Posted by: Ok November 2, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
मेरो बुबाले गाँउमा ४ घरमा मात्र द्यौसी भट्ट्याएर उज्यालो पार्नु भाथ्यो रे म पेटमा भका बेलाँ। सबै देवीदेउता र पहिले पहिलेका राजाका कथा हालेर। बाहिर निस्किसकेको भा पनि त सबै कण्ठ पारेर राख्थेँ नि यहाँ लेख्न। के गर्नु? पछि ६/७ कक्षा तिर पढ्दा "बाउको छोरो होस् भने बाउकै जस्तो देउसी भट्ट्याएर देखा" भनेर खुब रीस उठाए मलाई गाउँलेले। फेरी आफूलाई त न राजा मन पर्छ न देवीदेउता नै। झनक्क रीस उठेर आयो। रीस त खुप छिटो उठ्छ नि मलाई। के गर्ने गर्ने? मेरो पालो पनि आधुनिक द्यौसी भट्ट्याएर मैले नि ४ घरमा त हैन, ५ घरमा उज्यालो पारेको। अहिले त त्यो पनि सबै बिर्सेँ, सरी है! एउटा अर्कै प्रसँग: ओके, सिरि५ र भउतेको एकल साँझ (जाँड खाने नि फेरी, गीत गाउने हैन) छिटै नै हुने छाँटकाँट देख्दैछु म त। आखिर एकै खलक त परे, मोराहरु बर्ष्याउने हुन् नि फेरी। बरु समय र ठाँउ चाहीँ यहि साझाबाट निर्क्यौल गरौँ। बिचतिर पारिउँ भने सबैलाई सजीलो नि। ल है सबैलाई पाएक पर्ने थलो र ट्याम मिलार एकरात जम्नु पर्छ चौतारीको छेउकै भट्टीमा। ---- ओके
Read Full Discussion Thread for this article