[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - III

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 148272 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 10-27-05 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जमम चौतारिआ, गफ चुटम , रमाइलो अरम , माया लाम, पिरिम अरम है त गामले दाजु भाइ दिदि बइनि हो ?

 
Posted on 12-03-05 5:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हिजाऽजै त बारीमा फेरि के छर्नी बेला भओ र ? झन बाख्रा चराम्न जाम्ला माथि थाप्ले पाटा मा भनेको
त नेपे दाजीले चस्याए झैं अरेचन है । खास जोत्नी मुन्छेले त चईनी दुईटा गोरुको बीचमा टाउका मुन्तिर बाट
मेलो हेर्च केरे नि र अनि गोरुका अघिल्ला खुट्टा कता कता लानी हो , तेतै तेतै हलोको अनौ घुमाम्च केरे नि
डाईबर साहेपले मटर चलाए झै । नेपे दाजीले त आफ्ना खुट्टाँ पो हेरेका छन है, तेसरी त आफू पो कता-कता
जानी भनेर थाहा पाईन्च त, गोरु त फेरि चईनी गोरुकै सुरमा हिडेका होलान केरे नि । जोत्न नजान्नी चईनी
जोतेर खान नसक्नी मुन्छे भनेर त तेसै थाहा भई हालो केरे नि । बरु कोदालो समाएर छेउ-कुना खने हुन्च
केरे नि । हुन त फुटो खिचाम्नलाई गरेको होला नि तेस्ता सट‍-पायँट लगाएर ।
 
Posted on 12-03-05 5:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त सुनेको कुरा है । के भएछ भनि राजा-रानीलाई गाली अ-यो भनेर पुन्टे दाजीलाई समात्न चईनी जिल्ला-गौँडाबाट
पुलिस र मेल्टरीका हुलै आएछन केरे बन्दुक भिरेर। पुन्टे दाजी भनि टौवा हाल्न लाई थाम किला काट्न भनेर बन
जँगल तिर गाका रैचन धन्न तेही बेलाँ ।

घराँ पुलिस र मेल्टरीले के के खोजेछन, तेही बेलाँ लाले (lau_ta_lau) ले दुकुरेर गएर बनमै पुन्टे दाजीलाई भनिदिएछन
केरे । अब लाले धेरै जसो तेतै बनतिरै जो घुम्नी खोलातिर माछा मार्नी मन्छे भए केरे, कसैले सङ्का पुनि अरेनछन के ।
त्याँसी त पुन्टे दाजी त बन-बनै लुकेछन तेतै तिर । बेलुका पख मलाई चईनी सम्चार पठाका थे । अनि के हो के हो
भनेर खुसुक्क हामीले के कुरो मिलायम भनि पुन्टे दाजी तेतै बनतिरै जो ओडाराँ लुक्नी, बाटुली भाउजुले कि आफै कि
कोही भरपर्दो गाई-बाख्रा हेर्ने हुर सित कसैका हात खानेकुरा चईनी अर्नी खाजा साजा आटो पिठो जे जे हुन्छ पठाम्नी ।

त्याँसी पुलिस र मेल्टरी त तेही दादाको खले गराँ चईनी पाल टाँगेरै बसे केरे । तेसो भासि तेसै जो गरेर पुन्टे दाजी पुनि
लुकेको लुक्यै जो गरि राखे । फेरि गामकै कोही कोहीले पोल लाईदेका हुन कि भन्नी सङ्का पुनि छ के । दादाको चईनी
खेताँ चईनी साँध-सिमाना को कुरो नमिलेको थियो पुन्टे सित पनि भन्चन कसैले त, तर दादाले त पुन्टे दाजीलाई जाद्रै मया
मान्छन, ती मुन्छेले दादा र पुन्टे दाजीलाई फुटाल्न तेस्तो भनेका होलान केरे नि । कसले तेस्तो अ-यो भनेर त येही
चौतारीमा सुनाउलान नि कसैले ।

अनि २ दिन बसेर पुलिस हुर त गए केरे, तर पुन्टे दाजीलाई चईनी गाममा देखिन अलि डरै जो भओ केरे । त्याँसी त बुढा
त बनको ओडारबाट पनि एक्कासि हराए केरे । कही पुनि भेटिएनन केरे । त्याँसी त बाटुली भाउजु त जाद्रै जो आत्तिनु भओ र
बाटुली भाउजुका दाजी नेपे दाजीलाई लिन सम्चार पठाम्नु भओ । तेस पछि नेपे दाजी पुनि आए केरे, तर तिनले पो क्यार्नी
हो र बरा । खन-जोत चईनी घाँस दाउरा चईनी मेलो पात अरेर बाटुली भाउजुलाई सान्त्वना दिन खोजे केरे ।

तर मेरो मनाँ भनि अलि पाप पलाओ केरे । त्याँसी म खुरु खुरु जो चईनी गेडिखोले धोबिनिकहाँ गएँ र "ए धोबिनी भाउजु,
पुन्टे दाजीलाई हेऽरि यो चिठी दिन छ, तीनकै पाटीका मुन्छेले पठाको, फेरि एक-दुई कुरा पुनि गर्न छ, भन त दाजी कता छन "
भनेको एकै छिन त अलमल्ल परिन र "छैनन यहाँ त पुन्टे , पुलिसले लगो अरे " भनिन । मेरा भनि बिस्वास लागेन र
"मलाई पुनि के ढाँटेको हो, यहाँ पाटीको काम छ के " भनेको त "तेही गोठको थारामा चईनी आँटीमा खरको भारि पल्तिर
भित्ता थिम छन " भनेर भनिन ।

हेर त पापी पुन्टे । मुन्छे पुनि कति कपटी भाका हुन यो धोबिनि भनेसि त । उता घराँ चईनी भाउजु, उनका जेठान सबै
अलाँत्र परेका छन कता हराए, पुलिसले लगो कि भनेर, उनी भने तेही मौका छोपेर चईनी टन्न धोबिनीकहाँ बसेका बसेई छन ।
मैले त माऽर गाली गरे, हुक्न सम्मन हुकेँ केरे, अनि पुन्टे दाजी र म भएर उनकै घर आईयो । भाउजु खुसी भएर आज त
के के हो के के पकाम्न लाग्नु भाऽछ, खीर पनि पकाम्नी अरे, तेसो भएर पुन्टे दाजी र भुन्टे भएर भैसी दुहुन गोठतिर गए,
नेपे दाजी पुनि मख्ख परेका छन ।


Keep rolling...

 
Posted on 12-04-05 1:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अब गोतामेले यामकलालाई ल्याम्नी करो मौखिक पक्का भए पनि अब लाहा छाप लाम्न त बाँ की नै हँदो हो, केटाहर फेरि यामकला भनेसी अर नि हुरुक्क हुनी केरे। गाई पानि मिने भयो दमेको राज भयो, भउते जो भए, आइते पनि भो। हुँदा हुँदा अरु सप्पै कुरो बिर्सेर नउसा कोरेर बस्नी चित्रे पनि यामकला भनेसी चि्तर कोरन्ी कामलाई थाँती राखेर एक्लै खुसुखुसु भेट्न जानी।

अनि यामकला भने उता गोडा दुई दिन गोतामेलाई नभेटेसी विलौना गर्दै थिईन् केरे धुर्सेलीका रुखमाथि सल्लाका बोटमनि बसेर घरि घुँक्क घूँक्क गर्छिन् घरि गुनगुनाउँछिन् बरा।

यामकला:
सुरिऽलो रुख सल्लै हो
खोजेको तिमीले कल्लाई हो?
ससेऽली हाल्दै डाकेर
बोलाको तिमीले कल्लाई हो?
आऊ है माया बस!

चिनजान हाम्रो भा छैन
घरबार काँ हो था छैन
नमानी भन्देऊ यो झर्को?
काँ बस्ने तिमी के थरको
आऊ है माया बस!

सुरिऽलो ... ... ...


लाएर माया पछिलाई
पार्छौ कि तिमीले अभर?
भोलिको दिन सँधै नै
बस्नपर्छ कि रोएर?
आऊ है माया बस!

सुरिऽलो ... ... ...


अनि भउतेले राज र त्यो गाइपानि मिनेलाई हततियार बनाएर "हेर यामकला गोतामेलाई स्यालले लग्यो अब मसित हिन।" भनेर फकाम्न खोज्छन् बा।

केटाहुर (भउतेको नेतृत्वमा):

चौतारीको वर पिपलु
कोल्टे प-यो छायाँ
कोल्टे प-यो छायाँ
टाढेबाट देखेँ तिम्लाई, नौलो लाग्यो माया
नौलो लाग्यो माया
हेरि
म त भागेँ खोलापारि डाँडा चौपारी! ...2

यता हेर कान्छी नानी,
म केइ भन्छु सुन,
तिम्रा पोइलाई स्यालले लग्यो, स्यालको पुच्छर तान
हेरि
म त भागेँ खोलापारि डाँडा चौपारी! ...2


 
Posted on 12-04-05 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाले हलो भाच्छन कि भनेर नेपे दाजी आफै कस्सिनु भे'छ। खुट्टामा फाली लाग्ला है दाजु, बिस्तारै गर्नुस।

:-)
-भउते
 
Posted on 12-04-05 11:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते को निको चाल छैन है, गोतामे याद राख, बैशको झोकमा यामकलालाइ झम्टिन बेर छैन दादाले भने जस्तै ।
 
Posted on 12-05-05 5:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथि बिर्खेले भुन्या मसित गीत गाउनी पुर्बेली केटी।

- http://www.sajha.com/sajha/html/openthread.cfm?forum=2&ThreadID=23226&show=all#154019




 
Posted on 12-05-05 6:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

uni ta hamri sindu malla haina...........jhal jhali aakha ma jahal jhali aakha ma...kasto basyo maya priti sakdina ma birsana..

ani dadagiri dai...........bhim parsad kafle ji le hk bata dherai dherai samjana re...........deepak poudel ji ta chineko cha hola.............ani tapai sanjha ko kata adhi khola tira ho
 
Posted on 12-05-05 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>दादाले हलो भाच्छन कि भनेर नेपे दाजी आफै कस्सिनु भे'छ।
>खुट्टामा फाली लाग्ला है दाजु, बिस्तारै गर्नुस।

दादाको र मेरो जोताई अलि फरक भएको चैं हो है । म त्यो घ्यान्ध्रे गोरुलाई पनि अरु गोरु सरह बनाएर एकै खान्गी, एकै गोठ र एउटै जुवामा राखी हलो जोत्न खोज्छु । दादा भने घ्यान्द्रे गोरुलाई जुवा, हलो, मुखौरो, मियो, लौरोबाट अलग्ग राखी दाँई गराउन चाहनुहुन्छ । जुवाबाट बिच्केको बादले गोरु र जुवामै भएपनि मुखौरोको प्वाल च्याती च्याती बाली चोरुवा झालेमाले र काले गोरुलाई यो घ्यान्द्रे साँढेले ठीक पार्छ भन्नुहुन्थ्यो पोहोर हिउँदाआ, तर हिजाज भने घ्यान्द्रे साँढेले त ध्वंसखान पो गर्न थालो है भन्न थाल्नु भा छ ।

बादले गोरुले हामी पनि जुवामै नारिएर खेत जोत्छम भनेर झालेमाले-कालेसंग मिल्ती गरेर घ्यान्द्रेलाई चै कि गोठ, दाम्लो र लौरो स्वीकार गर कि डाँडा काट् भने पछि र झालेमाले-कालेका सुधा र खाईलाग्दा बाच्छाहरु अघि सर्दै गरेपछि अब के होला त भन्ने चै सर्वत्र छ । घ्यान्द्रे साँढेको बाच्छोले ढुंगा भेटेपछि कृद्ध भआहुँदाहुन् माउ-बाच्छा नै ।

 
Posted on 12-05-05 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुधा = जोधाहा
कृद्ध = क्रुद्ध

भनेर पढिदिम है ।
 
Posted on 12-05-05 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब त्यो बादले गोरु पनि पैले त राम्रै थियो के रे। अलि अलि ठ्याँ ठ्याँ गरेपनि दुइ चार
बर्ख त राम्रै जोतेको थियो। अब दादा जीले ढुँगामा हलो अड्काउँदै, बादले गोरुलाई पड्काउँदै
अर्नु भो के रे। अनि बिच्किएर जुवा भाँचेर हिनेको त हो नि। अब त्यो सिरेको खरबारी हुँदै
धोबादीको जँगल तिर पसेको त हो नि। नेपे दाजीले काउरोको घाँस देखाम्दै ल्या'र फेरि नार्न
खोज्नु भा'छ के रे। हेरम् कत्तिको सक्नुहुँदो रे'छ।

घ्यान्ध्रे त राँगो पो त। साउनको राँगो के बाँध्नु भनेर छोडे के रे। अब सबैलाई चाइनी भ'र
अलेली बालि खाँदा पनि कसैले खासै चासो राखेका थिएनन्। अहिले त अनमत्त भ'र घरैमा
सिँगेरि खेलेर भत्काउन खोज्नी, मुन्छे देख्यो कि बाह्र हात परबाट झम्टिदै हान्न आउनि गर्न
लायो के रे। गाउँमा सबै त्राहिमाम् त्राहिमाम् छन्। राँगो हनाहा भए'सि फेरि सपर्न औधिनै गारो
हुन्छ के रे। कि सुरु मै नाक साँक छेडेर राखे मात्र हो। अब त जुलुम भैसक्यो।


अब पहाडाँ बारी पनि साना साना फोगटा् / सुर्का हुनि भ'र राँओले त्यति जोत्दैनन् के रे।
ठुलो राँओले जोत्दा साना सुर्काँ हल फर्काउनै नमिल्नी के। अब कि सबै मिलेर यसलाई मधेस
तिर लखेट्नु पर्यो के रे। मधेस तिर त जस्ता राँओलाई नि दाम्छन् के रे। कि भने छ्याक्क
पारेर म:म: बनाउनु परो।

:-)
-भउते
 
Posted on 12-05-05 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज अलि जाडो लाओ, आ ल्याओ केटाओ मुढा सुढा झोसम। खोइत सिरे येउ सर्को तान्न परो। हैन, के हो कुरो, आज सिरबारितिरअट आका टन्नै नाकथोप्लि नअरु बाटारेकां बास बस्याचनअरे। बेल्कितिर येस्सो आंखा सन्काउने हैन ये दादा! अब झ्याकुटि पारेसि यामिले पोडेभा छोडदिनन्केरे। बिचारअर है। हामि त लागेम। बिर्खे, लौत लाल्टिन बाल, ब्यांलो हुन लाओ। उता फेरि धोबादिआ केटाले मेसो पायेभने सासै नफेरि झर्चन।

ळौ सुरु अरम,,,,

केटि: कता आउनु भयो कालो कम्मल ओढेर, घरकिलाइ छोडेर
केटा: हिन हाम्रो घर भात खाउलि चम्चाले मुख पुछौलि गम्छाले
केटि: के को माया लाम्नि कालासित गोराले धनि बाउको छोराले
केटा: जेठि घर धान्नि, माइलि स्कुल पढाम्नि, कान्छि सन्तान बढाम्नि
 
Posted on 12-05-05 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटा: हिन हाम्रो घर भात खाउलि चम्चाले मुख पुछौलि गम्छाले
----------------------------------------------------------------------------
हाम्रा गाममा त चम्चलाले खान पनि रहरै छ के ।
 
Posted on 12-05-05 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटि: के को माया लाम्नि कालासित गोराले धनि बाउको छोराले

खतरा छ लाले, अरु पुनि जाउस ल, हामी थपडी मार्चम । लहै लहै हुऽऽऽऽऽऽर्र ।

लौ न गाम्ले हुर, दादा:बिषेश
त्यो एउटा गाना छ नि यम बराल हो कि जस्तो लाग्छ, क्षेत्र प्रताप अधिकारीको रचना हो कि जस्तो लाग्छ,
त्यसको शब्द कसैलाई जानकारी भए र यहाँ टाईप गर्ने फुर्सद भए टाँसि पाउँ न ।
निष्ठुरीले छाडेर गईहाली
हेर्दा हेर्दै अर्कैकी भईहाली .... (यो मा'खानी थोप्लो लेख्नी बेलाँ जहिले नि चौरास हुनी गाँठे )


भन्ने बोलको

अग्रिम धन्यबाद सहित

Keep rolling...
 
Posted on 12-05-05 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटा: ए हुँदो रैछ भेट बेँसी मकै छरे त, आउने जाने गरे त!
केटी: ए बेँसितिर धाउँदा, महि खान पसे है, गुन्द्री तानी बसे है!

केटा: म त एकल काटे सँधै रोदी धाउनु छ पाए माया लाउनु छ!
केटी: ए नचिनेको हैन, ढाकाटोपी लाउनेलाई, सँधै रोदी धाउनेलाई!
 
Posted on 12-05-05 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटी: ढुङ्गै रे'छ मन, पत्थर भए रसाउँथ्यो, फूल भए बसाउँथ्यो
केटा: अक्करैमा परेँ, बिहे गर्न धन छैन, पोइला लान मन छैन
 
Posted on 12-05-05 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


केटा: खल्ति साच्चे खालि छ,के ले भतेर खुवाउने, तिम्लाइ के ले सजाउने
केटी: मन दरो बनाउ, संगै बस्ने मनले, के गर्छ र धनले

 
Posted on 12-05-05 11:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो मजाले गीत जमिराआ ठाममा यो नेपेले एउटा स्यानो कुरा टिपेर के बिधि ठस्सा देखाआ हुन् भन्ने डर छ तापनि बुझकी लाग्ने दम्तरीहुर भा हुँदा भनि हालें है ।

के भने लालेज्यूले प्रयोग गर्नु भा "पोडे भा" भन्ने शब्द अलि दलित-असंवेदनशिल भो भन्ने कुरा हो ।

हाम्रा पुर्खाहरले हाम्रो निधारमा टाँसिदिएका दलितको कलंक निमिट्यान्नै पार्न पर्च र भुलेर पनि दलित अपवाची बोली हाम्रा शुद्ध भईसकेका मुखाट निकाल्न हुन्न भन्ने मेरो आग्रह हो ।

"वारी जमुना, पारी जमुना" बाट समेत सेलाईसकिएको यो दलित अपवाची संज्ञा यहाँबाट पनि सेलाईदिम । कि कसो ?
 
Posted on 12-05-05 11:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नेपे दाजी, क्यारेका हौ तेत्रा बुढा भएर,
सर्म लाग्दैन चईनी छोरी भन्न सुहाउनी उमेरकी, त्याँसी फेरि मेरी भैसकेकी चईनी मेरी जहान जमुनिलाई फेरि जिस्काम्न ?

अझ वारि र पारि अरे, हैन आज नेपे दाजी ले के खाएचन कुन्न,मातेछन कि क्या हो ? भोलि जानेकु छु यिनलाई ।

Keep rolling...
 
Posted on 12-06-05 12:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर बिचरा सिरेको चाल, अब प्राण प्यारी लाइ वारी र पारी अरे पछी सिरे पनि जमुनिको पछी पछी वारी र पारी त अर्नि होला नि?
 
Posted on 12-06-05 12:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै हैन के भ'को हो!? म भर्खरी ब्या' आँट्न जाँदैछु, केटाहरु ऐल्यै रत्यौली खेल्न थालिसके। फेरि तो रत्यौली त आइमाइ पाटीले खेल्ने होला नि! गोताएँको ब्या'मा पनि मै लूठो बन्छु भन्थिन् माइल्याँ!
यो गोताएँको ब्या'मा पनि अलि अलि शतुर लागे केटा हो! कल्ले कल्ले याम्कीका बालाई केटो रउसी असाध्यै खान्छ, गाँजा पनि तान्छ भनेर कान फुकेछ! त्यसपछि त बूढा तेस्ता कुजातलाई दिन्न म छोरी भनेर बम्किन थालेछन्। उता याम्कीलाई पनि कल्ले फुन गरेर तो गोताएँको त नेपालटारकी कल्पेसँग लप परेको थियो भनेर सुना'छ। अझ याम्कीको गाम्मा त गोताएँले कल्पेलाई पहिला भुँडीनै बोकाको हो, शहराँ लगेर फलेर आ'को हो भन्ने समेत हल्ला चलिसकेछ। हे प्रभु, बल्ल बल्ल ब्या' हुन आँट्या गोताएँलाई यो के आईलागो भनेर दुइ चार दिन त ओठ तालु सुके नि!
अब त्यो काली कल्पे (कल्पना)संग अलि अलि लप पर्न पर्न आँट्या त हो के रे, त्यो पनि आठ कक्षा पढ्दा। नौ कक्षा पढ्दा त तेसको ब्या' भइसक्या थ्यो पशु अड्डाको मुखियासंग। तेसपछि देख्या छेन मैले तेल्लाई।
नमे र दादाले भउतेको चाल निको छैन, पाए यामकलालाई मै उडाऊँछु भनेर बस्या छ भन्थे। कि भउतेलेनै हो यस्तो नचाहिदो हल्ला मच्चाको? तर सँगै सुन्तला चोरेर हुर्क्या साथीले तेस्तो पाप चिताए होलान् भनेर बिश्वास लागे मार्दिनु! उता बेंसीथाने पनि मसंग तेति खुशी छैनन् रे भन्ने सुनेको छु। उनले खोजेकी केटी मैले नाईँ भनेँ भनेर "ठूलो भ'को गोताएँ!, हेरौँला म पनि ----!" भनेर भन्दै हिन्छन् रे। तिनले पो हो जस्तो छ यो नचाहिने कुरा फिँजाको।
भिटै (VETO) लगाउनु परो नि केटा हो फेरि कुरो मिलाउन। जिम्मालनी माइल्याँले याम्कीका बालाई धेरै सम्झाइन्। केहि परे जिम्मा मेरै भो भनेर भनेपछि बल्ल बल्ल माने। उता याम्कीलाई मनाउन पनि कम्ता गाह्रो परेन। जमुनी भाउजुले पनि सम्झा'सी बल्ल बल्ल मानी।
कुरो मिल्या बेलाँ आँटिहालौँ, भोलि ब्यान सम्म कुर्दा फेरि कुन शतुरले के हल्ला चलाउने हो भनेर आजै आँट्न जान लाग्या। चौताराँ भ'का सप्पैलाई लेर जाने।
फुटाचैँ आज भरेनै देखाम्ला है!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters