Posted by: shree5 November 3, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
जमुनिले त "जे भा नि दाजी हुन, तिनैका निदाराँ तिहारको टिको लाईदिन्चु " भनी र मईले जमुनिलाई भउतेका घराँ पु-याम्न गाको कुरो त अरि सके केरे । अब जे भा पुनि मया पिरीम बसेकी स्वास्नी, क्यारिछ भनेर जाद्रै हिरिक्कै हेर्न मन लाओ र म त चईनी आज बिहानै फेरि भउतेका घराँ गएँ केरे । हिजो बेलुका त के के खतरा खतरा चईनी कुरा भाको रैच के । बिरामी छ भनेर भउतेले जमुनिलाई मझेरिमै सुत्न पठाएछन केरे । त्याँसी त आधा राताँ चईनी घ-याक्क दैलो (ढोका) उघारेको आबाज आएछ केरे । त्याँसी त एउटा लौनी मुन्छे (लोग्ने मान्छे) खुरु खुरु जमुनिका बिस्तारा तिरै आयो अरे । अब निस्लोट अँध्यारो केरे, जमुनिले तो मुन्छेलाई त ट्वाक्कै देखिछ, तर तो मुन्छेले जमुनिलाई त ट्वाक्क देख्न सकेको रैनछ । जमुनिले येसो नियालेर हेरिछ र भउते झै मानेर "दाजी, भउत दाजी" भनेको त तो मुन्छे त आईमाईको स्वर सुने पछि त झन सुरिएर पो जमुनितिर आयो अरे । त्याँसी जमुनि त डराईच र हतपत यता र उता हेरेको त माथि दलिनमा सिउरेर राखेको चईनी गुन्द्री बुन्ने हतासो भेट्टाईच केरे । जुमुनिका त हाताँ हतासो लिएर बसिछ केरे, तो मुन्छे त उसलाई समात्न पो आयो अरे, जमुनिको पालो हतासोले जमाएर हानि दिईछ, तो मुन्छेले त्याँसी त "अयाऽऽऽ" भन्दै भागो अरे । त्याँसी बल्ल भउते उठेछन र पानस बाल्दै आईपुगे अरे । अब कुरो कानी सुन्दा बुझ्दा त तो हतासोको चोटले तो मुन्छेको हात चईनी ठनक्कै भाँचिएकै हुन पर्च, अब गाममा को डुँडो भा को छ, तेही हो हिज आम्नी मुन्छे, हेर्नुस जवईँ" भनेर भउतेले पुनि भन्थे । अब अपुर त हात भाँचिएका मुन्छे त कोहि पुनि देखिएनन केरे, बेसिथाने बाहेक । तर बेसिथाने त तेस्ता कपटी काम अर्नी मुन्छे त हैनन । फेरि मेरा मीत बा कहाँ गएर रउसी खाएर फर्किदा खोल्सामा लोटेर (लडेर) तेस्तो भाको हो भन्छन । हैन, यहाँ कुरा कानी चईनी स्याल कराम्नी कुखुरा हराम्नी जस्तै भाको हो कि अपुर अपुर थोक पुनि भाको हो, म त सिदा मुन्छे, भेउ नै पाम्न सकिन है । ल है गाम्लेहुर, कोही हाताँ खोट-चोट लागेको मुन्छे देखे त्यसलाई ठटाम है, हिजो तेस्तो चईनी नचाईनी कुरो अर्नी सुर अरेको रैच । keep rolling...
Read Full Discussion Thread for this article