Posted by: Dada_Giri December 4, 2005
Login in to Rate this Post:
0
?
अब गोतामेले यामकलालाई ल्याम्नी करो मौखिक पक्का भए पनि अब लाहा छाप लाम्न त बाँ की नै हँदो हो, केटाहर फेरि यामकला भनेसी अर नि हुरुक्क हुनी केरे। गाई पानि मिने भयो दमेको राज भयो, भउते जो भए, आइते पनि भो। हुँदा हुँदा अरु सप्पै कुरो बिर्सेर नउसा कोरेर बस्नी चित्रे पनि यामकला भनेसी चि्तर कोरन्ी कामलाई थाँती राखेर एक्लै खुसुखुसु भेट्न जानी। अनि यामकला भने उता गोडा दुई दिन गोतामेलाई नभेटेसी विलौना गर्दै थिईन् केरे धुर्सेलीका रुखमाथि सल्लाका बोटमनि बसेर घरि घुँक्क घूँक्क गर्छिन् घरि गुनगुनाउँछिन् बरा। यामकला: सुरिऽलो रुख सल्लै हो खोजेको तिमीले कल्लाई हो? ससेऽली हाल्दै डाकेर बोलाको तिमीले कल्लाई हो? आऊ है माया बस! चिनजान हाम्रो भा छैन घरबार काँ हो था छैन नमानी भन्देऊ यो झर्को? काँ बस्ने तिमी के थरको आऊ है माया बस! सुरिऽलो ... ... ... लाएर माया पछिलाई पार्छौ कि तिमीले अभर? भोलिको दिन सँधै नै बस्नपर्छ कि रोएर? आऊ है माया बस! सुरिऽलो ... ... ... अनि भउतेले राज र त्यो गाइपानि मिनेलाई हततियार बनाएर "हेर यामकला गोतामेलाई स्यालले लग्यो अब मसित हिन।" भनेर फकाम्न खोज्छन् बा। केटाहुर (भउतेको नेतृत्वमा): चौतारीको वर पिपलु कोल्टे प-यो छायाँ कोल्टे प-यो छायाँ टाढेबाट देखेँ तिम्लाई, नौलो लाग्यो माया नौलो लाग्यो माया हेरि म त भागेँ खोलापारि डाँडा चौपारी! ...2 यता हेर कान्छी नानी, म केइ भन्छु सुन, तिम्रा पोइलाई स्यालले लग्यो, स्यालको पुच्छर तान हेरि म त भागेँ खोलापारि डाँडा चौपारी! ...2