Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Sanjuko Yaad Aayo

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 111979 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-26-05 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्जुको याद आयो

सन्जु काव्य
चतुर्थ भाग

"ओ हो! कस्तो जाडो यार! पुतली बजारमा त!" खलाँसी पनि लुग लुग काँप्दै थियो र भन्यो "ल! प्रगती नगर! प्रगति नगर!"
हामी गाडिबाट झरेम् र यसो कोठा खोज्नतिर लागेम्। पहिला पुग्ने ठाउँ भन्या उही त हो नि लोकराज काकाको डेरामा पुगियो।
बाग्लुगंबाट कुष्मा, पोखरा हुँदै काका फेरि पुतली बजार हुनुहुन्थ्यो, "घुम्दै फिर्दै रुम्जाटार" भन्या जस्तो।
सन्जु पनि काकाको पुच्छर त हो नि बरा अहिले पुतली बजारै थिई।
"कहाँ बस्ने, कहाँ ट्युसन पढ्ने सबै कुरा काकालाई सोध्नु! तेइ लोकेले ठेगान लगाम्छ!"" भनेर बुवाले पनि सल्लाह दिनू भाऽ हुनाले पहिला
हामी काकाको कोठाँ पुगियो।

*** *** ***

पुग्दाखेरि सन्जुले यसो गेस पेपर सेस पेपर हेर्दै थिई। हामेरुलाई देखी। हामेरु भन्नाले म र आत्माराम नि अब अरु को नै हुन्थयो र?
अनि सन्जुले यसो चिया सिया बनाई दुधै नहालेको कालो चिया टक्र्याई हामेरुलाई।
आत्मारामले भनिहाल्यो, "ह्या यस्तो कालो चिया दिन्छे।"
"अब म ह्याँ पुतली बजारमा गाई पालेर बस्दै छु कि क्या हो, खाऊ खुरुक्क कालो चिया।"
मलाई नि कालो चिया त मनै नपर्ने नि फेरि, तैपनि नकाराइकन एक सुर्पी तानेँ। मनै परेन, तीतो लाग्यो। छातीमा हात राखेर नढाँटी भन्दिम् भने मिठै थिएन के।

*** *** ***

हाम्ले स्कुले जिवनका गफगाफ गर्दै थिएम्, यत्तिकैमा काका नि आइपुग्नु भो।
काकालाई ढोग्न त परिहाल्यो त्यसैमाथि यसपाली त SLC परिक्षा नसकिने बेलासम्म के के आइलाग्ने हो काकासित धेरै सहयोग
पनि लिनु छ, ढोगेम् २टैले गोडाँ। काकाले ब्यगं हान्नु भो, "हैन, आज कताबाट भगवान आए?" ।

"काका अब हाम्रो ठेगान लागाइदिन पर्यो, कोठा सोठा नि खोज्दिनुस् अब हाम्लाई थाऽ छैन।" आत्मारामले गुनासो पोख्यो।
"ए! तेसको फिक्री नलेऊ तिमेरु, मैले ऊ पल्लो घरको गुरुकहाँ कुरा गरिसक्या छु। २टा केटा आउँछन् , तिनलाई तपाईँकहाँ राख्नी हो" भनीसक्या
छु। "पोहोर जिवन र खेमु बस्या कोठा हो। तिमेरु त्यहाँ भएसी यो सन्जुलाई नि सजिलो हुन्छ सँगै पढ्न नजान्या कुरा आदान प्रदान गर्न नि हुनी।"

हाम्लाई त के खोज्छस् काना आँखा भन्या जस्तो भो। २टै अर्थमा।

 
Posted on 04-17-05 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

4/5 barsha agadi Nepal mai bhetdaa Ranju le euta jungamoothe logne ko pakhura samaudai 1 barsha ko Ghokre chhoro liyera hidya dekhya thiye...........

Ranju le Joogamoothe logne ko pakhura samayera k bho ra?......Gori ko pakhura ta afu le ni samayekai chhu ni , tara afno chai ghokre chhoro ahile nai paune sursar chhaina hai sajhabasi ho....(Childcare tirna parchha kya, khusukka bhandiya ni!)
 
Posted on 04-17-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कालो भाले लाई नदेख्या त धेरै भो, मैले त दादागिरी ले काटेर खाएको हो कि भन्या त आज फेरि दैलोनेरै कुखुरी काँ गर्छ त बा।

होइन, घरैमा पोथी ल्याई दिन्छु भन्दा भन्दै दुनियाँ का पोथीका पछि लाग्दै हिड्नु पर्छ?
डहर डहर बास्दै हिड्दा कुन दिन स्याल ले टिपिक्क टिपेर हिड्छ , अनि
:)
-सरु
 
Posted on 04-17-05 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Saru ji yaar,
Long time no see yaar..........k ho ajkal k ma busy ho?
 
Posted on 04-18-05 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

)क) काव्यमा यो गीतको प्रयोग किन अस्वभाविक छ?
जोमसोगैँ बजारमा, १२ बजे हावा सररर,
होऽऽ हजुर घर हाम्रो पोऽऽखरा, अझसम्म भाऽ छैन घरबार ...
--अब त्यो चाहि हाम्रो इतिहासको विद्यार्थी चिप्लेढङ्गासंग सोध्नुहोला।

Nirmanji,

Kaxya 8 dekhi itihaas bhaneko khas padhdai napadheko manche lai kaha bata itihaas ko bidhyarthi banaidinu bhaeko? Taipani afno thaplaa paryaa bhari lai bisaune prayas gardai chu hai.

Pahilo aswabhawikta ta maile pahile nai aulyaeko thie. Katha chahi Panchayat kaal ko cha, geet chahi Panchayat dhaleko testai 6-7 barsa pachi ko cha.

Arko kura chahi, Syangjali le "ghar hamro Pokhara" bhani gaeko. Baru "ghar hamro Putali Bazaara, ahile samma bhaa chaina ghar baara" bhaneko bhae ali suhauthyo ki.

On another note, Nirman ji ko yatra sansmaran ko banki bhaag pani chitai jaos hai, ramro cha tapai ko lekhai pani.
 
Posted on 04-18-05 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद चिप्ले जी....त्यो प्रश्नको उत्तर त्यस्तै सान्दर्भिक लागेर मात्र लेखेको हुँ अन्यथा नलिनुहोला। जे भएनि म त पास रे.....अब म नि दादा जस्तै लेखक बन्ने।;-P।
दादा अरु नि जावस् न हो।
उहि शुभचिन्तक,
निर्माण
 
Posted on 04-18-05 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्दरी

साढे ८ जति भइसक्या थियो, म तैपनि गाडि पाइन्छ कि भन्ने झिनो आशा लिएर बसपार्क पुगेर यसो रुमल्लिँदै थिएँ । पऽर खालाँसीले भन्यो, ल काठमाण्डु, काठमाण्डु, साढे ७ को गाडि छुट्नै लाग्यो।

म हस्याङ् फस्याङ् गर्दै दौडेर गाडिमा हाम्फालेँ। १ घण्टा भे पनि नाफा हुने भो भन्दै म त मख्ख परेँ। गाडिभित्र छिरेर यसो यताउता हेरेँ, सिट खालि छ कि भनेर। पाङ्ग्रांमाथिको एउटा सिट खाली देखेँ। म त्यहीँ गएर बसेँ मजाऽले। झ्यालतिर बस्ने मन थियो, ढिलो आउने माझमा सुत्ने भन्या जस्तो के पाइन्थ्यो छेउको सिट त, खासै राम्री त हैनन् तर एउटी दिदी बसिसकेकी रहिछन्, के गर्नु साइत पर्या भन्ने कि बिग्र्या भन्ने।
गाडि हुईकिदै गयो, म पनि हुइँकिदै गएँ। मलाई के गरौँ, के गरौँ लाग्यो, अनि यसो सम्झ्या त युवाहरुको मासिक खुराक मेरो झोलामा थियो। अघि भर्खर बस पार्कमा बलबान छाप खैनी किन्न जाँदाखेरि किनिहाल्या थिएँ। बल्ल पो सम्झना आयो।

झोलामा यसो छाम्छु त मेरो चस्मा नै छैन। पाकेट मारियो भनम् भने पर्स छ खल्तिमै। के भन्ने उमेर छँदै यी आँखा कमजोर भएर चस्मा लाउन
पर्ने मलाई। झोलामा छामेँ, चस्मा सस्मा हात पर्दैन। काईँयो लगाएर भएन। अघि गाडि भेट्न हस्याङ् फस्याङ्ग गर्दै दौडिँदाखेरि खसेछ क्यार, भनेर मनै खिन्न भो। तेइ नी हेरम् अलि अलि ठुल्ठुला अक्षर त देख्छु नि भनेर यसो पढ्दै गर्या त छेऊकी दिदीले, यो चस्मा भाइको हो, भनेर टिपेर दिइन्। तल झर्या रैछ सिटमुनि, झोला छाम्दा छाम्दै।
धन्यबाद, भनेर भने, अनि फेरि चस्मा लगाऽर युवामञ्चतिर आँखा गाडेँ।
एउटा दुइटा मुक्तकमात्र हरिसक्या के थिएँ, गाडि रोक्यो त्यो विजयपुलमा आएर, किन रोक्यो यो खोलाको छेउमा गाडिलाई पानी ख्वाउन लाग्या त हैन भन्या त, हो रे छ। पानीले यता छ्याप्यो, उता छ्याप्यो, धुलो सुलो सप्पै पखालेर अनि हिँडायो। झ्यालको चरबाट तिनै झ्यालतिरकी दिदीलाई पनि पर्यो एक दुई थोपा। बल्ल ठिक भो भने मनमनै।
 
Posted on 04-18-05 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पऽर डाँडाको नाक पुगिएछ, गाडि त फेरि रोक्यो। किन रोक्यो डिजेल सिजेल हाल्न खोज्या होला नि भन्या त एक हुल चढे। एउटी बुढी आमा टिकट हेर्दै हेर्दे मेरो नजिकै आएर, २२ लम्बर भन्या थ्यो, बाबु यो लिस्टो हेर्देऊ त बा कुन हो मेरो सिठ, भनिन्। यसो
हेर्या त यो त मै बस्या सिट पो परेछ। क्यारम त नि उठ्नै पर्यो, अनि बिस्तारै उठेँ।

अनि खलासीलाई बोलाएँ, ऐ दाइ, म त टाढा जाने मान्छे सिटै चाहिन्छ, नत्र जान्न है भन्दिया छु। भन्दिएँ घुर्की लाउनलाई।
पख्नुस् न भाइ, सिट मिलिहाल्छ नि एकछिन पछि, भन्यो। अनि झिनो आशा लिएर त्यँही त्यो डण्डीमा अडेस लगाऽर फेरि पढ्दै गरेँ।
अनि यसो त्यसो गर्दा गर्दै खैरेनी पनि आयो, है। अघिकी बुढी माऊ त झरिन्। लिस्टो हेर्दाखेरि नै मलाई थाऽ लाग्या थियो, त्यसैले त त्यही सिट रुँगेर बस्या नि। त्यहाँ पनि फेरि एक हुल चढे। म बस्न एक मिनेट मात्र ढिला भा भे त सिटै खत्तम हुने नि। म मनमनै रमाउँदै फेरि तेई किताब खोलेर हेर्न थालेँ।

नयाँ हुलमा एउटी बुइनी थीन्, अघि मैले अडेस लगाको डण्डीमा आएर अडेस लगाइन्। लाहुरे अनि एउटी दिदी र बच्चा पनि थिए। सिट बच्चावाला दिदीलाई दिम् कि जस्तो पनि लाग्यो। मनमनै के गर्नु बस्न नलेखेको भनेर उठेँ, दिदी यता बस्नुस्, भन्या त उतापट्टि खलाँसीले सिट मिलाइसकेछ। ठिकै भो भन्दै फेरि बसेँ।

त्यो बुइनी त साह्रै राम्री, के भन्नी। सलक्क परेकी, बाटुलो अनूहार, थेप्ची पर्या नाक। खै के को हो कुन्नि मगमग वासना आयो उसको शरिरबाट।
त्यो लाहुरे दाइले भने कुखुरा हातमा च्याप्या थियो, कहाँ जान लाग्या हो, कुन्नि। गाडि दौडीँदै जाँदा जाँदा एउटा गहुँ गहुँले भरिएको फाँट हुँदै अगाडि बढ्दै थियो।
बाँदरले त गहुँ सहुँ मज्जाले खाइराहा भन्या, कस्तो मजासित। अनि त्यो लाहुरे दाइले हेर्दे भन्यो, ओ हो, बाँदर रे छ ल। कस्तो ठाऽऽरो भइर उब्बेको २ खुट्टाले। भनेर झ्यालबाट हेर्दै थियो। त्यो बुइनीले पनि हेर्छु भनेर यसो तल निहुरिएर झ्यालतिर हेर्न
आँट्या त मेरो टाउकोमा पो स्पर्स दिन्छ बा, उनको शरिरले।
बुइनी त लाजले भुतुक्कै, मलाई पनि लाज लाग्यो तर मनमनै भने खुसिले गदगद भएँ।

अनि एकछिन पछि लाहुरे दाइले पनि सिट पाएछ। बुइनीमात्र उभिराऽऽ र मेरो किताबतिर हेर्दै थी।
मैले पाना फर्काउँन लाग्या त, पख्नुस् न, पो भन्छे।
मैले हेर्नुहुन्छ, मैले त हेरिसकेँ। भनेर बुइनीको हातमा दी हालेँ त्यो युवामञ्च। बसम् न मिलेर भनेर मैले २ जनाको सिटमा ३ जना बस्न खोजेँ, छेऊकी दिदीले यसो आँखा
तर्दै थिन् तैपनि जसो तसो ३नै जना अटियो।
भर्खरको बुइनि नि १६,१७ को काउकुती लाग्दो उमेरकी। हुन त म पनि १८,१९ मात्रै थिऐँ। काठमाण्डुमा यसो क्याम्पस जाने बेलाको कुरा नि।
बुइनीहरुपनि काठमाण्डुसम्म पुग्ने, भनेर सोध्दिएँ।
हैन पल्लो खैरेनीमा झर्ने, मनकामना जान हिँड्या के, भिनाजु र दिदीहरु सबै मिलेर। बुइनीले जवाफ दिई।

 
Posted on 04-18-05 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मगरको छोरी, कस्तो मिठो बोली। अनि गफगाफ हुँदै गयो सप्पै कुरा गर्दे गर्दै अगाडि बढियो।
उनले कहाँ पढ्नेदेखि लिएर उनको दाइ, भाउजू सिन्गापुर दिदी, भिनाजु हंगकगंको लाहुरे रे छन् भन्ने कुरासम्म सप्पै थाऽ भो।
कुरा गर्ने क्रममा मैले चोर आँखाले हेर्थेँ उनको त्यो हँसिलो मुहार, लजालु मुस्कान।

तर के गर्नु तिनीहरु झर्ने ठाँऊ आइहालेछ पत्तै नपाइकन। जाने बेलामा बुइनीले, ल है त दाजू, भनेर बिस्तारै हात हल्लाइन्, उनको अनूहार मलिनो भयो।
म नि काठमाण्डु साठमाण्डु नगइकन मनकामानतिरै पछि लागम् जस्तो भा थ्यो तर क्यार्नु भिनाजु पनि सँगै रेछ र मात्रै हो नत्र जान्या थेँ, पछि लागेर जान्थिएँ मनकामान सम्मै। फर्केर जाम् कि जस्तो पनि लाग्या थ्यो गजुरी आउने बेलासम्म त।

कोठाँ पुगेसी राती पनि सुन्दरी बुइनीकै यादले सताइरह्यो। युवा मञ्चको पाना पल्टाउँदा बुइनीको कोमल हातले मलाई स्पर्श दिएको , जाने बेलामा खिसिक्क मुस्काउँदै,
हात बिस्तारै हल्लाउँदै "जान्छु ल!" भनेको।
 
Posted on 04-18-05 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dadagiri le Sanju lai khola ma ham phalna layeko ta Magarni Buini lai pattauna po raichha ta!!!

Hare shiva!

Nasaknu ko raichha ba yo Dadagiri.................Nakacharo!

:) oohi .....Kalo_bhale
 
Posted on 04-19-05 4:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहाहाहाहा....हँसायो हाम्रो दादाले के हो सरुलाई खोलामा फालेर मगर्नीलाइ आँखा लाउने। ठेट दादा स्टाइल रैछ यो कथा नि....ल ल अरु नि जावस्।
तर बिचरी सञ्जु ,माया नै लाग्यो बिचरीको,
निर्माण
 
Posted on 04-19-05 5:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाइँहरुले कुरै बुझ्दैनौ।
सञ्जु त सञ्जु नै हो नि। बाटोमा भेट्या मादल बजाइहालुम् भन्न खोज्दा यस्तो भाऽ मात्र।
 
Posted on 04-19-05 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wah wah sanju kabye ko exam pani. Babababa...Tara kahani sarai mitho tarika le prastut gareko thio dada giri le. Kudos. Aru audaina bhaneko dada?
--------------------------

Calm down bro, cool down re. LMAO. Hass harkedai. But I forgot what gave you an impression I was not. Anyways, timi agadi nai chau :) ma ta sanga sangai. Lagam lako ghoda jastai. Feri yaha ghoda ko naam liyo ki dada giri ko mukha rass aune hola.:)

Indisguise:)


 
Posted on 04-19-05 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dadagiri bro, ma bujchu. ;)
 
Posted on 04-19-05 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dada bro nice story, ramro cha, i liked it. Tara, don't mind hai, Yo kata maile pahila pani kata kata padheko jasto laagyo. kata ho ta thyakkai bhanna sakdina tara padheko jasto chai laagyo. Arko thread ma ho ki kata ho kata, thammyaunai sakina.

Timro thaam ma mo bhako bhaye dekhun, ek patak ta manakamana nai pugidinthe. Dubai devi ko ekai patak puja hune, nepali ma bhanchan ni, pashupati ko jaatra sidra ko bepaar bhanera. hau testai kya, ek pantha dui kaaj bhanda pani huncha.
 
Posted on 04-19-05 6:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कालो भाले, निर्माणजी, इण्डि, हर्कु, ए! हो त यो सुन्दरी काव्य चैँ एक पल्ट सुनाइसक्या पो हो त। यसलाई सुकुटी मान्दिम् न।
अरु ताजा पछि सुनाउँला मौका मिल्दाखेरि।
 
Posted on 04-19-05 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dada giri ji...
tyo katha ta purano hiana ra ? pahila pani katai padheko jasto lagyo. sayad sajha ko nai kunai purano thread ma hola.
 
Posted on 04-20-05 1:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो छ, आशिषजी!
घटनाक्रमहरुलाई निकै मार्मिक र रसिलो ढंगले उनेर स्थानिय लवजमा उतार्नु भएको छ। तपाईँका लेखाईले मन छुन्छन्, मन बहकिएर आफ्नै गाउँ-घर तिर बिचरण गर्न पुग्छन्। बयान गरि नसक्नुको मिठास छ कथामा। भाषाको बहाव र पात्रहरुको छनौट, अनि तिनिहरुको ब्यक्तिगत्/चारित्रिक ब्याख्ले आख्यानमा झन् रौनकता थप्छन्।

लौ, फेरि-फेरि पानि यस्तो मौका मिलिरहोस है!मैले पनि यसो केहि लेखु भन्या- "छेपाराको आहान" जस्तो भैराख्या छ क्या।

सुरेन।
--------------------------
www.paradesh.com/forum
 
Posted on 04-20-05 1:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dada giri bro???

 
Posted on 04-20-05 1:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद सुरेनजी।

ऊऽ पर रुइना तपाईँ र म भेट भइरा! रे क्या! परदेशमा।

हजुर! न्यु युजर भाइ! भनम्।
 
Posted on 04-20-05 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dada Giri ji

Its always nice to read your articles...I check this site if there is anything new from from you...

Waiting for some more to come...

I liked the one about your sali nani.....very fast huh??


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters