nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - III

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 148296 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 10-27-05 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जमम चौतारिआ, गफ चुटम , रमाइलो अरम , माया लाम, पिरिम अरम है त गामले दाजु भाइ दिदि बइनि हो ?

 
Posted on 11-26-05 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1. How would you run a political party without being corrupt in Nepalese context? Suggest a practical model of a uncorrupt democratic party.

2. How would you sustain/retain your followers without being corrput ? How will you generate resources for them ?

3. How would you generate money to fight for elections without being corrupt ? (60-70 lakhs at least)

4. How are you going to treat people who support you (as a politician) financially, yet not support their special interest ?

5. How are you going to build house/ houses with the stipend / wage alone ? (25 k per annum say)

6. How are you going to educate your kids in schools and colleges and professional colleges, say if they can not really compete and average student who do not qualify for any scholarship without abusing your power or connections ?

7. How are you going to meet the needs of family, social circles etc etc?

8. Can you be a part of clean government or a politician or even run clean and transparent political party ??????
 
Posted on 11-26-05 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु.... हुँदा हुँदा चौतारिआँ सुनसान भो गाँठे....दादा पनि आएर चुपलागेर बसेछन्। आइते मात्तै रेचन् ..आइतेले गाको गित सुदुर पछ्छिम को जस्तो लाउच मुलाइ....
नमे त अन्तरध्यानै भए जस्तो च। भौते पनि कता हो? गोताएँलेल पनि यामकला भेटे जस्तो च छाँटकाँट बुझ्दा। चित्रे चाइँ कुन ठाम को नउशा बनाइराको होला.... लौ त लौ लाइ चाइँ बिदेशी भैया को खैनीले घुमायो जस्तो च। आम्ने गरुम् न हो, यसरी चौतारिको माया मार्न भएननी गाँठे....

 
Posted on 11-26-05 7:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के भन्चन यी कुखुरे साने??? कुरो बुझे मार्दिनु्.....पुल्टिस को कुरो जस्तो लाउच मुलाई त...

 
Posted on 11-27-05 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गअको बैसाकां अचम्मै भअनि केटाओ!! दिन भोरि डियां चरार बेल्किखेर लुउदि खोल्खोलै घरतिर गअथेम, येक्कासि भडांखोले साइलि ज्यावै नराम्ररि चिच्याइन केरे। हन के भो ज्यावै भन्दै हामि केटारु गयेम भडाखोलातिर हानियेर, गैरारे कान्छाको चप्पलको तुनो चुडेच, तो अलि ढिलो पुओ ये के भअ भन्दै। गांठि कुरो के रच भने, अब बैसाक-जेठअ गर्मि केरे, फुल्बारिओ उस्कुलां बिहानाआ पडाउदा रैचन, ज्यावै कि नातिनिनि संदैझै बिआनै उठिचर पड्न गैरैचे। बरा तेल्लाइत केटाओ बिआन ११ बजेतिर फेन्टा हो कि के हो लायेचतनि अनि बरा तो म्याउसि लाकि च्याउसिलाइ बयेंरघारिआ लअर ट्याउसि चडार स्याउजा लायेचन। अब बुडिलाइ क चाइयो। ये नरोउ बुडि भन्यो मान्नि हैनकेरे। बल्लतल्ल पारि ठुलाबा आर सम्झाइबुझाइ अरेसि बुडि अलि ठिकान मा आइन।
अइले त गांठे तो त येमानकि भइछरे। गाम मा ठिटा जति सबै सित पिरिम गर्चे अरे। मलाइनि येउ फेर हेर्न मन लाआछ यार।
 
Posted on 11-28-05 12:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइतवार ब्यानै उठेर, चिल्लो भएर ओरालो लागियो हेर केटा हो। आफ्नो त कारबारी (लमी) जिम्माल माइल्याँ, तीनलाई नढोगी के हिन्नु भनेर जिम्मालको घरतिर गएँ पहिला। जेठाजु लाहुरेले ल्याइदिया हङकङे सारी र चिटिक्क परेको चश्मा लगाइर माइल्याँ त आमा पाटीको मिटिङ गर्दै रचिन्। "एकछिन है" भनेर माइल्याँ म भएतिर आइन। मैले ढोगिसकेपछि "ल गोताएँ ढुक्क भएर जा, मैले कुरा राम्रोसँग गर्देको छु। पैला तो याऊँकलालाई भेटेर मात्तै घरमा जानु नि। आजभोलिका केटीहरुलाई आफूले भन्याजस्तो चाहिने रच।" भनिन्
"कहाँ भेड्ने यामकलालाई माइल्याँ, कन्ने काम्पसाँ हो?"
"के को काम्पस जान्थी तो? आइ ए पढ्न थालेको पाँच वर्ख भो, पास भ'की होइन। काम्पस नगिचको अपिसाँ काम गर्छे रे। ल ला यी, याऊँकलाका बाउले लेखेर देको।" माइल्याँले पोल्टा'ट झिकेर मेरी याम्की काम गर्ने ठाऊँको ठेगाना दिइन।
"जय शम्भो ! ए गोताएँ एक सर्को तान्छस्?" जिम्माल बूढा चिलिम बोकेर मतिर आए।
"आफैँ खानु नि नौथरी, सोझो गोताएँलाई किन बिगार्चौ ए बूढा?" भन्दै बूढीले कूचो ले'र लखेटेपछि बूढा भागे।
त्यसपछि म हिने त्याँ'ट।
'भनेपछि याम्कीको आइ ए पाचौँ वर्ष पुगेछ। राम्रो भो, मेरो पनि आइ ए सातौँ वर्ष पुग्दैछ। ब्या गरेसी दुबैले पढ्न छोड्नु पर्ला। दुइ जनाले गरेर आइ ए बाह्र वर्ष पढिहालियो, जत्ति भने पनि पुग्छ। पढ्दैमा के लछार्छ र? हात्ती पढेर ठुलो भ'को हो र?!' यस्तै यस्तै मनमा गम्दै बस टेसन पुगें। नमे त पहिल्यै बसमा बसिसकेको र'च। अस्ति त फुर्सद छैन भन्दैथ्यो! कन्ने काम्पसका केटी हेर्न जाने भनेपछि नमे किन जान्नथ्यो ? आखिर यो पनि त रुख्खेको बोको हो नि!
"फुर्सद छैन भन्या हैन त?"
"निकालियो नि फुर्सद गोताएँ। म पनि माघचैँ कटाउन्न बुझिस्।"

***************************************************
महेन्द्रपुलमा दादा भेटिए। मुर्रा राँओलाई दाना लिन आ'का रचन्। राँओ दुब्लायो रे, राँओको डाइट नबढाइ भएन रे।
"एकछिन पछि म पुनि आऊँला तेता।" भनेर दादा दाना लोड गर्न थाले।

भर्खर नौ बजेको थियो,याम्कीको आपिस पनि दश बजेमात्तै खुल्ने, म र नमेचैँ गएर कन्ने काम्पस अगाडिको चा पसलमा अड्डा जमायौँ।
आफू अब तन मन धन सप्पै याम्कीको भइसक्या मान्छे त कन्ने काम्पसका ठिटी हेर्न थालियो भने नमेले के छोड्दो हो!? घरी उठेर हेरेको छ, घरी बसेर हेरेको छ! घरी सुसेलेको छ, घरी गीत गा'को छ! तर के गर्नु, चिलले चल्ला छोपेजस्तो कन्ने काम्पसका ठिटीलाई भटभटेले छोप्दो र'च। नजिकै उभेकीसंग यस्सो बोल्न खोजो, भटभटे आएर पछाडि हालेर लाँदो र'च; हामी हेर्या हेर्यै। एउटा भटभटे त चाइने कुरो र'च यार!
दुइ जनाले कन्ने काम्पसका केटी हेर्ने रन्कोमा बीस कप चा खाइएछ, एक घण्टामै गाँठे!
 
Posted on 11-28-05 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा खास त यता तिर धान थन्क्याउने (thanksgiving) ट्याम भच के । अब उता तिर पो खेत बारि थियो, यो मुसिरां धान थन्काउने, कोदो काट्ने, फुर्सत नै नहुने, अब ह्या केइ न केइ , बारि न बोट बढा बढा ओठ भने जस्ते के थन्काउनु नि । अनि त म पनि तेइ रन्का घुम्न गाको नि,यता त गोतामेलाइ यमकलाले निदां पनि छोडेकि रैनच । हेर्न त मलाइनि मुन थियो, कस्ति रचन तिनि भनेर ।
अब ८ बजे छोरेपाटनां भेट्ने कुरो थियो, त्यो मुला गोतामे आको होइने, बजियेलाइ केटि हेर्न जान पनि दुलइ सिगारे जस्तो अर्नु पर्ने होला अनि त के को टाइम मा आउनु ? म नि चढे नगार बसमा । मोरो गोतामे के को नआउनु नि, खलासि ले जाम जाम गुरुजि के भनेको थियो, ठ्याक्कै बसको ढोकामा आइपुग्यो के रे ? अनि हामि हुइकियेम नगार बसको लास्ट सिठमा कन्ये क्यामपस तिर । बस त मइन्द्र पुलट तेर्सा पट्टि तिर लाग्यो के रे । गोतामे त 'तिमि जा सुकै जाउ नमे म त कन्ये क्यामपस तिर लाउचु पो भन्च ' । होइन गोतामे बस तेतै जान्च भनेर हात समातेर राखे नि, गोतामे त दादाको रागो झै बसैमा बुरुक बुरुक पो अर्च बा ! त्याट बस तेर्सा पट्टि हुदै बिन्धेबासिनि मन्दिर तिर लागे पछि त गोतामे मलाइ कुटुमला पो जस्तो अर्च यार । ' यो मु* नमे साथि भनेको, केटि हेर्न कन्ये क्यामपस तिर जानि भनेको मन्दिर तिर पो लान्च । मलाइ मन्दिर तिर लर त चै मेरि यामु लाइ उडाउने बिचार छ क्या हो ? ' गोतामे सारै झोक्कियो । अब गोतामेलाइ धान्नु त कता हो कता, उल्टै कुट्ला पो जस्तो अर्च । बस बिन्धेबासिनि मन्दिर तलको चोक बाट नदिपुर तिर तेर्सिए पछि बल्ल गोतामे चुप लाग्यो । खल्तिबाट टाइटानिके लेखेको ठुलो रातो रुमालले ले लामो सास फेर्धे पसिना पुछ्यो ।
नदिपुर चोकमा गसि बस रोक्कियो, गोतामे त बस के रोक्किन पाको थियो, हाम फालिहाल्यो ढोका बाट । बल्ल हासेर बोल्यो, 'यि यो ठेकाना मा काम अर्चे अरे यामु ले, ल नमे कता हो त्यो ?' ठेकाना जुरेलि स्टेस्नरि लेखेको रैच , त्यो ठ्याक्कै कन्ये क्यामपसको अगाडि पर्च के , अनि तेतै लागेम । भर्खर ९ बजेको यामकला चै १० बजे आउनि केरे , अनि त नजिकैको चा पसलां खान लागेम चा । उता त कन्ने क्यामपसा भटभटेले तरुनालाइ चीलले उठाए जस्तै च्याप पार्दै लादो रैच केरे । गोतामे गुनगुनाउन थाल्यो, कतै मेरि यामुलाइ पनि तेस्तै भटभटेले उठारपो लानि हो कि, मैले चाल पाइ हाले । गोतामेलाइ अर्को एक कप चा मगार लागे चिप्ले ढुंगा तिर । त्याट मेरा बाउनदाइलाइ भनेर भटभटे मागेर आए गोतामे का । मैले भटे भेट चलाको देखेसि त गोतामे दंग नि, कता मलाइ नै मुइ खाम्ला जस्तो पो अर्च गाठे । अब आइ ए सात बर्ष लार पढ्दा खेरि गोतामेले भटभटे पनि सिकेको मलाइ थाहा थियो, तेसो भर जसरि भे नि यामकलालाइ गोतामेको बनाउनु पर्यो भनेर मलाइ एक्दम टउसन थियो के, तेसैले भटभटे ल्याको नि । ठ्याक्कै १० बजे यामकला आइपुगि अपिसा । ओहो, बिछ्टै राम्रि रैचे यामकला त , फिलिमकि हिरिनि जस्तै ।गोतामे त पछाडि पो हट्च बा ? त्याट मैले गोतामे लाइ यामकला तिर गचेटेसि बल्ल बोल्यो, के के काने खुसि अर्यो, भटभटे देखायो त्याट यामुले एकछिन है भनेर अपिस तिर छिरि, गोतामे त पछि पछि पो लाउचे बा । म बाहिरै उभिए । त्याट २ जनै बाइर निस्किए । गोतामे त भटभटे चलाउन लाग्यो । यामकला त खुरुक्क घोडा चढेको बेहुलाको पछि बसे जस्तै गोतामेलाइ च्याप्प समातेर पछाडि पो बस्चे बा ! २ जनै लागे नि मइन्द्रपुल तिर, म त हेरेको हेरै भए नि ?

 
Posted on 11-28-05 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे र यमकला ।
 
Posted on 11-28-05 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-28-05 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फलैचाँ बसेर चिलिम फुक्दै, आफू ठिटो छँदा माथि कटरबोटे साईँलीको तिघ्रो चिमोट्या सम्झिरा थेँ , कानाँ कता कता गोताएँ को गन् गन् सुन्या जस्तो लाओ।यसो हेर्?या त गोताएँ 'पाए आजै याउँकलीलाइ भित्राउँला' झैँ गरेर चिटिक्ख परेर आ रेछ। सरट, पाइँट अनि गोलठर (गोल्डस्टार) जुत्ता लार कपालाँ शहराँ पाइनि एक सिसि के जाति तेल सप्पै खन्याएर मलएको लाउरे जस्तो भएर माइली सङ के के हो कुरो अरीरा रेच। याउँकली को ठेउना लिन आम्छ भन्दै थि माइलि त हिजो राति.....त्यै कुरो अर्?या होला अब। अब कक्कड खाने साथि नि हुने अनि यसो दुइ चारवोटा गफ पनि चुट्न पाइने भनेर मुइले गोताएँलाइ बोलाएँ -
"जय शम्भो ! ए गोताएँ एक सर्को तान्छस्?"
गोताएँ अलि ससर्केको जस्तो अरो। म पनि फलैँचा बाट उठेँ । अगाडि यसो हिड्या मात्तै के थेँ माइलि च्याँठ्ठिएर कराइ -
आफैँ खानु नि नौथरी, सोझो गोताएँलाई किन बिगार्चौ ए बूढा?"
तिहाराँ फरिया नकिन्देको रिस, माइलि त हाताँ कुच्चो लेर आम्चे बाबा!!!
लु भएन.... भनेर त्याँटी हिने तल्तिर। चिलिम को झोकाँ हान्निएर झरेको म त खुरु खुरु तल आँधिको तिराँ पो पुग्न लाइचु........

 
Posted on 11-28-05 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.......
"ओ जिम्माल बा, कता हो ब्यानब्यानै?
कता सुन्या सुन्या स्वर जस्तो लागो। यसो दाइनेतिर चौताराँ हेर्या त चित्रे र आइते बाऊचाल (बाघचाल) खेल्दै रेचन्।
"कता हुनु चित्रे .....त्याँ लाटे दमैका दौरा सिलाउन दियेको थेँ , लिन जान्चु भन्या चिलिम को सुराँ यता झरिएच"
बुढिले लखेट्या कुरो चाइ अरिन मैले, फेरि चित्रेले त " माइलियाँ ले लखेट्दा जिम्माल बा यो यो बाटो दगुरेको" भनेर नउशा बनाम्ला भनाम्ला भन्ने डर ।
"लु यता आम जिम्माल बा, एक दुइ सर्को हामि पनि तानुम्"
चित्रे ले बोलाएसि बल्ल थकाइ लाग्या था भो। अनि म पनि चौतारिआँ बसेँ। आइते घोरिइरारेच बाऊचालाँ। म बसेपचि पुलुक्क हेर्यो, केइ बोलेन। मनमनै "हन यो आइतेलाइ के भएच आज" भन्दै चिलिम चित्रेलाइ दिएँ।
"माइल्बा मेरो त मन दुखाउनुभो तपाईले"
आइतेले बल्ल बोल्यो....... मलाइ अचम्म लागो
"के कुरा अर्च यो आइते! मैले के अरेँ त्यस्तो तँ बजियाको मन दुख्ने ?" ( ठिटाहररुको माया लाग्दा बजिया भन्न मन लाउच मुलाइ)
"त्यो नमे र गोताएँ लाइ केटी खोज्दिँदै छिन् रे माइलियाँले , हाम्रो वास्तै छैन। माइल्बा ले भन्दे त हुनथ्यो नि"।
आइतेको मुटु घाइते भा कुरो बल्ल बुझे मैले।
"लौन माइल्बा मुलाइ पनि एउटी खोजिदिम्"
चित्रेले पनि मुख फोर्यो। यि ठिटा हरुलाइ केइ त अर्नु परो भन्ने लागो "
"क्यार्न पिर मान्छौ गाँठे, एक से एक खोजिदिम्ला नि...आजै चाइनेजो माइलिलाइ कुरो अर्चु "।
मेरो कुराले ठिटाहरु को मुख हँसिलो भो।
त्याँसि चिलिम तान्दै गइयो पालै पालो , कुन बेला ढलेचु था नै भएन।
"माइला....ओ जिम्माल माइला.....माइला हो "
कसैले घचघच्याइरा जस्तो लागो। आँखा खोल्या त अँध्यारो हुनलाग्या रेच, अनि दादा ले पो मुलाइ उठाउन खोज्या रेचन। राँगोको दाना लिइवोरी दादा आइसकेचन् ।
"के ताल हो माइला येस्तो, यसो उस्तै बेला बखताँ पो चिलिम तान्या राम्रो त, दिन भरि ढल्ने अरेर पनि तान्ने हो त?"
टाउको फनफनी घुमिरा थ्यो। जसो तसो उठेर लुगा टक्टक्याएँ।
" जाम अब घाम डुबिसको...जिम्माल्नि ले पिर अर्चिन फेरि"
दादाको कुरो सुनेर मनै खल्लो भो।
"यो चिलिम त अब ज्यान जाला छुन्न" मैले मन मनै भाकल गरेँ!
दादाले ठम्याइहाले। औधि माया अर्चन दादाले मुलाइ मुख हेरेर थापाम्चन मेरो मनाँ के च भनेर।
"लु केइ भा चैन....गित गाम्दै उकालो लागुम अब"
दादाको कुरा सुन्ने बित्तिकै चित्रे अघि लागो अनि त्यसको पचि पचि आइते। दादाले मलाइ डोर्याए।
दादाको गित सुन्दै चारजना उकालो लागियो-

तमरो मातर नाइहो बैनै
तमरो मातर नइहो बैनै, तमरो मातर नइहो
तमरो मातर नइहो बैनै, तमरो मातर नइहो

पिपल परेउँ
पिपल परेउँ हामी, नारी पिपल परेउँ
पिपल परेउँ हामी, नारी पिपल परेउँ

मेरो ल डोटी घर
मेरो ल डोटी घर, बैनै मेरो ल डोटी घर
मेरो ल डोटी घर, बैनै मेरो ल डोटी घर

तिमी प-या वर
तिमी प-या वर, दाजै तिमी प-या वर
तिमी प-या वर, दाजै तिमी प-या वर



 
Posted on 11-28-05 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यी फोटाहरु याउँकला र गोताएँका त हैनन् , खुट्ट्याम है दम्तरीहुर...


 
Posted on 11-28-05 6:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आर्को...


 
Posted on 11-28-05 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर गोतामे र यामकलाको चटक, घरी भटभटेआं, घरी फेबातालां, सक्किएन बा !
 
Posted on 11-28-05 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन गोताएँको र यामकलीको पिरेम त एकै दिनाँ झाङ्गिएचनि गाँठे!
कइले बजारको सटकाँ, कइले भैँसी चर्ने सटकाँ अनि कइले चाइँ फेवातालाँ।

 
Posted on 11-28-05 9:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फलैचाँ बसेर चिलिम फुक्दै, आफू ठिटो छँदा माथि कटरबोटे साईँलीको तिघ्रो चिमोट्या सम्झिरा थेँ। ... ... ...
चित्रे ले बोलाएसि बल्ल थकाइ लाग्या था भो। अनि म पनि चौतारिआँ बसेँ। आइते घोरिइरारेच बाऊचालाँ। म बसेपचि पुलुक्क हेर्यो, केइ बोलेन। ... ...


Very nice and original. > बिर्खे जिम्माल बा।

ह्याँ थिम एउ बाजी, अस्ति नेपानेले टाँसेर छोडेको गीत नै उपयुक्त हुनी देखेँ नि मैले हेऽरी केटा हो ।
हुन त अपुर अपुर पुनी जो छन् केरे, अहिलेलेलाई तेइ जाति हुनी मेरो ठहर छ लौ।


यामकला: माझी दाइ, पोखरा फेवातालको
लाम् मयाँ साँच्चैँको नलाम् भो ख्याल ख्यालको!

गोतामे: माछापुच्छ्रे सिरको पानी फेवाताल आइछ!
किन झल्को लागो भन्थेँ, भेट हुनु पो रइछ!!

दुबैले: माझी दाइ, पोखरा फेवातालको
लाम् मयाँ साँच्चैँको नलाम् भो ख्याल ख्यालको!

 
Posted on 11-29-05 1:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चा खाँदै थेँ म , नमे फुत्त निक्लेको थ्यो, एकछिनपछि हुण्डा भटभटे लेर आयो। मचैं त्यसपछि याम्कीलाई लेर लागेँ केरे महेन्द्रपुलतिर। नमेचैं बगरतिर कता काम छ रे भनेर गयो।
"कहाँ जाने याम्की, लेकसाइट ?" भनेको "किन जानु नि लेकसाइट?" भनी। "त्यसो भए ओपन हाउस जाम् न त" भनेको "किन बेकारमा पैसा खर्च गर्नु नि? त्यैँ देउरालीमा चिया खाए हुन्न?" भनी। आखिर मेरो पैसा भन्नु पनि याम्कीकै त हो नि। तेल्लाई पनि मेरो मया लाउन थालिसकेच, नत्र पैसा जोगाम् भनेर किन भन्थी?!
चिप्लेढुंगाको देउरालीमा बसेर चा खाजा खाइयो, बात मारियो। बात के के मारियो भनेरचैँ नसोधम् है केटा हो! जे होस् यो मंसिराँ गोताएँले झ्याईँ पार्ने भो!
जुरेली टेशनरीमा याम्कीलाई छोड्न आऊँदा नमे तैँ थ्यो। दादा पनि आइसकेछन्। "जय नेपाल"
गोताएँ भनेर दादाले भनेपछि मैले पनि "जय नेपाल" भनेको याम्कीले त आँखा यत्रा यत्रा पारेर घुर्न पो थाली।
"तपैँ काउँरेस हो कि क्या हो? काउँरेसका छाउरालाई त म त देख्न नि सक्दिन!" तो त अखिलकी नेतिनी पो रचे। स्ववियुको सदस्यमा समेत उठेकी र'चे पहिला।
"हेर याम्की, काउँरेस भनेनी कउँनिस भनेनी मान्छे मान्छेनै हो केरे। काउँरेस र कउँनिस नमिल्नाले यत्रो दुख पा'का छन् मान्चेले। मिल्नुपर्च। बरु यो मिल्ने कुराचैँ हाम्रै ब्या'ट शुरु गरम! ------" भनेर भनेसी बल्ल मानी। आखिर यो गोताएँ पुनि एकताका भासनै हान्ने चारतारे हो नि!
त्याँ माथि दादा र नमेले पनि "यो काउँरेस भए'नी राम्रो काउँरेस हो, डराम्न पर्दैन।" भनेसी त याम्की फेरि दङग परिहाली।
तेसपछि याम्कीका बा आमा संग कुरो गरेर ब्या आँट्ने दिन टुंगो लाउन दिऊँसो याम्कीका घरमै जाने कुरो भो। याम्की पनि दिऊँसो चाँडै फर्किन्छु भन्दै थी।
************************************************************
याम्कीका घराँ खासै धेरै बेर बसिएन। "माइजुले भनेसी हामीले के खोजीनिती गर्नु परो र?" याम्कीका बाले भने। "अब हजुरजस्तो जाँड,रउसी,सिखरेट, बीडी, पान, सुपारी समेत नखाने केटो पाम्नु हाम्रो लागि त भाग्गेको कुरो पो हो।" याम्कीका बाले यसो भन्दाचैँ दादा र नमे मुसुमुसु हाँस्दै थे।

ब्या' आँट्नेचैँ आम्दो आईतवार, ब्याचैँ मंसिर ३०को लास्ट लगनाँ गर्ने कुरो भा'छ।


 
Posted on 11-29-05 1:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यी नेपे काजीले मेरा फुटा कता'ट पा"चन् गाँठे? तर तो डुंगाँ बसेर चूच्चो जोड्न आँट्या फुटो मेरो हैन है। भटभटे चढ्याचैं हो।
 
Posted on 11-29-05 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

congratulations good.
 
Posted on 11-29-05 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याम्कीका बाले भने। "अब हजुरजस्तो जाँड,रउसी,सिखरेट, बीडी, पान, सुपारी समेत नखाने केटो पाम्नु हाम्रो लागि त भाग्गेको कुरो पो हो।" याम्कीका बाले यसो भन्दाचैँ दादा र नमे मुसुमुसु हाँस्दै थे।
_______________________________________________________________________

बाहिर मात्रै हो मुसु मुसु, भित्र भीत्रै त हासो ले पेटनै दुखको थियो ।

 
Posted on 11-29-05 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि नेपलिमा टा?प गरन तहाले.

तर के हो के हो येकदम गारहो हुदो रहेछ नि यार................

जे होस येउटा गित त गाुनु पारि हालयो ................

-------------------------------------
हासउ केलउ रोदिमा बसेर माया लगाउ कमर कसेर
हासने कहेलने मनमा तहियो दाि को उमेर .........

.............amazing.............
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters