Posted by: Bhaute November 3, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
पैला त जमुनिले म पानी खान झरेको होला भन्ने ठानिछ के रे। अनि मुन्छे ठेँड्के ठेँड्के देखे पछि भउते दाइ त हैनछ भनेर दायाँ बायाँ क्यै पाउँछुकि भनेर छामिछ। कताट तेस्का हात त त्यै मु्न्छेको टाउकोमा परेछ के। टाउको छाम्छे त चिल्लै। अनि त "ए भउते दाइ, याँ त दोख आयो, टाउकोमा पैताला भा'को " भुनेर कराइ। म झर्दा त तेसले हतासोले हानेर लखेटिसकेकि रैछ। अस्ति भर्खेर गरह कटाको, केको दोख आम्निहो याँ भनेर मैले भनेसि ए तेसो भा कुन खुइले मुर्दार आको हो त, यस्तो बेलामा नि भनेर भनि। त्यस्तो उपद्रो अर्न खोज्नी मुन्छे गाम्मा सारै धेरै छेनन् के रे। मलाई त अर्को मुन्छे पो सङखा लागिरा छ। अब बाटुलि भाउजु पनि भाइलाई टिका लगाम्न गा'को रैछ, माइत तिर। उता धोबिनी पनि यो बर्ख मीत-भाइ लाइ टिका लगाइदिनि हो भनेर सोलि बोकेर फिर्सेको उकालो लागेको देख्या थे, हिजो। फेरि पुन्टदाइ नि अघि डहरबाटै के छ हउ भनेर चिच्याएर गए। खुट्टा पनि खोच्याउदै थिए। सँधै मेरो घरमा पसेरै हिड्ने मुन्छे, आजै फेरि छलिदै किन हिँदेका हुन् कुन्नि। अब नदेखि प्वाक्क बोल्ल्न नि भे'न। खोइ मेरो सङ्खा त अर्कै तिर छ है सिरे जवईँ। यसो उता तिर पनि ड्वाक्दै अर्नुस न। :-) -भउते
Read Full Discussion Thread for this article