Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Sanjuko Yaad Aayo

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 112208 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-26-05 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्जुको याद आयो

सन्जु काव्य
चतुर्थ भाग

"ओ हो! कस्तो जाडो यार! पुतली बजारमा त!" खलाँसी पनि लुग लुग काँप्दै थियो र भन्यो "ल! प्रगती नगर! प्रगति नगर!"
हामी गाडिबाट झरेम् र यसो कोठा खोज्नतिर लागेम्। पहिला पुग्ने ठाउँ भन्या उही त हो नि लोकराज काकाको डेरामा पुगियो।
बाग्लुगंबाट कुष्मा, पोखरा हुँदै काका फेरि पुतली बजार हुनुहुन्थ्यो, "घुम्दै फिर्दै रुम्जाटार" भन्या जस्तो।
सन्जु पनि काकाको पुच्छर त हो नि बरा अहिले पुतली बजारै थिई।
"कहाँ बस्ने, कहाँ ट्युसन पढ्ने सबै कुरा काकालाई सोध्नु! तेइ लोकेले ठेगान लगाम्छ!"" भनेर बुवाले पनि सल्लाह दिनू भाऽ हुनाले पहिला
हामी काकाको कोठाँ पुगियो।

*** *** ***

पुग्दाखेरि सन्जुले यसो गेस पेपर सेस पेपर हेर्दै थिई। हामेरुलाई देखी। हामेरु भन्नाले म र आत्माराम नि अब अरु को नै हुन्थयो र?
अनि सन्जुले यसो चिया सिया बनाई दुधै नहालेको कालो चिया टक्र्याई हामेरुलाई।
आत्मारामले भनिहाल्यो, "ह्या यस्तो कालो चिया दिन्छे।"
"अब म ह्याँ पुतली बजारमा गाई पालेर बस्दै छु कि क्या हो, खाऊ खुरुक्क कालो चिया।"
मलाई नि कालो चिया त मनै नपर्ने नि फेरि, तैपनि नकाराइकन एक सुर्पी तानेँ। मनै परेन, तीतो लाग्यो। छातीमा हात राखेर नढाँटी भन्दिम् भने मिठै थिएन के।

*** *** ***

हाम्ले स्कुले जिवनका गफगाफ गर्दै थिएम्, यत्तिकैमा काका नि आइपुग्नु भो।
काकालाई ढोग्न त परिहाल्यो त्यसैमाथि यसपाली त SLC परिक्षा नसकिने बेलासम्म के के आइलाग्ने हो काकासित धेरै सहयोग
पनि लिनु छ, ढोगेम् २टैले गोडाँ। काकाले ब्यगं हान्नु भो, "हैन, आज कताबाट भगवान आए?" ।

"काका अब हाम्रो ठेगान लागाइदिन पर्यो, कोठा सोठा नि खोज्दिनुस् अब हाम्लाई थाऽ छैन।" आत्मारामले गुनासो पोख्यो।
"ए! तेसको फिक्री नलेऊ तिमेरु, मैले ऊ पल्लो घरको गुरुकहाँ कुरा गरिसक्या छु। २टा केटा आउँछन् , तिनलाई तपाईँकहाँ राख्नी हो" भनीसक्या
छु। "पोहोर जिवन र खेमु बस्या कोठा हो। तिमेरु त्यहाँ भएसी यो सन्जुलाई नि सजिलो हुन्छ सँगै पढ्न नजान्या कुरा आदान प्रदान गर्न नि हुनी।"

हाम्लाई त के खोज्छस् काना आँखा भन्या जस्तो भो। २टै अर्थमा।

 
Posted on 04-28-05 7:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehe
feri sapana ta hoina hai?:)
lau saru pani palnu bhayecha story ma.



 
Posted on 04-28-05 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहाहाहा

मलाई लेख्नलाई उल्काको होला दादा ले। म त हात बाँधेर बसे लुज्जा। मरिगए लेखदिन ल। हाम्ले बुझ्दैनम् र यस्ता कुरा। म त औषधि पसलमा गा'छैन, लेख्न भन्दा अघि अलि बिचार गरम् है दादा। :)

अब यो दादाले मलाई पनि हुतिहारा बनाउनेहुने भो :(

-सरु
 
Posted on 04-28-05 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा सरु उ उ उ उ उ उ उ उ उ उ उ उ भन्छु आफु यहाँ ऊ त त्यतापो पुगेछ । कहाँउफिरि सञ्जुको पछि लाग्नगा होला । दादाले पैले बनाइसक्यो उल्लु ;
>>>>>>> रिसाउँछे के भन्ने डर छ नि फेरि केटोलाई नि। >>>>>>>
>>>>>>> अरु कुरा गर्न पाउने झिनो आशामा भन्ने कि के >>>>>>>>

अव साँच्चि हुतिहारा बनाउछ जस्तो छ दादाले । ;-)
 
Posted on 04-28-05 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahahahaha, dada le hasayo yaar, saru lai pani katha ma part o ho ? Dada, tyo hamri sanu (hope u don't mind hamri hai ;-) ) mawala gaako chai kun mahina paryo re ????????

Hoina katai bhaitika ko cheuchaau paro ki bhanera ni. Mawala ma jaada baato ma daju bhetera tika sika nai laayera aaune po ho ki ????????? Hoina hoina yeuta kuro ni......

Saru jeeeee, k ho yesto paara bhayena ni. sahera matra baasne bhanya. Kehi garnu paryo hai la, aba chai bityaas parne bho dada le.

Dada ko ta ektarfi matra cha ahile samma chance cha hai ajjai pani. Dohoro kura bhako chaina ni, dada sanga.

"katha laamo bho ta k bho, kata ta intiresting chaaa ni"


harkeDai


 
Posted on 04-28-05 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Saru bro,
jhola bokne bela ma chai dadako mann kudai kudai hatta patta aghi sarni, aile chai tarkana khojni? Khurukka jastako tastai bhanam aba dudh ko dudh paani ko paani.
Dada yatra ma ja ja tapailai sanka lagchha tya tya khali thau rakhnus khurukka saru le bharnu parchha tya k k huna gayo bhanera.
:)

Good going dada. This will be a fine piece of literature once you finish it off and refine. Take time but put your best effort for sanju kabya.
 
Posted on 04-28-05 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा... वा.....वा...... क्?या दामी मोडमा ल्?याइपु-याउनु भयो दादा ब्रोले कथालाई।
सरूभक्त ब्रो पनि कथामा समावेस! अझ सही स्?थान र स्?थानिय लवजलाई प्रयोग गरी कथालाई रोचक ढंगवाट प्रस्?तुत गर्ने यहाँको खुवीलाई मान्?नै पर्छ वा! आखिर स्?याङजाली नै पर्नु भयो!
अनि, सरूभक्त ब्रो राङखोला देखि धोवादी के गर्न जान लाग्?नुभा' हो कुन्?नि? कि ब्रोको घर् पनि उतै पर्यो?
दादा ब्रो, कथालाई चाँडो-चाँडो लेख्?नु पर्यो!

Foe

 
Posted on 04-28-05 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहायो गोजाईमास दादा।

बल्ल उठे जस्तो छ नि। कि रात भरि निन्द्रा लागेन, उता सरुले सञ्जुलाई केहि गर्यो कि भनेर? :)

-सरु
 
Posted on 04-28-05 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब, बिदाको दिन पनि के चाँडै उठ्नु भुनेर नि। आऊ न यार यतातिर।
 
Posted on 04-28-05 8:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोई ! आजकाल त रेलमा हिड्न नि डर लाम्छ, स्वर्गै नदेखि मरिएला भुन्ने पिर। सञ्जु तेतै भाको भे'त हिँडेरै पनि आम्थेँ होला।
त्यता आयो, जाँड-पानी खान मन लाग्छ, बेकार १२१ को दुरुपयोग। :)
 
Posted on 04-28-05 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओके, रायण, फोटो कवितावाला रुइनु, हर्कु, पण्डित जी, सरु, नयाँ प्रयोककर्ता, फोए बुरो सबैलाई प्रतिकृयाका लागि धन्यबाद दिँदै अर्को भाग पस्किने जमर्को गर्दैछु।
 
Posted on 04-28-05 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सञ्जु काव्य
अध्याय २०
सरु पछि पछि सञ्जु अघि अघि गर्दै, सागको पछाडि लाग्या खशि जस्तो भनम् न, २टा गौँथलिहरु धोबादीको डाँडामा पुगेर रोकिन्छन्।
अचानक केटाहरुको हुलमा डण्डी बियो खेल्दै गरेको निर्माणले देख्छ र टुलुटुलु घरि सञ्जुतिर घरि सरुतिर हेर्छ र मनमनै गुनगुनाउँछ। "कति राम्री केटी रैछे बा। कल्लाई लिएर आयो यो भउते दाइले... ... ..."
"कहाँ गऽर आम्नू भो भउते बाहुन दाइ?." निर्माणले केटीतिर हेर्दै भउतेलाई सोध्छ।
"त्याँ राङ्खोलासम्म पुगेर। के छ त नि भाई?."
"के हुनु नि दाई। SLC त पास भेँ नि म यसपालि, था पाउनु भो होला के रे। हाम्रो स्कुलले त झण्डै निल खाऽको मै हुनाले मात्रै" निर्माणले गर्व गर्यो।
*** *** ***
"अब आँफु त २ बर्ल्याङ् खेलियो के रे यसपाली। धन्न परियो कम्पार्टमा" ३ विषय लाऽका थिए तर सरुले सबैलाई २ विषय मात्र लाग्या छन् भुनेर ढाँट्ने गर्थ्यो। घरमा पनि कता सिस्नु र पानी लाउँछन् कि भन्ने डरले त्यसै भण्थ्यो नि फेरि।
"हजुर र म त एउटै ड्याङ्को मुला परिएछ नि दाइ। मेरो नि यसपालि त हेर्दा हेर्दै खोलाले खेतै लग्यो भने नि हुन्छ।" सञ्जुले सरुसित दुखेसो पोखी।
"हो र? खाने मुकलाई जुगांले छेक्दैन बुइनी , अर्कापाली हेरिराख न झ्वाम्मै First डिभिजन ल्याम्नी हो। म त जम्मै दिन्छु ७तै विषय, जे जे पर्ला पर्ला।" सरुको जोसले सञ्जुलाई शान्त्वना दिन्छ।
"मेरो त त्यो कृषिमा छ नि दाइ १ नम्मर नपुग्या, कति निस्ठुर होलान् है कापी जाच्ने भऽकाहरु नि?"
सञ्जुले चुकचुक गर्दै सही कुरा बताई। उसले रिजल्ट आएको दिनदेखि ३ दिनसम्म अघोषित उपवास बसेकी थिई।छोरी फील भाको दु:खमा काका पनि पुतली बजारबाट घर नै जानु भाऽ थिएन। तरपनि सञ्जुले दादा र आत्मेलाई हेरेर चित्त बुझाएकी थिई।
*** *** ***
"ए त्यसो भे SLC दिनेबेला सँगै परिने भो अर्कापाली।" सरु आसावादी हुन्छ।
"हाम्रो सेन्टर त पुतलीबजार पर्छ, दाई हजुरहरुको वालिगं होला।"
सरुका सपनाहरु हावाले एक्कासी उडाएर लान्छन्। मानौँ अहिले धोबादीमा चैते हुरी चल्दैछ।
*** *** ***
गफै गफमा ३नै जना तलतिर अर्चले भञ्ज्याङ् पुग्छन् । निर्माणले केटीको अगाडि धाक देखाउँदै ३ गिलाँस चिया माग्छ र सुरुप्प पिउँछन्।
पैसा तिर्ने बेलाँ सञ्जुले तिर्न खोज्छे। निर्माणले रोक्छ र भित्र पस्छ।
"भाउजू, अहिलेको ३ गिलाँस चियाको पैसा म भोलि दिम्ला है।"
पसले मगर्नी भाउजुले कुरा बुझे झैँ गरिन्, हुन्छ भन्ने हर्थमा मुन्टो हल्लाउँछिन् र भन्छिन्।
कुरि सेच मिजा लेस। ... ... ... (कति राम्री नानी रैछिन्।)
निर्माण मख्ख पर्दै खिसिक्क हाँस्छ। झिनो आशा छ नि केटोसित पनि।
*** *** ***
३नै जना तल विरुवाको बेँसीको खोलानेर पुग्दाखेरि झमक्क साँझ पर्न थाल्छ र झ्याइँकुरीको आवाजले त्यो साँझको सुन्यतालाई चिरिरहेको हुन्छ।
 
Posted on 04-28-05 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-28-05 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha. Interesting dada.
Saru lai pani khana badhya parnu bhaya cha. Saru le pani khaya pachi kehai gari halcha ki?
:)
 
Posted on 04-28-05 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दादा,

साझाका सबैलाई भाग पुर्याउने बिचार छ कि के हो गाँठे ? बिचारा त्यो सोझो निर्माणलाई पनि यो बिचमा ।

सुत्नै लागेको, तै पनि दादाले पोष्ट गर्छु भनेर कुरी बसेँ ।

----
ओके
 
Posted on 04-28-05 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL;
maree maa
aba ta nirman pani!!hahahahha
 
Posted on 04-28-05 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Error

Error Occurred While Processing Request

Error Diagnostic Information

Request canceled or ignored by serverServer busy or unable to fulfill request. The server is unable to fulfill your request due to extremely high traffic or an unexpected internal error. Please attempt your request again (if you are repeatedly unsuccessful you should notify the site administrator). (Location Code: 26)


 
Posted on 04-29-05 2:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निर्माण मख्ख पर्दै खिसिक्क हाँस्छ। झिनो आशा छ नि केटोसित पनि।
-----------------------------------------------------------------------------------------------------------
He he h e he ....Hoina Dada ji ..ali galat bhayo kya ....Nirman sanga झिनो आशा chaina kya....cccha ta kebal "LOOVI AANKHA" he he he
 
Posted on 04-29-05 4:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dada bro....
Ma pani Syanga-JALI pare....Sanju, Saru, Aatme, Bro hari kahile kahi GALYANG, tira pani ghumna gaye hunthyo ni..... Khali Raang Khola, Putali Bajra matrai bhaya na ni bro.........

Ek din sutukka Sanju lai bhagayara Galyang janu ni... aadhikhola ma moj garana.

 
Posted on 04-29-05 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सञ्जु काव्य
अध्याय २१
बेँसिको खोलाको चिऽसो पानिमा सञ्जुले हात चोपल्छे र रुमाल भिजाउँछे। खै कुन्नि किन हो भउते र निर्माणले नि पानिमा हात चोपल्छन् र एक अर्कालाई छ्याप्छन्। सञ्जुले चालै नपाइकन भउतेलाई थोरै पानिले छ्यापिदिन्छे र उसको जिस्किएर रौसिनी बानि झल्काउँछे। भउतेले यसलाई साह्रै सकारात्मक लक्षणले हेर्छ र मनमनै सपनामा पुग्छ। "भोलि वेँसितिर झर्नुस् न है।" निर्माण छुट्टिन्छ।
*** *** ***
सरुले छुट्टिने बेलाँ सञ्जुको झोला दिन्छ र कोमल हातको स्पर्श पाउँछ।
किन किन सरुले यसलाइ उपयुक्त समय ठान्दछ र सञ्जुलाई झ्याम्मै अँगाल्न पुग्दछ।
सञ्जुको चिच्चाहटले बेँसी नै थर्काउँछ र गाऊँतिरको पहाडमा पुगेर आवाज फेरि वेँसिमै फर्किन्छ, मानौँ यो सरुले उडाएको चगां थियो।
"ऐयाऽऽऽऽऽ!"
भउते डरले काँप्दै समालिन्छ र फकाउन खोज्छ। सञ्जुले मनमनै सोच्छे, "भोलि फेरि भेट हुनु छैन, आजलाई जे भो भो दिनभरि झोला बोक्या दाइ हो। कसैले सुने भने आफ्नै बेइजेत नि फेरि।" र मुखले जवाफ दिन्छे, "कस्तो दुखाको नि? गाला नै राऽतो भो,
रगत आए जस्तो छ। हजुर त कस्तो मात्तिएको।" सञ्जुले मनमनै दादा र आत्मेलाई सम्झिन्छे। पुतली बजारमा लस्करै सुतेको, भुते रहमा सँगै पौडी खेल्दा दादाको कोमल हातले
स्पर्श दिएको र पनि त्यसरी झ्याम्मै कहिल्यै छुन नसकेको।

*** *** ***
१५ मिनेट उकालो चढेसी सञ्जु मामाघर पुग्दा, आगो बाल्दाखेरिको धुँवाँले होला आँशु झार्दै बहिनी बाहिर निस्केकी हुन्छे। "ओ हो! मामु सञ्जु दिदी आउनूभो।, हर्षले विव्हल हुँदै रुइना बुइनी उफ्रिन्छिन्। भित्र आमासित झगडा गर्दै गरेको Ardent भाइ पनि निस्किन्छ।
सञ्जुले राङ्म्खोलामा किनेको भक्कु फेवा पाउरोटी भाइ र बइनीलाई दिँदै सोध्छिन्.
"कति किलासमा छौ नि अहिले?"
"३नाँ, २ किलासमा त सबलाई पछारेर तृतीय भईँ।" बुइनीले खुशिको खबर सुनाउँछिन्, भने भाइ भक्कु पाउरोटीको बुजो हाल्दै यसबेला बल्ल भान्दिदीको लाज मान्दै कट्टु लगाउँछ र भन्छ, "भान्दिदी! म सिसुबाट एकमा गएँ।" वास्तबमा भाइ बल्ल ६ वर्षको लागेको थियो, २,४ दिन मात्र बानी पार्नको लागि दिदीको पछि लाग्दै स्कुल गएको थियो। फिल भइस् भन्दा रुनी हुनाले जम्मैले भुलाउनलाई "सिसुबाट एकमा गइस्" भन्ने गर्थे। सञ्जुले भने आफु इस् इल् सी फिल भाऽ कुरा निकाल्ने मुनै गरिन।
"दिदी हजुरले काट्दिएको।" बुइनीले आफ्नो निधारको साऽऽनो खत देखाउँदै सञ्जुलाई जिस्काइन्, जुन साऽनोमा सञ्जुले बुइनीलाई बोकेर ठुलो हजुरबाऽको बारीमा उखु चोर्न जाँदाखेरि दुबैजना पर्खालबाट लडेर काटेको थियो, तर खत भने झण्डै हराइसकेको थियो।
खानपिन र धेरै बेरको भलाकुसारी पछि सबै जना सुत्छन्।
*** *** ***
सञ्जुको मनमा धेरै कुराहरु खेल्छन्। तरपनि रातभरि सञ्जुको स्मृतिपटमा दादा नै घुमिरहन्छ। र भाइ बुइनीले हिरिक्क गर्दा पनि भोलिपल्ट दिउसै सञ्जु फर्किन्छे। to be contd.
 
Posted on 04-29-05 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahahahahahahahaha. dada bro le hasayo yaar.
aba ta ruina ra ardent pani re. lau jaaaaaaaa.

haasera marnai laage yaar ma ta. babbal hasayo yaar.


ufffffffffff.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters