Posted by: Gautam B. November 1, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
कन्ननी डाँडातिर चाइने जो कुकुर तिहार होला अझै, यता सूर्जेपुरमा भने चाइने जो भैलीको साँझ परिसक्यो। उ केटीहुरले चाइने जो भट्टयाउन थाले। को को रचन हँ? सञ्जु पनि चाइने जो आ'की रचे, भर्खर दादासंग चाइने जो लपका कुरा गरेर आ'की जस्ती छे, खुशी देखिन्छे चाइने जो। हरियो गोबरले लिपेको लक्ष्मी पूजा गरेको हे औँशी वार गाई तियारो भैलो , छाना माथि घिरौँला के के दिन्छन् हेरौँला हे औँशी वार गाई तियारो भैलो , घरकी आमै ऊजेलो मुहार घरको दैलो घरक्क उघार "दिम् कि नदिम्" गरेर चाइने जो मादल रन्कन थालेपछि केटीहरु चाइने जो क्या नाचेका! नाचेर चाइने जो अलि अलि थाकेजस्तो छ, ल नानी हो म पनि चाइने जो अलिक भट्याईदिन्छु। बारो "भैलो" चैँ चाइने जो जोडले भट्याउनु नि। आहा भैलो भन ----- भैलो आहा वर्ष र दिनको------ भैलो आहा तिहारको चाड------भैलो आहा भैलो खेल्न------भैलो आहा आएका हामी---- भैलो आहा यसै घरको------भैलो आहा सेल रोटी मिठो-----भैलो आहा आशिक दिन्छौँ-----भैलो आहा पश्पतिनाथ-----भैलो आहा गोरखकाली-----भैलो आहा तेत्तीस कोटी-----भैलो आहा देवता भाकी-----भैलो आहा यसै घरमा-----भैलो आहा धनधान्य-----भैलो आहा चञ्चलसिरि-----भैलो आहा होइजाओस्-----भैलो यताट नेपालटार हुँदै चाइने जो कन्ननीडाँडा सम्मै भ्याउने पलान छ रे। ल ल राम्ररी चाइने जो खेल्दै जानु। तिहारको चाइने जो शुभकामना सबैलाई। भोलि हामी पनि चाइने जो देउसी खेल्ने पलान छ।
Read Full Discussion Thread for this article