[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - III

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 148312 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 10-27-05 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जमम चौतारिआ, गफ चुटम , रमाइलो अरम , माया लाम, पिरिम अरम है त गामले दाजु भाइ दिदि बइनि हो ?

 
Posted on 10-31-05 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सईँहुर हो,

आज जमुनिले "चईनी तिहाराँ निदार खाली राख्न हुन, म भउते दाजीलाई टिका लाईदिन्चु, माईत जान्चु "
भनि केरे । त्याँसी घुमाका रोटा पकाम्दा हाल्न (बेकिङ्ग सोडाजस्तो, सेल रोटी टन्न फुक्छ, पीठो पनि ल्या-र
पर्छ) लाई भनेर नम्मेका बारीको दारीगिठाको बोक्रा पनि काटेर एउटा पानिकागतको (प्लास्टिकको) झोलामा
पोको पारिदिएर त्याँसी पु-याम्न गएँ । भउते त कुकुर पुजा अर्नी भनेर कता हो कुकुर खोज्न गा'का थे अरे
। कसले त हो, एउटा चईनी ढाका टोपी र चस्मा लाएकी लाहुरे हिरोनी काली कुकुर्नी छ अरे कता हो,
तेसैलाई पूजा अर्न पर्च पुनि भन्दै थे अरे । म भनि अब आफूले टिका लाम्नी हईन, तेसो भासि क्यार्न डुवाक्न
परो भउतेको घर भनेर म चईनी फर्के केरे ।


बईनीको एसो हेरबार अर्दै अरे है भउते, बिरामी बिरामी जस्ती छ के । ल दाजु बईनी मोज अरओ ।

दादाका घराँ भलि लक्ष्मी पूजा देखुन त खाल जम्छ केरे, जुवा भने पुनि, तास भने पुनि, कौडा भने पुनि । म
भने खास्सै खेल्न त जान्दिन, हेर्नी मत्रै हो धेरै जसो त ।


जे होस, भउते, नमे, निरे, पुन्टे दाजी, नेपे दाजी कस कसलाई फूर्सत छ, दादाकहाँ आओ है, तेही रमाईलो
अरम्ला, चईनी कुभिन्डाको अचार सित घुमाका रोटा खाम्ला केरे नि ।


keep rolling...


 
Posted on 10-31-05 9:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shree5,
Did you finish your thesis ? What is your next plan?
---
OK
PS: Sorry for personal matters. It is because I know you personally, but do not have email address.
 
Posted on 11-01-05 3:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कन्ननी डाँडातिर चाइने जो कुकुर तिहार होला अझै, यता सूर्जेपुरमा भने चाइने जो भैलीको साँझ परिसक्यो। उ केटीहुरले चाइने जो भट्टयाउन थाले। को को रचन हँ? सञ्जु पनि चाइने जो आ'की रचे, भर्खर दादासंग चाइने जो लपका कुरा गरेर आ'की जस्ती छे, खुशी देखिन्छे चाइने जो।


हरियो गोबरले लिपेको
लक्ष्मी पूजा गरेको
हे औँशी वार गाई तियारो भैलो ,

छाना माथि घिरौँला
के के दिन्छन् हेरौँला
हे औँशी वार गाई तियारो भैलो ,

घरकी आमै ऊजेलो मुहार
घरको दैलो घरक्क उघार
"दिम् कि नदिम्" गरेर चाइने जो मादल रन्कन थालेपछि केटीहरु चाइने जो क्या नाचेका!


नाचेर चाइने जो अलि अलि थाकेजस्तो छ, ल नानी हो म पनि चाइने जो अलिक भट्याईदिन्छु। बारो "भैलो" चैँ चाइने जो जोडले भट्याउनु नि।

आहा भैलो भन ----- भैलो
आहा वर्ष र दिनको------ भैलो
आहा तिहारको चाड------भैलो
आहा भैलो खेल्न------भैलो
आहा आएका हामी---- भैलो
आहा यसै घरको------भैलो
आहा सेल रोटी मिठो-----भैलो

आहा आशिक दिन्छौँ-----भैलो
आहा पश्पतिनाथ-----भैलो
आहा गोरखकाली-----भैलो
आहा तेत्तीस कोटी-----भैलो
आहा देवता भाकी-----भैलो
आहा यसै घरमा-----भैलो
आहा धनधान्य-----भैलो
आहा चञ्चलसिरि-----भैलो
आहा होइजाओस्-----भैलो


यताट नेपालटार हुँदै चाइने जो कन्ननीडाँडा सम्मै भ्याउने पलान छ रे। ल ल राम्ररी चाइने जो खेल्दै जानु। तिहारको चाइने जो शुभकामना सबैलाई। भोलि हामी पनि चाइने जो देउसी खेल्ने पलान छ।



 
Posted on 11-01-05 3:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhana Mera Bhaiho Deusuray
Deusuray
Deusuray
Deusuray :D

 
Posted on 11-01-05 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओके,
सक्किओ, जम्मै भेईयो । मलाई त चिन्नु भएछ केरे, मईले भनि अझै भेउ पाम्न, ट्वाक्क चईनी ठहराम्न सकिन । येही साझाको नाममा बिजुली चिठी ठोकिदिनुस न, कसो ? त्याँसी अपुर थोक अपुर थोक पुनि बात मारम्ला नि त ।
 
Posted on 11-01-05 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कालो टोपी, कालै छ कोट
नबोले नि हाँसिदेऊ एक चोट
लरी लरि लैऽ
यो जोवन तिम्रै हो
सँधै भरिलाई !
लरि लरि लैऽ
यो जोवन चोखो छ
पर्ख तिमीलाई !

बुकी फुल सिउरेर सिरैमा
पर्खी बसे बबैको तिरैमा,
लरि लरि लैऽ
यो जोवन चोखो छ
पर्ख तिमीलाई !



कति मीठो गीत सुनाइन् पुष्पपुरीले। रुइनाको पाउज्यु पनि क्या मजाले तालमा ताल मिलाएर बजेको नि। नेपथ्यमा पुष्पपुरीको "पपि" ।

 
Posted on 11-01-05 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kaile bata ho puspapuri le raju ko papi palna thaleko.....chyai chayi...kukur tihar ta gayo kere, papi lai late fee tirera bhaye pani mala lagadinu paryo.
 
Posted on 11-01-05 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

awwwwwwww that doggie's so cute, he's mine and whos papi?:D
 
Posted on 11-02-05 12:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटाहुरलाई चाइने जो देउसीको रस किन नलाको होला!? भउते चाइने जो तासमा बसेको तीन दिन भइसक्यो, उठेका होइनन्। सिरे बूढा चाइने जो मिलिक्क मिल्केर बेपत्ता भे। ल दादा, देउसी पनि चाइने जो यतै सुर्जेपुरीबाट शुरु गरम्।

नमे, निरे, भउते र सिरे
भन भन सबैले देउसी रे

नाचौँ है चाइने जो दोको फेरेर

ए भन भन भाइ हो----- देउसी रे
ए राम्ररी भन----- देउसी रे
ए सोर मिलाई भन----- देउसी रे

आकाशमा छन् तारा झलल
नाच मया सरर फरर

ए ग्यानेले रोक्न ----- देउसी रे
ए सक्दैन सक्दैन----- देउसी रे
ए मेरा भाइ हो----- देउसी रे
ए देउसी खेल्छौँ----- देउसी रे
ए रातभरि नाच्छौँ----- देउसी रे

नाच मया आजको रात
फेरि नाच्न पाइन्न एक साल

ल साथि ह, चाइने जो देउसी खेलौँ, नाचौँ, हाँसौँ। शुभकामना छ।


 
Posted on 11-02-05 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म त पटका पड्काउन थालेँ है :-)

 
Posted on 11-02-05 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो बुबाले गाँउमा ४ घरमा मात्र द्यौसी भट्ट्याएर उज्यालो पार्नु भाथ्यो रे म पेटमा भका बेलाँ। सबै देवीदेउता र पहिले पहिलेका राजाका कथा हालेर। बाहिर निस्किसकेको भा पनि त सबै कण्ठ पारेर राख्थेँ नि यहाँ लेख्न। के गर्नु? पछि ६/७ कक्षा तिर पढ्दा "बाउको छोरो होस् भने बाउकै जस्तो देउसी भट्ट्याएर देखा" भनेर खुब रीस उठाए मलाई गाउँलेले। फेरी आफूलाई त न राजा मन पर्छ न देवीदेउता नै। झनक्क रीस उठेर आयो। रीस त खुप छिटो उठ्छ नि मलाई। के गर्ने गर्ने? मेरो पालो पनि आधुनिक द्यौसी भट्ट्याएर मैले नि ४ घरमा त हैन, ५ घरमा उज्यालो पारेको। अहिले त त्यो पनि सबै बिर्सेँ, सरी है!

एउटा अर्कै प्रसँग:
ओके, सिरि५ र भउतेको एकल साँझ (जाँड खाने नि फेरी, गीत गाउने हैन) छिटै नै हुने छाँटकाँट देख्दैछु म त। आखिर एकै खलक त परे, मोराहरु बर्ष्याउने हुन् नि फेरी। बरु समय र ठाँउ चाहीँ यहि साझाबाट निर्क्यौल गरौँ। बिचतिर पारिउँ भने सबैलाई सजीलो नि। ल है सबैलाई पाएक पर्ने थलो र ट्याम मिलार एकरात जम्नु पर्छ चौतारीको छेउकै भट्टीमा।
----
ओके
 
Posted on 11-02-05 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओके,
अरम, अरम, तेस्तो कुरो त अरिहाल्न पर्च । नमेले पुनि आरनको काम छोडेर आम्चु भनेका थे । यी ओकेको भनी तिहाराँ बल्ल चईनी केरे दिमाख पलाम्दो र'च कि क्या हो, बल्ल रमाईलो अर्नी कुरा अर्न थालेचन । नत्र त चईनी कता कता हरिताल अर्नी, झेलखाना जानी भन्थे, बल्ल आएच दिमाखमा चईनी भट्टी तिर जानी कुरो । बल्ल लईनमा, चईनी ठेगानमा आएचन । गोताएँ पुनि आम्नलाई जमक जमक अरि राका छन, उता बेँसिथानेले अस्तिन देखुन डुवाकेर बसिराका छन। भनेसि एउ दिन जम्न परो दह्रैसित ।

अनि मईले त तो बिजुली-हुलाक उघारेरै राखेको छु, तर केही फेला पारेको छैन केरे, के भओ कुन्नि ।

Keep rolling...
 
Posted on 11-03-05 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओकेदाइ, सिरेदाइ
सञ्जुको पोइले :p त मेरो धोति टोपि खुस्काइदिएछन् के रे उता तिर। :-)
अब त रउसि र तरुनिका गफ नअर्नी मुइले आज देखि। घर तिर नि साझा हेर्छन, नेपाल जाँदा फेरि एयरपोर्टमै झटारोले स्वागत पाइएला भन्ने डर भो के मुलाई त। :-)
 
Posted on 11-03-05 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए केटा हो! अचेल यो प्रतिगमनमा लाएसि फुर्सदै छैन मुलाई त। खेत सेत के भो होला कुन्नि मेरो? धोबिनीलाई नि कुन चईंले बजाई सको होला के रे। दशैं तिहाराँ नि गाम फर्केर चौतारियाँ भलाखुसारी अर्न नि भ्याईयेन, गाँठे!

नबिर्सम है यो बुढालाई नि! धोबिनीलाई म नारायणहिटीको गजुर टुकुचाँ मिलकाएसि नयाँ पेटिकोट ले'र आम्छु भन्ने खबर पु-याईदेओ।

बरु, चाईन्जो, त्यो भेला अर्नि नै भए, सिरे, ओमे र भउते म तिरै आएनि हुन्थो नि! ठुलो शहर घुमाम्ला, रउसि हाँडी नरित्तिन्जेल ख्वाम्ला, अनि ?विष्णु? लाई बेस्कन गाली चुट्दै गफ अरम्ला!

अरु नि को को आउने हो आए हुन्च नि। एकदम ?सिरियस? भेर देको हे यो निम्तो! घोरिएर बिचार अरम। अनि खबर पाम। :)

 
Posted on 11-03-05 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पुन्टेदाइ त राजनितिले पात्तियको छ भन्या । चौतारिया पनि राजनिति अर्नि चिया पसला पनि राजनिति अर्नि । कता राजाको गजर टुकुचा जानि हो, व्हा पारस दाइ कत्रो बडेमानको भटभटे चडेर हिडचन ।
क्यारनु सिरे मन त ततै पच जाड र तासमा तर टाडा परियो नि त । नत्र त भउते सिरे ओके सबैको खालको पैसा सोर्नु हुन्थयो ।
दादा त म सं रिसाहोलान केरे। कबिता पठाउनु पर्ने ढिलो भढ क्या । लेख्न त लेखेको नेपालिआ टाइप अर्न नै भुलेचु , आघु है त दादा ?

 
Posted on 11-03-05 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी भाइ सबैले चाइने जो बसौँ भने के गर्ने भनेर घरकी गोताइनीसंग चाइने जो सोधिहेरेको, सकेसम्म चाइने जो जाँदै नजानु, गएपनि चाइने जो रउसी खाँदै नखानु, खाएपनि चाइने जो बिएर मात्रै खानु भनेर भनी। हैन भने चाइने जो ढोकै खोल्दिन, रातभरि पिढीमै चाइने जो कुक्रुक्क हुनु रे!
 
Posted on 11-03-05 7:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

**** धोबिनीलाई म नारायणहिटीको गजुर टुकुचाँ मिलकाएसि नयाँ पेटिकोट ले'र आम्छु भन्ने खबर पु-याईदेओ। ****

खै के भयो के...यो हरफ पढे पछी गोपाल प्रसाद रिमाल याद आयो.....
.....आमा त्?यो आऊछ??
...हो बाबु त्?यो आऊछ...

हामि सगै छौ...पुन्?टे दाजु.....त्?यो दिन अबश्?य आउछ...
उही बिर्?खे माइला
 
Posted on 11-03-05 7:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी हो, गाँठे झन्?नै खुस्?केको औसी अगाडी। कुरो के भो भनी पुर्?नेको भोलीपल्?ट
मगर डाँडाको हाट गाथेँ यसो मगर गाँउको रौसी धोकौ भनेर। चाईन्?जो केरे त्?याँ
भेटीए दैब सन्?जोगले सिरेका मित बा। रौसी धोक्?न सम्?म धोकिउ। अब साँझमा
धङ्?धङिदै घर फर्?किदा भउतेको घरछेउको खोल्?सीमा चिप्?लियर खुट्?टो र ढाड त
ठनक्?कै। त्?यसैले त म चौतारीमा पाम्?पिलेट टाँस्?न नआको।
 
Posted on 11-03-05 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जमुनिले त "जे भा नि दाजी हुन, तिनैका निदाराँ तिहारको टिको लाईदिन्चु " भनी र मईले जमुनिलाई भउतेका घराँ
पु-याम्न गाको कुरो त अरि सके केरे । अब जे भा पुनि मया पिरीम बसेकी स्वास्नी, क्यारिछ भनेर जाद्रै हिरिक्कै हेर्न
मन लाओ र म त चईनी आज बिहानै फेरि भउतेका घराँ गएँ केरे ।

हिजो बेलुका त के के खतरा खतरा चईनी कुरा भाको रैच के । बिरामी छ भनेर भउतेले जमुनिलाई मझेरिमै सुत्न
पठाएछन केरे । त्याँसी त आधा राताँ चईनी घ-याक्क दैलो (ढोका) उघारेको आबाज आएछ केरे । त्याँसी त एउटा
लौनी मुन्छे (लोग्ने मान्छे) खुरु खुरु जमुनिका बिस्तारा तिरै आयो अरे । अब निस्लोट अँध्यारो केरे, जमुनिले तो
मुन्छेलाई त ट्वाक्कै देखिछ, तर तो मुन्छेले जमुनिलाई त ट्वाक्क देख्न सकेको रैनछ । जमुनिले येसो नियालेर
हेरिछ र भउते झै मानेर "दाजी, भउत दाजी" भनेको त तो मुन्छे त आईमाईको स्वर सुने पछि त झन सुरिएर पो
जमुनितिर आयो अरे । त्याँसी जमुनि त डराईच र हतपत यता र उता हेरेको त माथि दलिनमा सिउरेर राखेको चईनी
गुन्द्री बुन्ने हतासो भेट्टाईच केरे । जुमुनिका त हाताँ हतासो लिएर बसिछ केरे, तो मुन्छे त उसलाई समात्न पो आयो अरे,
जमुनिको पालो हतासोले जमाएर हानि दिईछ, तो मुन्छेले त्याँसी त "अयाऽऽऽ" भन्दै भागो अरे ।

त्याँसी बल्ल भउते उठेछन र पानस बाल्दै आईपुगे अरे । अब कुरो कानी सुन्दा बुझ्दा त तो हतासोको चोटले तो
मुन्छेको हात चईनी ठनक्कै भाँचिएकै हुन पर्च, अब गाममा को डुँडो भा को छ, तेही हो हिज आम्नी मुन्छे, हेर्नुस जवईँ"
भनेर भउतेले पुनि भन्थे ।

अब अपुर त हात भाँचिएका मुन्छे त कोहि पुनि देखिएनन केरे, बेसिथाने बाहेक । तर बेसिथाने त तेस्ता कपटी काम
अर्नी मुन्छे त हैनन । फेरि मेरा मीत बा कहाँ गएर रउसी खाएर फर्किदा खोल्सामा लोटेर (लडेर) तेस्तो भाको हो भन्छन ।
हैन, यहाँ कुरा कानी चईनी स्याल कराम्नी कुखुरा हराम्नी जस्तै भाको हो कि अपुर अपुर थोक पुनि भाको हो, म त सिदा
मुन्छे, भेउ नै पाम्न सकिन है । ल है गाम्लेहुर, कोही हाताँ खोट-चोट लागेको मुन्छे देखे त्यसलाई ठटाम है, हिजो तेस्तो
चईनी नचाईनी कुरो अर्नी सुर अरेको रैच ।

keep rolling...
 
Posted on 11-03-05 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पैला त जमुनिले म पानी खान झरेको होला भन्ने ठानिछ के रे। अनि मुन्छे ठेँड्के ठेँड्के देखे
पछि भउते दाइ त हैनछ भनेर दायाँ बायाँ क्यै पाउँछुकि भनेर छामिछ। कताट तेस्का हात त
त्यै मु्न्छेको टाउकोमा परेछ के। टाउको छाम्छे त चिल्लै। अनि त "ए भउते दाइ, याँ त
दोख आयो, टाउकोमा पैताला भा'को " भुनेर कराइ। म झर्दा त तेसले हतासोले हानेर
लखेटिसकेकि रैछ।


अस्ति भर्खेर गरह कटाको, केको दोख आम्निहो याँ भनेर मैले भनेसि ए तेसो भा कुन खुइले
मुर्दार आको हो त, यस्तो बेलामा नि भनेर भनि। त्यस्तो उपद्रो अर्न खोज्नी मुन्छे गाम्मा
सारै धेरै छेनन् के रे। मलाई त अर्को मुन्छे पो सङखा लागिरा छ। अब बाटुलि भाउजु पनि
भाइलाई टिका लगाम्न गा'को रैछ, माइत तिर। उता धोबिनी पनि यो बर्ख मीत-भाइ लाइ टिका
लगाइदिनि हो भनेर सोलि बोकेर फिर्सेको उकालो लागेको देख्या थे, हिजो।

फेरि पुन्टदाइ नि अघि डहरबाटै के छ हउ भनेर चिच्याएर गए। खुट्टा पनि खोच्याउदै थिए।
सँधै मेरो घरमा पसेरै हिड्ने मुन्छे, आजै फेरि छलिदै किन हिँदेका हुन् कुन्नि। अब नदेखि

प्वाक्क बोल्ल्न नि भे'न। खोइ मेरो सङ्खा त अर्कै तिर छ है सिरे जवईँ। यसो उता तिर पनि
ड्वाक्दै अर्नुस न।


:-)
-भउते
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters