya jasto huncha.

Dada le lekheko font ma chai padsakincha. Khai ke bhaneko ho... yeso dada giri le lekheko font ma bhanya bhaye bujthi or angreji nepali ma bhaneko bhaye ni hunthio. Lau na kasta garau.

Aiight. thanks.
 
Posted on 04-11-05 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Indi broda, maile kantipur font ma lekheko, traditional style. Ani dada bro le chai, unicode ma lekheko hola, romanized. The problem is mero computer ma unicode run bhayena, there is some kinda shittty problem with my computer. K garne nepal bata import gareko computer paryo kya. Kantipur font download gara na u can read it.


Sorry for that broda.
 
Posted on 04-11-05 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दादागिरी! भनम् न भनेको आफु कतातिर को? गाम्ले नपरेनि जिल्ला को हिसाबले छिमेकि परेम् जस्तो छ के! कस्तो लाखै रईछ। हि हि हि??लाखो? भनेर चाईं ठट्टा मात्र गरेको नि फेरि!

कथा चाइन्जो खुबई रमईलो छ। एउटै जिग्यासा के परो भन्देखुन्, अब सन्जुलाई पौडिन नआउनी रे?डुम चाईं क्यारी खेलिछे? बरु, गण्डकी चाईं कुन परो? काली?

लु, लु?अरु नि अघि बढाम्...भन्दैछु, यो चौतारिआँ टुरुक्क बसेर तिम्रो कथा कुर्दा कुर्दा गोडै कुँजी सको! धरै बेर् नकुराम् के!

आफ्नो त भाको एउटै लैनो भैंसी नि कता पुगो कता?आऽऽऽ, जता सुकै मुन्टोस्?भरै खोजम्ला?यता दादा को कथा नसुनेर को पो भैंसी को पिर गरी रन्छ! त्यो धोबिनी को च्यात्त्याऽऽ पेटीकोट् को कसम्!

 
Posted on 04-11-05 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Poonte dai bhannuhuncha
आफ्नो त भाको एउटै लैनो भैंसी नि कता पुगो कता?आऽऽऽ, जता सुकै मुन्टोस्?भरै खोजम्ला?यता दादा को कथा नसुनेर को पो भैंसी को पिर गरी रन्छ! त्यो धोबिनी को च्यात्त्याऽऽ पेटीकोट् को कसम्!
----------------
America ma लैनो भैंसी kuru fuskiyo jasto cha ni poonte dai.
just in jest.
 
Posted on 04-11-05 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लैनौ भैंसी र कोरेली पाडी बीचको फरकवारे पुन्टे दाईले ह्यान्सीगाईलाई वताइदिन प-यो अव ।
शव्दालंकारको कुरा मात्र हो , यसमा कुनै अन्यथा नलिअम है Hancy guy bro.
 
Posted on 04-11-05 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टुरे ब्रो!
भनिहालेँ नि अब गण्डकी नै हो ? काली? हो। ?माली? गण्डकी पनि छ र? रे क्या!
कुन जिल्ला पर्यो र ब्रो को? कालिपारे त परेनौ? हामी स्याग्जां के। कथामा १२ ठाममा आइसक्यो भुनेर नबोलिबस्या।
अनि ईण्डी र हर्कु, हेर्दै जाऊ, सुन्दै जाऊ, पलेँटी कस्दै जाऊ, अझै बाँकि छ २,४ अध्याय।
लास्टाँ के के हुन्छ हेर न।
ह्यान्सिगाइ, नयाँ प्रयोककर्ता, ल ल लैनो भैँसी कोरेली गाई के के नि अब मुइले बुझिन कुरो। त्यही नि बुझेँ मान्दिम्न, रे क्या।

 
Posted on 04-11-05 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादागिरी ब्रोको प्रगति देखेर वहुतै खुसी लागिराछ मलाई त । मलाई खुसुक्क टेलिफोन नम्वर दिने हो भने भर्खरै घण्टी वजाइहाल्ने थिए । आफ्नो गामठामका मान्छेसंग टेलफोनमै सहि भलाकुसारी गर्न मन लाइराहन यार मलाइ त । धरोधर्म ।
 
Posted on 04-11-05 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै खुशी लाग्यो न्युयुजर ब्रो!अब बुइनीहरुबाट नि आउला, हैन? अब बल्ल मरमजा हुने भो, रे क्या! यहाँ आम् गफ गरम्ला एम् एस् एन् मा।
dada_giri@hotmail.com asish_poudel@hotmail.com

फोनै हान्नी हो अम्रिकादेखि?
८१-९०-६००६-४०८५ बेलुकापख हानम् जापानको अनि भनम् है "दादा गिरी! म साझाको फलानो" भनेर।

अरु कसैलाई नसिकाम् है, रे क्या!
 
Posted on 04-11-05 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा गिरी जी,

तपाईंको लेखाई हेर्दा डाड लागेर आउंछ । कताकता भित्र-भित्रै उकुस-मुकुस पनि हुन्छ । आफूलाई पनि लेखुं लेखुं जस्तो लाग्छ । तर के गर्नु यो अन्जान ओकेको कता ढंग पुगोस् त्यति राम्रो लेख्नलाई ।

अनि कथाको कुरा चाहिं नगरम् होला यहां । गिरीजीको कथाले आफ्नो पुरानो घाउलाई फेरी बल्झाई दियो । सन्जुको कथा सकिए पछि मेरी मन्जुको कथा पनि भन्ने कोसिस गर्ने छु । तर खै राम्रो लेख्ने ढंग नै छैन ।

छिट्टै अर्को सन्जु अध्यायको पर्खाईमा छु ।

----------
ओके
 
Posted on 04-11-05 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, त्यस्तो पो? माली नै त हैन, अब सेती सम्म पर्न सक्थ्यो नि त! तर स्याङ्जा भनेसि त काली नै हुनु परो।

आफू चाईन्जो तिम्रो काली पारी नै त होईन, साईड मा भनम् क्यार। पारी त पाल्पा पर्दो हो। हाम्तिर चाईं स्याङ्जा पट्टी भनेको म्हुमी र साँखर पर्छ। अलि बिकटै छ, त्यसैले था नहुँदो हो।

अनि फेरि, आफू परियो बोको ? बन्धूलाई चाहिएको थियो होला बाख्री। त्यसैले त्यो बिजुली-पत्र चाईं नपठाम् होला ? फेरि करेन्ट लाग्दो हो। फोन गरियो भनेनी कानै चिरिन्दो हो, बोकाको श्वर सुनेर! हा हा हा बरु, तरुणीहरु सँग मिलेर बसेको भए खबर पाम् क्यार, अनि टक्क्र्याम्ला आजै फोन ?हजुर, हजुर? भन्दै!

लु लु, अब फेरि नकुराम् धेरै??काकाको छोरीलाई कै गर्न भएन? भन्या जस्तो लाथ्यो अघिल्लो अध्यायमा कतातिर हो?अहिले मच्चिन्दै के के कुनिती लेर पौडी खेल्न थाल्या छौ, ठूला, होश गर है?फेरि कता म्याग्दी पुगेर बितायौ भने पाप लाग्ला, पाप! कोडी लाएर मर्न पर्ला है! :p बरु, आत्माराम ले नै बिताको होस्, कसैले बिताउनी नै भए!

 
Posted on 04-12-05 3:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma baseerakheko chu paletee kasera,mussu mussu hasdaai ful haat ma liyera
kathha sunna lai..:)
 
Posted on 04-12-05 4:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks dadagiri bro.
But when I called the above number at 8.05 Japan time, there was an automated reply in a lady voice which went like- kachirawa den den blah blah. Anyways shall call u again tonight. and yeh I have added you in my msg. have a good day.
 
Posted on 04-12-05 4:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*20.05 japan time rather
 
Posted on 04-12-05 4:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>धेरै पौडियो, १० वर्षे स्कुले जिन्दगीमा तर यति रमाइलो भाऽ आज पहिलो पटक हो भने नि हुन्छ ल।
---के हो सन्जुसंग लप सप पर्न लाग्या जस्तो छ है दादाको.....ल ल बधाइ छ दादा ब्रो

>>रातभरि त्यो दिन कैले आउला भनेर म कुर्दै थिएँ।
--- अब त केहि होला नि गाँठे....कि यस्पाली नि ट्राजेडि किंग.....हाहाहाहाहाहाहा

>>>मैले घराँ कोइ पनि नभऽको बेला पारेर १ पाथि मकै चोरेर बेचेँ।
---मैले नि कुनै जमानामा बाउको खल्तिबाट पैसा चहोरेको थें.....पुराना दिन याद आयो.......:O)

ल ल अरु नि पढ्न पाम् चाँडै
शुभचिन्तक,
निर्माण
 
Posted on 04-12-05 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ के जी,
ल ल यो १५ अध्याय मा सकिन्छ १, २ दिनमै, अनि तपाईँको सुन्नी है त मञ्जु काव्य। बल्ल मेरो फुल लिएर सुन्नी पालो आउँछ।

पुन्टुरे,
ए! कुरा त्यसो पो! बल्ल बुझीँ।

न्यु युजर ब्रो!
यसो भने होला, ?कोचिरावा बोडाफोन देस। ओकाकेनि नात्ता देन्वावा देनगेनगा हाइत्तेनाइका देन्पागा तोदोकानाइ बास्यो नि इरास्सयारुका काकारिमासेन। सिबाराकु सितेकारा मोउइचिदो काकेनाओसिकुदासाइ!? भने होला नि।हो, त्यही हो भाऽको मोबाइलको चार्ज नै सक्किया रेछ। घर पुगेर चार्ज गरेँ।आज त उठ्ला त्यै ट्यामतिर वा अलिक पछि।

रुइनू,
बुकी फुल त कानमा पनि सिउरिछेऊ नि। आ हा! कति राम्रो (फुल), रे क्या! । मिलाएर बुझम्।

निर्माणजी, धन्यबाद विश्लेषण गर्दिने कस्ट गरेकोमा। मलाई त्यस्तो टिप्पणी मुन पर्छ।
 
Posted on 04-12-05 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सञ्जु काव्य
अध्याय १३
अँ अनि मैले घराँ १ पाथि मकै चोरेर एउटा खच्चरवालालाई बेचेँ। त्यतिखेर जुग्लेबाट कुष्मातिर जाने खच्चर थिए के २,३ दर्जन जति। मैले र आत्मेले जम्मैलाई चिन्या थिएम्। हाम्रा दोष्ती बनिसक्या थिए ती खच्चरवाला केटाहरु। आत्मारामले नि घराँ थाऽ नपाउने गरी खच्चर चराएर पैसा जोड्या रैछ, पछि थाऽ लाग्यो मलाई तेल्ले भनिसकेसी। घराँ थाऽ पाए त मार्छन् नि फेरि। ?किन खच्चर चराउन गइस् बेइजेती ? भन्छन् नि ।काम गर्न त काँ हुन्छ र, इज्जत जान्छ नि , हैन?

आज घुम्न जानी भनेर हामेरु विहान उठेर स्कुलमुनि पुगेर कुरेम् सञ्जुलाई।यताउता निस्किने बेलाँ ढिलो गर्ने त बानि नै हो के सञ्जुको फेरि, घरि के हराउँछे घरि के हराउँछे।निस्किसकेसि एक पटक फर्किनु पर्छ त्यसलाई जैले नि त्यस्तै हो।

एकैछिनमा सञ्जु पानि हस्यागं फस्यागं गर्दै आईपुगी र मलाई फ्याट्ट हानीर भनी, ?ल हिँड ढिला भइसक्यो?।
"हेर न, जुन चोर उसको ठुलो स्वर! तैँ त होस् नि ढिलो गर्नी।? भन्दै अगाडि बढेम्।

*** *** ***

काकाको कोठाँ पुगेर सञ्जुले सामान राखी , अनि हामेरु गुरुकहाँतिर जानी भनेर हानिएम्। ?गुरु? त रहिन्छन्, क्या बोर भो, भेट्नै पाइएन बुढालाई।
*** *** ***
काका कोठाँ फर्केसी हाम्रो योजना सप्पै सुनाएम्।काका केही बोल्नु भे न।
रातभरि एकातिर सञ्जुलाई जान दिँदैनन् कि बुढाले भन्ने परि र्कोतिर यताबाट आत्मेले पेलेको छ उताबाट गोबिन्दले पेलेको छ, मलाई त क्या बोर।
*** *** ***
विहाना उठेसी काकाले भन्नुभो, ?अहिले तिमेरु जाओ के रे घुम। सञ्जु भोलि पर्सितिर घरै आउँछे।?
हामी रित्तो मन लिएर निस्केम्।
प्रगती नगरसम्म सञ्जु हाम्लाई पुर्याउन भनेर आई र भनी ?पर्सी स्कुलको, तिजको नाटकमा त रमाइलो गर्नु पर्छ।?
?खाने मुखलाई जुगांले छेक्दैन। मजाले घुम्नी हो केटा हो। ? मैले केटाहरुलाई शान्त्वना दिने प्रयास गरेँ , आफ्नो मुटुबाट भने भक्कानो छुट्ला जस्तो भाऽ छ फेरि।

*** *** ***
बागलुगं बस पार्कमा पुगेसी, गाडि कुर्दा कुर्दा पाइनी हैन। कस्तो कुदिन पर्या रे छ नि आज त। हामी यताउता घुम्दै गरेम्, फर्केर आम्दा एउटा गाडि त छुटिहाल्यो त्यो पनि प्याक नि अब छतमा नि थिए २,४ जना त।
अब त ढिला हुन्छ भनेर हामी ट्याउसीमा गइयो।
माथि उकालोमा पुगेसी एक ठाममा त तान्नै सकेन नि ट्याउसीले। हामी झरेर घच्याटेम्, अरु २ जना ठिटाहरु नि थिए। एउटाले भान्जी काखमा लिएको थियो। तिजमा दिदी लिन गेऽर दिदीको फुर्सद नमिल्या हुनाले भान्जि मात्र काखमा लिएर फर्क्या रैछ। हाम्ले तिनेरुका कुराबाट बुझेम् नि।
ट्यासी ओरालोमा त हुइकियो। गित पनि गुञ्जिदै थियो ड्राभर साऽपको क्यासेटबाट।

?मुटु छुने लुम्लेको हावाले, हावाले
... ... ...?

To be contd.


 
Posted on 04-12-05 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kuro yeso uso, yeso uso garyo, tragedy ma nai puraucha bhanya yo dada giri bro le pani haay. K ho dada bhayena ni yaar. Tyo kuro chai jahile pani tragedy ma matra kina ho bhaneko lau na, dheyt terika.....................
Malai ta dada ko tragedy dekhera pani tyo hamro k bhanchan ni, hmmmmmmmmmmmmm............... k po bhancha tellai, Romeo po ho kyara. Ho tesko yaad aaucha bhanya.

Yeso uso, yeso uso mula "FAKKA'" .

Lau dada ko jai hoos

harkeDai
 
Posted on 04-12-05 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सञ्जु काव्य
अध्याय १४

मालढुगांमा पुगेसी ट्याउसी पनि रोक्यो र अरु २ जना ठिटाहरु भने त्यँही झरे। तर हामी चाँहि माथि बाग्लुगं बजार पनि हेरम् भन्ने मन भएकोले झरिएन। बाग्लुगंबजार पुगेसी हामीहरु झरियो ट्याउसी बाट र पैदल हिँड्न थालियो। बजार हेर्दै हेर्दै अगाडि बढियो। बजार सकिएसी
हाम्रो अगाडि खच्चरहरुको ताँती थियो, पछाडि एकजना पथ पर्दरशक दाइ विदेशी पर्यटकसित अगांलो मार्दै मार्दै अघि बढ्दै थिए। हाम्ले तिनीहरुतिर यसो हेरेम् अनि फेरि आँफैलाई लाज लाग्यो र अनि आफ्नै धुनमा व्यस्त हुन थाले जस्तो गरेम्।
बजार भन्दा अलि तल्तिर पऽर पुगेसी कालीको किनारमा एउटा सानो चौतारी आयो। हामीले यसो थकाइ मार्ने चेस्टा गरेम् र त्यहीँ वर पिपलको छहारीमा ढुगांको धुलो सुलो यसो फुकेर उडाउँदै थचक्क बसेम्।
यसो पारितिर हेर्या त गण्डकी पारि मोटर बाटो खन्ने क्रम जारी रहेछ। तर गति भने एकदमै कम नि अब के भन्नी हाम्रो देशको विकाशको गति न हो, सप्पैलाई था भएकै कुरा हो, कस्लाई के भनम् मनको बह कसैलाई नकह।
*** *** ***
एकै छिनमा २ जना बुइनीहरु पछाडितिरबाट आइपुगे। अनि एउटीले भनी, "एकछिन बसम् क्यारे, कस्तो थकाइ लाऽ नि, अहिले नै यतिका बाटो बाँकि नै छ।"
मैले नि यही हो मौका भनेर चौका हानिहालेँ।
"बस्नुस् बस्नुस् बुइनीहरु, एकछिन शित्तल तापेर जाम्ला सँगै सँगै।"
एउटा बुइनीले सकारात्मक हुँदै खिस्स हाँसी र झोला बिसाई। अर्कीले नि स्याल भाका मिलाई।
"दाजूहरु काँ सम्म पुग्ने नि?"
मैले भन्दा पहिले आत्मारामले उछिनेर जवाफ दियो,
"म्याग्दी।"
"म्याग्दी रे, म्याग्दी त यो पनि म्याग्दी नै हो। ऊ परको खोल्साबाट म्याग्दी शुरु भइसक्यो।"
अर्की बुइनीले जिसक्याइदिई हामेरुलाई।
"भनेसी वहाँहरुको गन्तव्य यहीँ हो। हामी त टाढा जानु पर्ने जाम् निर्मला। "
"हैन के, बुइनी बेनी बजार जान लाऽ भन्न खोज्या के। बेनी बजार जान ला के, यसो तपाईँहरुको गामतिर डुल्न निस्क्या नि।" मैले उनीहरु हिँडिहाल्ने स्थितीलाई नियन्त्रण गर्न खोजेँ।
 
Posted on 04-12-05 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निर्मला भन्ने त कति राम्री भने के भन्नी अब वयान गर्नलाई शब्द नै छैन मसित। सेऽता टमक्क मिलेका र सुकिऽला दाँत अनि खिसिक्क हाँस्दाखेरि गालामा सानो खाल्टो पर्ने, नहाँसिकन बोल्नै नजान्ने फेरि । हुन त अर्की बुइनी पनि राम्री नै हुन् कस्तो काऽलो र लामो नि केश, निधारको टिकी र नाकको फुली कस्तो सुहाको नि, अब के भन्नी।
यत्तिकैमा मलाई तिर्खा लायो अनि पानी खाम् भनेर मेरो बोत्तलबाट पानी निकाल्दै थिएँ। निर्मलाले आफ्नै शुरमा भनी, तिर्खा लायो सलिना। उसले मलाई सुनाउन खोज्या त हैन, संयोग नै हो यो चाँहि म किटेरै भन्दिन्छु ल।
मैले, पानी पिउनुहुन्छ, भनेर यसो अगाडि हात बढाएँ पानी भने धेरै थिएन बोत्तलमा। उसले त्यसको हिसाब राखेरै होला, अलिकति मात्र अलक्क पीऽ र कोइलीको जस्तो सुमधुर अनि सुरीलो स्वरमा भनी ।
"धन्यबाद, चीऽसो पानि रे छ।" तर पानी चिऽसो त हैन, मन तातो नै भइसक्या थियो। तर मसित सुहाउँदो जवाफ नै भएन र चुप लागेर बसेँ।
"ऊ माथि होला झरनाको चिसो पानीको धारा त ।" गोबिन्दले कुरा मिलायो, "त्यतै पिउँला अब झरनाको चिऽसो पानि" भनेर सँगै सँगै हिड्ने बाटो पनि निकाल्यो।
*** *** ***
आत्मारामले चालै नपाइकन गीत पो गुन्गुनायो त।

झरनाको चिसो पानी,
बाँधेर बाँधिदैन,
छेकेर छेकिँदैन,
झरनाको चिसो पानी ...

"हजुरलाई त गित राम्रो आउँछ जस्तो छ नि एउटा गित सुनाउनु भए हुन्थ्यो।" सलिनाले आत्मारामको प्रशंसा गरी। आत्माराम त मख्ख नि अब उनीहरुको गीतको फर्माइस पाएर।
आत्मारामको नाँक साँक फुलेर एक मानाको भयो।

हुन त आत्मारामलाई रेडियोबाट आउने गीतहरु सप्पै याद हुन्छ, मलाई भने कता छेऊ कता टुप्पा हो यादै हुन्न।उसले गीत मुखुडाबाटै गाएर सप्पै सुनाउन सक्थ्यो। दीऽ हाल्यो।

जोमसोगैँ बजारमा,
१२ बजे हावा सररर,
होऽऽ हजुर घर हाम्रो पोऽऽखरा,
अझसम्म भाऽ छैन घरबार ...

"बुइनीहरु काँ पुगेर आउनु भा नि यता?"
"बजार गाऽ नि बाग्लुगंसम्म।"
हामी बिस्तारै अघि बढियो। प्रसंग प्रसंग मिलाएर सलिनालाई नि गोविन्दको अनूरोध गयो भनम् न। गीतै सुनाउने। तर मानिन, "आउँदैन के दाजू, आउँदैन के नत्र भन्नी थिँए। कस्सम भन्नी थिएँ। रामो राम मलाई गीत भनेसी पटक्कै आउँदैन। बरु निर्मलालाई आउँछ नि सुनाउन लाउनुस् न।"
हो र निर्मलाजी, तपाईँलाई त खुब गीत आउँछ रे नि, तपाईँ कै मित्र सलिनाजीले भन्नु भाको। निर्मला आत्मारामसित कुन्नि कुन कुरामा हो ब्यस्त नि अब। कुरै सुनिन गोबिन्दको त।
गफ बढ्दै गयो। गोबिन्दको अर्को अनूरोधपछि सलिनाले बल्ल बल्ल मुख उप्काइ।

बेनीको बजार,
जता माया उतै छ नजर,
किरे मिरे जाले रुमाल ...

 
Posted on 04-12-05 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी बाटोमा चिया सिया खाँदै बस्दै रामउँदै अघि बढियो ५चै जना। बाटोमा घरि साना घरि अलि ठुला गरी थुप्रै खोल्साहरु पनि परे। मैले निर्मलाको हात समातेर तार्दिएँ ।रमाइलो पनि कति भएछ कुन्नि समय पनि बित्दै गएछ, बाटो पनि कट्दै गएछ, तर एकदम सानो गतिमा।
म्याग्दी बजार आउने बेलामा त झमक्क साँझ परेर आयो अनि पानी पनि दर्किन थाल्यो। हामी केटाहरु कुनैसित पनि छाता साता थिएन तर बुइनिहरु भने कस्ता सोजिला नि छाता रे छ छाता त, एक एक वटा छाता झोलाँ राख्या रे छन् मोरीहरुले। पानी मजाले परेसी बल्ल निकाले।
झोलाबाट छाता निकालेर ओढ्न थाले। *ल हजुरहरु त पर्नु भो फेला। बाँडेर ओढौँ न।*
म निर्मलाको छातामुनि र उनीहरु सलिनाको छातामुनि पसियो।
कस्तो साइत मिल्या रे छ नि आज त।
निर्मलाको नजिकै परेसी थाऽ लाग्यो कस्तो मिठो वासना आइराऽऽ । के लगाकी रै छे कुन्नि। अझ हातमा एउटा राम्रो किरे मिरे बुट्टा भरेको रुमाल पनि लिएकी थी।
छाताले काँ भ्याउनू नि २, ३ जनालाई। पानीले मात्र हैन मलाई त हिलोले पनि छ्याप्यो भन्या चालै नपाइकन काली गण्डकीको तिरमा कताबाट उछिट्टिएर आएछ हिलो पनि कुन्नि।
मैले यसो हिलो पुछ्न के खोज्दै थेँ निर्मलाले आफ्नो हातबाट त्यो रुमालले पुछ्न मद्दत गरी, त्यस्तो राम्रो रुमालले हिलो पुछ्न त मनै लागेन मैले नि अनूहारको पसिना पुछिदिएँ, म त हर्षले बिव्हल नि।

आज त अब के भन्नी यस्तो शूभ दिन।
*** *** ***
यसो त्यसो गर्दा गर्दै बेनी बजार छिर्ने बेलाको म्याग्दि खोला माथिको पुल पनि आइसक्यो र बजारको बत्तिको प्रकाशले हाम्लाई उत्साह दियो।
पुल तर्ने बेलाँ मैले सुटुक्क केटाहरुलाई भनेको थिएँ, आज सप्पै सँगै एउटै होटलमा बस्नुपर्छ केटा हो। केटाहरुबाट खासै प्रतिकृया आएको थिएन तर पनि उनीहरु धेरै उत्साहित थिए। मलाई थाऽ थियो उनीहरुको खल्ति सल्ति रित्तो छ भन्ने कुरा, अघि नै ट्याउसी भाडा तिर्ने बेलाँ पर्स सर्स टकटक्याउन परेको थियो तिनीहरुले त।
*** *** ***

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters