[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Sanjuko Yaad Aayo

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 111590 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-26-05 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्जुको याद आयो

सन्जु काव्य
चतुर्थ भाग

"ओ हो! कस्तो जाडो यार! पुतली बजारमा त!" खलाँसी पनि लुग लुग काँप्दै थियो र भन्यो "ल! प्रगती नगर! प्रगति नगर!"
हामी गाडिबाट झरेम् र यसो कोठा खोज्नतिर लागेम्। पहिला पुग्ने ठाउँ भन्या उही त हो नि लोकराज काकाको डेरामा पुगियो।
बाग्लुगंबाट कुष्मा, पोखरा हुँदै काका फेरि पुतली बजार हुनुहुन्थ्यो, "घुम्दै फिर्दै रुम्जाटार" भन्या जस्तो।
सन्जु पनि काकाको पुच्छर त हो नि बरा अहिले पुतली बजारै थिई।
"कहाँ बस्ने, कहाँ ट्युसन पढ्ने सबै कुरा काकालाई सोध्नु! तेइ लोकेले ठेगान लगाम्छ!"" भनेर बुवाले पनि सल्लाह दिनू भाऽ हुनाले पहिला
हामी काकाको कोठाँ पुगियो।

*** *** ***

पुग्दाखेरि सन्जुले यसो गेस पेपर सेस पेपर हेर्दै थिई। हामेरुलाई देखी। हामेरु भन्नाले म र आत्माराम नि अब अरु को नै हुन्थयो र?
अनि सन्जुले यसो चिया सिया बनाई दुधै नहालेको कालो चिया टक्र्याई हामेरुलाई।
आत्मारामले भनिहाल्यो, "ह्या यस्तो कालो चिया दिन्छे।"
"अब म ह्याँ पुतली बजारमा गाई पालेर बस्दै छु कि क्या हो, खाऊ खुरुक्क कालो चिया।"
मलाई नि कालो चिया त मनै नपर्ने नि फेरि, तैपनि नकाराइकन एक सुर्पी तानेँ। मनै परेन, तीतो लाग्यो। छातीमा हात राखेर नढाँटी भन्दिम् भने मिठै थिएन के।

*** *** ***

हाम्ले स्कुले जिवनका गफगाफ गर्दै थिएम्, यत्तिकैमा काका नि आइपुग्नु भो।
काकालाई ढोग्न त परिहाल्यो त्यसैमाथि यसपाली त SLC परिक्षा नसकिने बेलासम्म के के आइलाग्ने हो काकासित धेरै सहयोग
पनि लिनु छ, ढोगेम् २टैले गोडाँ। काकाले ब्यगं हान्नु भो, "हैन, आज कताबाट भगवान आए?" ।

"काका अब हाम्रो ठेगान लागाइदिन पर्यो, कोठा सोठा नि खोज्दिनुस् अब हाम्लाई थाऽ छैन।" आत्मारामले गुनासो पोख्यो।
"ए! तेसको फिक्री नलेऊ तिमेरु, मैले ऊ पल्लो घरको गुरुकहाँ कुरा गरिसक्या छु। २टा केटा आउँछन् , तिनलाई तपाईँकहाँ राख्नी हो" भनीसक्या
छु। "पोहोर जिवन र खेमु बस्या कोठा हो। तिमेरु त्यहाँ भएसी यो सन्जुलाई नि सजिलो हुन्छ सँगै पढ्न नजान्या कुरा आदान प्रदान गर्न नि हुनी।"

हाम्लाई त के खोज्छस् काना आँखा भन्या जस्तो भो। २टै अर्थमा।

 
Posted on 04-12-05 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जब हामी बेनी खोलाको पुल तरेर यसो सँगै बस्ने कुरा जाहेर गर्ने तरखरमा थियौँ आत्मारामका बुवा, नापि कार्यालयाका खरिदार हाम्रो अगाडि एक्कासी देखा परे, ए ठिटाहरु त आइपुगेछन्, ल यहीँ हो मेरो कोठा हिँड माथि।
हामी त किंकर्तव्यबिमुढ भैहालेम् नि अब। हत्तपत्त काका आरामै, भनेर हातमा ढोगेम् काकालाई।

ती बुइनीहरुले नि कुरा बुझे र भने। ए, यहीँ हो ल है त दाजूहरु।
हामी पनि रुन्चे स्वरमा, हुन्छ, हुन्छ, राम्रोसित जानु है त। भन्दै माथि काकाको कोठातिर लागेम् र हातगोडाको हिलो पखाल्नतिर लागेम् ।

आत्मारामले हातगोडाको हिलो पखाल्दै चालै नपाइकन गीत गुन्गुनायो।

उडायो सपना सबै हुरिले,
सपना सबै हुरीले,
सपना सबे हुरीले।

अध्याय १४, स्वतन्त्र नेपालडट् कम् मा पनि प्रकाशित भैसकेको छ।
 
Posted on 04-13-05 1:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhannelai sunko maala
sunnelai phoolko maala
bhannu parlaa jasto chha hai ab chai....lau lau aghi badham.....
 
Posted on 04-13-05 5:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>हामी रित्तो मन लिएर निस्केम्।
प्रगती नगरसम्म सञ्जु हाम्लाई पुर्याउन भनेर आई र भनी ?पर्सी स्कुलको, तिजको नाटकमा त रमाइलो गर्नु पर्छ।?
?खाने मुखलाई जुगांले छेक्दैन। मजाले घुम्नी हो केटा हो। ? मैले केटाहरुलाई शान्त्वना दिने प्रयास गरेँ , आफ्नो मुटुबाट भने भक्कानो छुट्ला जस्तो भाऽ छ फेरि।
---हाहाहाहाहाहा.....अझै ट्राजेडी....थुक्क बोर भैहाल्यो नि.....दादाले फेरि दिक्क बनायो यार!!!{:-P}

>>पुल तर्ने बेलाँ मैले सुटुक्क केटाहरुलाई भनेको थिएँ, आज सप्पै सँगै एउटै होटलमा बस्नुपर्छ केटा हो। केटाहरुबाट खासै प्रतिकृया आएको थिएन तर पनि उनीहरु धेरै उत्साहित थिए।
---दालमा आज नि कालो छ जस्तो छ दादाको कि मनै कालो हो हँ....हाहाहाहा....जिस्केको है फेरि....;o)

>>>उडायो सपना सबै हुरिले,
सपना सबै हुरीले,
सपना सबे हुरीले।
---मनको कुरा मनमा नै रह्यो भन्नै पाएन बिचरा दादा

ल ल अझ जावस् है मेरो शुभकामना,
निर्माण


 
Posted on 04-13-05 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dadagiriji,

Katha padhda ta ramailo lagyo tara ek dui kura chahi ali mel khaena jasto lagyo hai. First of all, tyo police le driver lai tharkaeko kura garda Panchayat kal thiyo bhani ullekh garnu bhaeko thiyo. Pheri tyahi taaka taxi ma Baglung gaeko kura cha. Teti bela Pokhara-Baglung bato banisakeko thiyo ra? I thought it was constructed in the early 90's ni. Ani arko kura, geet haru ta jhan pachi pachi ka paray ni. Jomsomai Bazaar ma bhanne ta 96-97 tira release bhaeko ho kyare, ajha Lumle ko hawa le bhanne ta 2-3 barsa ta bho ni haina? Alikati timeline milne gari lekhnu bhaeko bhae hunthyo bhanne mero sujhab ho. Meanwhile, banki bhaag chittai jaos hai, anxiously looking forward to it.
 
Posted on 04-13-05 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चिप्लेढुङ्गा जी ईतिहास को बिद्यार्थी हो कि क्या हो? कति छिटो समयको तालमेल जाँच्न भ्याईसक्या भुन्या। आफु भने कति बेला ऋषि पत्नीहरु महादेबको पछि लाग्ने अध्याय सुरु हुन्छ भनेर हातमा फुल लिएर बसिराख्या।

कायन बाचा मनसन्दिर्यर्वा
बुद्धतमनावा प्रकृति शोभावात॥
करोमि तस्मै सकलो परस्मै
नारायणायति समर्पयामि॥॥

ईति श्री सञ्जु पुराणे चैत्रमहात्मे दादागिरी वनगमनम् खण्डे चतुर्दशोध्याय ॥

नारायण !!! हरि!! हरि!!

बोलो श्री दादागिराय कि !! जय !!
बोलो श्री सञ्जु छँडुलाय कि !! जय !!
बोलो श्री आत्मरामाय कि !! जय !!
बोलो श्री गोबिन्दाय कि !! जय !!
बोलो श्री लोकराज काकाय कि !! जय !!
बोलो श्री गुराय कि !! जय !!
बोलो श्री च्याँकाय कि !! जय !!


.....................................
........................................


बोलो श्री गिरीधराय कि !! जय !!


ल अब सबैले आफ्नो आप्नो हातको फूल दादा-** मा चढाउनु । के गर्नु, पार्वतीको कथा (स्वस्थानीब्रतकथा) भए शिवलिङ्ग मा चढाउन हुन्थ्यो।

J F F, N O

:)

-सरु


 
Posted on 04-13-05 5:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथिहरु,
नयाँ वर्ष २०६२ को शूभकामना !

Thanks Harku, Nirman, Chipledhunga, Raayan, Saru-Bhakta II !
धन्यबाद चिपलेढुगां जी,
सुक्ष्म विषयवस्तुमा दिइएको टिप्पणीको लागि। गीतहरु भने भावको लागि राखिएको थियो (पछिका भए नि भाव त उही हो नि जस्तो मानेर मात्र। रे क्या! )।

सरु,
तिम्ले नि लेख्नु पर्छ ब्रो, ओ के को मञ्जु काव्य पछि भए नि हुन्छ।

निर्माण, टिप्पणीका लागि धन्यबाद!

Pls wait for the last Part.
अहिलेलाई फुर्सद भए यो पेज हेरेर भुलौँ।

माम्साहारी साथिहरु यता

 
Posted on 04-13-05 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Timri Swasi Ra Ma? Manu Brazaki
 
Posted on 04-13-05 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dadagiri bro ko ta dherai adhayaya haru thapiyechhan baaa! Sajha na herya 2/4 din bha thiyo, tannai po aayechan!

Taruni sanga eutai chata woddai ma, rumal samaudai ma ra taruni ko gandha sunghdai ma dada giri bro makhha??

Bhane pachi Naam chai huti hara nai rakhnu parne raichha....taruni chuna matra paye dadagiri bro faint bhayera dhalne hola...re kya...


 
Posted on 04-13-05 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

houston,
Great!
It?s the "International Version" satire to Over Stayed Friends for long years leaving their family back in Nepal indifferently. गफ सुन्या भरमा दिएको !

कालो भाले तिम्लाई त काटेरै खानु पर्ला जस्तो छ। पिरेम भनेकै त्यही हो।
जान्नु सान्नु छैन। रे क्या!


 
Posted on 04-13-05 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सञ्जु काव्य
अध्याय १५ (अन्तिम भाग)

"नेपाल गयो कपाल सँगै, ब्रम्हा गयो कर्म सँगै!" भन्या जस्तो म्याग्दी पुगेर नि एक ठक्कर खाइयो।
के गर्नु ! कर्ममा नलेखेसी ढडियामा परिसक्या माछा नि फुत्किँदो रैछ।
भोलिपल्ट बिहान उठेर हामी यसो बजार घुमिसकेसी फर्किन लाग्या थिएम् काकाले, ?ह्याँ सम्म आइसकेसी माथि गलेस्वरसम्म पुगेर जाओ!? भन्नु भो र गलेस्वर सम्मन् पुगियो। बेलुका पख शित्तलमा फेरि बजार १ चक्कर लगाइयो यता म्याग्दिखोलातिर जाने बाटो छ नि हो त्यहाँदेखि उता कालीतिर माथिल्लो पुलनिरको चौपारी सम्मै पुगेम्।
*** *** ***
पर्सिपल्ट भने सबेरै उठेर फर्केम्।
आज भने हामेरु गोखरखपुर नै जानी हो कि जस्तो गरेर छिटो छिटो फर्किँदै थिएम्।
कुष्माबाट तल मादि खोलामा हाम्फाल्दै फेरि ज्ञादिको उकालो लागेम् ।
?कस्तो उकालो छ यार! यो उकालो छल्ने कुनै उपाय छैन?? मैले केटाहरुसित थकाइ लागेको गुनासो पोख्दै हल्का हुन खोजेँ।।
?घरै नफर्किने भे त कुन्नि। नत्र अर्को उपाय छैन।? आत्मारामले व्यगं हान्दियो।
बाटोमा एक ठाममा एउटा भाइ काँक्रो बेच्न बसेको थियो । मैळे यसो काँक्रो किनेँ र सुरै नपाइकन झोलामा राखेँछु। त्यहीँ बसेको गाई चराउने एउटा भाइसित कस्तो मजाको लट्ठी रे छ। मैले त्यो भाइसित कुरा मिलाएँ लट्टी दिन्छ कि भन्ने झिनो आशा नि अब। र मागेँ दिएन केटोले त। अनि १ सुका र खैनीको बट्टा दिएर किनेँ र त्यै लट्ठी टेक्दै हिँडे, उकालोमा।
*** *** ***
कार्किनेटामा एक सुर्पि चिया तानेसी हामी १ चक्कर पुरा गर्दै फेरि फेदितिर हाम्फालेम्।
तल पुगेसी यसो स्कुलतिर हेर्या त, ?हैन काँ गाऽ थियौ तिमेरु? ? हामेरुलाई सोधे तिनेरुले नाटकको योजना तयार पार्दै रेऽछन् केटाहरु त स्कुलमा।
एउटा सानो नाचमा मलाई र आत्मेलाई नि यसो रख्या रे छन्।
?त्यहाँ सञ्जु हाल्दे, आत्मे भन्दा सञ्जु ठीक हुन्छ।? म जान्ने पल्टेँ।
 
Posted on 04-13-05 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो त्यसो गर्दा गर्दै सञ्जु पनि आइपुगी तलबाट र हामेरुका झोला खोजली, धन्न सानो एउटा काँक्रो थियो बाटोमा किनेको। सञ्जुले हातले फोर्न खोजी सकिन, काँक्रोलाई त्यसैको कपडामा बेरेर दाँतले फोर्न खोजी तर सकिन बरा। केटाहरुले भन्दै थिए "जुठो नपार न सञ्जु !"
सञ्जुले च्याँकेसित हँसिया मागी र सबैलाई बाँडिहाली मानौँ यो उसैले ल्याएकी थिई।
*** *** ***
नाटकको तयारीका क्रममा हामी २,३ पटक फेरि भेट भइयो। वसन्तेले मादल बजाउँथ्यो हामी नाचलाई स्तरीय पार्दै जान्थेम्।
"देऊराली वनैमा घाँस काटी लाउँला पिरती!
... ... ..."
तरपनि मैले न त सञ्जुसित मनको कुरा राख्न सकेँ न त केही गर्न नै सकेँ।
रातभरि मलाई निद्रा लागेन।
"भोलि त भन्छु, भन्छु।" मैले एक्लै मनको गाँठो बलियो पार्दै सुतेँ।
*** *** ***
आज मेलाको दिन। नाटक सकिएर मेला पनि झण्डै सकिन लाग्दो बेला थियो।मैले सञ्जुलाई आँपको रुखमुनिबाट तान्दै यतापट्टि बोलाएँ । "एउटा कुरा छ के तिमीसित!" भन्दै भण्डार कोठातिर लगेँ। भण्डार कोठाको चाँपि लगाएको थियो तर पछाडि पट्टिको झ्याल तानेर छिर्ने तरिका मलाई थाऽ थियो के च्याँकेको सगंत गर्दा, काम लाग्छ भनेर सिकिराखेको थिएँ नि जे भे नि त्यति त।
म र सञ्जु कसैले नदेख्ने गरी भण्डार कोठामा पसेम्।

 
Posted on 04-13-05 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*** *** ***
आज मैले लामो समयदेखिको मनको कुरा सञ्जुको अगाडि खोल्ने अठोट गरेँ। मेरा ओठहरु काँपिरहेका थिए, आँखाबाट आँशु चुहिनै लागेका थिए भने हातहरु बेचैन थिए। मैले काँपिरहेकै स्वरमा सञ्जुको अनुहारमा एकपटक हेरेँ नसकेर फेरि टाउको तल पार्दै भनेँ।
?सञ्जु सानैदेखिको एउटा कुरा भन्नु छ तिम्लाई, भन्छु नरिसाऊ है। ?
सञ्जुले जिज्ञासु आँखाले हेरी तर केही बोलिन।
मैले कुराको पोको खोल्ने ठुलो साहस गरेँ।
?सञ्जु ! म तिमीसित ... ... ...।?
सञ्जुले यताउती हेरी ।

?... ... ... ? सञ्जु नि:शब्द रुई, अनि भागी।
मैले भने, "भोलिपनि भुते रहमा आऊ है।"

तर त्यस दिनदेखि मेरो र सञ्जुको भेट हुन सकेन।

मैले सञ्जुलाई भुते रहमा पर्खिन छोडिन।
*** *** ***
तैपनि मानिसको मनलाई कसले नै बाँधेर बाँध्न सक्थ्यो र एकदिन सञ्जु टुप्लुक्क आइपुगी।
बुवा आमाले नजरबन्दमा राखेर पिटेको कुरा सबै बताई। कतिपटक त उस्ले बुवा आमाको सिस्नु र पानि पनि सहनु परेछ।
मैले यो कुरा सुन्न सकिन र भुते रहको छेऊमा हामी २ जना आँशु झार्दै एक आर्काको अगांलोमा बाधिन पुगेम्। ... ... ...

हामी होसमा आइपुग्दाखेरि हाम्रो नाता परिवर्तन भैइसकेको थियो।

अर्को जन्ममा परेवाको जोडी भएर जन्मिने प्रार्थना गर्दै हामी अगांलोमा बाँधिएरै भुते रहमा हाम्फालेम्।

आँधिको पानि त्यो नसुकेसम्म,
सल्लेरी पाखा त्यो नझुकेसम्म
म पर्खिरहूँला
सञ्जु, म पर्खिरहूँला
सञ्जु, म पर्खिरहूँला... ... ...

समाप्त!

सञ्जु काव्य
सञ्जुको याद आयो

 
Posted on 04-13-05 11:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँभार:
सरु भक्त द्दित्तीय: अध्याय ५ का लागि

चयाँके: कृष्ण सापकोटा
आत्मे: आत्माराम पौडेल
गोबिन्द: गोबिन्द पौडेल
गुरु: गुरु
सञ्जु: *** ***
लोकराज: *** *** (कथामा भाग लिएकोमा)

सम्पुर्ण साझाबासी मित्रहरु: श्रवण र टिप्पणीका लागि।

 
Posted on 04-13-05 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:(akha ma asu ayo...
yaslai bhancha maya:(
dada loved it!feel it!
aile sanju khoi?kaha cha ?k garerakheko cha?ani k bhayo?
 
Posted on 04-14-05 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dadabro,
hutihara kam gardini lasta aayera...maya...maya bhandini....adhyaro kotha samma lagera manko kuro bhanne belama chai oth kamaudi run khojni...himmat nabhayera... ani paralok suikina chai dar lagena? afu ta suikiyi suikiyo aba sanju lai pani liyera suikidine bhanya? aru himmatila keta baki thiye..sanju lai samhalthe ni---binisitti ma lau lau khau khau bhanne umera sanju lai liyera bhute raha ma jhwammai? ani paudi khelna sikya ni ? khattam!

Je hos, enjoyed reading your presentation. Hope to read more from you in the days to come. mari lanu ke chha ra...
 
Posted on 04-14-05 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La ramro cha dadagiri. Lasta ayera senti lekhidine bhanya. Je hoss aru padna paam yehi cha kamana.

tweets :), ma yaha chu :p
Kaam ma alik byesta bhera khattam cha. Aja ma ni lekhnu koshish garchu.:). Unfished lai sakauna kojchu hai ta.
Ani akha ma asu mukh ma masu? Maya tyaslai matra bha cha ra?;) hamro pani maan nai ta ho ni ruinaaa:p hehe.
Naya barsa ko subhakamana cha.

IndisguisE:)
 
Posted on 04-14-05 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ailee ayera yaha chu reh:'(
ma hamfalee sake bhotee raha ma:P
paudi khelnu auncha bhanee ham fala natra bye mero pani the end huncha:P
kam reh!gareerakhaa timro kam...kam nai ta bhayo ni sabaai timro:@..happy new year!whats so happy abt this new year
last ma ayera wish garcha ani happy reh:@
same to u:)
bye

(p.s dada khoi mero answer:o( }
ruIna
 
Posted on 04-14-05 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो दादा हारिप खल्ली छ। हाम्लाई उल्लु बनाउन खोज्नी?

हाम्लाई था? छैन र उसलाई पौडी खेल्न आउँछ भनेर? सन्जु बिचरीलाई पो पौडन आउन्न थ्यो! ?साथ ही मरेङ्गे सनम्? भन्ने निहुँ पारी बिचरीलाई नि भूते रहमा हुत्ताएछ। आफू चईं हुत्तिएसी हत्त न पत्त पौडेर उत्र्यो होला नि जमीनमा!

सन्जुलाई चईँ, ?मैले त पाईन पाईन, अरु कसैले नि नपाओस्? भनेर मार्देछ नि! किन? हामी थेनम् र? दिप थेन र? सरुभक्त थे न र? साझाका यत्तीका खाई लाग्दा, रहर लाग्दा जल्दो-बल्दो ठिटाहरुलाई जिऊँदै मार्दिनी? ईन्डी भाईको त ताल परयो जस्तो छ रुईनासंग, ठिकै भो। अरु थेनन् र?

पख, आजै लोकराज काकालाई कुरा लाईन छु भने मरीजाम्! त्यो धोबिनीको च्यात्त्या पेटीकोट कै कस्सम्!

अब कोस्लाई डुबाउने बिचार छ भूते रहमा? मन्जुलाई? होस् गर है, ओ.के.! दादाको चाला निको छैन जस्तो छ!

हाहाहा?रमईलो मात्र गर्द् या नि! दादा जस्तो उस्ताद् कथाकारलाई नि निहुँ खोजेर हाम्रो खैरियत रहला त? जे होस्, फेरि फेरि लेख्दै गरम् है! अनि, साँची, अस्तिको मेरो हिन्ट मा आफुले ठिम्याउन सके कि सकेनौ, कुन्नी? म तनहुँ जिल्लाको। गजरकोट गा.बि.स. हो ? ठ्याक्कै कालीले स्याङ्जा, पाल्पा र तनहुँ भेट्नी ठाम् नेर।


बरु, ईन्डी र रुईना को कुरो उठी हालो, भन्दि हालम्। रुईना बुईनी, अलिक होस् गर है! त्यो बज्ज्येको नामै ?indisguise? छ, कत्ति छलकपट गर्न जान्दो हो! फेरि बज्ज्येको घर भित्रीएसी, जेठी, माईली, साईंली, काईंली, राईंली, ठाईंली?सबको फेला परेसी खप्पराँ हात राखेर आफू नि त्यै भूते रह तिर हुत्तिने सुर कस्न पर्ला नि! अन्खेर, ?दाईले भन्न त भन्नु भा? थ्यो? भन्ने नपरोस्।

{ठट्टा मात्र गरेको नि फेरि! नामै ?रुईना? छ, फेरि यत्तिकै क्वाँ क्वाँ रोईदेला} :p

 
Posted on 04-14-05 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी होसमा आइपुग्दाखेरि हाम्रो नाता परिवर्तन भैइसकेको थियो। >>>>>>>>>>>>>>>>
Dada bro malai yo sabda chai sarai man paryo hau. Good way of expression. Tetro awasar paauda chai kehi nagarne ani last ma chai bhoote raha ma pugera................... J hoos last ma bhaye pani.................

Ending ta saro senti bho ni dada bro. Nice ending man. Great story. Loved reading it.

paudi khelnu auncha bhanee ham fala natra bye mero pani the end huncha:P>>>>>>>>>>
Ruina jee, indi bro chai busy re, no time kya. Ma aauda huncha bhane chai I will be there kya. Huncha bhane bhanam hai hajur, I will be there in a blink.

harkeDai
 
Posted on 04-14-05 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरु,
तिम्ले नि लेख्नु पर्छ ब्रो, ओ के को मञ्जु काव्य पछि भए नि हुन्छ। >>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

के गर्नु दादा ब्रो, आफुलाई त अरुले लेखेको ठाउँमा गएर छुस् छुस् छुस् छुस् मात्र गर्न आउछ, भन्या । कस्तो छुस्के बानि छ भनेदेखिन् कुन्नि के को पुछ्छर खाको भन्छन नि, तेस्तै। अब यो बानि हटाउन के को पुछ्छर खान पर्छ हौ ?... केहि उपाय छ भने भनम्न।......अनि आफ्नै कथा फुर्छ कि ...

आँभार:
सरु भक्त द्दित्तीय: अध्याय ५ का लागि >>>>>>>>>>>>>>>>>>>>>>>

ओहो !!!!!!!!!!!!!!!!!!!!!!!!!!! मेरो छुस्कयाईँलाई यत्रो सम्मान ??!!! एउटा सिँगै अध्याय मेरो नाम मा ? मलाई त पचेन बा SSSSSSSS हे हे हे हे, बाहुनलाई च्याउ पच्दैन भन्या यहि हो, के गर्नु उखान पनि सिधै भन्यो भने आफै के जाति भैने रे'छ :(
जे होस् धन्यबाद है।

दादाका कथा पढेरै यहाँ बबाल भैसक्यो, अब आफै लेख्न थाल्यो भने त झिटी झाम्टो बोकेर नेपाल फर्किनु पर्ने हो कि। हेरौँ सञ्जु, मञ्जु पछि अञ्जु का कथा फुरेछ भने म पनि टाँसिदिम्ला साझातिर

:)

-सरु




 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters