[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - III

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 148306 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 10-27-05 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जमम चौतारिआ, गफ चुटम , रमाइलो अरम , माया लाम, पिरिम अरम है त गामले दाजु भाइ दिदि बइनि हो ?

 
Posted on 11-21-05 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Haina, yeo Mailo le kati hasaamna sakya ho...... bhundi dukhi sako, hansda hansda.. muile puni aabo dekhun chain yeso belaa bakhataan falaakna paro, lau je sukai hos..

ani khera, Mailo, au Mailo, sunenau bhanya. Aabo Jeth Daajai laai yeso china parchi gari dim ta.. feri chinna na jaannu bhir dekhun ghacheti maagnu hunchha gaanthe!

Khoyaa ta taanai paro gaanthe. Aabo chainjo kyaare jo chha kyaa naam, mailo le kaaliz puni lyaachan kasko, khosaayera lyaa hun ki sachhikkai lambari not diyera ho kunni.. alaare hur kaa kuraa puni patyaamna saaro gaanthe

Anta khreri, chainjo kyaare jo chha kya naam.. Ken Danda ko teo antarey Seerey kya seerey puni yehi aa rachha gaanthe.. .. anta kheri Jamuni chain ko ni feri? Lau Mailo chinaamna paro Jeth daaju laai...

Buhari namilla feri, bhun dyaa chhu kerey ni.. ahem
 
Posted on 11-21-05 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है बिर्खे दाइ मुले नि त्यो दोबान गुरङ साइलाकाट नम्बरि नोठ देर ल्या भाले, आज चै मज्जाले जम्नु पर्च है ? दादा कता गए सारै मिठो गित पो गाउचन त, यसो खोइलो बिर्कै चढेसि त मैले नि भेट्टाउचु तिनलाइ ।



 
Posted on 11-21-05 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, क्याहो यहाँ यस्तो? यी चौतारीहरूका कुरा पनि धेरै लामा लामा भ'र हो कि पढ्ने ट्यामै पा'थिइन भन्या। यस्सो दुइ चार टुक्रा आज के पढ्या थें हाँसो उठेर हैरान। हैन यी ठिटाहरूलाई कहाँबाट कुरा आउने हो, कुन्नी। फेरी आफ्लाई त यी केटाहरूको शैलीमा कुरा गर्न पनि आउला जस्तो लाग्दैन, तैपनि टराई (try) मार्नु परो। अनि नेपालियन बाबुले ल्याको भाले चैं गज्जबको रैछ नि, दशैं त गैसको, तैपनि भाले खाने मन चैं मर्या छैन। अनि गौतम, दादा, सिरे, माइला, बेंसीथाने र अरू सबै काँ गए होलान्?
यो नेपाली टाइप गर्न पनि कति गारो, ल आजलाइ त अम्लै दुखिसको भन्या।
 
Posted on 11-21-05 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अब चौतारिआँ चाइनेजो जात्रा लागो...जति धेरै मुन्चे उति धेरै रमाइलो....मेरो लाउरे दाजु पनि आम्नु भा छ केरे । लाउरे दाजु धेरै बर्ख अघि लाउर गाको..सम्झि ल्याउदा अइले नि मुटु चाइनेजो चसक्क हुन्च। कुरो के भनेनि ...गाम मा गल्लवाल आम्दा दाजु भाइ कस्सेर भर्ती हुन गाको, चाइनेजो मेरो छातीको नाप पुगेन र मुलाइ फाल्दे केरे दाजु चाइनेजो पल्टने भये...धेरै बर्ख पछि आका हुन गाम मा। अउँरेजि त फररर बोल्छन गाम को पुरेत ले कथा हाल्या जस्तो...लुआ (लुगा) पनि कति सुकिलो लाका हुन गाँठे...अगि तल बिशीआट (बेशि बाट) उकालो लाग्दा सुकिलो लुआ लाको लाउरे दाजुले क्यास्केट (cassate player) बोकेर गित बजाम्दै अर्दा दाजुलाइ हेर्न गामका तरुनिको घुइँचो लागेछ केरे..अनि त दाजु पनि मस्कीँदै मस्कीँदै हिनेछन त्यसैले ढिलो आएका...हन बुढा पनि कइल्यै नहुने भए यि दाजु त......
लु त नेपालियन....अब लाउरे दाजु अनि बिश्व नक्शा पनि यतै छन केरे....कुखुरो,
कालिच काट्नु परो...खोया बिर्को खोल्नु परो...पुगेन भने घ्याम्पै लेरार फोरौलानि...
बरु सिरान घरे जेठा काँ गएर मादल ल्याम्नु परो.....रोदी घर बनाम आज चौतारिलाइ, कि कसो?
 
Posted on 11-21-05 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो,
के बिधी मुन्छे जम्मा भाका हुन गाँठे आज त । सन्जोग पुनि कस्तो परेको हो ?

चईनी कता'ट आज त जेठा जिम्माल लाहुरे पुनि लाहुरबाट आएछन केरे । कतिको छुट्टीमा आए कुन्नि, न पिन्सिउँ (पेन्सन)
पकाएरै आका हुन, तेसो हुन भनि र अब चईनी गाममै बस्नी हुन भनि त यिनलाई गामको चुनाबमा अदक्षे बनाम्न पर्च । अब
मलायका लाहुरे भाका केरे, पैसा पुनि धेरै जो कमाए भन्चन । अरुका त घर मत्रै हो केरे, चईनी तिनै लाहुरेको पैसाले त होला नि
तीन वोटै भाई जिम्मालका त घर-गोठ सप्पै कटेरा सटेरा चईनी टीनले छाएका पुनि उहिले हो केरे । अझ चईनी बटौली मुन्तिर उँधो
डाईबर टोलमा एउटा दुई तले सिलमट्टी लाको घर पुनि (cemented) किनेका छन अरे ।

मैले त देखेको छैन केरे अझै जो । जमुनिले धुसेनीको खरबारीमा घाँस काट्दै थिई अरे, तेति खेर चौतारिमा मुन्छे भेला भाको
देखेको अरे । हरियो रायेपाटे कपडा खोल हालेको चार वोटा अटैँची (attache) भरियालाई बोकाएर आका थे अरे । हाताँ चईनी
साईको फाईब (seiko-5) घडी लाका अरे, चईनी एउटा टेपरिकेट (tape recorder) लाई मखमलको खोल हालेर गीत घन्काम्दै हिँडेका अरे ।
"उड्नी चरी खसाल्छम हाम्ले त
यो देखेर छक पर्छन गाम्ले त
पानको पात
मया तिमलाई सम्झिन्छु दिनको रात
मर्स्याउँदी सलल..."
 
Posted on 11-21-05 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जमुनिले त्याँसी नजिकै गएर हेरिछ केरे । पहिला त चिनिन्छ के, भक्खर (भर्खर) को ठीटो जस्तो तन्नेरी केटो जस्तो को होला यो
बाटाँ हिड्नी मुन्छे भन्ठानिछ केरे । त्याँसी येसो बिचार अरेर हेरेको त जिम्माल जेठा लाउरे भनेर ठ्याक्कै चिनिछ केरे नि ।

मैले त बेकाराँ गाली खाएँ नि त्याँसी । "हेर जिम्माल जेठा पिन्सिउँ पाकेर आम्दा पुनि कति तन्नेरि देखिएका हुन, तिमी त जहिले
नि तो गाँजा खान्छौ, मर्न लागेका बुढा जस्तै देखिन्छौ आजै, पुठो सुठो सुकिसको तिम्रो त आजै " भनेर मलाई गर्न सम्मन गाली अरि ।

मैले नि के भन्नु, अनि " अब जिम्माल जेठा भनेका चईनी मेल्टरी मुन्छे, जन्मौटे (जन्मिदा खेरि देखिकै) जो तेस्तै खाईलाग्दा केरे
नि, नत्र त जस्ता पाए तेस्तालाई चईनी मेल्टरीमा लिन्छ त ? हेर न, बिर्खे जिम्माल माईला पुनि त गाका हुन केरे नि मेल्टरीमा छेक्किन
त, तिनलाई धोती देखाईदेयो केरे छाति सानो भओ भनेर " भनेँ। अनि भनि जमुनि पुनि चुप लागि । के हुँदो रैच कुन्नि यो आईमाईको
मन पुनि, जहिले पुनि लोग्ने चईनी तन्नेरि देखिन पर्नी अरे बाई ।

फेरि चित्रे (world map) पुनि कता'ट आएछन केरे नि यहीँ जो । पुन्टे दाजीले भनेको तो तिनकै गेडीखोला धोबिनिको घर मास्थिर
कटहरको रुख मुन्तिर घर भाकी थिईन नि ठूली फुपै । अब हुन नहुन त के हो, पुन्टे दाजीले भनेको हो तिनै कटहर मुनि की फुपैकी जेठी
छोरी दिलकुमारी लाई त चित्रेले पोईला लगो अरे भन्थे गाममा । मैले भनि अझ "हैन होला पुन्टे दाजी, चित्रेले त कता हो उतै उँधो लाहुर
तिर तिर्थ-वर्त जानी मुन्छे हुरलाई चईनी चार धाम घुमाम्नी कम्पनीमा पारमेन्टी काम (permanent job) पाका छन अरे, दसैलाई आका थे,
अहिले तेतै काममा गाका होलान, पछि फेरि फर्केर आम्छन " भनेर भने।

पुन्टे दाजीले भनि " हैन, कहाँ नहुनी हो, चईनी दसैका पुर्नियाका भोलिपल्टै जो गाममा दिलकुमारी पुनि छैन, चित्रे पुनि छैन, नपत्याए
डाँडाघरे नमे (nepalean) लाई सोध न । अब दिल कुमारीकी बहिनी भिम कुमारीलाई त नमेले लईन मार्च केरे नि, कुन दिन नमेले पुनि
भिम कुमारीलाई पोईला लान्च " भनेर भन्थे । हुन त पुन्टे दाजीको कुरो पत्याईहाल्न हुन्न, रउसी नखाका बेलाँ तीनले हरिस्चन्द्र ले झै सत्य
कुरा मत्रै जो अर्चन, केही पुनि ढाँट्दैनन् केरे, रउसी खाका बेलाँ भनि पुन्टे दाजीले भनेको केही पुनि ढुक्कै सित पत्याम्न चईनी डराम्नै पर्च केरे ।


Keep rolling...

 
Posted on 11-21-05 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, यो सिरे नि कति हसाउन सक्या होला, के के भन्छ भन्छ। फेरी चौतारीमा छिर्न पा' हैन, दिलकुमारी सिलकुमारीको दोष लाग्न थालिहालो। हैन, यो पून्टे दाइ पनि अचेल अलि बढी नै पिएर गफ दिएर हिंड्न थाले कि क्याहो?
उडाइ चैं हाल्या हैन, तर दिलकुमारी हो की के हो उनको नाम, ती केटीले चैं पैले आँखा सन्काको हो है मलाई। अनि म मात्र के कम त, मैले पनि झिम्काइदिएँ नि। तेस पछि त भेट पनि भा'छैन, याँ आफ्नो वेपारको हिसाबकिताब मिलाउने कामबाट फुर्सत् पा'हैन। तैपनि यस्सो झ्यालबाट चैं ट्याम् ट्याम्मा च्याउने गर्छु है, कहीं यतैबाट हिंड्दैछिन् कि भनेर। अब फुर्सद पाको बेलाँ धोबिनीको घर मास्तिर कटहरको बोट मुन्तिर घुम्न जानु पर्ला। धन्नेवाद है सिरे, यो अमूल्यो सूचनाको लागि। साँच्चि, पून्टे दाइसँग कहिले रउसि खान पाइन्छ हँ अब?
 
Posted on 11-21-05 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लागुरै जाउँला
धन कमाई ल्याउँला
लाल लउरी बेल्लौरी! ... ...
अ हँ!

(नेपथ्यमा मखमलको खोल हालेको क्यासेटमा बज्दै।)
 
Posted on 11-21-05 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे भे नि यो चौतारीया मुन्छेहरु नया नया आर झन रमाइलो भइ राखेच । ति लाउरे दाइ आर त रौनक नै फेरीयो गाठे । आब सधै खोइले बिर्को खादा खादा त्यो त पधेराको पानी जस्तो लागि सकेको थियो, अब लाउरे दाइले ब्यार ( बियर) खूबाउने रे । गामका मुन्छे ठाममा पुगेनि काम नै लाउदो रैच । तर साइलिको घर पो चौतारीट नजिकै थियो, कसरि ल्याउनि हो त नि यात्रा मुन्छे लाइ ब्यार भनेको त लाउरे जङिए बा , ' चाइन्जो लेकिन देशा बढे बढे काम त आइटिङ ( आइडिया) लार अरियो त्यो ब्यार ल्याउन कौन बढे काम भो र ' । कसले सक्ने अब लाउरे दाइलाइ ? त्यासि त्यो स्वार स्यानो लाइ समातेर कानमा के हो खुसुक्क बोले ।
उता चित्रे ( वर्लड म्याप) ले चित्रो हो कि कालिज के जाति पकाउदै थियो, हामि त लाउरेदाइको लाउरे गफ सुन्दै काजो (फील्टर) हालेको भिल्स ( विल्स) चुरोट तान्दै दङ नि । २-३ घण्टा पछि त स्वार स्यानो डोकां गाउरी (गाग्री) बोकेर आउच केरे चौतारिया । उता सिरे करायो, 'कता जाड खार आइस स्याना, गाउरी लेरे पधेरा पो जानु पर्च कता चौतारिया आको '। स्यानु लुरु लुरु लाउरे दाइ तिर लाग्यो । म त छक्क परे बा के आइटम अर्न लाका हुन यि लाउरे दाइले ? कुरो बुझ्दा त पखरा ट स्यानालाइ गाउरिया ब्यार बोकेर ल्याउन लाका रचन, अब धेरै बतल बोकेर ल्याउदा फुट्ने भन्ने डर अनि त गाउरी मा ल्याउन लाचन। माने बा लाउरे दाइको बुद्दिलाइ। त्यासि त त्यो क्यासेट बाट 'सरर पानी घट्टमा ----'भन्ने नया दोरि गित लाइ हाले नि । दादा ,भउते ,गोतामे र बेशिथाने नाच्न थालि हाले नि, बिर्खे र लाले ( लौ त लौ) त थपडि बजार उदुम नि । म पनि के कम, भोटेसाल नाच दिइहाले नि !


 
Posted on 11-21-05 7:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौ, लाउरे दाईले ला को ब्यार धोकेर जिम्?माल जिम्?मालनीलाई
चौतारीमा ल्यार यसोरी पो गीत गाएर नाच्?न थाले।

छेक छेक भाले छेक्?दैन, पोथीले आँखा देख्?दैन....
छेक छेक भाले छेक्?दैन, पोथीले आँखा देख्?दैन....

 
Posted on 11-21-05 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले ताधी कुरा गरेको दुर्गा दाइ ह्वाँ नै हो।
-----------------------------------------------

सम्झना माघे सक्रान्तीको हो।
*** *** ***
बिहानै झिसमिसेमा उठेर सकुनीले बाहिर निस्केर यसो टाउको ठाडो पारेकी त माथिबाट दुर्गा दाइ आइपुगेका। दुर्गा दाइ लाहुरे। पहिलो छुट्टीमा आका। हातमा उतैतिरको क्यासेट भिरेका। भर्खरका रहर लाग्दा ठिटा।
"काँ जान ला, दुर्गा दाइ यति बिहानै ?" सकुनीले सोधी।
"नुहाउन जान ला नि। रामदितिर। तिमी नि जाने भए हिँड, जाऊँ सगै।"
"हामी पनि जाने हो तर मिना र माने दाइलाई पर्खि रा ।"
"मिनाहरु त माथ्लोबाटो लागिसके। रिढि जाने रे यसपालि त।"
"खै आउने बनदै थी। ए एकछिन है।" सकुनीले बाख्रा-पाठा सारी र गाईलाई पराल हाली, कोरीबाटी गरी र उनीहरु पनि देऊराली थानको बाटो लागे।
देऊराली थान पुगेपछि देऊराली माइलाई पाती चढाइयो । एकैछिन कर्दाकुर्दै सबैजनाको भेट भो। रामदि जाने कि तल रिढितिर जाने भनेर एकछिनको अलमल र छलफल भो। तर यसपालि यता रामदितिर झर्ने कुरामा सबैजनाको सहमति भयो र हामी झरियो।

राती रामदिमा सबैजना अस्थाई घर बनाएर त्यहीँ बास बसियो।
बेलुका भलाकुसारी सुरु भो। मैले दुर्गा दाइसित देश खाइ शेष भएको मान्छे भनेर धेरै कुरापनि सोधेँ।
दुर्गा दाइका हकँकगँ, बेलायत, सिगांपुरका गफमा हामी मस्त हुन थालियो। डिबियोको मधुर प्रकाशमा कलब्रेक पनि चल्दै गयो।
मिनाले आगो सल्काई। सकुनीले तरुल पोली। दुर्गा दाइले पोकोबाट बँदेलको मासु निकाले। सबैले तरुल र बँदेलको मासू पोल्दै, खाँदै गरियो। त्यो माघे सक्रान्तिको रामदिको टीठ लाग्दो जाडो पनि बिर्सियो।
एकछिनपछि सबैले भक्तजन हुँदै भजन गाउने मनसाय राखे। स्वरै स्वरमा भजन पनि सुरु भो। मैले झोलाबाट खैँजडी निकालेँ। कोहि खैँजडीको तालमा र कोही सोरढिको तालमा नाच्न ताले। सकुनीको कोइलीको जस्तो सुमधूर कण्ठले वरिपरिका सबैलाई आकर्षित गर्न थाल्यो भने मिनाको बारुली कम्मर भाँचेको नाचले त झन सबैजना हाम्रो बथानमा झुम्मिन थाले। काली गण्डकीको तिर, त्यो पहाडको खोँच पनि रमाइलो र गुन्जायमान हुँदै थियो।
माने दाइले पोल्टोबाट गाँजा निकालेर कटुसको पातमा बर्दै बिँडि बनाए। मैले पनि एक दुई सुर्का तानिहालेँ।
हामीलाई गाँजाको नसाले भनौँ या अब उमेरको नसाले, भजन त चालै नपाइकन बिस्तारै रोदिमा परिणत हुँदै गएछ।
"सम्झि छौ कि नानीले बाला दिनमा हाँसेको
सम्झि छौ कि नानीले बाला दिनमा हाँसेको
सरर सरर रोदी घरमा सँगै नाचेको
सरर सरर रोदी घरमा सँगै नाचेको

सम्झि छौ कि नानीले बाला दिनमा हाँसेको
सम्झि छौ कि नानीले बाला दिनमा हाँसेको
सरर सरर कोल घुमाउँदै उखु पेलेको
सरर सरर कोल घुमाउँदै उखु पेलेको
... ... ..."

रातभरि रमझम लामो रमझम भो। भोलिपल्ट रामदि यानेकि काली गण्डकी नुहाउने मिठो सपनामा
पत्तै नपाइकन निदाइएछ।
बिहान सबेरै उठेर म यता तिर फुल टिप्न लाग्या मात्र के थिएँ, दुर्गा दाइ र मिना त्यहीँ बजारको भिडमा हराइ सकेछन्।
माने दाइ र सकुनि पनि लिपिस्टिक पाउडर रोज्न थालेछन्।
म भने त्यत्रो भिडमा एक्लै किंकर्तब्यबिमुढ !

अझैपनि माघे सक्रान्ति आयो कि रामदीको मेलाको यादले मलाई सताउने गर्छ।
मेरो लागि भने रामदीको मेला पोलेको तरुल र बँदेलको मासुमा सिमित रह्यो तर पनि स्मृति पटमा अझै सजिएको छ।
रामदिको मेला, माने दाइको गाँजा, भजनको नि पारी दोहरी खेल ।

I miss all of you!

 
Posted on 11-21-05 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै! हैन के भ'को यो! जता गएपनि मेरै ब्याकै कुरो मात्तै! बेँसीथानेले समेत केटीको कुरो ल्यायो गाँठे! मंसिराँ त मूसाले पनि सातौटी ल्याम्छ भन्थे। हामीजस्ताका दिन पुनि आम्दा रचन्! तर होइन ए दम्तरी हो, यो पाला ब्या अर्नी अरु कोई निक्लेनन् भन्या? लेककी फूलमायादेखि पखराकी यामकलासम्मको कुरो मैसंग चल्या छ गाँठे!
जल्ले जे भनेनी मैले चैँ पखराकी यामकलातिर आँखा गाडिसके। कुरो अर्कै पर्या रच। जमुनीकी सैनी यामकला र जिम्माल्नीले भन्या फौउसिंगे नानी त एउटै पो रचन! जिम्माल्नी र जमुनी भउजुको सल्लाह रच केरे अस्तिदेखुन्कै, गोताएँको किलो दाम्लो नगरी भएन भन्नी । मोरीले शहर पसेसी नाम फेरीच, अहिले त सुनीता कि रमिता के जाती रे। नाम जे राखेपनि कविता लेख्ने त भइहालें केरे मैले!
अघि भर्खर जमुनी भाउजुले बोलार " ल गोताएँ, पर्सी यामकला नआउने भइ। जिम्माल्नी आमैले कुरा गरीचन्, आउन लाज मानी रे। अब पखरै गएर हेर्नु तेल्लाई।" भनेर एउटा फुटो दिइन केरे। फियाताल (फेवाताल) को डुंगामा बसेर खिचाकी रच! कति राम्री देख्खेकी नी मोरी! कस्तो मया लागेको मोरीको! लप पर्या भन्या यै हो कि क्या हो? कन्ने कम्पसमा पढ्चे रे। जिम्मालकाँ रातभरि जमेर भोलि ब्या'न त्यहीँ'ट पखरा लाउनुपरो। कन्ने कम्पस बगरबाट अलिक मास्तिर हैन नमे? नमेलाई थाहा छ यस्ता कुरा, पहिला पहिला नमे दिनमा दश घण्टाजति कन्ने कम्पसको अगाडि क्यारेम खेलेर बस्थ्यो।


 
Posted on 11-21-05 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुकुरको नि दिन आउचन भन्थे केरे हाम्रा हट्ट कट्ट खाइलाग्दा झिल्के गोतामेको दिन त किना नआउनि झन ? ल है गोतामे हेर्न जादा मलाइ नि लैजाउ, तिमी त अन्तै जाउला जस्तो छ । त्यो केटी जाती पढ्ने कन्या क्यामपुस त बगर ट तल पर्यो के रे नि । तल भनेनि बगर बाट सेतिया तिर तिरै आउदा इतिति उकालो चढ्न पर्च । त्यो त पानि चढ्नि उकालो हो के रे नि, सेती खोलाको कुलो को पानि खोइ कसरि हो ति चाइनाहरुले उकालेका छन केरे ।
बगर ट माथि तिर गो भने त लामाचौर बाटुले चौर पर्च के रे नि । तेता चै जान हुन्न है माउबादी को अलि बिगबिगि छ रे भन्थे लामाचौरे सनबाले ।
अब केटि क्यामपुस जाम्ला , अनि बिनधेबासिनि फिलिम हलमा त्यो यमकलालाइ फिलिम देखाम्ला । केटीहुर फिलिम भनेसि हुरुक्कै हुन्चन क्या । अनि त फिलिमको हिरु हिरुनिले जस्तै मया अरौला नि, कसो गोतामे ?
 
Posted on 11-21-05 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो नमे कतिखेर सुत्छ यार? म र गोतामे त अब दिउसो सुत्नी कुरो भएन भुद्रुगंका झैँ।
नमे, सुत्न गयो होला भनेको त यहीँ छ बा।
 
Posted on 11-21-05 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जेठो जिम्माल लाहुरे आ'को त हाम्लाई त थाहा नै भएन गाँठे! बिर्खे जिम्मालले " सुन् त गोताएँ, आज भरे मान्छे बड्लान जस्तो छ, दुइटो भाले र एउटो कालिच मात्तैले पुग्ला जस्तो छैन। त्याँ थुमको घने (घनश्याम)को घरा'ट एउटा घच्चीको भाले आर्को लेरा त। तो ठिसेलाई पुनि लेर जा, भाले छोप्न चम्बू (champion) छ।" भने। "को बढ्लान जस्तो छ बूढा?" भनेर सोधेको "भरे था' पाइहाल्लास नी! " भने। 'सउसपेन्स' (Suspense) राख्छन् बूढा कहिलेकाहीँ!

म र ठिसे थुमको घनेका आँगनमा पुगेर भालेको मोलतोल गर्यौँ। पैसा पनि तिरियो। अनि "खै त भाले?" भन्दा "बारीतिर चरिरा' च , आफैं छोपेर लैजाउ" पो भन्छ ए बज्जे। भाले पनि कति जब्बर! एक घण्टा ठ्याम्मै लागो छोप्नलाई। समात्न समात्न आँटो, भुर्र उड्छ।समात्न समात्न आँटो, भुर्र उड्छ। अति भएपछि ठिसेले एक डाइभ देर च्याप्पै समातो। दंग परें म त! डाँडाको पराइमरी इस्कुलाँ पढ्दा गोलकीपर बस्थ्यो। अझै बिर्सेको रैनच।

भाले लेर जिम्मालकाँ के पुगिया थ्यो, टाटे पाङ्रे लुगा ला'को लाउरेका गफमा सब मख्ख! "कति गफ मात्तै गर्चौ केटा हो, अब जम्न पनि परो ।" भनेर बिर्खे जिम्मालले करासी मात्तै केटाहरु भाले भुत्ल्याउन थाले।
जमियो! खुब जमियो!! सोमरसदेखि शिबबूटी सब भ्याइयो। खोया बिर्के देखि अउरेजी रउसी, गोलो बोतलदेखि चारपाटे बोतल सब रित्याइयो। लाउरका कथा पनि सुनियो।
"म एउटा गीत गाम् है।" भनेर दादा जुरुक्क उठे। आजभोलि के भ'च यीनलाई जतिखेर पनि गीतै मात्तै गाम्छन्।

"तिम्रो मया लाग्दच साइली, सम्झन्चु छिन छिन
तिमीले मया नगरेपनि म गर्चु दिन दिन---------

आज र मैले भात है खायु तिउन त गाबाको
के मया गर्थ्यौ तिमीले साइली म दुखी जाबाको------

तिम्रो मया------"

दादाको गीत चल्दैथ्यो, लाउरे जेठा त भित्तातिर फर्केर घुंक्क घुंक्क रुन पो थाले गाँठे।
"के भ' लाउरे बा ?" भनेर सोधेको "क्या सेन्टी (sentimental) गायो अच्छा लेकिन यो दादाले! मेरो इस्टोरी सुन केटा हो " भनेर आफ्नो लप इस्टोरी सुनाम्न थाले। भर्तीमा जानु अघिसम्मन् टारीघरे मूखियाकी साइली छोरीसं इलु इलु रच यी बूढाको। छुट्टीमा आम्ला अनि तिम्लाई ब्या' गरे लैजाम्ला भनेका रचन्। यीनि हिन्नासाथ साइलीका बाले छोरीको ब्या' अन्तै गर्दैछन्।
त्यै तोडमा यतिका बर्ष नफर्केका रचन्,। साइली भन्ने शब्द सुन्यो कि सेण्टी हुँदा रचन बूढा।
"ती साइली त अब बूढी भइसकि होलिन्। छोराछोरी पनि होलान्। अर्कै तरुनी खोजेर ब्या गर्नुपर्च अब।" भनेर मैले भनेको, "नो म्यान!-------" भनेर के के भन्न थाल्या थे अउरेजीमा। ठिसेलाई सोधेको, " साइली आऊँछे भने अझै रेडी छु, गोठै हान्न पुनि रेडी छु ।" भनेका रे!

त्यसपछि लाउरे उभेर बीओरको बोतललाई माइक जस्तो बना'र गीत गाम्न थाले। बीचबीचको "आई लप यू----" बाहेक आफूले त अरु बुझ्या भे' मार्दिनु! ठिसे र सिरे पनि नाच्न थालिहाले। नाच पुनि गजबकै देखाए केटाहुर्ले। दूध नदिने गाईले लात्ती पड्काएजस्तो बुरुक बुरुक!



 
Posted on 11-22-05 12:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खायो बरै खशीले
डाली नुगाई घाँस!

राम! राम! राम गए वनैमा!
मृग झ-यो स्याउली वनैमा!!

खायो बरै खशीले
डाली नुगाई घाँस!
... ... ...

 
Posted on 11-22-05 7:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाको यो गित सारै मुन पर्यो, कमुफुटार चलाउदा चलाउदै खुट्टा त जुरुक जुरुक, एक्लै भे ने नाच्नु पर्च कि क्यो हो ?
_______________________________________________

खायो बरै खशीले
डाली नुगाई घाँस!

राम! राम! राम गए वनैमा!
मृग झ-यो स्याउली वनैमा!!

खायो बरै खशीले
डाली नुगाई घाँस!
... ... ...


 
Posted on 11-22-05 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बाग्मती त बगेर गयो कान्छी
तिम्लाई कुर्?दा यो उमेर भयो कान्छी
जाँउन काठ्?मण्डु कान्छी जाँउन काठ्?मण्डु ।

 
Posted on 11-22-05 7:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटी: आजै र मैले घाँसै र काऽट्यो
सुन हजुर,
वनैको चिलाउनी!

ए नौलो गाउँको नऽउलै भाखा
सुन हजुऽर,
कसरी मिलाउनी?

छम् छम् नाचिदेऊ निउरेर
हातमा रुमाल, कानमा फूल सिउरेर ... ... ...

केटा:
ए, यो बइनीको
गाजलु आँऽखाले
छाती ची-यो सुरिऽलो भाखाले!

छम् छम् नाचिदेऊ निउरेर
हातमा रुमाल, कानमा फूल सिउरेर ... ... ...


ऐया बा, हेर त हाम्रो सिरे नाचेको, दुध नदिने गाइले लात्ती हान्या जस्तो बुरुक बुरुक नै नाच्दो रे छ। त्यसै गँगटे जमुनी पनि सिरे भनेसी हिरिक्कै हन्छे? कला छ नि केटोसित कला। कला नभा केटो गला नभा केटी रोदीमा नआए नि हन्छ। भन्थे हाम्रा लाउरे दाइले हो रे छ।
 
Posted on 11-22-05 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै हिजा खान्कि ले हो कि रोदिआँ नाच्ने नानि को कम्मर को बान्की ले हो...म त सुतेको सुतेइ भैचु गाँठे...
बिम्झेर हेर्दा त चाइनेजो कति मुन्चेअरु रेचन......लु निद्राले अझै छाड्या हैन आफुलाई इनेजो पचि आम्नु पर्ला....
कला नभा केटो गला नभा केटी रोदीमा नआए नि हन्छ रे दादा.......
त्यसोभे ....मुइले माइली लाई बे अर्नु परो भनेर हाम्रो बा लाइ भन्दा बुढाले कुरो नबुझेसी गाको गित गाम्चु है त..

मादल को दुइ तिर तनी
बाबुले बिहे गर्देनन्? भने
भत्काइदिन्छु दुइ तले घर पनि साइँला छैन मलाइ कसैको डर पनि

सुपारी खाँदै कुटु मा कुटु
सबै को घरबार सुटु मट सुटु
तरुनि हास्छन मुसु मा मुसु
साइँला आफ्नो भने मन रुन्छ धुरु धुरु

पानी मा मिठो कलधारा हिटी
जता मा हेर्यो नक्कली ठिटी
तरुनि देख्दा मन भिटी भिटी
साइँला भगाइ लौँ त गाउँ घरमा गर्छन खिसी

मिठो मा भन्नु भैँसी को दहि
खाने मन छैन कत्ती नि लै
ठुलि कान्छी पनि तरुनि भै
साइँला बाबुले कुरो बुझेनन खै

मादल को दुइ तिर तनी
बाबुले बिहे गर्देनन्? भने
भत्काइदिन्छु दुइ तले घर पनि साइँला छैन मलाइ कसैको डर पनि
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
emergency donation needed
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Morning dharahara
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Alert: Turbo Cancers: A Rising Global Threat
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters