Posted by: Dada_Giri March 27, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
जिरा जी, प्रतिकृयाको लागि धन्यबाद! अब हामीकहाँ बोल्दाखेरि मिठा र ठेट अर्थ लाग्ने नेपाली शब्दहरु हुँदाहुँदै हिन्दी या अग्रेंजी मिस्ने प्रबृत्ती त छँदैछ। अब जस्तै गिरिजाको हेर्नुस् न "ग्राण्ड डिजाइन" रे? "ओ हो!" कस्तो ठुलो कुरा गर्नु भो नेताजीले, यो के होला? कौतुहलता ल्याउने के ? "गुरु योजना" भन्ने नेपाली शब्द थिएन? नेपाली भाषाको सुधार सम्मान गिरिजाबाट हुनु पर्ने देख्छु म त। पहिला नेताहरुलाई तालिम दिनू पर्यो। यस्तै हो जिरा दाइ! नेपाली भाषाप्रति, भेष प्रति, नेपालप्रति आलोचना गरेपछि पो ठुलो होइन्छ त अहिलेको "कु" जमानामा। यस्तै हो "बिनाशकाले बिपरित बुद्दी!" फले सुन्तला लतरम्म निहुरिन्छ झुकेर बोट! ज्ञानीले आँफैमा देख्दछ, सही तापेर खोट! -नाममा बिबाद परेका मित्रको उदगार हो यो। मलाई साह्रै मुन पर्या छ। नारायण!
Read Full Discussion Thread for this article